Wednesday, September 5, 2018

कांग्रेस र उपमहानगरपालिका बीच सार्थक वार्ता


जनकपुरधाम, २० भदौ । स्थानीय सरकारले गरेको कर वृद्धिलाई लिएर नेपाली काँग्रेस नगर कार्य समिति र जनकपुर उपमहानगरपालिका बीच बुधवार वार्ता भएको छ ।
उपमहानगरपालिकाका मेयर लालकिशोर साहको संयोजकत्वमा भएको वार्ता साकारात्मक रहेको दुबै पक्षले स्वीकारेका छन् । यहि भदौ ७ गते नेपाली काँग्रेसले स्थानीय सरकारले गरेको करवृद्धि विरुद्ध नारा जुलुस लगाउँदै उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएका थिए ।
नेपाली काँग्रेसको तर्फबाट नगर सभापति मनोज कुमार साह, किशोरी साह, जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष निर्मल कुमार चौधरी लगायतको रहेको थियो भने जनकपुर उपमहानगरपालिकाको तर्फबाट कर शाखा प्रमुख परमेश झा, प्रशासकीय अधिकृत उमेश ढुंगाना, उपमेयर रिता कुमारी मिश्र लगायतको रहेको थियो ।
दुबै पक्षबीच भएको वार्ता साकात्मक रहेको उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले दैनिक जनकपुरलाई बताएका छन् । उनले भने ‘ कर सम्बन्धी नेपाली काँग्रेससँग भएको पहिलो बैठक साकारात्मक रह्यो । अर्को बैठक सोमवार बस्ने भएको छ । वार्ता साकारात्मक नै हुनेछ विश्वास छ ।’ उनले जनतालाई मार नपर्ने कर लगाउने आफ्नो पनि इच्छा रहेको छ । त्यही अनुसार कुरा अगाडि बढेको हो मेयर साहले बताएका छन् ।
त्यस्तै नेपाली काँग्रेसका नगरसभापति मनोज साहले पनि बुधवार उपमहानगरपालिका बीच भएको वार्ता साकारात्मक भएको बताएका छन् । उनले भने, ‘मेयर साहले हाम्रो बुँदामा प्रतिबद्धता जनाएका छन । सोमवार हुृने वार्तामा अध्ययन प्रतिवेदन पेश गर्ने छौ । आशा र विश्वास छ कुरा सकारात्मक नै हुने छ ।’
नेपाली काँग्रेस, नगर कार्य समिति धनुषाले भदौ ७ गते कर वृद्धिको विरोधमा उपमहा नगरपाकिलालाई ज्ञापनपत्र बुझाएका थिए भने भदौ १४ र १५ गते १देखि २५ वटै वडा कार्यालयहरुमा धर्ना दिएका थिए ।


No comments:

Post a Comment