Friday, October 11, 2019

सिक्कीमबाट जनकपुरलाई हेर्दा ....!

कैलास दास

भ्रमण जीवनलाई पुर्नताजगी र नयाँ विचारको जन्म दिन्छ । त्यहाँको रहन—सहन तथा साँस्कृतिक पहिचान, वातावरण र संस्कारका साथै आफूले बस्दै आएको ठाउँको तुलना गर्दछन् । यसै उद्देश्यका साथ हामी करीब १२ जना पत्रकार २०७६ असोज ८ गते बुधवार भ्रमण अवलोकनका लागि भारतको सिक्कीम तिर लागे ।
वरिष्ठदेखि नयाँ पुस्ताका १२ जना पत्रकार एउटा हाइस गाडीमा गुड्यो । जनकपुरधामबाट निस्किदा सबै एउटा कैमरामा क्याच भयो । शुरुमा केही अप्ठ्यारो लाग्यो ! भ्रमण यात्राको क्रममा वरिष्ठ र नयाँ पुस्ताका पत्रकार कसरी मनोरञ्जन गर्ने ? तर यो समस्या पनि बढी समयसम्म रहेन । वरिष्ठ पत्रकारबाट नै एकजनाले भने, ‘तिमीहरु कस्तो युवा पत्रकारहरु छन्, मनोरञ्जन पनि गर्न आउँदैन ।’ त्यसपछि त मनोरञ्जनको फुहार नै फुट्न थाल्यो ।
भारतको सिक्कीम र दार्जिलिङ्ग जाने योजना पहिलादेखि नै थियो । तर रह्यो, पहिला सिक्कीम जाने कि दार्जिलिङ्ग । हामी पत्रकार मध्ये अशोक रौनियार, अर्जुन बहादुर क्षेत्री र शैलेन्द्र झाको विचार दुई खेमामा विभाजित भयो । अशोक र शैलेन्द्र दाईले सिलीगुडी हुँदै पहिला दार्जिलिङ्ग जाउँ भन्दै थियो । यता अर्जुन दाईले होइन इलामको चियावारी हेर्र्दै सिक्कीम जाउँ, बाटो राम्रो हो भन्दै जिकिर गरिरहेका थिए । हामी नयाँ पुस्ताका पत्रकारहरु तपाईहरु जहाँ लिएर जाउँ तर आज हामी सिक्कीम वा दार्जिलिङ्गमै आज राति बस्ने छु अडिग थिए । अन्त्योगत्वा सबैले अशोक र शैलेन्द्र दाईकै विचारमा सहमत भयो ।



बाटोमा हँस्सी ठहक्का, फिल्मी गीत र ठाउँठाउँमा खाजा खानु समान्य जस्तो बन्दै गयो । करीब ७ बजे हामी कांकरभीठा पुगे, जुन नेपाल भारतको बोर्डर हो । नेपाली गाडीलाई त्यहाँ कडाईका साथ चेकजाँच गर्दछ । भारतीय प्रहरीले सीमामा नेपाली गाडी हेर्न वितिक्कै साइडमा लगेर थन्काई दियो । नेपाली गाडीलाई भारतमा प्रवेशका लागि काठमाडौंस्थित भारतीय राजदूतावासबाट लेखाएको पत्र लिएर चालक र पत्रकार अकुल प्रसाद साहले प्रहरी कहाँ पुगे । एम्बेसीको पत्र हेर्न वितिक्कै उनीहरुले जाउँ भनेर अनुमति दियो । भारतीय दूतावासको पत्रलाई भारतमा निक्कै महत्व दिदै आएको हामीहरुले महसुस गरे । प्रहरीले पत्रको माथिल्लो भाग हेरेर नै अनुमति दिंदा दूतावासको महत्व बढी रहेको बुझ्यो ।



कांकरभीठा—सिलीगुडीबाटोमा ‘हाइस’ गुड्न वितिक्कै बडो आनन्दको अनुभूति हुन थाल्यो । चिटिक्क सडक, छेउँछाउँमा झिलीमिली आकर्षक बलको रोशनी र चिसो हावा बडो आनन्दको अनुभूति दिई रहेको थियो । अब हामीहरु हस्सी ठहक्का छोडेर, वातावरणको कुरा गर्न थाले । त्यहाँ सफाई र वृक्षहरुलाई धेरै नै महत्व दिइएको रहेछ । कांकरभीठाबाट मुस्किलले ३४ किलोमिटर सिलीगडी रहेछ । सिलीगुडी आँधी घण्टा नलाग्दै पुग्यो ।
हामी मध्ये दुई जना पत्रकार दीपेन्द्र सिंह र शैलेन्द्र झाले म दार्जिलिङ्ग गएको सुनाइयो । तर बाटो थाहा छैन । हामीले गएको ११ वर्ष हुन थाल्यो । यस बीच धेरै परिवर्तन भएको देखियो भने । सिलीगुडीबाट दार्जिलिङ्गको बाटो खोज्नमा नै करीब आधा घण्टा वित्यो । सिलीगुडी घनत्व जनसंख्याको शहर रहेछ । त्यहाँ अहिलेपनि ३०देखि ४० प्रतिशत जनता नेपाली भाषाभाषी रहेछ ।





हामीहरु दार्जिलिङ्गमै बस्ने लक्ष्यका साथै अगाडि बढ्दै गयो । पश्चिम बंगालको एउटा जिल्ला दर्जिलिङ्ग हो । पश्चिम बंगालको राजधानी कलकत्ता रहेको छ । सिलीगुडीमै करीब राति ८ बजी सकेको थियो । त्यहाँबाट पहाडैपहाड रहेको साथीहरु नै भनिरहेका थिए । जनकपुरधामबाट काठमाडौं जाने बाटो र सिलीगुडीबाट दार्जिलिंगी जानेबाटो उस्तैउस्तै रहेछ । लक्ष्यका साथ हामीहरु दार्जिलिंगी तिर गाडी गुडाउँदै गयो । जतिजति पहाडमा गाडी गुड्न थाल्यो सिलीगुडीको रौनकता बढ्दै गएको देख्न थाल्यो । सहकर्मी साथीहरुले गाडीबाट नै सिलीगुडीको दृश्य कैमरामा कैच गर्न प्रयास गरे, तर राति भएकोले राम्रो दृश्य कैच भई रहेको थिएन ।
राति करीब ११ः३० बजे हामीहरु दार्जिलिङ्ग सिटीमा प्रवेश गरे । खाना कसैले खाएको थिएन । तर खानाभन्दा बढी चिन्ता कहाँ बस्ने सबैलाई थियो । जनकपुरबाट नै एकजना साथीले एउटा होटलको कार्ड दिइएको थियो । हामी त्यो कार्डको पत्ता अनुसार ती होटलमा पुगे । होटल बन्द थियो । ‘बेल’ बजाएपछि एकजना गार्डले बाहिर आयो र नेपाली भाषामै भन्यो ‘तपाईहरुको के काम छ ।’ हामीहरुले भने ‘रुम खाली छ । बस्नु पर्यो ।’ उसले भने ‘हो, खाली छ, कति जना हुनुहुन्छ ।’ त्यसपछि हामीले भने ‘यहाँ खाना पाइन्छ ।’ उसले भने ‘अब त दार्जिलिङ्गमा कही पनि खाना पाउँदैन । बढीमा राति ८ बजेसम्म मात्र यहाँ खाना पाईन्छ ।’



बिहान ११ बजे खाएको खाना राति ११ बजेसम्म खाएको थिएन । भूख लाग्नु स्वभाविकै थियो । अधिकांश साथीहरुले सिटीमा खाना पाइन्छ कि भनेर अगाडि बढ्दै गए । बाटोमा रहेको तीन चार वटा होटलमा खान पाइन्छ भनेर सध्यो, तर कसैले खाना खुवाउन मानेन । सबैले एउटै भाषा भन्थे, यहाँ ८ बजेपछि खाना पाइदैन । हामी सबै निक्कै निराश भयो । साथीहरु मध्येबाट एकजनाले भने ‘म भन्दै थिए बाटोमै खाना खाइहाल्नुस् मान्नु भएन, अब सबैलाई भुखै बस्नुपर्छ ।’ त्यसका वावजूद पनि साथीहरु एकअर्का होटलमा पुछताछ क्रम जारी राखे । त्यतिकैमा एकजनाले भने ‘अब कही खाना पाईदैन, एउटा रेष्टुरेण्ट अगाडि छ, त्यसमा सम्भव हुनसक्छ ।’ हामीहरुले ती रेष्टुरेण्टमा पुगे । बल्लबल्ल त्यहाँ खाना पाइयो । खाना पश्चात् हामी अघि कुरा गरेको होटलमा आई पुग्यो ।


दार्जिलिंगमा होटलवालाहरुले केही स्टाँक राख्दैन त्यो आफूहरुले महसुस गरे । धेरै होटलमा पुगेपनि चावल र दाल समेत नरहेको कुराहरु भन्ने गरेका थिए । भन्छन् जहाँ स्टाँक हुँदैन त्यहाँ भ्रष्टाचारी वा अनियमितता हुँदैन, तर दार्जिलिंग एउटा पर्यटकीय स्थल हुँदाहुँदै पनि होटलवालाहरुले स्टाँक नराख्नु हामीहरुमध्ये कसैले बुझ्न सकेन ।
दिनभरिको थकानका वावजूद मलाई एउटा चिन्ता अझै सताई रहेको थियो ‘त्यो थियो पत्रिका तयार पार्नु’ राति १२ भन्दा बढी भई सकेको थियो । होटलमा इन्टरनेट छ कि छैन । इन्टरनेट नभएमा कसरी पत्रिका तयार पार्ने निक्कै चिन्ता लागेको थियो । तर त्यहाँको प्रत्येक होटलमा इन्टरनेट रहेछ थाहा भएपछि साँस फेरे । म, अकुल र किशोरको एउटै कोठा पर्यो । इन्टरनेटको व्यवस्था भएपनि ल्यापटाँपमा कनेक्ट भई रहेको थिएन । करीब राति १ भन्दा बढी समयमा ल्यापटाँपमा इन्टरनेट कनेक्ट गर्न सफल भयो । बल्लबल्ल त्यहाँबाट पत्रिका तयार पारेर जनकपुरधामको प्रेसमा इमेल गरे ।
मलाई सुतेको दुई घण्टा पनि भएको थिएन कि अर्जुन दाईले मेरो ढोका ढकढकाउन थाले । कैलास उठन्, हेर कति रमाइलो दृश्यहरु छन् । म ढोका खोल्दै भने दाई एकछिन सुत्न दिनुस् । तर उहाँले मानने । म पनि कैमरा लिएर उहाँकै कोठामा पुगे र एक दुईवटा क्लीक गरेर ‘गुड मोर्निङ्ग दार्जिलिङ्ग’ लेखेर फेसबुक सञ्जालमा हालिदिए ।




बिहिवार विहान दार्जिलिङ्ग घुम्ने योजना थियो । करीब ९ बजे होटलबाट सबैजना बाहिर आयो । त्यतिकैमा एउटा सिटी रेल गुडी रहेको रह्यो । चढ्ने इच्छा सबैको थियो, तर समयको अभाव रहेकोले पछि चढौला भनेर अगाडि बढ्दै गयो ।
दार्जिलिङ्गको रेलको चर्चा शायदै कसैले नसुनेको होला । बलिउडमा पनि त्यहाँको रेलको सुटिङ्ग भएको छ । तर अहिले त्यो रेल चलिरहेको छैन, त्यसका वावजूद पनि रेलको लिकलाई त्यहाँको सरकारले म्युजियम जस्तै राख्ने गरेको हामीहरुले देख्यो । पूर्ण सुरक्षित र राज्यको निगरानीमा रेलको लिक रहेको छ । रेल किन चल्दैन स्थानीयहरुसँग सोध्द्धा उनले भने ‘सिलीगुडीबाट रेलबाट दार्जिलिङ्ग आउन १२ घण्टाभन्दापनि बढी समय लाग्न, टिकट पनि बढी भएको यात्रुको कमीको कारण बन्द भएको छ । सिटी भरिमा चलेपनि लामो दूरीसम्म चलिरहेको छैन ।’
होटलबाट हामीहरु विहान त्यहाँको पर्यटकीय स्थल चौरास्ता पुग्यो । जहाँ भानुभक्तको ठूलो प्रतिमाका साथै त्यहाँबाट सम्पूर्ण दार्जिलिङ्ग हेर्न स्थलको बुझिन्छ । बादल चारैतिरबाट घेरिएको थियो । ती स्थलमा चारैतिरबाट जाने बाटो पनि रहेको छ । भानुभक्तको प्रतिमा सामु हामीसबैले बारीबारी तस्वीर पनि खिचायो । त्यस नजिकै महाकाल मन्दिर र मार्केट रहेछ । त्यहाँ पनि हामी सबैले महाकाल मन्दिर पुगेर शिवजीको दर्शन गरी अर्को ठाउँका लागि प्रस्थान गरे ।
अगाडि बढ्दै गएपछि एउटा ठूलो आकारको भवन हेरे, भवन भित्र माता सरस्वतीको तस्वीर थियो । बाहिर गोर्खाली सेनाको लडने तस्वीर । तर केही लेखिएको थिएन । द्वारमा प्रवेश निषेध मात्र लेखिएको थियो । मैले त्यहाँको प्रहरीसँग जानकारी लिंदा उनले ‘भने यो भानु भवन हो अर्थात यसलाई गोरखा रंगमञ्च भवन पनि भन्ने गरिन्छ । केही वर्षदेखि प्रवेश निषेध गरिएको छ । आन्दोलनको क्रममा भवनमाथि नै गोली प्रहार हुँदा प्रवेश निषेध गरिएको छ । विशेष कार्यक्रमको बेलामा मात्र खुल्ने गर्दछ ।’
दार्जिलिङ्गमा धेरै यस्ता पर्यटकीय स्थलहरु छन जुन पहाडको विकट ठाउँमा रहेको छ । दार्जिििलङ्ग र जनकपुरधामको पर्यटकीय स्थलको रुपमा तुलना गर्ने हो भन्ने त्यहाँ प्राकृतिक स्थलहरु छन जस्तै पार्क, झिल, झरना तर यहाँ धार्मिक महत्व बोकेका स्थलहरु छन् । यहाँ सहज रुपमा जान्न सकिन्छ भने त्यहाँ विकट र दुर्घटनाग्रस्त ठाउँहरु रहेको छ । जहाँसम्म वातावरणको सवाल हो हाम्रो यहाँ अतिथि देवो भवः भावनाका साथ पर्यटकहरुलाई आदरसत्कार गर्ने गर्दछौं त्यहाँ त्यो भाषा र व्यवहारमा निक्कै कमीदेखिएको छ ।
यसरी नै दार्जिलिङ्गको विभिन्न प्राकृतिक स्थलको भ्रमण गर्दै साँझतिर हामी सिक्कीमको लागि प्रस्थान गर्यो । त्यहाँबाट करीब ८७ किलोमिटरको दूरीमा सिक्कीम पर्दछ ।
दार्जिलिंगबाट बाटो निक्कै चुनौतीपूर्ण रहेको छ । पहाडबाट तल झर्ने बाटो हो र त्यसपछि पुनः पहाडमा चढने । पहाडबाट झर्दाखेरी गाडीलाई फस्ट वा सेकेण्ड गेयरमा मात्र चलाउन सकिन्छ । त्यस्तो बाटोमा ब्रेकको कम प्रयोग गरेमा नै उचित हुन्छ ।




गाडीमा म (कैलास) र अर्जुन दाई चालकको छेउँमा बसेका थिए । हाम्रा चालकलाई ओरालो आउँदा पटक पटक ब्रेक लगाउनु आदत जस्तै भएको थियो । छेउँमा बसेका अर्जुन दाईले चालकलाई भन्यो ‘भाई ओरालोमा ब्रेक लिनुहुँदैन । तिमी बढी ब्रेकको प्रयोग गरिरहेका छौं । बुझि राख है ।’ त्यसका वावजूद पनि चालकले मानेन । दार्जिलिंगदेखि टिष्टा नदीसम्म ओरालो सडक थियो । हामीहरुले पनि कही कतै विश्राम गरेन । टिष्टा नदी पार भएपछि खाजा खाउँला सोचका साथ अगाडि बढ्दै गए ।
भनिन्छ—होनीलाई कसैले रोकेपनि रोक्न सकिदैन । गाडीमा बस्दा बस्दै सबैलाई दिक्क लागि सकेको थियो । टिष्टा नदी आउनमा पाँच किलोमिटर मात्र बाँकी थियो । अब बल्ला पुग्न लागेको सोचेर सबैले अलि आरामका साँस लिई रहेका थिए । त्यतिकैमा केही गन्हाउने गन्ध जस्तो आयो । गन्हाउनुका साथै चालकले बसेको दायाँ चक्कबाट धुवाँ र आगो जस्तै बल्न थाले । गाडीमा बसेका सबैजना आश्चर्यमा परे । गाडीमा आगो लाग्ने हल्ला फैलियो । सबैजना सामानहरु गाडीमै छोडेर तल झरे । हेरेपछि गाडीको अग्लो चक्कामा आगो लागेको रहेछ ।
पहाडको जंगलैजंगल, ओरालो बाटो, त्यहाँ न चियाको व्यवस्था न खाजाको । सुनसुन ठाउँमा सबैको ठाउँको समेत सुनसान जस्तै भयो । चक्कर आएको जस्तो महसुस भई रहेको थियो । साँझको करीब ४ बजेको होला । पाँच किलोमिटर अगाडि गएमा मात्र गाडीको मर्मत पनि हुनसक्छ । के गर्ने के नगर्ने चिन्ता सबैलाई सताई रहेको थियो । तर चालकलाई चिन्तै नरहेको जस्तो देखेर सबैले रिसाइएको पनि थियो । त्यतिकैमा एउटा गाडी आयो र सोध्यो —तपाईको गाडीमा के भएको छ ? हामीहरुले समस्या सुनाए । त्यसपछि उनले भने, केही छैन, कम्तिमा दुई घण्टासम्म गाडीलाई नचलाउनुस, ठिक हुन्छ । अब हामी टिष्टा नदी जानुछ, अर्को गाडीमा चालकलाई छोडेर पनि जाने अवस्था थिएन । करीब एक घण्टासम्म त्यहि घुमघाम गरे । त्यतिकैमा एउटा गाडी चालकले भने गाडीलाई लोड नदिनुस, खाली गाडी टिष्टासम्म गएमा केही हुँदैन । हामीहरुले उसको कुरा मानेर एउटा गाडी भाडा लिई टिष्टासम्म पुगे ।
टिष्टा सिक्कीम प्रवेशको ठूलो नदी रहेछ । टिष्टा नदीमा बनाइएको पुलको उच्चाई पनि ठूल्लैछ । नदी पार गरेर हामीहरु खाजा खाएर पुनः सिक्कीमका लागि प्रस्थान गर्ने की यही कतै बस्ने गुनधुनमा रह्यो । हामीहरुले खाएको होटलका साउले भने यहाँबाट २० मिनट सिक्कीम प्रवेश गर्ने बोर्डर हो, त्यहाँ राति ८ बजेसम्म पुग्नु पर्छ । आठबजेपछि कसैलाई जान दिन्न । समय करीब सात बजिसकेको थियो । पहाडभएपनि बाटो सहज थियो । हामीहरु गाडीमा बसेर पुनः सिक्कीमका लागि प्रस्थान गरे ।
सिक्कीमको राजधानी ज्ञानटोक रहेको छ । भारतको पहिलो राज्य सिक्कीम हो जसलाई स्वच्छ, सुन्दर र सफाईमुक्त राज्यको रुपमा घोषणा गरिएको हो । पहाडमाथि स्थित रहेको छ सिक्कीमको राजधानी ज्ञानटोक । दार्जिलिंगबाट अब हामी सिधैं सिक्कीमको लागि प्रस्थान गरे । शुक्रवार राति १०ः३० बजे हामी सिक्कीमको राजधानी ज्ञानटोकमा पुगी सक्यो ।
सिक्कीम एउटा पर्यटकीय स्थल हुँदाहुँदै पनि त्यहाँ कोठा र खाना निक्कै यस्तो रहेछ । कोठामा एकव्यक्तिलाई ६ सय रुपैयामा खाना र सुत्न पाउने व्यवस्था हामीहरुले पाइयो । जबकि अन्य पर्यटकीय स्थल महँगो हुने गरेको पाइन्छ ।




अबेर रातिसम्म ज्ञानटोकमा पुगेकोले राति विश्राम गरेर नै विताइयो । शनिवार विहान ज्ञानटोक भित्र कुनकुन पर्यटकीय स्थल हो त्यसका लागि हामीले सबभन्दा पहिला यूट्युवमा सर्च गरे र त्यसपछि होटल धनीलाई सोध्यो । ज्ञानटोकमा ९० प्रतिशत व्यक्ति नेपाली भाषाभाषी हुन । त्यहाँ पत्रिका पनि नेपाली भाषामा नै प्रकाशित हुने गरेको छ ।
यहाँ नेपाली र हिन्दी भाषा पढाइ हुने गरेको स्थानीयहरुले भने । हामीहरु नेपालीमा कुराकानी गर्दा हाम्रै दाजुभाई रहेको खुशी व्यक्त समेत गरे स्थानीयहरुले । हामीहरु पनि नेपालकै कुनै पर्यटकीय स्थलमा आएको जस्तो महसुस भयो । प्राकृतिक आनन्दका साथै सफाई र स्वच्छताले झण्डै मनमुग्ध पारिरहेका थिए ।
होटल धनीले भने ‘तपाईको गाडी यहाँ चल्दैन, पार्किंगको बढी समस्या छ, त्यसैले दुईवटा ट्याक्सी गर्नुस, ट्याक्सीवाला नै सबै ठाउँ देखाई दिन्छ ।’ हामीले पनि होटल धनीकै कुरा गरे र दुईवटा ट्याक्सीमा चढेर पर्यटकीय स्थलको लागि प्रस्थान गरे ।
ट्याक्सी चालकले यहाँ ‘सेभेन प्वाइन्ट’ रहेछ । दुई बजेभित्रमा घुमाई दिन्छौं भनेर तीनवटा ट्याक्सीको ३६ सय रुपैया लियो । अब हामी सेभन प्वाइन्ट घुम्न गयो । सबभन्दा पहिला हामीहरु फ्लोवर उम्बीवेशन सेन्टर पुग्यो । त्यहाँ भित्री प्रवेशका लागि २० रुपैया टिकट रहेछ ।  थोरै क्षेत्रफलमा राम्रो पर्यटकीय स्थल बनाइएको थियो । मलाई लाग्छ यस्ता स्थल हाम्रो जनकपुरधाममा सैयौं बनाउन सकिन्छ । तर त्यसका लागि सोचको विकास आवश्यक छ ।
बढीमा चारपाँच कट्टामा जैविक मलबाट फुलहरुको फुलवारी थियो । विभिन्न जातका फुलहरुका साथै बीचमा एउटा झरना जस्तै बनाइयो थियो । जसले पर्यटकहरुलाई आफनोतिर आकर्षित गर्न सफल थियो । यसले दुईवटा सन्देश दिई रहेका थिए, एउटा जैविक मलको कसरी प्रयोगमा ल्याउन सकिन्छ त्यसको वैज्ञानिक पद्धति । अर्को पर्यटकलाई लुभाउने स्थल जसबाट आम्दानीको राम्रो स्रोत बनाइइएको थियो । तराई मधेशमा यस्ता धेरै ठाउँहरुमा छन् जहाँ प्राकृतिक यस्ता फुलवारी, सागसब्जी लगायत वृक्षहरु लगाएर पर्यटकलाई तान्न सकिन्छ । यहाँका खेतीपाती गर्ने विधि, प्रमुख खेतीलाई पनि प्रदर्शनमा ल्याई पर्यटकलाई तान्न सकिन्छ ।
हामीहरुले फुलवारीमा विभिन्न एंगलको क्लिप लिएर पुनः अर्को प्वाइन्टमा गए । त्यहाँबाट हामी गणेश टोकमा पुगे, जहाँ गणेश भगवानको मन्दिरका साथै त्यहाँबाट सिक्किमको राजधानी ज्ञानटोक सजिलै सित हेर्न सकिन्छ । सानै मन्दिर र ठाउँ भएपनि पर्यटकहरुको घुइचो लागेको थियो । मन्दिरमा गणेश भगवानको पूजापाठ गरी फोटो लिएर फर्किने बाहेक खासै केहि देखिएन । जनकपुरधाममा यस्ता धेरै मठ मन्दिरहरु छन् जसको महत्व हामीहरुले झल्काउन सकेमा पर्यटकहरुलाई रोक्न सकिन्छ । ज्ञानटोक र जनकपुरधामको कुरा गर्यो भन्ने धार्मिक साँस्कृतिक रुपमा धेरै अगाडि र धनी रहेको बुझ्न सकिन्छ ।
त्यसपछि हामी हामी स्पेमगो अर्थात वाटरफल्स पुगे जहाँ पहाडबाट पनि झरिरहेको थियो । केही आईमाईहरु सिक्कीमका पोशाक भाडामा दिई राम्रो आम्दानी गरिरहेका छन् । जुनसुकै पर्यटकहरु त्यहाँ पुगेपछि एकपटक त्यो पोशाक अवश्य लगाउँछन् । त्यसलाई त्यहाँको भाषामा नखु पोशाक भनिन्छ । नयाँ पुस्ताका पत्रकारदेखि वरिष्ठ पत्रकारहरुले पनि त्यसको भरपुर मनोरञ्जन लिए । सबैले नख्खु पोशाक लगाएर विभिन्न प्रकारका तस्वीहरु पनि खिचाए । झिलकै उपल्लो भागमा एडन्चर जोन समेत रहेछ । केही साथीहरुले त्यसको पनि निक्कै आनन्द लियो ।
मैले त्यहाँ के हेरेभने त्यहाँको पोशाक प्रदर्शनीमा दिनको एकजनाले चारपाँच हजारबढी कमाउने गर्दथे । यसले त्यहाँको पोशाक र साँस्कृति पनि झल्काउने गर्दछ । जनकपुरधाम कला साँस्कृतिको धनी भएपनि बाहिरबाट आउने पर्यटकहरुले त्यसको अनुभूति गर्न सकिरहेको छैन । कम्तिमा यहाँ धोतीकुर्ता र पागकै प्रदर्शन यहाँ पनि भयो राम्रो हुन्थ्यो कि जस्तो मलाई लाग्यो । विदेशीलाई यसरी नै धोती, कुर्ता र पाग सहित लगाउन आग्रह गरेमा उनीहरुपनि आनन्दित हुन्थ्यो कि ।
हुनतः सिक्कीम भन्न वितिकै जंगल र पहाड बुझिन्छ । सेभेन प्वाइन्टमध्ये एउटा यस्तो पनि प्याइन्ट हेरे जुन हेर्न वितिकै हामीहरु छक्क पर्यो । हामीहरु काठमाडौ जानेबाट विभिन्न प्रकारको बोट विरुवाहरु हेर्ने गर्दछौं । तर त्यसको प्रदर्शनी गरेको कहीपनि पाइन्दैछ । तर ज्ञानकोटमा एउटा यस्तो पनि पर्यटकीय स्थल हो जहाँ बोटविरुवाहरुकै प्रदर्शनी गरेर पर्यटकहरुलाई तान्ने गरेको देखियो । ठ्याक्कै नाम स्मरण भएन तर, ठूलो क्षेत्रफलमा विभिन्न जातका विरुवाहरु, केही ठाउँमा सानासाना झरनाहरु राखेर पर्यटकहरुलाई तान्ने गरेको हामीहरुले महसुस गर्यो । जनकपुरधाममा यस्ता धेरै ठाउँहरु छ जसलाई सदुपयोग गरेमा कम्तिमा पर्यटकहरुलाई सात दिनसम्म रोक्न सकिन्छ ।
ज्ञानटोक भित्र ‘सेभन प्याईन्ट’ लाई समीक्षा गर्ने हो भन्नेह हाम्रो यहाँको शिवमन्दिर, भूतनाथ मन्दिर, गंगाआरती, राममन्दिर, राजदेवी मन्दिर, जानकीमन्दिर जस्तै हामीहरुले महसुस गरे । तर पर्यटकलाई त्यहाँसम्म पुर्याउन ट्याक्सी चालकको महत्वपूर्ण भूमिका हामीहरुले महसुस गरे । पर्यटकहरुलाई कसरी रोक्न सकिन्छ त्यसको बढी महत्व ट्याक्सी चालकले नै दिएको छ ।
स्वच्छ र फोहरमुक्त सहरको रुपमा भारतमै पहिलो राज्यको रुपमा सिक्कीम रहेको इतिहासबाट बुझिन्छ । त्यहाँका नागरिकहरुले सडक लगायतको ठाउँहरु कसरी सफासुघर रहन्छ जिम्मेवार देखियो । आफूहरु पनि फोहर नगर्ने र अरुलाई पनि सचेत गराउने सकारात्मक सोचबाट हामीहरुलाई सिख्नुपर्ने महसुस भयो । त्यहाँ ट्राफिक नियम पनि निक्कै कडा रहेको छ । ट्राफिकहरु नहुँदा पनि चालक त्यसको पालना गर्ने गर्दथ्थे ।
अर्कोदिन हामीहरुले सिक्कीम र चीनको नथुला बोर्डर जाने निर्णय भयो । यी बोर्डरको साथीहरुले धेरै नै प्रशांसा समेत गरिसकेका थिए । ज्ञानटोकबाट ती बोर्डरको उच्चाई १२ हजार ४ सय फिट रहेको छ ।
हामीहरु दुईवटा गाडीमा नथुला बोर्डरका लागि प्रस्थान गरे । जति उच्चाईमा हामीहरु पुग्दै गए चिसो बढी र आँक्सीजन कम पाउने गरेको महसुस भयो । पहिलो पटक यस्तो उच्चाईमा गएकोले हुन पनि सक्छ । चीन बोर्डरभन्दा १० किलोमिटर यतै नथुला ठाउँमा चालकले हामीहरुलाई झारिदियो । त्यहाँ हामीहरुले विभिन्न प्रकारको तस्वीर खिचाएर आत्मसन्तुष्टी लिए ।  यसरी हामीहरुको सात दिनको दार्जिलिंग र सीक्किम भ्रमण रह्यो ।

यात्रा संस्मरण

Thursday, October 10, 2019

गृहमन्त्री विमलेन्द्र निधिदेखि राष्ट्रपति डा. रामवरण यादवलाई पढाउने दीपनारायण

जनकपुरधाम, २३ असोज । पाँच दशकदेखि पत्रिकार बेचेर जिविकोपार्जन गर्दै आएका दीपनारायण साहले आफू पूर्व गृह एवं उपप्रधानमन्त्री विमलेन्द्र निधि र पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई समेत पत्रिका पुर्याएर पढाउने गरेको दावी गरेका छन् ।
उनले आफू २० वर्षकै हुँदा पत्रिका बेचर जिविकोपार्जन गर्दै आएको बताउँदै आफूले धनुषाका ठूलठूला नेताहरुलाई घरघरमा पत्रिका पुर्याएर पत्रिका पढाउने वाणी बसाएको बताउँछन् । उनले ती मध्ये अधिकांश नेताहरुमाथि अहिलेपनि पैसा बाँकी नै रहेको जिकिर समेत गरेका छन् ।
दीपनारायण साहले भने, ‘२०५० सालदेखि आफू पत्रिका बेच्ने कार्य गरेका छौं । २०४५ सालदेखि जनकपुरधामका अधिकांश नेताको घरघरमा पत्रिका पुर्याउँने गरेका थिए । त्यतिबेलामा उनीहरु विद्यार्थी नेता हुनुहुन्थ्यो । धनुषाका रामचन्द्र झा, शितल झा, विमलेन्द्र निधि, डा. रामवरण यादव सहितका व्यक्तिहरुलाई पत्रिका दिने गर्दथे ।’
उनले अगाडि भने ‘त्यतिबेला नेपालमा बढी पत्रिका थिएन । भारतीय पत्रिका हिन्दुस्तान, जागरण, आर्यावार्त, सरस सलिल, हिन्दुस्तान टाइम्स, नवभारत टाइम्स लगायत र नेपालको गोरखापत्र र पछि कान्तिपुर पत्रिका थियो । त्यतिबेला जनकपुरधाममा घरघरमा पुर्याउनका लागि राम्रोबाटो पनि थिएन ।’
आफू थोरे पढेलेखेको भएपनि आफूले बेचेको पत्रिकाबाट यहाँ ठूलठूला साहित्यकार भएका छन्, मन्त्रीदेखि राष्ट्रपतिसम्म भएका छन् । तर आफू जहाँको त्यही रहेको स्वीकार गर्छन ।
उनी अहिले जनकचौक स्थित जनकमन्दिरमा पत्रिकाको सानो पसल खोलेर आफ्नो वाणीबाट पाठकलाई  मनजित्दै आएका छन् । विशेष गरी विद्यार्थीहरुलाई पत्रपत्रिका नपढेमा संसारिक कुरा थाहा नहुने र राजनीतिक कुरा नबुझेमा देशभक्त बन्न नसकिने भन्दै पत्रिका पढन बाध्य तुल्याई रहेका छन् ।
साह पत्रिका बेच्नुका साथै विभिन्न प्रकारका विश्लेषण समेत गर्ने गर्दछ । नेता र पत्रकार पुग्न वितिकै राजनीतिक, धार्मिक लगायतका कुराबाट आफ्नै तर्फ आकर्षित गरिरहेका छन् । साहले आफू जनकपुरधामका लागि पहिलो पत्रिका बिक्रेता नभएपनि दोस्रो आपूm नै रहेको दावी समेत गरेका छन् ।

Sunday, October 6, 2019

मेयर साहद्वारा राजदेवी मन्दिर वरिपरि सफाई


जनकपुरधाम, २० असोज । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले राजदेवी मन्दिर वरिपरि सोमवार विहान सफाई गरिएको छ ।
अष्टमी तिथिका दिन माता राजदेवी मन्दिरमा बोकाबली पश्चात सडक रक्ताम्य र फोहरमय बनेको थियो । त्यसलाई मेयर साह र उपमहानगरपालिका कर्मचारीहरुले सोमवार विहानै सफाई गरिएको छ ।
वारुण यन्त्र लगायतको साधन स्रोत लिएर मेयर साहले विहानै राजदेवी मन्दिरको पश्चिमवारी, उत्तरवारी तथा पूर्ववारी सडकलाई सफाई गरिएको हो । आईतवार साँझ ८ बजेदेखि राजदेवी मन्दिरमा शुरु भएको बोकाबली राति ३ः३० बजेसम्म भएको थियो ।

प्रत्येक वर्ष बोकाबाली पश्चात् राजदेवी मन्दिर वरिपरि रक्तमय भएपछि गन्हाउने गर्दछ । तर यस पटक मेयर साहले आफ्नै नेतृत्वमा कर्मचारीहरुलाई लिएर त्यसलाई सफाई गरिएको छ ।
धार्मिक साँस्कृतिक नगरी जनकपुरधाममा कुनै प्रकारको गलत सन्देश नजाओस् त्यसलाई मध्यनजर गरी मेयर साहले आफै सफाई समाग्री लिएर सफाई गरिएको जनाइएको छ ।

Friday, October 4, 2019

तेस्रो लिंगीलाई पनि आरक्षण हुनुपर्छ ः राज्यमन्त्री कुशवाहा


जनकपुरधाम, १७ असोज । आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले जनसंख्याको आधारमा तेस्रो लिंगीलाई पनि आरक्षण हुनुपर्ने बताएका छन् ।
सुनौली बिहानी समाजद्वारा शुक्रवार जनकपुरधाममा आयोजित प्रदेशस्तरीय यौनिक तथा लैगिंक अल्पसंख्यक विषयमा ‘खुल्ला बहस’ कार्यक्रममा उहाँले सो कुरा बताएका हुन ।
राज्यमन्त्री कुशवाहाले केही वर्ष अघिको तथ्यांक अनुसार देशभरिमा ९ लाखबढी तेस्रो लिंगी रहेको जिकिर गरेका छन् । उनले भने ‘समाजकै रुढीवादी सोचको परिवर्तनको आवश्यकता रहेको  छ । समजको रुढीवादी सोच र राज्यको विभेद नीतिको कारण उनीहरु पछाडि परेका छन् ।’ उनले तेस्रो लिंगी कमजोर होइन, कानून नीतिमा परिवर्तनको आवश्यकता रहेको छ । प्रदेश सरकारले कानून निर्माण गर्दा त्यसलाई ध्यानमा राख्ने अश्वासन समेत दिएका छन् ।

भारतको एउटा तेस्रो लिंगीको उदारहण प्रस्तुत गर्दै उनले भने, ‘भारतमा एकजना तेस्रो लिंगी सन्यासी थिए, त्यहाँ सानादेखि ठुल्ठूलाहरु माथ ठेग्न गर्दथे । उनीहरु अपहेलित होइन, सम्मानित हुनुहुन्छ ।’
मन्त्री कुशवाहाले संविधानले सबैको बराबरको अधिकार दिएकोले आफ्नो अधिकार आफै लिनुपर्ने र त्यसका लागि संघर्षको आवश्यकता रहेको समेत औल्याए ।
त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले राज्यमन्त्री कुशवाहाको कुरालाई समर्थन जनाउँदै संविधानमा तेस्रो लिंगीको अधिकार स्थापित भई सकेको बताए । उनले प्रदेश सरकारले कानून निर्माण गर्दा तेस्रो लिंगीसँग समेत परामर्श गर्ने अश्वासन दिएका छन् । संविधानले धेरै अधिकार दिएको छ, बाँकी अधिकार लिनका लागि सबैलाई अगाडि बढनुपर्ने उनले जिकिर गरेका छन् ।
त्यस्तै प्रदेश साँसद रामचन्द्र मण्डलले कानून निर्माण भएको छ, तर तेस्रो लिंगीको पहिचान स्थापित हुन नसकेको जिकिर गरेका छन् । उनले भने,‘ पहिचान स्थापित र अधिकार सुनिश्चितका लागि उनीहरुलाई आफै अगाडि बढ्नुपर्छ ।’ उनले यसै समाजका सन्तानलाई समाजले विभेदमा राख्नु दुःखद कुरा रहेको भन्दै समाजिक जनचेतनाको आवश्यकता समेत रहेको औल्याएका छन्।
बहस कार्यक्रममा तेस्रो लिंगीहरुले सहज रुपमा नागरिकता नपाउनु, पासपोर्ट नदिनु लगायतको विभेद राज्यले गर्दै आएको गुनासो पोखेका थिए। उनीहरुले राज्यदेखि समाजलेपनि शिक्षा, स्वास्थ्य लगायतको सुविधाबाट वन्चित गर्दै आएको कुरा दोहोर्याएका थिए।
कार्यक्रममा प्रदेश साँसद जानकी शरण साह, राजपाका केन्द्रिय सदस्य संजय चौधरी सहितका व्यक्तिहरुले विचार राखेका थिए ।