Friday, September 8, 2017

महिलाको सम्मानका लागि लड्ने छु ः निलम कर्ण

नेपाली कांग्रसको तर्फबाट जनकपुर उपमहानगरपालिकाको उपमेयर पदका लागि निलम कर्णले उम्मेदवारी दर्ता गराउनु भएको छ । उहाँसंग महिलाको सर्वांगिन विकास तथा जनकपुर विकासका लागि के के एजेण्डाहरु छन लगायतका विषयमा दैनिक जनकपुर सँग गरेको कुराकानीको सम्पादित अंश ।

प्र. के सोचका साथ उपमेयर पदमा उम्मेदवारी दिनु भएको छ ?
जनकपुरको विकास बर्षोदेखि ठप्प रहेको छ । जनकपुरको विकासका लागि नेपाली कांग्रेसलाई यहाँ विजयी बनाउनु अति आवश्यक रहेको छ । मैले जनकपुरको सर्वांगिन विकासका लागि सदैव काम गर्ने ध्येयका साथ उपमेयर पदमा उम्मेदवारी दिएको छु । महिलाहरुको अधिकारका लागि समेत आवाज उठाउने सोच बनाएको छु ।
प्र. नेपाली कांग्रेस लगायतका दलहरुले महिलाहरुलाई उप प्रमुख अतिरिक्त टिकेट दिइएको छैन नि फेरी महिलाका लागि कसरी लड्नु हुन्छ ?
म यो मान्दिन । यस पटक उपमेयरमा महिलाहरुले सहभागिता पाएका छन । यस पटक उप प्रमुखमै मात्रै भएपनि अघिल्लो पटक पक्कै पनि अवसर पाउने छल मलाई विश्वास छ ।
प्र. पछिल्लो समयमा महिला हिंसाका घटनाहरु यस भेगमा ह्वात्तै बढेको छ, यसको नियन्त्रणका लागि के गर्नु हुन्छ ?
हो, तपाईले भन्नु भएको कुरामा सहमत छु । यहाँ महिलाहरुलाई आर्थिक, सामाजिक तथा मानसिक सबै हिसाबले प्रताडित गर्ने गरिएको छ । यसको नियन्त्रणका लागि आवश्यक पहल अवश्य नै गर्ने हुछ । आफू पनि महिला भएकाले महिलाको सम्मानलाई ध्यानमा राख्नु मेरो कर्तव्य हो ।
प्र. सबै उम्मेदवारले म विजयी भएपछि यो यो गर्नेछु भनिरहेका छन, यदि तपाई विजयी हुनु भयो भने जनकपुरका लागि के गर्नु हुन्छ ?यदि विजयी हुन्छु भने जनकपुरको धार्मिक पर्यटनको बढावा दिने दिशामा पहल गर्नेछु । जनकपुर तलाउ तथा मन्दिरले भरिएको शहर हो त्यसलाई व्यवस्थित गरेर पर्यटकीय स्थलको रुपमा विकास गर्ने छु । त्यस्तै अन्तर्राष्ट्रिय विमानस्थल, रेलवे, धनुषाका ग्रामीण सडकहरु व्यवस्थित पारेर सदरमुकाम जनकपुरसंग जोड्ने दिशामा काम थाल्ने छु । सरसफाई छैन यहाँ आउने पर्यटकहरुको गुणासो हुन्छ ती गुणासाहरु कम गर्ने प्रयास गर्ने छु ।
प्र. उम्मेदवारहरु मतदानको समयमा मात्रै मिठो मिठो कुरा गर्छन मतदाताहरुको आरोप हुन्छ नि ?
मतदाताहरुको गुणासाहरु संग म पनि सहमत छु । तर म जे गर्न सक्छु त्यती प्रतिबद्धता मात्रै व्यक्त गर्छू । जे गर्न सक्दिन त्यो म बोल्दिन ।
प्र. अन्तमा के भन्नु हुन्छ ?
म सम्पूर्ण मतदातालाई भन्न चाहन्छु मधेशकालागि जे भएको छ त्यो नेपाली कांग्रेसले नै गरेको छ । मधेशी जनताका बाँकी अधिकार नेपाली कांग्रेसले नै दिलाउन सक्छ । त्यसैले नेपाली कांग्रेसलाई बहुमत दिएर विजयी बनाउनुस । म पनि मधेशी नै भएकोले मधेशी जनताको अधिकारका लागि पार्टी पंक्तिलाई दबाव दिई रह्ने छु सम्पूर्ण मतदाता समक्ष प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।
उपमेयर पदको उम्मेदवार
जनकपुर उपमहानगरपालिका
नेपाली कांग्रेस