Thursday, December 9, 2021

प्रदेश २ मा ६ महिनामा ३९१ वटा घटना भएकोे तथ्यांक सार्वजनिक


 

जनकपुरधाम, २३ मंसिर । प्रदेश नं. २ मा मानव अधिकारको ३९१ वटा घटना उल्लंघन भएको तथ्यांक बाहिर आएको छ । ती मध्ये राज्यपक्षबाट ५९ वटा र गैर राज्यपक्षबाट ३३२ वटा गरी ३९१ वटा मानव अधिकार उल्लंघ नभएको तथ्यांकले देखाएको छ ।
अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले नेपाल पत्रकार महासंघ प्रादेशिक कार्यालयमा बुधवार मिडिया साँझेदारी बैठकमा सन् २०२१ जनवरीदेखि जुनसम्मको सो तथ्यांक सार्वजनिक गरेका हुन ।
तथ्यांकमा अपहरण १२ वटा, पक्राउ ४ वटा बालअधिकार हनन ३१ वटा, अमानवीय व्यवहार ११ वटा, घाइते २२ वटा, हत्या ४५ वटा, जातिय विभेद २ वटा, धम्की ३ वटा, यातना १ वटा महिला अधिकार हनन १२५ वटा लगायतको भएको इन्सेकले उल्लेख गरेको छ ।
त्यसैगरी प्रस्तुत तथ्यांकमा बलात्कार घटना ११५ वटा, बालहिंसा ९५ वटा,  बजरजस्ती करणी ५ वटा, बालिका बेचबिखन ३ वटा, २५ जना बालिका र १ बालक सहित २६ जनामाथि यौन दुव्र्यवहार, १२ जना महिला घरेलु हिंसा, बोक्सी आरोपमा २३ र बलात्कारको प्रयासमा २१ महिला परेका तथ्यांक छ ।
इन्सेकका प्रदेश २ अध्यक्ष राजु पासमानको अध्यक्षतामा भएको मिडिया साँझेदार बैठकका प्रमुख अतिथि राष्टिूय मानव अधिकार आयोगका प्रदेश २ अध्यक्ष वीर बहादुर बुढामगरले कहिलेकाही अनुसन्धान नगरीकन समाचारहरु बाहिर आउँदा निर्दोष व्यक्ति पनि दोषी ठहरिने गरेकोले अनुसन्धान गरी समाचार सम्प्रेषण गर्नका लागि सबैमा आग्रह गरेका छन् । उनले पत्रकारमाथि सबभन्दा बढी जनता विश्वास गर्छन । ती समाचारहरुको विश्वासनियतालाई कायम राख्नका लागि विभिन्न घटनामा दोषी मानिएका व्यक्ति अनुसन्धानपछि निर्दोष हुने गरेकोले घटनाको अनुसन्धान गरी समाचार सम्प्रेषण गर्न बताएका छन् । 


पत्रकार र मानव अधिकारकर्मी न्यायको क्षेत्रमा कार्य गर्छन । कतिपय घटनामा अरु व्यक्तिले ठहराएका वा मानिएका दोषी व्यक्तिपछि निर्दोष सावित हुन्छ । यस्तो अवस्थामा उहाँको चरित्रमाथि ठूलो प्रश्नचिन्ह खडा हुने गर्छन बुढामगरले भने ‘मानव अधिकारकर्मी र पत्रकारलाई सधैं धाकधम्की आउने गर्छन, तर न्यायको क्षेत्रमा विचलित हुनुहुँदैन ।’
त्यसैगरी नेपाल पत्रकार महासंघका प्रदेश २ अध्यक्ष राजेश कुमार कर्णले इन्सेकको तथ्याकमा धेरै यस्ता घटनाहरु छन् जसको विवरण नआएको बताएका छन् । उनले घटना संकलन र मानव अधिकारकर्मीले कतिजनालाई न्याय दिलाउन सफल भएको÷पहल गरेको तथ्यांक राख्नुपर्नेमा जोड दिएका छन् । प्रहरी भित्र धेरै घटनाहरु घटेको छ, जुन यस तथ्यांका राखिएको छैन अध्यक्ष कर्णले भने, ‘विगतमा मानव अधिकारकर्मीहरु गरेको कार्य र अहिले गरिरहेको कार्यमा धेरै भिन्नता छ । वर्तमानमा मानव अधिकारको भूमिका प्रभावकारी देखिएको छैन ।’
कार्यक्रममा अधिवक्ता रेखा झा, पत्रकार धर्मेन्द्र झा, अजय झा लगायतका व्यक्तिहरुले आफ्ना जिज्ञासा राखेका छन् ।