Monday, September 10, 2018

विपीको १०७ औं जयन्तीमा वृक्षारोपण


जनकपुरधाम, २४ भदौ । नेपाली काँग्रेसका महानायक विपी कोइरालाको १०७ औ जन्मजयन्तिको अवसरमा आईतवार जनकपुरधाममा वृक्षारोपण कार्यक्रम गरिएको छ ।
विपी विचार राष्टिूय समाजका अध्यक्ष सुरेश कोइरालाको अध्यक्षतामा भएको ‘वृक्षारोपण’ कार्यक्रमका प्रमुख अतिथि पूर्व साँसद दिनेश प्रसैलाले नेपाली काँग्रेस विपी विचार विपरित गएकोले अहिलेको अवस्था यस्तो सृजना भएको बताएका छन । उनले भने, ‘ राष्टिूयता, प्रजातन्त्र र समाजवादको सिद्वान्तलाई आत्मसात गरी आफ्नो राजनीतिक यात्रामा राष्टिूय मेलमिलापको नीतिलाई सर्वोपरी मानेका कोइरालाको योगदान अहिले पनि सान्दर्भिक छ ।’
त्यस्तै काँग्रेसका नगरसभापति मनोज कुमार साहले विपी जयन्ति मनाएर हुँदैन उहाँको विचारलाई आत्मसाथ गरी पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । उनले नेपाली काँग्रेस वीपीको विचारधाराबाट कतै नकतै चुकेकोले त्यसको समिक्षा गर्नुपर्ने विचार राखेका छन् ।
वृक्षारोपण कार्यक्रममा जनकपुर उपमहानगरपालिका वडा नं. ९का वडा अध्यक्ष परमेश्वर साह, धीरेन्द्र मोहन झा लगायत आधा दर्जना नेता तथा कार्यकर्ताहरुले विपीको विचारधारामा प्रकाश पारेका थिए ।  उनीहरुले जनकपुरधाम ९ स्थित सुह्द पुस्तकालयमा विभिन्न जातका विरुवाहरु समेत लगाएका छन् ।
त्यसैगरी जिल्ला कार्य समिति धनुषाले सोही अवसरमा वृक्षारोपण तथा विचार गोष्ठी गरेका छन् ।

No comments:

Post a Comment