Thursday, May 10, 2018

ड्रोन क्यामराको निगरानीमा जनकपुरधाम


जनकपुरधाम, २६ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द मोदीको बैशाख २८ गते हुने जनकपुर भ्रमणलाई ध्यानमा राखी डूोन क्यामराद्वारा जनकपुर नगरभित्र निगरानीमा राखिएको जनाइएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले आठवटै जिल्लामा सुरक्षालाई चुस्तदुरुस्त बनाउनका लागि सुरक्षाकर्मीहरुले निर्णय गरेको छ । बुधवार आठवटै जिल्लाका सुरक्षाकर्मीहरुबीच बसेको बैठकबाट सो निर्णय गरिएको जनाइएको छ । बैठकमा आठवटै जिल्लासँग जोडिएको सीमा क्षेत्रमा चेकजाँच बढाइने, सादा पोशाकमा सुरक्षाकर्मीहरुलाई खटाइने तथा जनकपुर उपमहानगरपालिकालाई डूोन क्यामराको निगरानीमा राख्ने जस्ता छलफल भएको मन्त्री यादवले बताएका छन् ।
मन्त्री यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुर भ्रमणलाई लिएर प्रदेश नं. २ को आठवटै जिल्लासँग जोडिएर रहेको सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाइएको बताएका छन् ।
प्रदेश नं. २ को सप्तरीदेखि पर्सासम्म आठ जिल्लामा जोडिएर रहेको नेपाल(भारतको सीमा क्षेत्रमा सुरक्षा व्यवस्था बढाउनुको साथै कडाई गरिएको सम्बन्धित जिल्लाका सुरक्षाअधिकारीहरुले बताएका छन् । सीमा नाकाबाट आवतजावत गर्नेहरु प्रति विशेष रुपमा निगरानी राख्न थालिएको छ भने सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको बाक्लो उपस्थिति गराइएको छ ।
अतिवादी घुसपैठ हुन सक्ने र लुकीछिपी बस्न सक्ने स्थलको पहिचानगरी निगरानी बढाउन थालिएको सुरक्षाअधिकारीहरुले जनाइएको छ । सुरक्षा व्यवस्थित गर्न सीमावर्ती भारतको सुरक्षा अधिकारीसँग समेत समन्वय गरी अति सम्वदेनशील नाकामा सीसी क्यामरा समेत जडान गरिएको जनाइएको छ ।
त्यस्तै मन्त्री यादवले केही भारतीय सुरुक्षाकर्मीहरु पनि सादा पोशाकमा एसपी तथा डिएसपीको कमाण्डमा रहेको बताएका छन् । उनीहरुलाई विभिन्न ठाउँमा उनीहरुलाई परिचालन गरिएको जनाएका छन् ।
त्यस्तै दुई दिने भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल सुरक्षाका लागि ८६ भारतीय कमाण्डो नेपाल आएका छन् ।
मंगलबार काठमाडौं, जनकपुर र मुस्ताङ पुगेका भारतीय कमाण्डोले मोदीको सुरक्षा गर्नेछन् । स्रोतका अनुसार मंगलबार बिहान ११ बजे भारतीय वायु सेनाको कार्गो विमानबाट मोदीले प्रयोग गर्ने २ ओटा बुलेटप्रुफ कार र बन्दोबस्तीका साथ ६१ जना कमाण्डो त्रिभुवन अन्तर्रा्ष्टिूय विमास्थल पुगेका थिए।
काठमाडौं आएका ६१ मध्ये १५ जना कमाण्डो बस्दोबस्तीका सामाग्रीसहित मुस्ताङ पुगेका छन्। दिउँसो ३ः१५ बजे बुद्ध एअरको विमानमार्फत् उनीहरु पोखरा गएर उनीहरू मुस्ताङ पुगेका हुन्। बाँकी ४६ जना कमाण्डो काठमाडौंमै छन्।
काठमाडौंमा रहेका कमाण्डोले मोदी बस्ने होटल हायत र कार्यक्रम स्थलको सुरक्षा अवलोकन गर्नेछन्। मोदी आएपछि सुरक्षा उनीहरू सुरक्षामा खटिनेछन्। मंगलबार नै भारतीय वायु सेनाको विमानबाट २५ जना कमाण्डो जनकपुर पुगेका छन्। नेपाल आएका भारतीय कमाण्डोले आवश्यक हातहतियार र बन्दोबस्तीको सामान उतैबाट ल्याएको स्रोतले बतायो। मोदी आउनु अगावै नेपाल आएका भारतीय कमाण्डोले नेपाली सेनासँग समन्वय गरी मोदीको सुरक्षा गर्ने छन्।
मोदी भ्रमणका क्रममा काठमाडौंमा मात्रै १० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने गृह मन्त्रालयको तयारी छ। मोदी भम्रणको सुरक्षाको नेतृत्व नेपाली सेनाले गर्नेछ। मोदी सुरक्षाको पहिलो घेरामा भारतीय सुरक्षाकर्मी हुनेछन् भने दोस्रोमा नेपाली सेना रहनेछ। त्यस्तैगरी नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्टिूय अनुसन्धानको टोलीलाई परिचालन गर्ने सरकारले तयारी गरेको छ। मोदीको सुरक्षामा प्रहरी र नेपाली सेनाका तालिमप्राप्त कुकुरसमेत परिचालन पनि गरिनेछ ।
मोदी आफ्नै बुलेट कारमा सवार हुनेछन्। भारतीय कमाण्डोले मोदीको भ्रमणका प्रयोग गर्न रेन्जरोभर र बिएमडब्लु ‘बुलेटप्रुफ’ गाडी पनि ल्याइएसकेको छ। दुईवटा गाडीमध्ये एउटा जनकपुर पठाउने र एउटा काठमाडौंमै रहने स्रोतले जानकारी दियो। मोदी वैशाख २८ गते बिहान भारतीय वायु सेनाको हेलिकप्टरमा बिहारबाट जनकपुर आउनेछन्। त्यही दिन काठमाडौं आउने उनी अर्को बिहान मुस्ताङको मुक्तिनाथ जाने छन्।

Tuesday, May 8, 2018

रुखदेखि भित्तासम्म मोदीकै पोष्टर


जनकपुरधाम, २५ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुर भ्रमणलाई लिएर जनकपुरधाम ‘मोदीमय’ बनेको छ । प्रम मोदीको स्वागतका लागि यहाँको रुखदेखि भित्तासम्म पोष्टर लगाइएको हो ।
जनकपुर उपमहा नगरपालिका नगरभित्रको चौकको चौकचौराहादेखि लिएर रुखसम्म फ्लेक्स बोर्ड झुण्डिाइएको छ । फ्लेक्स बोर्डमा नेपाल र भारतको झण्डाको बीचमा मोदीको तस्वीर रहेको छ भने शब्दले स्वागत गरिएको हो ।
नगरभित्रका केही पसलेधनीहरुले आफ्नो पसलको नाम तल उल्लेख गरेको छ भन्ने अधिकांश फ्लेक्स बोर्डमा जनकपुर उपमहानगरपालिका तथा प्रदेश सरकार प्रदेश २ को लेखिएको छ ।
त्यसैगरी सामाजिक सञ्जालमा पनि केही युवाहरुले मोदीको स्वागत गरेको छ । सञ्जालमा नै ‘भारतीय प्रधानमन्त्रीलाई जनकपुरधाममा स्वागत’ लेखर प्रम मोदीसँग आफ्नो स्तवीर समेत पोष्ट गरेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्रको भ्रमणको स्वागतको तयारीमा स्थानीयहरु पनि निक्कै सक्रिय पूर्वक लागेका हुन ।

नेपाल रेल्वे यसवर्ष गुड्ला अझै अन्योलमै


जनकपुरधाम, २५ बैशाख । जनकपुर(जयनगर रेल सेवा यसवर्ष सञ्चालनमा आउला अझै अन्योलमा परेको छ । नेपाल भारतको सहयोगमा प्रथम चरणमा जनकपुर(जयनगर रेल्वे सेवा सञ्चालनमा आउने भारतीय ठेकेदारहरुले दावी गरिरहेका छन । तर लिक (पट्टरी)को कार्यमा तिव्रता आएपनि यसवर्ष सञ्चालनमा आउने सम्भावना निक्कै कम देखिएको छ ।

भारतको आर्थिक सहयोगमा पहिल चरणमा जनकपुर(जयनगर ५९ किलोमिटरमा पट्टरी विछ्याउने कार्य तिव्रगतिमा भई रहेको छ । तर यस पट्टरीमा गुड्ने बोगी र रेल इन्जन कहाँबाट ल्याउने अन्योल नै छ । जयनगरदेखि जनकपुरसम्ममा ९५ प्रतिशत पुलपुलेसा तथा ७० प्रतिशत पट्टरी विछ्याउने कार्य सम्पन्न भई सकेको छ । तर नेपाल सरकारले यस पट्टरीमा गुड्ने बोगी र इन्जन खरीद गर्ने की दातृ राष्टूसँग सहयोग माग्ने विचाराधीनमा रहेका छन ।
‘रेल्वेको लागि पट्टरी विछ्याउनेसम्म भारत सरकारसँग सम्झौता भएको हो । सम्झौता अनुसार ई.सं. २०१८ को अक्टुम्बरसम्म कार्य सम्पन्न हुने करीब पक्कापक्की छ । तर त्यस पट्टरीमा गुड्ने बोगी र इन्जिनका लागि यातायात मन्त्रालय र विभागसँग छलफल भई रहेको छ’, जनकपुरका रेल्वे विभाग इन्चार्ज विनोद झोला भने । उनले भारत सरकारसँग बोगी र इन्जिन दिइने सम्झौता भएको छैन । विभाग र मन्त्रालयबीच सो कुराका लागि छलफल चलिरहेको बताएका छन् ।
यता नेपाली काँग्रेस धनुषाका नगरसभापति मनोज साहले सम्बन्धित निकायको दावी अनुसार यस विवाह पञ्चमी मेलामा जनकपुर जयनगर रेल्वे सेवा सञ्चालन कुनै पनि हालतमा नहुने दावी गरेका छन् । उनले नेपाल सरकार ठग्ने कार्य मात्र गरिरहेको आरोप लगाउँदै भारत सरकारले आफ्नो कार्य सम्पन्न गरेपनि रेल सञ्चालनमा नआउने ठोकुवा गरेका छन् ।
रेल सञ्चालनमा ल्याउन अब स्थानीय सरकार र प्रदेश सरकारको काँधमा छ । तर उनीहरु पनि अहिलेसम्म कुनै जिज्ञासा नराखेकोप्रति उनले दुःख व्यक्त गरेका छन् । निर्माण कार्य सक्न लागेपनि सरकारले बोगी र इन्जिन कहाँबाट ल्याउने अहिलेसम्म वेवस्था नै गरेको कुरा दोहोर्याएका छन् । यता नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसँग फोन मार्फत सम्पर्क गर्न खोज्दा सम्पर्कमा आएको छैन ।