Friday, September 7, 2018

अदालतकै कर्मचारीद्वारा डेढदर्जन व्यक्तिमाथि ठगीको आरोप


जनकपुरधाम, २२ भदौ । महोत्तरी जिल्ला अदालतमा कार्यरत राजकरण साहले डेढ दर्जन व्यक्तिलाई ठगी गर्ने गरेको आरोप लगाइएको छ । पीडितहरुले जनकपुरधाममा शुक्रवार पत्रकार सम्मेलन गरी सो कुरा बताएका हुन् ।
महोत्तरीको भंगहा नगरपालिका वडा नं. ३ बस्ने दलित परिवारका व्यक्तिहरुलाई तलवको प्रलोभन दिई वैदेशिक रोजगारीमा पठाउने गरेको र सो अनुसार तलव पनि नपाएको उल्टै अदालतमा मुद्दा दिने गरेको पीडितहरुले आरोप लगाएका छन् ।
‘तीन साह पहिला आफू साउदी गएका थिए । राजकरण साहले त्यहाँ ११ सय तलव पाउँछौ । तिमीलाई एक लाख १० हजार रुपैया तिर्नुपर्छ’(जलधारी सादाले भने, आफू्र ३५ हजार रुपैया नगद र बाँकीको कागज बनाई दिएका थिए । त्यहाँबाट आएपछि सबै रुपैया भुक्तानी गरे र सामाजकै आगाडिमा कागज पनि फाडे । अहिले आएर अदालतमा मुद्दा दिएको छ। त्यहाँ तलव पनि आफूले पाँच साय मात्र पाउने गरेको थियो ।’ आफूहरु पढेलिखेको छैन, कुन कागज फाड्यो त्यो पनि थाहा छैन । भने अनुसार तलव पनि नपाएको र पैसा तिरेपनि फेरी अदालतमा गएर मुद्दा चलाएको कागज आएको उनले पत्रकारहरुसँग गुनासो पोखेका छन् ।
त्यस्तै सोही वडाका सुनिता देवीले भनिन, ‘भाई रामेश्वर रामलाई ११ सय रुपैया तलव दिन्छ भनेर साउदी पठाएका थिए । ४५ हजार रुपैया बाँकी रहेको थियो । त्यसको कागज बनाई दिए । तर त्यहाँ पुगेपछि पाँच सय तलव मात्र थियो । काम पनि धेरै मेहिनतको भएकोले भाई रामेश्वर फर्केर नेपाल आए । ४५ हजार रुपैया जसोतसो दिएपनि अदालतमा मुद्दा चलेको कागज आएपछि आफू चक्क परेको हो ।’
सो वडामा बस्ने १८ जना राम र सादा समुदायको यस्तो समस्या रहेको उनीहरु बताएका छन् । ती मध्ये तुलाधर देवी, सुनिता देवी, गलधारी सादा, चन्देश्वर राममाथि जिल्ला अदालत महोत्तरीमा मुद्दा समेत दिएको उनीहरुले गुनासो पोखेका छन् । आफूहरु अनपढ रहेको र कानून सम्बन्धी ज्ञान नभएकोले पत्रकारहरुलाई गुहारो उनीहरुले बताएका छन् ।
त्यसै सोही वडाका किशोरी सादाले साहसँग २०६८ सालमा डेढ लाख एक कट्टा जग्गा किनेको भन्दै रजिष्टेूशन गरिदिन भनेपछि अहिले आएर दिन्न नमानेको उनले बताएका छन् । रकम तिरेको कागजातहरु समेत देखाउँदै उनले भने, ‘ जग्गा रजिष्टूेशन गर्नका लागि भनेपछि अर्को जग्गा लिएमा मात्र गर्ने छौ । ती जग्गामा आफूले घर समेत बताएका हो ।’

No comments:

Post a Comment