Friday, February 20, 2015

काकीसंग अनैतिक सम्बन्ध राख्ने भतिजोको ंसंवेदनशील अङ्गकाटियो

कैलास दास
जनकपुर, फागुन ८ । धनुषा जिल्लामा वैदेशिक रोजगारीको कुप्रभाव दिन प्रतिदिन देखिन थालेको छ । धनुषाको लोहनामा यस्तै प्रकारको घटना भएको छ । आफ्नै सानी काकीसंग राख्दै आएको शारीरिक सम्बन्ध बाहिर आएपछि शारीरिक हिंसामा परेको छ ।
सो गाउँका २५ वर्षे भतिजो रामदेवको काकीले लिङ्ग नै छिनाई दिएको छ । काकीसंग तीन चार वर्ष अगाडीदेखि नै सम्बन्ध राख्दै आएको तर विवाह गरेपछि कम ध्यान दिएको निहुमा काकीले दिउसै लिङ्ग छिनालेको अभियोगमा प्रहरीले काकीलाई पक्राउ गरेका छन् । अहिले काकीलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ भने लिङ्ग काटिएका युवकको उपचार जनकपुरको जानकी हेल्थ केयर सेन्टरमा भैरहेको छ ।
लिङ्ग छिनाउने काकीको श्रीमान वैदेशिक रोजगारीका लागि तेस्रो मुलुकमा छन् । २८ वर्षको सो महिलालाई थुनामा राखेर अनुसन्धान गर्ने काम भैरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घटनापछि वैदेशिक रोजगारीले कस्तो प्रकारको घटना हुदो रहेको छ यसैले छरपष्ट भएको छ । धनुषामा यस्ता प्रकारको जवरजस्तीका घटनाहरु प्रायः भैरहेको छ । अनैतिक सम्वन्धको केशहरु दिन दिनै आउने गरेको छ । खास गरेर काम गर्ने शिलशिलामा कमै उमेरको श्रीमतिलाई छाडेर जाने प्रबृत्ति बढेका कारणले यस्ता प्रकारको घटना हुने गरेको छ ।