Monday, October 29, 2018

अभिभावकहरु विद्यालयमै ११ बु“दे मांग गर्दै आन्दोलित


जनकपुरधाम, ११ कार्तिक । जनता माध्यमिक विद्यालयमा ११ बुँदे माँग राखी अभिभावकहरु आन्दोलनमा उत्रेका छन् ।
जनकपुरधाम उपमहा नगरपालिका वडा नं. २४ देवपुरामा रहेको सो विद्यालयमा दर्जनौको संंख्यामा अभिभावकहरु एकत्रित भई विद्यालयका प्रध्यापक विरुद्ध असन्तुष्टि समेत व्यक्त गरेका छन् ।
विद्यालयको वार्षिक आम्दानी २० लाखबढी भएपनि विद्यालयको अवस्था जीर्ण र पठनपाठन निक्कै कमजोर रहेको र सातौ घण्टीसम्म पढाई समेत नहुने गरेको अभिभावक रामनाथ दासले गुनासो पोखेका छन् । उनले पाँच वर्षदेखि अभिभावकहरु पठनपाठनमा सुधार गर्नका लागि शिकायत गरेपनि आजभोली गर्दा गर्दै त्यसमा सुधार नभएपछि बाध्य भएर आज आन्दोलनमा उत्रिनु परेको बताएका छन् ।
अभिभावक दासले विद्यालय निर्माणमा विद्यालयका प्रधानाध्यापक पवन कुमार लाल कर्णले अनियमितता समेत गरेको आरोप लगाएका छन् ।
त्यस्तै स्थानीय रामचन्द्र साहले भवन निर्माणमा प्रअ कर्णले लाखौको भ्रष्टाचार गरेको आरोप लगाएका छन् । उनले विद्यालय व्यवस्थापन समिति गठन हुन नदिनमा प्रध्यापक कर्णकै हात रहेको बताएका छन् ।
त्यस्तै अग्रेजी शिक्षक प्रभा मिश्रले विद्यार्थीहरुका लागि व्यवस्थापन राम्रो किसिमले हुन नसक्दा पठन पाठनमा निक्कै समस्या रहेको बताएका छन् । उनले लेख्ने बोर्डहरु समेत कोठाभित्र नहुँदा विद्यार्थीहरुको पढाउनमा समस्या परेको दोहोर्याएका छन् ।
त्यस्तै अर्का गणित तथा विज्ञानका शिक्षक रविन्द्र दासले कक्षालाई राम्रो किसिमले व्यवस्थापन हुन नसक्दा विद्यार्थी तथा शिक्षक दुबैको समस्या रहेको बताएका छन् । उनले प्रध्यापकलाई पटकपटक ताकेदा गर्दा पनि ध्यान नदिएपछि बाध्य भएर घण्टी छोड्नु परेको गुनासो पोखेका छन् ।
त्यस्तै अभिभावकहरुले विद्यालयमा सातौ घण्टी पढाई हुनुपर्ने, विद्यालय समयमा शिक्षकहरुको उपस्थिति हुनुपर्ने, दैनिक कम्प्यूटर कक्षा सञ्चालन हुनुपर्ने, छात्रा शौचालय अविलम्ब निर्माण गर्नुपर्ने, विद्यालयमा काटिएको विद्युत लाइन जोडाउनुपर्ने, लेखापालको नियुक्ति र तलव सम्ब्न्ध्मा छानबिन हुनुपर्ने रहेको छ ।
त्यस्तै निजी स्रोतको शिक्षक तथा कर्मचारीको नियुक्ति प्रक्रियाको छानबिन गरी विज्ञापनद्वारा शिक्षक नियुक्ती गर्नुपर्ने, विगत पाँच वर्षदेखि सामाजिक परीक्षण नगराएकोले सो लगायत हालसम्मको आयव्याय, बिल भर्पाई सहित सार्वजनिक गर्नुपर्ने, सडक निर्माणको क्रममा राज्यले उपलब्ध गराएको जग्गा मुआब्जा रकम के मा खर्चियो सार्वजनिक हुनुपर्ने,  छात्रवृति किन वितरण गरिएन कारण देखाउनु पर्यो उनीहरुले माँग राखेका छन् ।
विद्यालयमा १८ वटा कर्मचारी ६ सयभन्दा बढी विद्यार्थीहरु छन् । उनीहरुको संचयकोष र तलव समेत समयमा प्रध्याकले नदिने गरेको शिक्षक तथा कर्मचारीहरुले गुनासो पोखेका छन् ।

Thursday, October 25, 2018

‘प्रदेश २ मा बलात्कार घटना डेढ गुणा बढ्यो’


जनकपुरधाम, ७ कार्तिक ।  प्रदेश नंं २ मा बलात्कारको घटनामा झ्वाम्मै वृद्धि भएको छ । गत वर्षको तुलनामा यसवर्ष बलात्कार घटनामा डेढ गुणा वृद्धि भएको तथ्यांकले देखाइएको छ ।
इन्सेक नेपालको तथ्यांक अनुसार प्रदेश नं. २ मा अग्रेजीको जनवरीदेखि सेप्टेम्वरसम्मा २८ जना महिला तथा ९० जना बालिका बलत्कृत भएको हो । ९ महिनामा भएको बलात्कारको घटनामा महिला भन्दा बढी बालिका बलत्कृत भएको तथ्यांकमा उल्लेख रहेको छ । तथ्यांकमा हत्या उल्लेख नभएपनि अधिकांश बालिकालाई बलात्कार गरी हत्या गरिएको विभिन्न स्रोतले देखाएको छ ।
इन्सेकको तथ्यांक अनुसार धनुषामा ९ महिनामा ७ जना बालिका र २ जना महिला बलात्कारको शिकार भएको छ र १० जना महिलामाथि यौन दुव्र्यवहार गरिएको हो । जबकि गत वर्ष ५ बालिका र एकजना महिला बलात्कारकी शिकार भएकी थिइन ।
त्यस्तै महोत्तरीमा ९ महिनामा ६ जना बालिका र २ वटा महिला बलात्कारकी शिकार भएकी छिन भने ३ जना महिलामाथि यौन दुरव्यवहार गरिएको हो । जबकि गत वर्ष ४ वटा बालिका र ६ वटा महिला बलत्कृत भएकी तथ्यांकमा उल्लेख छ ।
त्यस्तै सप्तरीमा ९ महिना २५ वटा बालिका र ९ वटा महिला बलत्कृत भएकी छिन भने १८ जना महिलामाथि यौन दुरव्यहार गरिएको हो । गत वर्षमा ११ जना बालिका र १० जना महिला बलात्कारकी शिकार भएकी थिइन । सर्लाहीमा ९ महिनामा ३ वटा बालिका र ३ वटा महिला बलत्कृत भएकी छिन भने गत वर्ष ८ बालिका र ३ वटा महिला बलात्कारकी शिकार भएकी थिइन ।
सिरहामा ९ महिनामा १६ जना बालिका र ८ जना महिला बलत्कृत भएकी छिन भने ३२ जना महिलामाथि यौनदुव्र्यवहार भएको छ । तर गत वर्षमा २२ जना बालिका र ३ जना महिला बलत्कृत भएको छ । त्यसैगरी बारामा ४ जना बालिका २ जना महिला बलत्कृत भएकी छिन भने २ जनामाथि यौन दुव्र्यवहार भएको हो । जबकि गत वर्षमा ५ जना बालिका बलत्कृत भएकी थिइन भने एकजना महिलामाथि बलत्कारको प्रयास भएको थियो । पर्सामा ९ महिनामा ७ जना बलिका र दुई जना महिला बलत्कृत भएकी छिन भने २ जनामाथि यौनदुव्र्यवहार गरिएको छ । जबकि गत वर्ष ७ जना बालिका र ५ जना महिला बलत्कृत भएकी इन्स्के नेपालको प्रदेश नं. २ का संयोजक राजु पासमानले जनाएका छन् ।
प्रदेश २ को सरकारले एकतर्फ बेटी पढाउ, बेटी बचाउ अभियानलाई अगाडि ल्याइएको छ भने अर्कोतिर बालिका बलात्कारको घटना गत वर्षभन्दा झ्वाम्मै बढेको हो ।
यस सन्दर्भमा महिला अधिवक्ता रेखा झाले अशिक्षा, गरिबी, जनचेतना तथा कानूनी पहुँचको कारण महिलाहरु बलात्कारको शिकार हुँदै आएको बताएकी छिन् । उनले भनिन, ‘पीडित भन्दा पीडक बलियो भएमा न्यायमा पीडिकलाई पहुँच भई रहेको छैन । कहिलेकाही पीडकले सजाय पाएपनि राजनीतिक दम्भ, आर्थिक चलखेलको कारण धरौटीमा समेत रिहा हुने गर्दछ ।’
अधिवक्ता झाले जबसम्म कानूनलाई कार्यान्वयनका लागि सम्बन्धित निकाय इमान्दार हुँदैन तबसम्म बलात्कार सम्बन्धी घटना बढेर जानेछ ।
त्यस्तै हंसपुर नगरपालिकाकी उपमेयर रेणु झाले समाज चेतनहीन रहेमा बलत्कारको घटना समाप्त हुँदैन । बलात्कारको घटनालाई रोक्न वा न्यूनिकरणका लागि राज्यपक्ष जबसम्म बलियो हुँदैन । कानूनी प्रक्रिया कडा हुँदैन तबसम्म बढ्दै जाने विश्वास व्यक्त गरेकी छिन् । उनले ग्रामीण भेगमा अधिकांश बलात्कारको घटनाहरु बाहिर आउँदैन । त्यसको एउटै कारण हुन्छ लोकलाज तथा प्रशासनमाथिबाट विश्वास नहुनु । बलत्कृत महिला प्रहरी समक्ष जाँदा वकिल जस्तो सवाल गर्नु, मुद्दा दायर गर्नु लगायतको कारणबाट पीडित महिलाहरु प्रशासन नजिक जान चाहिदैन ।
बलात्कारलाई न्यूनिकरणका लागि समाजलाई पनि उठ्नु पर्दछ । बलात्कारमा संलग्न व्यक्तिमाथि सामाजिक र कानुनी दण्डपनि आवश्यक रहेको उनी बताउँछन् ।

Saturday, October 20, 2018

क्र्मचारी समाजद्वारा शुभकामना आदान प्रदान


जनकपुरधाम, ३ कार्तिक । नेपाल तत्मा कर्मचारी समाजद्वारा जनकपुरधाममा भव्यताका साथ शनिवार शुभकामना आदान प्रदान गरिएको छ ।
समाजका अध्यक्ष महादेव दासको अध्यक्षतामा भएको ‘शुभकामना आदान प्रदान तथा संस्था विस्तार’ कार्यक्रममा जाति उत्थान तथा पहिचानका लागि संगठित भएर अगाडि बढनुपर्नेमा सहभागीहरुले जोड दिएका छन् ।
कर्यक्रममा स्वजातिका प्रदेश साँसद प्रमिला दास र चमेली दासले तत्मा समुदायका उत्थान एव विकासका लागि शिक्षित, संगठित र संघर्षको आवश्यकता रहेको बताएकी छन् । साँसद द्वयले समाज शिक्षित भएमा संगठित स्वतः हुनेछ र संगठित भएमा अधिकारको लागि संघर्ष गरिने छ विश्वास दिलाएका छन् ।
क्र्मचारी समाजले एकअर्कामा शुभकामना अदान प्रदान गर्दै संस्थाको विस्तारका बारेमा सरसल्ला समेत सुझाएका छन् ।
शुभकामना आदान प्रदान कार्यक्रममा राष्ट्रिय तत्मा बुनकर समाजका केन्द्रिय अध्यक्ष रामअशिष यादव,  प्रवक्ता रामपृत दास, समाजका सहअध्यक्ष शिवजी दास, संस्थापक अध्यक्ष पञ्चलाल दास, रघुनाथ दास, पत्रकार कैलास दास लगायतले विचार राखेका थिए ।
त्यस्तै समाजका लागि राम्रो कार्य गर्नेहरुलाई कर्मचारी समाजले केही व्यक्तिहरुलाई सम्मानित समेत गरेका छन् ।

Friday, October 12, 2018

विदेहमा शुभकामना आदान प्रदान


जनकपुरधाम, २६ असोज । धनुषाको विदेह नगरपालिकामा भव्य रुपमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ ।
विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा विदेह नगरपालिका वडा नं. ४ मा ‘शुभकामना’ आदान प्रदान गरिएको हो ।
सोही वडाका वडा अध्यक्ष विनोद गोहिमानको अध्यक्षतामा भएको ‘शुभकामना’ आदान प्रदानका प्रमुख अतिथि नगरपालिका प्रमुख बेचन दासले यस वार्डलाई नमूना वार्डको रुपमा बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, ‘यस नगरपालिकालाई स्मार्ट सिटीको रुपमा विकास गरिने छौं । तर यस वडालाई नमूना वार्डको रुपमा स्थापना गर्छौ ।’
मेयर दासले अतिपिछडिएका, दलित, मुस्लिमहरुको वार्डको रुपमा यो वार्ड रहेको छ । विगतमा पनि दलितको हकहितको क्षेत्रमा कार्य गर्दै आएको र अगामी दिनमा पनि गर्ने बताएका छन् । उनले दलितलाई समान्तवादी सोचका व्यक्तिहरुले दवाएर राख्दै आएको थियो । तर अब दलितमा शिक्षा र जनचेतना समेत आएकोले आफ्नो अधिकारको लागि अगाडि बढ्ने छ बताएका छन् ।
शुभकामना आदान प्रदान कार्यक्रममा लखन दास, शिव कुमार गोइत सहितले विचार राखेका थिए ।

शहीद नगरपालिकामा महिलाद्वारा सफाई अभियान


जनकपुरधाम, २६ असोज । धनुषाको शहीद नगरपालिकामा महिलाहरुले हाथमा झारु बोकेर सफाई अभियान शुरु गरेकी छन् ।
शहीदनगरपालिका वडा नं. ७ मा महिलाहरुले झारु सहित सफाई समाग्रीहरु बोकेर आफ्नै घरदेखि लिएर सडकसम्म सरसफाई गरिएको छ ।

हिन्दुहरुको महान चाँड विजयादशमीको अवसरमा शुरु गरेको सफाई अभियान अब प्रत्येक महिनाको अन्तिम सातामा सफाई अभियानलाई निरन्तरता दिने बताएका छन् । सैयौको संख्यामा रहेकी महिलाहरुले आपूmखुशी नै सफाई अभियानमा जुटेको बताएकी छन् ।
सोही वडाका वडा अध्यक्ष मनोज साहले सफाई अभियानीहरुलाई सफाई समाग्री सहित ट्याक्टर लगायत पनि उपलब्ध गराएका थिए । महिलाहरुसँगै पुरुषहरु पनि कुदालो लिएर ठाउँ ठाउँमा सफाई गरिएको छ ।
‘फोहरमैलाले विभिन्न प्रकारको रोगव्याधी हुने गरेको छ । स्वस्थ्य, सफा र हरियो वार्डको रुपमा पहिचान दिलाउनका लागि यो अभियान शुरु गरिएको हो’, वडा अध्यक्ष साहले भने । उनले दूर्गा पूजालाई भव्यता दिनुका साथै माता दूर्गाले यो अभियानलाई निरन्तार दिने छ विश्वास समेत व्यक्त गरेका छन् ।

धनुषामा हातहतियार सहित तीन पक्राउ


जनकपुरधाम, २६ असोज । जनकपुरधाम उपमहा नगरपालिकाबाट हातहतियार सहित तीनजनालाई धनुषा प्रहरीले शुक्रवार पक्राउ गरेको छ ।
उपमहानगरपालिका १९ बाउन्न (५२) बिघा नजिक एउटा फुसको छानो भएको झुपडी घरबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पक्राउ पर्नेमा धनुषा औरही गाउँपालिका ६ बस्ने हाउद दासको नाती जगदिश दासको छोरा वर्ष २७ को रामचन्द्र दास, उपमहानगरपालिका वडा नं.१९ बस्ने  मोहन प्रसाद साहको छोरा वर्ष १९ को ऋषीकेश प्रसाद साह, उपमहानगरपालिका वडा नं.१९ बस्ने जिवछ मण्डलको छोरा वर्ष १८ को आशिक मण्डल रहेको छ ।
सुराकीको आधारमा चेकजाँच गर्दा उनीसँगै एक थान नलकटुवा, सोहीमा लाग्ने एक राउण्ड गोली र २ थान मोबाईल सहित नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताएका छन् ।

Monday, October 8, 2018

तीन पार्टीद्वारा बटेश्वरमा खबरदारी विरोध कार्यक्रम


जनकपुरधाम, २१ असोज । धनुषाको बटेश्वर गाउँपालिकामा तीनवटा पार्टी मिलेर करको विरोधमा खबरदारी विरोध कार्यक्रम गरेको छ ।
नेपाली काँग्रेस, राष्टिूय जनता पार्टी, संघीय समाजवादी पार्टीले संयुक्त रुपमा संघीय सरकार र स्थानीय सरकारले जनतालाई सहन नसक्ने गरी कर वृद्धि गरेकोले भन्दै सोको विरोधमा संयुक्त रुपमा खबरदारी विरोध कार्यक्रम गरेको हो ।
तीनवटै पार्टीले ‘संयुक्त संघर्ष समिति’ गठन गरी बटेश्वर गाउँपालिकामा नगरपरिक्रममा गरेर करवृद्धि फिर्ता गर्न माँग गरेका छन् । समितिका संयोजक रामचन्द्र महतोको नेतृत्वमा गरिएको खबरदारी विरोध कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार यादवले मेयर, उपमेयर लगायतका जिम्मेवार निकायले आफ्नो सुखसुविधाका लागि कर वृद्धि गरेको आरोप लगाएका छन् । उनले करवृद्धि फिर्ता नलिएमा क्रमबद्ध रुपमा यस्ता कार्यक्रम गर्दै जाने बताएका छन् ।
त्यस्तै राजपाका केन्द्रिय सदस्य जय कुमार राउतले जनताको कर बढाउनुका साथै भ्रष्टाचारमा मेयर, उपमेयर लिन देखिएकोले सोको विरोधमा यो कार्यक्रम गरिएको जनाइएको छ । कार्यक्रममा सैयौको

‘अटेरी गर्नेको घरमा फेरी डोजर चल्यो’


जनकपुरधाम, असोज २१ । जनकपुरधाम उपमहा नगरपालिकाले सडक फराकिलो गर्ने क्रममा घरधनीहरु घर भत्काउनमा अटेरी गर्नेहरुको घरमाथि डोजर चलाइएको छ । जनकपुरधाम उपहानगरपाकिला वडा नं. ९ र वडा नं. ४ मा घर भत्काउनमा अटेरी घरधनीको घरमाथि डोजर लगाइएको छ ।
उपमहानगरपालिकाका मेयर लालकिशोर साहले आफै उभेर अटेरी गर्नेहरुको घरमाथि डोजर चलाइएको हो । सोही क्रममा  जनकपुर उपमहानगरपालिका ९ का वडाध्यक्ष प्रमेश्वर साहको घरमाथि डोजर चलाइएको छ । जनकपुरको पीडारीचोक र थापाचोकको बिचमा रहेको वडाध्यक्ष साहको घरमाथि आईतवार विहान डोजर चलाइएको हो । वडाध्यक्ष लगायत त्यहाँका अन्य ४।५ जनाको सडकमा पर्ने घरको भाग डोजर लगाएर तोडिएको छ ।
उपमहानगरपालिकाले सडकमा परेको वडाध्यक्षको घर तोड्न पटक पटक आग्रह र परिपत्र समेत गर्दा नतोडेपछि डोजर चलाएर तोडिएको मेयर लालकिशोर साहले बताएका छन् ।
जनकपुरमा एसियाली विकास बैंकको सहयोगमा जारी एकीकृत सहरी विकास परियोजना अन्तर्गत भइरहेको सडक निर्माण एवं विस्तारको काममा वडाध्यक्षले घर नतोडेपछि तीन महिनादेखि अवरोध भएको भन्दै डोजर लगाएर तोडिएको मेयर साहको कथन रहेको छ । नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित प्रमेश्वर साहको घर आईतवार विहान ९ बजे व्यापक प्रहरीको उपस्थितिमा डोजर लगाएर तोडिएको छ ।
घर तोड्ने क्रममा वडाध्यक्ष प्रमेश्वर साहसहित परिवार घर अगाडी अवरोध गरेपछि प्रहरीले वडाध्यक्षसहित उहाँकी पत्नी चाँदा साह, दाई लालबाबु साह र भान्जा वसन्त साहलाई जिल्ला प्रहरी कार्यालय धनुषाले तीन घण्टा हिरासतमा राखेर छोडेको छ ।
अगामी ५ डिसेम्बर २०१८ सम्म मात्र म्याद रहेको जारी एडीबी परियोजनाको काम पीडारीचोकमा वडाध्यक्षको घरले अवरोध भएको भन्दै केहि स्थानीयहरुले पटक पटक सडक अवरुद्ध गर्ने गरेका थिए । केहीदिन अघि मेयर लालकिशोरलाई स्थानीयहरुले घेराबन्दी समेत गरेका थिए ।
आईतवार विहान समेत त्यहाँका केहि स्थानीयहरुले तेश्रो पटक वडाध्यक्ष साहको घर तोड्नु पर्ने र सडक निर्माणको काम गर्नुपर्ने भन्दै चक्कजाम गरेका थिए । चक्कजाम खोलाउन पुगेका मेयर लालकिशोर र उपमेयर रिता झालाई घर अहिले नै तोड्नु पर्ने स्थानीयले दवाव दिएपछि प्रहरीको सहयोगमा एकाएक घरमाथि डोजर भिडाएको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
जनकपुरको अन्य दुई तीन स्थानमा अवरोध भएको र त्यसको कारणले सडक निर्माण र विस्तार जस्ता विकासको काममा ढिलाई भएकाले अव त्यस्ता घरमाथि पनि डोजर भिडाइने मेयर साहले चेतावनी दिनुभयो । जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर र उपमेयर रीता झा राजपा नेपालबाट निर्वाचित प्रतिनिधि हुन् ।
यता वडाध्यक्ष प्रमेश्वर साहले आफ्नो घर सडकमा नपरेको दावी गर्दै मेयर लालकिशोरले पूर्वाग्रही र रिसीइवी साध्न तोडेको आरोप लगाएका छन् ।

हामी बोलेको भाषा नै मगही हो ः मन्त्री यादव


जनकपुरधाम, १९ असोज । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले हामीहरु बोल्ने गरेको भाषा मगही भाषा रहेको दावी गरेका छन् ।
मगही अन्तर्राष्टिूय परिषदद्वारा जनकपुरधाम शुक्रवार आयोजित ‘अन्तर्राष्टिय मगही सम्मेलन २०७५’को उद्घाटन सत्रमा उनले सो कुरा बताएका हुन  । उनले भने, ‘मैथिली निक्कै समृद्ध भाषा हो । बाल्यकालदेखि नै हामी मगही भाषा बोल्दै आएका छौ । भैसीलाई मैथिलीमा महिस भनिन्छ । तर मंगहीमा भैस । यस मानेमा हामीहरु बोल्ने गरेको भाषा मगही भाषा नै हो ।’
उनले भने मगही भाषाको विकासका लागि सदनमा समेत आवाज उठाउने बताएका छन् । पत्रकारहरुको जिज्ञासामा उनले भने, ‘मैथिली पुरान र समृद्धि भाषा हो । हामीले बोल्ने भाषा सोलहकन भाषा होइन, मगही भाषा रहेको आज बो भएको हो ।’
दलित गरीब, पिछडा वर्ग, सीमान्तकृतहरुको भाषा संस्कृति समाप्त गरिसकेको छ । जुन सत्तापक्ष आएको अर्कोको संस्कृतिको सभ्यतालाई समाप्त गरेर आफ्नो संस्कृति सम्भ्यता ल्याउने गरेको कतिपय उदाहारणहरु छन् । मैथिलीलाई पनि लाद्ने गरेको छ । यता मगही, मैथिली लगायतको भाषाहरु पनि बोल्ने गरेको थियो । तर सबै भाषामाथि नेपाली भाषा लाद्ने गरेको छ मन्त्री यादवले बताएका छन् ।
दलित, जनजाति, पिछडा वर्गहरुलाई शिक्षामा पहुँच कमछ ।हरेक निकायमा पहुँच कम छ । त्यसैले उनीहरुको भाषा र संस्कृति र सभ्यतालाई नै समाप्त गरिसकेको मन्त्री यादवले दोहोर्याएका छन् । विभेदरहित समाजको निर्माणका लागि सबै भाषालाई समान अधिकार दिलाउने बताएका छन् ।
मगही अन्तर्राष्टिूय परिषदका अध्यक्ष भीम बहादुर महतोको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रोफेसर रामस्वार्थ राय, चन्देश्वर सादा, चन्देश्वर दासलगायतका व्यक्तिहरुले आफ्ना विचार राखेका थिए । त्यस्तै कार्यक्रमको स्वागत विजय कुमार साहले गरेका थिए ।

Sunday, October 7, 2018

‘राममन्दिर छोपेर व्यवसायीकरण, रक्तचन्दन पनि काट्यिो’


जनकपुरधाम, २० असोज । राम मन्दिरलाई छोपेर व्यवसायी उद्देश्यले स्थानीय युवा क्लवले राममन्दिरकै पार्कमा मेला लगाउने कार्य गरेको छ । मेलाका लागि पार्कमा रहेको रक्तचन्दन लगायतको रुखहरु समेत काटिएकोे छ ।
जनकपुरधाममा विजया दशमी भरि भव्यताका साथ मेलाको आयोजना हुँदै आएको छ । दस दिनसम्म राममन्दिर, राजदेवी मन्दिर लगायतको शक्तिपीठ मन्दिरहरुमा भव्यताका साथ पूजा अर्चना हुँदै आएको छ । तर केही वर्षदेखि मन्दिरलाई छोपेर युवा क्लवले आफ्नो व्यवसाय प्mस्टाउने उद्देश्यले भव्य रुपमा मेलाको आयोजना समेत गर्दै आएको छ ।
गत वर्ष राममन्दिरकै पार्कमा वैष्णोदेवी गुफा लगाइएको थियो भने यसवर्ष रामन्दिरकै दुबै तर्फ रहेको पार्कमा झुला, रेल लगायतको मेलाको आयोजना गरेको छ । स्थानीय राम युवा कमिटी र महावीर युवा कमिटीले राममन्दिर, बौधीमाई मन्दिर तथा राजदेवी मन्दिर लगायतमा पूजापाठ गर्ने जिम्मेवारी बोक्दै आएका छन् ।
राम मन्दिर तथा राजदेवी मन्दिरको धार्मिक एवं साँस्कृतिक इतिहास रहेपनि त्यो मन्दिरलाई नै छोपेर ती ठाउँमा मेलाको आयोजना गरी व्यवसाय गर्नुका साथै आफ्नो कमिटीको नाम उजगार गर्दै आएको देखिन्छ ।
परिसरमा रहेको रक्तचन्दन काटेपछि स्थानीय केही व्यक्तिहरु समेत आक्रोशित भएका छन् । धर्म, संस्कृति तथा पहिचानमाथिको आक्रमण भएको गौ संरक्षण मञ्चका केन्द्रिय अध्यक्ष जगदीश महासेठले बताएका छन् । अध्यक्ष महासेठले यहाँका अधिकांश क्लवहरु धर्म र संस्कृतिको नाउँमा पेट पोस्ने कार्य गरेको र धार्मिक पहिचान नै मेटाउने लागेको बताएका छन् । धर्ममाथिको आक्रमणलाई रोक्न स्थानीयहरुलाई आवाज उठउनुपर्ने बताएका छन् ।
त्यस्तै जनकपुरधाम गुठी संस्थाका प्रमुख मनोज शर्माले पार्कको संरक्षण आफूले गर्ने भएपनि महावीर युवा कमिटीका युवाहरु आफूलाई चल्न नदेखिएको गुनासो पोखेका छन् । उनले भने ‘विगतदेखि महावीर युवा कमिटीले राजदेवी मन्दिर लगायतको पूजापाठ गर्दै आएको सुनेको छु । आफूलाई कुनै प्रकार हरहिसाव वा मेला लगाउँदा पनि जानकारी गराउँदैन ।’
पार्कमा रहेको रक्तचन्दनको रुख काटिएको आफूले पनि देखेको हो । किन काटिएको, कसले काटिएको त्यसको छानबिन गरी कुरा अगाडि बढाउने उनले बताएका छन् । उनले युवा क्लवका पदाधिकारीहरुलाई बोलाएर त्यसको छानबिन समेत गर्ने बताए ।
त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले रक्तचन्दको रुख काट्नु र मन्दिरलाई छोपर त्योहार मनाउनु गलत क्रियाकलापको उपज रहेको बताएका छन् । उनले यस सन्दर्भमा आफू पनि चासो लिने बताएका छन् ।
यता महावीर युवा कमिटीका अध्यक्ष रोशन शेखर जयसवालले रुख काट्नुमा कमिटीको कुनै संलग्नता रहेको भन्दै मेला सञ्चालकले रुखलाई पहिचान गर्न नसकिदा भुलवस यस्तो भएको स्वीकारेका छन् । उनले ती ठाउँमा पुनः रुख लगाउने कार्य गरिने समेत बताएका छन् ।


Thursday, October 4, 2018

संविधान संशोधन माध्यमबाट अगाडि बढ्छौ ः अध्यक्ष यादव


जनकपुरधाम, १७ असोज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधन र परिमार्जनको माध्यमबाट अगाडि बढने दावी गरेका छन् ।
जनकपुरधाममा बुधवार सामाजिक लोकतान्त्रिक टेूड युनियन महासंघ नेपालद्वारा आयोजित ‘भेला तथा प्रवेश’ कार्यक्रममा अध्यक्ष यादवले सो कुरा बताएका हुन ।
उनले भने, ‘धेरै देशी तथा विदेशी शक्तिहरु चाहिन्छ छ, पुनः यस्तो घटना घटोस् ताकि संविधानमा पाएको अधिकार गुम्न जाओस् । यानि संघीय गणतन्त्र समाप्त पार्नको षड्यन्त्र पनि भई रहेको छ ।’ प्राप्त अधिकारको रक्षा तथा संस्थागत गर्न तथा बाँकी अधिकारको लागि लड्न संघीय समाजवादी पार्टीको उद्देश्य रहेको उनले भने ।
अध्यक्ष यादवले मधेश आन्दोलन र मधेशी युवाको बलिदानीबाट संविधानमा धैरै अधिकार पाएको हौ । आन्दोलनबाट पाएको उपलब्धीहरु संस्थागत नभएमा मधेशी जनता फेरी सयौ वर्ष पछाडि पर्नेछ । त्यसैले संविधानमा पाएको अधिकारलाई रक्षा र संस्थागत गर्नुका साथै बाँकी अधिकारका लागि हाम्रो लडाई जारी नै छ दोहोर्याएका छन् ।
उनले भने, ‘समृद्ध नेपाल निर्माणका लागि धेरै कानूनहरु निर्माण गर्न बाँकी छ । कानून निर्माण पश्चात् मात्र देश र प्रदेशको विकास सम्भव रहेछ । हजारौवर्षदेखि समाजमा रहेको सामाजिक विभेद र असमान्ताको अन्त्य नभएमा समृद्ध नेपालको कल्पना गर्न सकिदैन ।’
अध्यक्ष यादवले गरिबी, बेरोजगारी, शिक्षा तथा स्वस्थ्यका लागि कार्य गर्नै पर्दछ । लामो लडाईको कारण पनि मुलुक जरजर अवस्थामा पुग्ने गर्दछ । लडाईका साथै प्राप्त उपलब्धी र समृद्ध नेपालको लागि पनि पार्टी प्रतिबद्ध रहेको बताएका छन् । उनले सबैको सरकार अस्पतालमा उपचारको लागि आधारभूत निःशुल्क सेवा, स्वस्थ्य बिमाको व्यवस्थाका साथै माध्यमिक शिक्षासम्म निःशुल्क पठन पाठनको व्यवस्था सरकार गर्न गई रहेको बताएका छन् ।
उनले गुणस्तरीय शिक्षा, स्वास्थ्य र कृषिको विकास भएमा मुलुकमा बेरोजगारी तथा गरीब आफै हटने दावी गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा मिथिला बिहारी नगरपालिकाको मेयर पदका प्रत्याशी सीता यादव, एमालेको भातृ संगठन जिफ्रन्टका पूर्व केन्द्रिय संयोजक नरेश सिंह, फुलगेन प्रसाद साह, रामदेव यादव लगायत सैयौको संख्यामा संघीय समाजवादी फोरममा प्रवेश गरेको छ । नवप्रवेशीहरुलाई अध्यक्ष यादवले फुलमाला तथा टिक्का लगाएर स्वागत गरेका थिए ।