Sunday, July 11, 2021

जनसंख्यालाई नियन्त्रण होइन, व्यवस्थापन गर्नुपर्छ ः उपाध्यक्ष झा

जनकपुरधाम, २७ असार । प्रदेश २ का नीति आयोगका उपाध्यक्ष भोगेन्द्र झाले वर्तमान अवस्थामा बढ्दो जनसंख्यालाई नियन्त्रण होइन, कसरी व्यवस्थापन गर्न सकिन्छ त्यसतर्फ ध्यान दिनुपर्ने आवश्यक रहेको बताएका छन् ।
संयुक्त राष्टूसंघीय जनसंख्या कोष र महिला सशक्तिकरण अभियानद्वारा जनकपुरधाममा आईतवार आयोजित ‘जनसंख्या दिवस’को अवसरमा उपाध्यक्ष झाले नेपालमा २१ औं शताब्दी अनुसार मानिसको सोचमा परिवर्तन आएको छैन । परिवर्तन भनेको विकास मात्र बुझ्न्छन् । तर जबसम्म मानव संसाधनको विकास हुँदैन, जनसंख्यालाई व्यवस्थापन गर्न नसकने बताएका छन् ।
प्रजनन स्वास्थ्य र अधिकार ः हामी सबैको सरोकार नाराका साथ मनाइएको जनसंख्या दिवसमा उपाध्यक्ष झाले भने, ‘जनसंख्या र विकाससँगसँगै छन् । जनसंख्या बढेमा मात्र विकास हुन्छ, तर जनसंख्यालाई व्यवस्थापन गर्नुपर्छ ।’  उनले विश्वको सबभन्दा बढी जनसंख्या चीनमा रहेछ, तर त्यहाँको जनसंख्या व्यवस्थित रहेको बताएका छन् ।
सामाजिक विकास मन्त्रालयका सचिव इमनारायण श्रेष्ठको अध्यक्षतामा भएको जनसंख्या दिवसको अवसरमा प्रदेश २ का स्वस्थ्य निर्देशनालयका डा.विजय झाले यस प्रदेशमा ६ प्रतिशत भूमिमा २१ जनसंख्या रहेको छ । तर व्यवस्थापन पक्ष कमजोर भएको कारण अल्पायुमा मृत्यु हुने गरेको कतिपय तथ्यांक समेत प्रस्तुत गरेका छन् । उनले अहिलेपनि यस प्रदेशमा केटीको उमेर १६ र केटाको उमेर २० वर्ष नपुग्दै विहे गरिदिन्छ,  स्वस्थ्य भोजन नगर्नुको अभाव देखिन्छ । शिक्षा र जनचेतनामा पहुँच हुँदैन । यही कारण हो कि जनसंख्या धेरै भएपनि व्यवस्थापन पक्षमा कमी देखिएको बताएका छन् ।
त्यसैगरी जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रिता कुमारी झाले जनचेतनाको अभावको कारण अधिकांश व्यक्ति शिक्षा र स्वस्थ्यमा ध्यान नदिई भौतिक निर्माण कार्यमा मात्र ध्यान दिने गरेको बताएकी छन् । उनले भनिन ‘उपमहानगरपालिकामा निर्माण कार्यका लागि दिनभरि मानिसको लाइन लागेको हुन्छ, तर अहिलेसम्म एउटा पनि शिक्षा र स्वस्थ्यको विषयलाई लिएर उजुरी दिएको छैन ।’
कार्यक्रममा संयुक्त राष्टूसंघीय जनसंख्या कोषका नरेन्द्र मिश्रले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए भने धेरै जना जिज्ञासा व्यक्त गरेका थिए ।