Monday, February 19, 2018

‘मैथिली’ दरभंगाको दरबरिया भाषा हो ः महतो

जनकपुरधाम, ७ फागुन । मैथिली दरभंगा महाराजको दरबरिया भाषा रहेको नेपाल पिछडा वर्ग महासंघका केन्द्रिय अध्यक्ष भरत प्रसाद महतोले दावी गरेका छन् ।

जनकपुरधाममा सोमवार मगही भाषा कला संस्कृति केन्द्रद्वारा आयोजित ‘मगही भाषा प्रशिक्षण’ कार्यक्रममा अध्यक्ष महतोले आफूहरु कुनै भाषाको विरोधी होइन, तर आफूहरुमाथि मैथिली लाद्न खोजेको त्यसको उदाहरण मात्र दिएको बताएका हुन् ।
नेपाल पिछडा वर्ग महासंघ (ओबीसी) धनुषाका अध्यक्ष परमेश्वर कापडिको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अतिथि समेत रहेका महतोले मगही भाषाको इतिहास सबभन्दा पुरानो रहेको बताएका छन । मगही भाषा दलित, पिछडिएका वर्ग बढी बोल्ने गरेको हो । नेपालमा ४० लाखभन्दा बढी मगही भाषाभाषी रहेको उनले दावी गरेका छन् ।
उनले नेपाल सरकारले २०६८ सालमा जनगणना गर्दा मधेशमा बस्नेलाई नसोधिकन कर्मचारीहरुले मधेशीको भाषा मैथिली नै रहेको बुझेर लेख्ने गरेको दोष पनि लगाएका छन् । दलित, पिछडिएका समुदायहरुमा शिक्षाको जनचेतनाको अभावका कारण मगही भाषालाई पछाडि पारिएको आरोप लगाएका छन् ।
अध्यक्ष महतोले मिथिलाको किल्ला सिमरौनगढ रहेको छ इतिहास बताउँछन । तर सिमरौनगढमा कति प्रतिशत मैथिलीभाषाी रहेको उनले प्रश्न गरेका थिए । विहेवारीमा जुन गीत गाउने गरेको छ, त्यसमा अलिकति पनि मैथिली छैन, त्यो विशुद्ध रुपमा मगही भाषा नै हो । महगीको इतिहास र लिपि भारतको नालान्दा विश्वविद्यालयमा रहेको थियो । त्यसलाई विभेदपूर्ण तरिकाले जलाईएको आरोप पनि उनले लगाएका छन् ।
उनले महगी भाषाको इतिहास मगध वा अशोक सम्राटकालदेखि नै रहेको अध्यक्ष महतोले जिकिर गरेका छन् । मगही भाषामा नै भगवान बुद्धले प्रचवन दिंने गरेको इतिहास रहेको उनले बताएका छन् । मगही भाषको इतिहास ई.स.७२७(३६६मा पनि सम्मुन्नत भाषाको रुपमा रहेको तथ्यांक समेत उनले उल्लेख गरेका छन् ।
प्रशिक्षण कार्यक्रममा विजय चौधरी, प्रदीप यादव लगायत दर्जनौं व्यक्तिले आ आफ्ना धारणा राखेका थिए । उनले फागुन ९ गते जनकपुरधाममा भव्यता पूर्वक भाषा दिवस मनाउने बताएका छन् ।

Tuesday, February 6, 2018

वीरगञ्जको आन्दोलन संवैधानिक प्रक्रिया विपरित ः सम्भावित मुख्यमन्त्री राउत


संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष तथा प्रदेशसभा सदस्य लालबाबु राउत प्रदेश २ को संसदीय नेतामा चयनपछि मुख्यमन्त्री बन्ने करीब पक्का भएको छ । फोरमको संसदीय दलको नेतामा चुनिएपछि राउतसंग समसामयिक विषयमा दैनिक जनकपुरका सम्पादक कैलास दासले गरेको कुराकानीको सम्पादित अंश ः

प्रदेश २ को तपाई सम्भावित मुख्यमन्त्रीको रुपमा तपाईलाई देखिदैछ । यस प्रदेशको विकासका लागि केही योजनाको बारेमा  सोच्नु भएको छ ?
हेर्नुस, प्रदेश नं. २ सबभन्दा पिछडिएको प्रदेश हो । यसलाई कृषि प्रधान प्रदेश भन्नु नै उचित होला । तर यहाँ सबभन्दा बढी समस्या किसानको मल, खाद्य र सिंचाईको देखिएको छ । कृषि बजार व्यवस्थापन देखि मूल्य कायम गरेमा मलाई लाग्छ समस्या समाधानतर्फ जाने छ । अर्को कुरा  खानेपानी, भौतिक संरचना तथा यातायात र सडकको समस्या बढी देखिएकोले यसलाई समाधान तर्फ पहिलो एजेण्डा हुनेछ । त्यसपछि विश्व मापदण्ड अनुसार गुणस्तरीय शिक्षा,बेरोजगार युवाहरुलाई विकासको कार्यमा लगाउनु र प्रदेश भित्र सुशासन कायम राख्नु नै रहेको छ ।
स्रोत व्यवस्थापन कसरी गर्नु हुन्छ ?
प्रदेशको विकासका लागि आर्थिक बजेट अहिलेको अवस्थामा केन्द्रबाट नै माग्नु पर्नेछ । त्यसपछि विभिन्न दातृ राष्टूहरुमा पहल गर्ने प्रयास हुनेछ ।
यसमा अवसर र चुनौतीहरू कहाँ कहाँ छन् ?
थुपै्र चुनौतीहरु छन् । सबभन्दा पहिला समाजमा रहेको विविधता भित्र एकता ल्याउनु नै हो । यहाँ भाषिक, साँस्कृतिक, जातिय संक्रियता र यहाँको जनता ठूलै अकांक्षी छन् । मधेश आन्दोलनका कारण जनताको धेरै नै अपेक्षाहरू बढेका छन् । शहीदहरूको जे जति इच्छा र आकांक्षाहरू थिए ती सबै पूरा गर्नुपर्ने हुन्छ । साधन श्रोतको एकदमै कमी छ । तर पनि ती सबै परिस्थितिका बावजुद् मधेशमा शहीदहरूले आफ्नो बलिदानी दिए ।
शहीदहरूको सपना पूरा गर्नु नै सबैभन्दा ठूलो चुनौती अहिले हाम्रो सामु रहेको छ । चुनौती संगसंगै फेरी हामीलाई अवसर पनि प्राप्त भएको छ ।  पहिलोपटक यो देशमा मधेशी समुदायले आफ्नै सरकार, आफ्नै शासन, आफ्नै प्रशासन बनाउने ठूलो अवसर प्राप्त गरेको छ । प्रदेश २ लाई समृद्ध प्रदेश बनाउने एउटा अवसर पनि रहेको छ ।
तपाई फोरमका उपाध्यक्ष पनि हुनुहुन्छ र यस प्रदेशको सम्भावित मुख्यमन्त्री पनि हुनु हुन्छ । प्रदेशको विकास र अधिकारको लडाईलाई कसरी अगाडि बढाउनु हुन्छ ?मैले पहिला पनि भनिसकेको छु, चुनौनीबीच हामी घेरिएका छौं । एउटा यस प्रदेशलाई समृद्ध प्रदेश बनाउने र अर्का अधिकारको लडाईलाई पनि जारी राख्ने । शहीदको इच्छा र आकांक्षा पुरा गर्नु पनि चुनौतीहरु छन् । जहाँसम्म विकासको कुरा हो दुई तिहाई बहुमतले जे पारित हुन्छ त्यो अनुसार अगाडि बढने हो र पार्टीको धारणा अनुसार अधिकारको लडाई पनि लडने छौं ।
अस्थायी राजधानी जनकपुर हुने वितिकै वीरगञ्जमा राजधानीका लागि आन्दोलन शुरु भएको छ । तपाई पनि वीरगञ्जवासी नै हो, तपाई यस आन्दोलनलाई कुन रुपमा लिनु भएको छ ?अस्थायी राजधानी जनकपुर भई सकेको छ । र स्थायी गर्नुको लागि दुई तिहाई बहुमत चाहिन्छ । यो संवैधानिक प्रक्रिया हो । यसमा केही भन्न मिल्दैन । तर वीरगञ्ज पनि महानगरपालिका रहेकोले आन्दोलन गरेको हो । संवैधानिक प्रक्रिया अनुसार नै अगाडि बढनु पर्दछ । आन्दोलनले समाधान हुँदैन । यो प्रदेश सभा सदस्यबीचको छलफलमा जो निष्कर्ष आउँछ त्यही हुन्छ ।
राजपा र फोरमबीच मुख्यमन्त्री बाँडफाँडको कुरा चलिरहेको छ सुनिन्छ ?
त्यो कुनै बहसको विषय होइन, एक दुई जना नेताले त्यस्तो कुरा गरेको होला । पार्टी होइन ।
राजपासंग मुख्यमन्त्रीमा सहमति नभएमा अर्कोपार्टी सँग सहकार्य गर्नु हुन्छ कि ?
अहिलेको त्यो सन्दर्भै छैन । मधेशवादी दलहरुको सरकार बन्ने छ । सहमति भए÷भएन यो अर्को पार्ट हो । अहिले नेगेटिभ कुरै नगर्नुस, पोजेटिभ तिर जानुस्
प्रदेशको सरकारी कामकाजको भाषा के हुनेछ ?
सरकारी कामकाजको भाषा पनि प्रदेशसभाको बैठकले निर्णय गर्नेछ । मेरो विचारमा प्रदेशको बहुसंख्यक सबै मातृभाषाहरू सरकारी कामकाजको भाषा रहनेछन् ।
प्रदेश २ प्रदेशको नामाकरण के हुनेछ ?
त्यो त प्रदेशसभाले तय गर्ने कुरा हो  । तर, मेरो निजी विचारमा मधेश प्रदेश नाम राख्नु नै उपयुक्त हुन्छ ।
आठवटा जिल्ला मात्रै मधेश हो र ?
मधेशलाई हामी यो ८ वटा जिल्लामा मात्रै सिमित राख्ने छैनौँ । अहिले पनि यो सीमांकनलाई हामीले स्वीकार गरिसकेका छैनौं, पूर्वी मधेश र पश्चिमी थरुहट मधेश प्रदेश त हामीले भनि नै रहेका छौँ । तपाईँलाई थाहा नै होला संविधान सभामा मैले फरक प्रस्ताव नै दर्ता गराएको थिएँ । आज पनि हाम्रो पार्टी अहिलेको सीमाकंनमा सहमत छैन  । त्यो लड़ाईँ जारी नै रहनेछ । संविधान संशोधन गरी सीमाकंनको खाका सच्याउनुपर्छ भन्ने हाम्रो अडान त यथावत छ ।