Thursday, September 19, 2019

नेपालको संविधानमाथि बहसका लागि महन्थ ठाकुरदेखि ठुलठुल्ला नेताहरु जनकपुरधाममा

जनकपुरधाम, २ असोज । असोज ३ र ४ गते नेपालको संविधान २०७२ मा जनताको अवधारणा ः राष्टिूय बहस र मन्थन कार्यक्रममा सहभागीका लागि ठुलठूल्ला नेताहरु जनकपुरधाम आई पुगेका छन् ।
संविधान निर्माण पश्चात् देशको, सामाजिक र राजनीतिक अवस्था, संविधान संशोधनसँगै मधेशका माँग लगायतको विषय वस्तुमा बहस हुनेछ ।
सानो पाइलाद्वारा दुई दिने आयोजित कार्यक्रममा पहिलो दिन मधेश आन्दोलनको फोटो, विडियो प्रदर्शनी, शहीद परिवारजन र घाइतेहरुको सम्मान कार्यक्रम राखिएको छ । त्यसपछि सर्वस्वीकृत संविधानको लागि केके संशोधन गर्नुपर्ने, संविधानमा थारु, मुस्लिम र जनजाति समुदायको वर्तमान अवस्था, मधेश आन्दोलनः सम्भावना, सिकेका पाठ र पहिल्याइएका नयाँ माँगहरु, राजनीतिक संस्कार र वित्तिय जवाफदेहितामाथि छलफल र बहस हुने बताइएको छ ।
त्यस्तै जनआन्दोलन, गणतान्त्रिक आन्दोलन र मधेश आन्दोलनका शहीदहरुको शहादतको सम्झनामा साँझ दीपप्रज्वलन गर्नेकार्यक्रम रहेको आयोजक पक्षले जनाइएको छ ।
त्यसैगरी दोस्रो दिन संविधानमा दलित समुदाय र वर्तमान अवस्था, समाज, संविधान र स्वतन्त्रता, नेपाली मिडियामा मधेश र सीमान्तकृत समुदायको चित्रण, मधेशमा संविधान दिवसको अर्थ र राज्यको अंगहरुको व्यहारमाथि नागरिक समाज, बुद्धिजीवि पत्रकार र राजनीतिक दलका विज्ञहरुले बहस गर्नु हुनेछ । दुई दिवसीय कार्यक्रममा प्रभु साह, महन्थ ठाकुर, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, राजनीतिक विशलेषक सिके लाल, किशोर नेपाल, चन्द्र किशोर, दीपेन्द्र झा, सुबिना श्रेष्ठ, डम्बर चेम्जोङ्ग, राजकुमार लेखी, लक्ष्मण थारु, सबनम खातुन, कृष्ण हाछेथु, प्रदीप गिरी, भाष्कर गौतम लगायतका व्यक्तिहरु वक्ताको रुपमा रहेको जनाइएको छ ।

‘राजपाद्वारा दिनमा विरोध र््याली साँझमा ब्लेक आउट’


जनकपुरधाम, १ असोज । राष्टिूय जनता पार्टी (राजपा) नेपाल धनुषाले असोज ३ गते संविधान दिवसका दिन विविध कार्यक्रमको आयोजना विरोध गर्ने छ ।
राजपा धनुषाका अध्यक्ष प्रमोद यादवले मधेसी जनताको अधिकार अहिलेपनि संविधानमा कुण्ठित गरिएकोले संविधान दिवसका दिन विरोधको विविध कार्यक्रम रहेको जनाइएको छ । अध्यक्ष यादवले असोज ३ गते बेलुका ४ बजे जनक चौकमा जम्मा भई विरोध गर्ने कार्यक्रम रहेको छ । त्यस्तै साँझ ७ बजेदेखि ७ः३० बजेसम्म ब्लेक आउट गर्ने पार्टीले निर्णय गरेको जनाइएको छ ।
धनुषा अध्यक्ष यादवले भने, ‘मधेसी जनताको अस्तित्व, पहिचान र अधिकार संविधानमा सल्टिएको छैन । सरकारले पटकपटक संशोधनको अश्वासन मात्र दिएकोले जबसम्म मधेशी जनताको हितमा संविधान संशोधन हुँदैन कुनै पनि हालतमा संविधानलाई नस्वीकार्दैनौं ।’
उनले असोज तीन गतेलाई कालो दिनको रुपमा मनाउन सबैलाई आग्रह समेत गरेका छन् । मधेशी जनताको अधिकारलाई सुनिश्चत पार्नका लागि नागरिक समाज, बुद्धिजीविलाई आग्रह गर्दै भने, ‘शहादत दिएका मधेशी युवाहरुको सपना साकार पार्नका लागि असोज ३ लाई विरोध जुलुस र ब्लेक आउट गरी सफल गरौं ।’
यता प्रदेश २ का सरकारका समाजवादी फोरमले संविधान दिवस मनाउने मन्त्री परिषदबाट निर्णय गरेको छ भने अर्को राजपा पक्षका मन्त्रीहरुले त्यो दिन ब्लेक आउट गरेर कालो दिनको रुपमा मनाउने भन्दै आएका छन् ।

जितिया कार्यक्रमले जित्यो महिलाको मन


जनकपुरधाम, १ असोज । मिथिलाञ्चलको कठोर व्रत जितिया पर्वको अवसरमा गरिएको कार्यक्रममा कलाकारहरुले महिलाहरुको मन जित्न सफल भएको छ ।राजपा नेपालकी महिला संघद्वारा जनकपुरधाममा आयोजित जितिया महत्व विषयक चर्चा एवं साँस्कृतिक कार्यक्रम’मा बालकलाकारदेखि लिएर अन्य कलाकारहरुले यहाँका कला साँस्कृतिक देखाउँदा जितियाव्रती महिलाहरु निक्कै हर्षित भएकी थिइन । उनीहरुको कलारकारिताले केही क्षिण हसाँउदै थिए भने केही बेर रुवाउने कार्य पनि गरिरहेका थिए ।
राजपाकी नेतृ सीता चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि जनकपुरधाम उपमहा नगरपालिकाकी उपमेयर रिता कुमारी मिश्रले जितिया पर्व सबै जात र समुदायलाई एक ठाउँमा उभ्याउने कार्य गरेकोप्रति खुशी व्यक्त गरेकी छन् । उनले यस्ता कार्यक्रमले हाम्रा साँस्कृतिक मात्र होइन, समाजिक विकृति समेत हटाउने गरेको ठोकुवा गरेकी छन् ।कार्यक्रममा प्रदेश साँसद परमेश्वर साह, राजपाका केन्द्रिय सदस्य ज्ञानेन्द्र कुमार झा लगायतका व्यक्तिहरुले आ आफ्ना विचार राखेका थिए ।


Tuesday, September 17, 2019

विपद् व्यवस्थापन प्रदेश २ का प्रमुख प्राथमिकता ः राज्यमन्त्री कुशवाहा


जनकपुरधाम, ३१ भदौ । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले तराई÷मधेशका जिल्लाहरुमा सबभन्दा बढी प्राकृतिक प्रकोप आउने गरेको छ । त्यसलाई मध्यनजर गरी प्रदेश सरकारले विपद् व्यवस्थापनलाई प्रमुख प्राथमिकता राखेको जिकिर गरेका छन् ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा गौर—रौतहटमा मंगलवार आयोजित जिल्ला विपद् व्यवस्थपन समितिसँगको अन्तरक्रिया गोष्ठीमा राज्यमन्त्री कुशवाहाले प्र्रदेश २ मा आँधीबेरी, बाढी, आगलगी, झाडापखला लगायतका प्राकृतिक प्रकोप आउने गरेको छ । यस्ता किसिमको प्रकोपको न्यूनिकरणका लागि प्रदेश सरकारले विपद व्यवस्थापनलाई प्रमु्ख प्राथमिकतामा राखेको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि समेत रहेको राज्यमन्त्री कुशवाहाले प्रदेश नं. २ को बिना नेपाल कृषि प्रधान देश बन्न नसकिने बताएका छन् । उनले भने, ‘केन्द्र सरकार पनि प्रदेश  २ को विपद व्यवस्थापनप्रति गम्भीर हुनु पर्छ । स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकार विपद् व्यवस्थापनको क्षेत्रमा समन्वय गरी अगाडि बढ्दुपर्छ ।’
कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधिहरु, जिल्ला समन्वय समितिका अध्यक्ष, पत्रकार, बुद्धिजिवी, नागरिक समाज, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

Saturday, September 14, 2019

‘देशका धर्तीपुत्र नै उपेक्षित’

जनकपुरधाम, २८ भदौ । आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले देशकै धर्तीपुत्र रहेका मुसहर समुदायहरु नेपाल सरकारद्वारा उपेक्षित रहँदै आएको आरोप लगाएका छन् ।
जनकपुरधाममा शनिवार भोर नामक संस्थाद्वारा आयोजित ‘मुसहर विद्यार्थीहरुलाई सम्मान र उच्च शिक्षा अध्ययन गर्न सहयोग घोषणा समारोह’मा मन्त्री यादवले राज्यले दलितभन्दा पनि मुसहर समुदायलाई बाहिर राखेकोप्रति दुःख व्यक्त गर्दै भने, ‘मुसहर समुदाय देशका धर्तीपुत्र हुन । तर उनीहरुलाई राज्यले विभेदमा गर्दै आएको छ । सत्यतथ्य तथ्यांक समेत संकल्न गर्न सकेको छैन ।’
मन्त्री यादवले प्रदेश सरकार विभेदरहीत समानता र शिक्षित समाज निर्माणमा लागि परेको जिकिर गरेका छन् । उनले शिक्षा, स्वास्थ्य र राजनीतिभन्दा बाहिर रहेको यी समुदायहरुलाई प्रदेश सरकारले कानून निर्माण गरी ल्याउने प्रतिबद्धता जनाएका छन् ।
भोरका अध्यक्ष राजकुमार महतोको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि समेत रहेको मन्त्री यादवले मुलुकमा १२ लाखभन्दाबढी मुसहर समुदायहरु छन् । तर त्यसमा १० प्रतिशत पनि शिक्षित छैन । जबसम्म मुसहर समुदाय शिक्षित हुँदैन, तबसम्म अधिकार कसैले दिंदैन । शिक्षित भएर अधिकार लिन सबैमा आग्रह गरेका छन् ।
कार्यक्रममा मुसहर समुदायबाट पहिलो पटक पीएचडी गरेका तथा बिहारका पूर्व मुख्यमन्त्री जितनराम माझीका छोरा सन्तोष माझी सहितका व्यक्तिहरुले आ आफ्ना विचार राखेका छन् । सम्मान कार्यक्रममा प्रदेश भरिका ४० भन्दा बढी एसईई तथा १२ कक्षा पास विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
भोर संस्थाले २०६७मा ३ जना, ०६८ मा ५ जना, ०६९ मा ७ जना, ०७० मा ९ जना, ०७१ मा ६१ जना, ०७२ मा ९२ जना,०७३ मा १४८ जना, ०७४ मा १६६ जना, ०७५ मा १७२ जना एसईई उत्तीर्ण मुसहर विद्यार्थीहरुलाई सम्मानित गरेको छ ।

महिला शिक्षित भए मात्र समतामुलक समाज निर्माण हुन्छ ः राज्यमन्त्री कुशवाहा

जनकपुरधाम, २८ भदौ । आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले महिला तथा बालबालिका शिक्षित भएमा मात्र समनता मुलक समाज निर्माण हुने बताएका छन् ।
अप्सन नेपाल सिरहाको दोस्रो साधारण सभाको उद्घाटन समारोहमा राज्यमन्त्री कुशवाहाले महिला तथा बालबालिका शिक्षित भएमा मात्र समाजिक न्यायमा पहुँच हुने र त्यसपछि समनता मुलुक समाज निर्माण हुने जिकिर गरेका छन् ।
उनले भने ‘प्रदेश सरकार महिलालाई अधिकार सम्पन्न बनाउनका लागि प्रहरीमा ५० प्रतिशत राख्ने प्रहरी ऐन ल्याएको छ । शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा पनि महिलालाई पहुँच बनाउन प्रदेश सरकार प्रतिबद्धछ । राज्यमन्त्री कुशवाहाले दलित बालिकाहरुलाई कक्षा एकदेखि आठसम्मका लागि प्रदेश सरकारले प्रत्येक महिना पाँच सय रुपमा दिने व्यवस्था समेत गरेको बताएका छन् ।
उनले समुन्नत समाज निर्माण तथा संघीयतालाई संस्थागत गर्नका लागि प्रदेश सरकार सशक्त भएर अगाडि बढिरहेको दावी गरेको छ ।
 अप्सन नेपाल सिरहाका अध्यक्ष डा.एसके सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा कर्जन्हा नगरपालिकाका मेयर गंगा पासमान सहितका व्यक्तिहरुले आ आफ्ना धारणा राखेका थिए ।


Friday, September 13, 2019

चिटिक्क जनकपुरधाम र विकास विरोधी तत्व


धीरेन्द्र झा
वर्षौदेखि उपेक्षित जनकपुरधाम आज चिट्क्क देखिन्छ । स्थानीय सरकारको गठन भएको दुई वर्ष नवित्दै जनकपुरधामको कायापलट भएको हो । मच्छरको राजधानी, फोहरमैलाको राजधानी, बिना सडक बाटोको राजधानी लगायतका नामले चिनिन्थ्यो जनकपुरधामलाई । तर दुईवर्ष नवित्दै जनकपुरधाम आएका आगन्तुकहरु चिटिक्क जनकपुरधाम हेरेर अचम्भित हुन थालेको छ ।
सँगालो बाटो, बाटोमै फोहर, धुलै धुलले भरिएको वरिपरि, थोरै वर्षामा घरघरमा पस्ने पानी, नाकमुह छोपेर हिड्ने अवस्था जनकपुरधामको थियो । दुईवर्ष भित्र जनकपुरधामको भएको विकास जनकपुरधामको मात्र होइन, जनकपुरवासीकै कायापलट गरिदिएको बुद्धिजीविहरुको कथन छ ।
विश्वप्रसिद्ध जानकी मन्दिरसम्म पुग्नका लागि सडक थिएन । बिजुली बत्तीको अभाव देखिन्थ्यो । अहिले सडक लगायतको विकासले मन्दिर दर्शन गर्नेलाई अचम्भित पार्दछ ।

जनकपुरधामको विकसामा जनकपुरवासीकै महत्वपूर्ण भूमिका रहेको जनकपुरधाम उपमहानगरपालिका ठान्दछ । आज उनीहरुले सडक विस्तारको क्रममा आफै घर टहराहरु नभत्काएको भए “चिटिक्क जनकपुरधाम” बन्ने थिएन । फराकिलो सडक, सडक छेउमा फुटपाथ, बीच बाटोमा नाला र त्यसमाथि बिजुलीको प्रकाश साच्चैकै जनकपुरधाम प्रदेश २ को राजधानीलाई बोध गराई रहेको छ ।
जनकपुरधाम धार्मिक, साँस्कृतिक नगरी हो । जनकपुरधाम उपमहानगरपालिकाले पहिलो चरणमा सडक, नाला र बिजुली बत्ती व्यवस्थापन गर्न सफल भएको छ । दुईवर्षको अन्तरालमा जनकपुरधामलाई राजधानीको रुपमा स्थापित गर्न सफल हुन थालेको छ । जनकपुरधामको अर्को चिहानको रुपमा यहाँका रेल्वे स्टेशन हो ।
जनकपुर–जयनगर रेल सञ्चालनका लागि स्टेशनहरु निर्माण भई सकेको छ । जनकपुरधामको रेल्वे स्टेशन पर्यटकहरुका लागि मोहक बनेको छ । रेल सेवा सञ्चालन पश्चात् यहाँका व्यापारहरु समेत बढ्ने विश्वास छ ।
आगामी कात्तिकदेखि सुरु हुने भनिएको रेल सेवाले जनकपुर क्षेत्रमा आर्थिक समृद्धिको सपना पलाउन थालेको छ । पहिलो चरणमा भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३४ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १८ किलोमिटर र तेस्रो चरणमा भंगहादेखि बर्दिबाससम्म १७ किलोमिटर गरी जम्मा ६९ किलोमिटर रेल्वे सेवाका लागि पूर्वाधार निर्माण भइरहेको छ।

रेल सेवाका लागि विभागले ८५ करोडमा दुईवटा आधुनिक रेल खरिद गर्न भारतको कोणर्कोन रेल्वे करपोरेसनसँग सम्झौता गरिसकेको छ। तीन महिनाभित्र रेल नेपाल आइपुग्ने अनुमान छ।
‘रेलमार्ग सञ्चालनपछि सामान ढुवानीका लागि सुविधा हुन्छ। भारतका विभिन्न ठाउँबाट मालसामान ल्याउन सहज हुन्छ, महिनौंदेखि ठप्प भएको व्यापार फस्टाउँछ,’ धनषा चेम्बर अफ कमर्सका अध्यक्ष विजय साहले भने । जनकपुर उद्योग वाणिज्य संघले रेल सञ्चालनपछि व्यापार–व्यवसाय फस्टाउने दाबी गरेको छ।
अर्थशास्त्री डा. वरुणलाल कर्णले रेल सेवा सञ्चालनमा आएपछि यहाँ पर्यटन उद्योगको विकास भइ व्यापारसमेत फस्टाउने बताए । ‘व्यवसाय फस्टाएपछि रोजगारीका अवसरसमेत सिर्जना हुन्छन,’ उनले भने । जनकपुरमा धार्मिक तथा ऐतिहासिक सम्पदा भएकाले भारतबाट ठूलो संख्यामा पर्यटक आगमन हुने र पर्यटन उद्योगले राजस्व संंकलनमा ठूलो योगदान पु¥याउने उनको दाबी छ ।
जनकपुरधाम प्रदेश नं. २ को अस्थायी राजधानी पश्चात् मानिसको चाप बढेको छ । जनकपुरधामबाट यात्रालाई सहज बनाउन जनकपुरधाम विमान स्थलपनि गरिरहेको छ । जनकपुर विमान स्थलले अब रात्रिकालिन उडान समेत शुरु गर्न तयारीमा जुटेका छन् ।
यात्रुको चाप बढ्दै गएपछि सेवा विस्तार गरिएको छ। उडानसमेत थपिएका छन । हुस्सु लागेका बेला र रात्रि उडान सहज रूपमा गराउनसक्ने गरी सुविधा थपिएको छ ।
विमानस्थलको स्तरोन्नतिसँगै हवाई इन्धनको सुविधासमेत थपिएको छ । आयल निगमले ट्यांकरबाट रिफ्युलिङ सेन्टर सञ्चालनमा ल्याउँदा भाडासमेत कम भएको छ ।
केही यस्ता तत्वहरु
जनकपुरधाम धार्मिक साँस्कृतिक नगरीको रुपमा स्थापित छ । तर केही विकास विरोधी तत्वहरुले विकासको क्षेत्रमा बाधा पुर्याई रहेको बुद्धिजीविहरुको कथन रहेछ । जनकपुरधामलाई धार्मिक साँस्कृतिकको रुपमा स्थापित गर्न नगर भित्रमा मांसमदिरा निषेध गर्न आवश्यक देखिन्छ । तर धर्मकै ठेक्केदारहरुले समाजिक सञ्जालमा अरुमाथि दोष थोपार्ने र आफै मांस मदिराको होटल सञ्चालन गर्ने गरेको पाइएको छ ।
जनकपुरधामलाई धार्मिक नगरीको रुपमा स्थापित गर्नुपर्ने हो भन्ने सबभन्दा पहिला नगरभित्र मांस मदिरा निषेध पार्न आवश्यक छ । तर त्यसो नगरीकन निर्माण कार्यलाई अवरोध गर्ने र आफै मांस मदिराको होटल सञ्चालन गर्ने तत्वहरु वर्तमान अवस्थामा चुनौती बन्न थालेको छ ।
जनकपुरधामको विकासका लागि सबैले हाथमा हात मिलाएर हिड्नु आवश्यक छ । हाम्रो जनकपुरधाम, राम्रो जनकपुरधाम, सुन्दर जनकपुरधाम मुलमन्त्रका साथ अगाडि बढ्नु नै दायित्वको रुपमा बुझ्नु पर्दछ ।

Thursday, September 12, 2019

प्रदेश सरकार विपद् व्यवस्थापनप्रति प्रतिबद्ध छ ः राज्यमन्त्री कुशवाहा

जनकपुरधाम, २६ भदौ । आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले प्रदेश भित्र विपद व्यवस्थापनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको जनाएका छन् ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा जनकपुरधाममा आयोजित ‘जिल्ला विपद् व्यवस्थापन समितिसँग’को अन्तरक्रिया गोष्ठीमा राज्यमन्त्री कुशवाहाले मुलुकमा तीन तहको सरकार रहेको छ । प्रदेश सरकार र स्थानीय सरकार समन्वय गरी विपद व्यवस्थापन गरेमा विपद् जोखिम न्यूनिकरण स्वतः भएर जाने बताएका छन् ।
राज्यमन्त्री कुशावहाले तराई÷मधेशका जिल्लाहरुमा बाढी, आगजनी, आँधीहुरी, खडेरी हुनु, शीतलहर, तातो हावा सहित प्राकृतिक विपदमा महामारी, अनिकाल, जीवाणु आतङ्क, विकिरण, हवाई, खानी, सडक, जल, तथा औद्योगिक दुर्घटना, विषाक्त ग्याँस, विषाक्त खाद्यान्न, वातावरणीय प्रदूषण, वन विनाश, पशु तथा चराचुरुङगीमा लाग्ने फ्लु लगायतका विपदजन्य समस्याहरू आउने गर्दछ । यस्तो विपद् व्यवस्थापनका लागि प्रदेश सरकार नीति निर्माण गर्न लागेको जिकिर पनि गरेका छन् ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप राज कँडेलको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि समेत रहेको राज्यमन्त्री कुशवाहाले यहाँबाट आएका कुराहरुलाई प्रदेश सरकारले आत्मसाथ गर्ने छ । सबैको सरसल्लाह र सुझाव अनुसार प्रदेश सरकार अगाडिको कार्य नीति ल्याउने विश्वास दिलाएका छन् ।
धनुषाका १८ वटै “पालिका” का प्रतिनिधिहरुको सहभागितामा भएको सो कार्यक्रममा ग्रुप विभाजन गरी सबैले आ आफ्ना सुझावहरु प्रस्तुत गरेका छन् ।
कार्यक्रममा सहभागीहरुले एउटै प्राकृकितका घटना नेपालमा र जापानमा समेत घटने गर्दछ । तर नेपालमा बढी क्षति र जापानमा केही क्षति हुँदैन । त्यसको एउटै कारण विपद् व्यवस्थापन बलियो रहेको जिकिर गरेका छन् । अरु देशबाट नेपालीहरुलाई पनि सिख्नुपर्ने उनीहरुले जिज्ञासा राखेका थिए ।

Wednesday, September 11, 2019

नेताहरु विर्सिदै शहीद युवाहरुलाई


जनकपुरधाम, २५ भदौ । संविधानको मस्यौदा आए पश्चात् जनकपुरधाम लगायत मधेशका जिल्लाहरुमा आन्दोलनको शुरुवात भई सकेको थियो । विभेदकारी संविधान रहेको भन्दै मधेशवादी दलले ‘चलु जनकपुर, भरु जनकपुर’ नाराका साथ आन्दोलनको तयारी गरेका थिए । त्यो दिन थियो २०७२ भदौ २५ गते । आजकै दिन जनकपुरधममा ३ जना युवाले मधेशी जनताको अधिकारका लागि शहादत दिएका थिए ।
राष्टिूय जनता पार्टी नेपाल (राजपा) त्यतिबेला विभिन्न पार्टीमा विभाजित रहेको थियो । तर मधेश आन्दोलनको लक्ष्य नै थियो (संविधान संशोधन वा पुर्नरलेखन’ । मधेश तेस्रो आन्दोलनमा जनकपुरधामकै तीन जना युवाले शहादत दिएका थिए ।

जनकपुरधाम उपहानगरपालिका वडा नं. १ मिल्स एरियाबाट लक्ष्मीनिया गाउँपालिका(१ अरेरवाका दिलिप यादव, जनकपुरधाम उपमहानगर पालिका–१९ जमुनियाका नितु यादव र क्षिरेश्वरनाथ नगरपालिकाका संजय चौधरीलाई शसस्त्र प्रहरीले टाउकोमा गोली हानी हत्या गरेको थियो ।
स्थानीय प्रशासनले लगाएको कर्फयू आदेशलाई पनि अवज्ञा गर्दै ‘चलु जनकपुर भरु जनकपुर’ कार्यक्रमको दौरान आजकै दिन गाउँ(गाउँबाट आएका हजारौंको व्यक्तिले सुरक्षा घेरा तोडेर प्रदर्शन गरेका थिए । आन्दोलन र प्रदर्शनको क्रममा निकु यादव, दिलीप यादव र संजय चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर टाउकोमा गोली हानेको थियो । तेस्रो मधेश आन्दोलनको आज चार वर्ष पुरा भयो । तर संविधान संशोधन हुन सकेन ।
मधेशवादी दल लगायतले त्यही संविधानलाई स्वीकार गरेर तीन तहको सरकारमा छन । सरकारको कुर्सी सम्भाले असाजे ३ काला दिनको रुपमा मनाउने तयारी समेत गरेको छ । मधेशवादी दल मध्ये राजपा आबद्ध नेताहरुले असोज ३ गते संविधानलाई काला दिनको रुपमा मनाउने छ । जसरी वर्षमा एक पटक संविधान निर्माणका दिन संविधान संशोधन नभएसम्म काला दिनको रुपमा मनाउने देखिन्छ त्यसरी नै तेस्रो मधेश आन्दोलनको क्रममा जनकपुरधाममा शहाद दिएका युवालाई वर्षमा एक पटक मात्र सम्झिन्छ ।
भदौ २५ गते प्रत्येक वर्ष संजय चौधरीको सम्झनामा श्रद्धाञ्जली सभा गरिन्छ । त्यो दिन मात्र मधेशको मुद्दालाई उजगार गर्ने उद्देश्यले केन्द्रिय नेताहरु उनीहरुलाई सम्झिन्छन । यस पटक राजपाका अध्यक्ष मण्डलीय सदस्य राजकिशोर यादव संजय चौधरीको शहादत दिवसमा सहभागी भएका छन् । महन्थ ठाकुर र अनिल झा समेत तराई मधेशकै जिल्लामा रहेपनि त्यहाँ पुग्न सकेको छैन ।
संविधानलाई संशोधन नभएसम्म संविधान स्वीकार नगर्ने झुठो भ्रम राजपाका नेताहरु अहिले पनि फैलाउँदै छन् । कम्तिमा भदौ २५ गते शहादत दिवसलाई तीनदिनसम्म विभिन्न कार्यक्रम गरी मनाएमा शहीदलाई सम्मान हुने राजपाकै नेताहरुको भनाई छ । जबसम्म संविधान संशोधन हुँदैन तब शहीदलाई वर्षमा एक पटक सम्भनु उहाँको सम्मान भएन । मधेशी जनताको चाहना अनुसार संविधान संशोधन भएमा मात्र शहीदको सम्मान हुने नेतृ विभा ठाकुरको कथन छ ।

 मधेश आन्दोलनको क्रममा ५२ भन्दा बढी मधेशी युवाले शहाद दिएका छन् । त्यसका वावजुद पनि संविधान संशोधन त हुन सकेन । तर मधेशवादी दलले केन्द्रदेखि राज्यसम्म सरकार बनाउन सफल भएको छ ।
आन्दोलनको सेन्टिमेन्टमा अहिले उपेन्द्र यादव संघीय सरकारको स्वास्थ्य मन्त्री बनेका छन् भने बाँकी राजपाका नेताहरु समेत संघीय साँसद छन् । त्यसअघि २०६३ माघ १ गते संघीयता र समावेशीताविनाको नेपालको अन्तरिम संविधान जारी भयो । त्यसको विरोधमा मधेशीहरुले माइतिघर मण्डलामा २ गते संविधान जलाए । संविधान जलाउने मधेशीहरु पक्राउ परे । त्यसैको निहुँमा माघ ३ गतेबाट मधेश बन्द भयो । ५ गते प्रदर्शनका क्रममा सिरहाको लहानमा विद्यार्थी रमेश महतोको प्रहरीको गोलीले मृत्यु भयो । त्यसपछि मधेशका सबै जिल्ला आन्दोलित भयो । २१ दिनसम्म चलेको मधेश विद्रोहमा ३४ जना शहीद भए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दुई पटक जनताको नाममा सम्बोधन गरेपछि विद्रोह रोकियो । प्रदर्शन रोकिएको महिनौंपछि सरकारले उपेन्द्र यादव नेतृत्वको फोरमसँग २२ बुँदे सम्झौता गर्यो ।
नेपाल सद्भावना पार्टी, मधेशी जनअधिकार फोरम र तत्कालै गठन भएको तराई मधेश लोकतान्त्रिक पार्टीको नेतृत्वमा दोस्रो मधेश आन्दोलन पनि सुरु भयो । दोस्रो संविधानसभाबाट संविधान जारी गर्न लाग्दा तेस्रो मधेश आन्दोलन भयो । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको नेतृत्वमा तयारीका साथ तेस्रो मधेश आन्दोलन भएको थियो ।

अपराध नियन्त्रण नाट्यशैली प्रस्तुत

जनकपुरधाम, २५ भदौ । जनकपुरधाममा बुधवार अपराध नियन्त्रण लगायतको गतिविधिलाई रोक्नका लागि नाट्यशैलीमा प्रस्तुत गरेको छ ।
समग्र जनउत्थान केन्द्र लाहनद्वारा आयोजित ‘सिफारिस संयन्त्र निर्माण’ विषयक कार्यशाला गोष्ठीमा प्रहरी, आमा, छोरी, सामाजिक अगुवा, अस्पताल, चिकित्सक, अधिवक्ता, सुरक्षा आवास, न्यायिक क्षेत्र लगायतको पात्र चयन गरी नाट्यशैलीमा प्रस्तुत हुँदै कसरी न्यायसम्म पहुँच बनाउन सकिन्छ जनचेतना दिएका छन् ।
जिल्ला समन्वय समितिका उपाध्यक्ष दीपक झाको अध्यक्षतामा भएको सो कार्यक्रममा एउटा छोरीलाई करणीयको प्रयास भएमा उनी सर्वप्रथम कसलाई भन्ने, न्यायिक क्षेत्रमा कसरी पुग्ने, समाजिक अगुवाको भूमिका के हुनुपर्छ, चिकित्सकले कति छिट्टो रिपोर्ट तयार गर्न सकिन्छ, मुद्दा अदालतमा गएपछि अधिवक्ताको कस्तो भूमिका हुनुपर्छ लगायतले दर्शाएका थिए ।
कार्यक्रममा सहभागी महिला तथा युवाहरुले नाटकमा देखाएको कुरा व्यवहारमा लागू भएमा अपराधीले स्वतः अपराध गर्नबाट टाढा हुने जिकिर गरेका थिए । उनीहरुले यस्ता कार्यक्रमहरु गर्नुभन्दा कार्यान्वयनमा ल्याउनु दायित्व बुझ्नुपर्ने जिकिर गरेका छन् ।
शहीद नगरपालिकाकी उपमेयर शिलादेवी कापडको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा धनुषाका डिएसपी रामेश्वर कार्कीले नाटकमा दर्शाएको कुरालाई सबै क्षेत्रले प्रहरीलाई सहयोग गरेमा अपराध नै हुन दिने वातावरणको सृजना हुने बताएका छन् । उनले एउटा घटनामा यसरी सबै क्षेत्रले समयमै सहयोग गरिदिएमा दोषीले समयमै सजाय र निर्दोषले न्याय पाउने बताएका छन् ।
प्रहरी नायब उपरीक्षक कार्कीले बाल विवाह, महिला हिंसा, बलात्कार समाजका एउटा रोग हो । यस्ता रोगलाई हटाउनका लागि समाजकै व्यक्तिहरुलाई अगाडि आउनु पर्ने बताएका छन् ।
कार्यक्रम संयोजक रामबाबु साह र पूजा शर्माले सहभागीहरुलाई पात्र बनाएर नाट्यशैली प्रस्तुत गरेका थिए ।


नेपालका विद्यार्थीलाई अमेरिकासँग प्रतिस्पर्धा गर्नुपर्छ ः राज्यमन्त्री कुशवाहा


जनकपुरधाम, २५ भदौ । आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले जबसम्म शिक्षामा समान्ता हुँदैन तबसम्म देश र प्रदेशको समृद्धिको सम्भावना नरहेको बताएका छन् ।
धनुषाको शिरेश्वर नगरपालिका वडा नं. ८ दिगम्वरपुरमा ‘बेटी पढाउ, बेटी बचाउन’ अभियान अन्तरगत साइकल वितरण कार्यक्रममा उहाँले सो कुरा बताएका हुन ।
राज्यमन्त्री कुशवाहाले शिक्षाको मामिलामा छोरा र छोरीमा विभेद नगर्न अभिभावकहरुसँग आग्रह गर्दैै भने, ‘ २१ औं शताब्दीमा नेपालमै शिक्षामा प्रतिस्पर्धा गरेर हुँदैन, अमेरिका र रुससँग पनि यहाँका विद्यार्थीहरुलाई प्रतिस्पर्धा गर्नुपर्छ ।’

उहाँले नेपालमा सबभन्दा ठूलो समस्या र चुनौती युवाहरुको बेरोजगारी रहेको भन्दै आफ्नै देशमा रोजगारीको वातावरण सृजना गर्नका लागि पनि शिक्षा आवश्यक रहेको बताएका छन् । उनले जबसम्म यहाँका युवाहरु वैदेशिक रोजगारी जान्छ, कहिलेपनि युवाहरुको सपना पुरा नहुने जिकिर समेत गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश कुमार महतोको अध्यक्षतामा भएको साइकल वितरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेको राज्यमन्त्री कुशावाहाले नेपाल सरकारको शिक्षा कमजोर रहेकोले  शिक्षा क्षेत्रमा आराजकता बढ्दै गएको बताएका छन् । उनले भने ‘प्रदेश सरकार प्रादेशिक शिक्षा नीति छिट्टै ल्याउने छ । प्रादेशिक शिक्षा नीति आएमा यहाँको युवाहरुको आफ्नै प्रदेशका रोजगारी पाउने छ ।’
राज्यमन्त्री कुशवाहाले २२ वटा छात्राहरुलाई साइकल वितरण गर्दै भने ‘छात्राहरु देशकी भविष्य छिन् । छात्राहरु शिक्षित भएमा देश र प्रदेश नै शिक्षित हुने छन् । बालिका शिक्षाप्रति प्रदेश सरकार समेत प्रतिबद्ध रहेको छ ।’ उहाँ शिक्षा र स्वास्थ्यलाई राम्रो बनाउनमा प्रदेश सरकारले कसैसँग सम्झौना गर्ने बताएका छन् ।


Sunday, September 8, 2019

बीच सडकमा शंकास्पद अवस्थामा घण्टौसम्म मोटरसाइकल राखेपनि ट्राफिक प्रहरी बेफ्रिक

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहा नगरपालिका अगाडिको सडकको बीचमा घण्टोसम्म एउटा मोटरसाइकल राखेपनि प्रहरी बेफ्रिक देखिएको छ ।
टूाफिक प्रहरीले नगरबाहिर चेकजाँच बढाएपनि नगरभित्रमै घण्टौंसम्म एउटा मोटरसाइकल शंकास्पद अवस्थामा राखे भएपनि प्रहरीले आएन । तस्वीरमा स्पष्ट रुपमा बीच सकडमा राखिएको देखिन्छ । स्थानीयहरुले टूाफिक प्रहरीलाई पटकपटक सूचना दिएपनि नआएको गुनासो स्थानीयहरुको रहँदै आएको छ ।
ज.१० प.४१७४ नम्वरको एउटा मोटरसाइकल उपहानगरपालिकाबाट भानु चौक जानेबाटोमा एकघण्टा बढीसम्म बीच बाटैमा राखिएको थियो । अन्य सवारी साधनहरुलाई आवातजावतमा समस्या मात्र होइन, मोटरसाइकल किन र कसले राखेको छ शंका भएपछि स्थानीयवासीहरुले प्रहरीलाई खबर गरेका थिए । तर प्रहरी नआएको स्थानीय राजेश झा बताउँछन् ।
स्थानीय झाका अनुसार नगरबाहिरको बाटोमा चेकजाँच गर्ने र लाइसेन्स, ब्लुबुक नहुँदा रकम लिएर छाड्ने गरेको कुरा कसैसँग लुकेको छैन । तर शंकास्पष्ट अवस्थामा मोटरसाइकल राखेको भएपनि टूाफिक प्रहरी बेफ्रिक हुँदा चिन्तत भएको बताउँछन् ।
शिवचौकदेखि रेल्वे स्टेशनसम्ममा १० वटा राम्रो क्वालिटीको सिसीटीभी समेट जडान गरिएको छ । त्यसका वावजुद पनि नत नेपाल प्रहरीले चासो देखाएइको थियो र नत टूाफिकले फोन गरेपनि आएको स्थानीयहरुको गुनासो रहेको छ ।

नेपालका टा“प १० मेयर जनकपुरधाममा, विकासको अनुगमान र छलफल


जनकपुरधाम, २१ भदौ । नेपाल अधिराज्य भरिका उपहानगरपालिका र महानगरपालिकाका १० वटा मेयर जनकपुरधामको विकास कार्यक्रम अनुगमन र विकास सम्बन्धी छलफल गरेको छ ।
नेशनल डेमोक्रेटिभ इन्ष्टिच्यूष्टद्वारा सञ्चालित नेपाल मेयर्स नेटवर्कको जनकपुरधाममा दुई दिवसीय अन्तरक्रिया कार्यक्रममा विकास र योजना सम्बन्धी छलफल भएको छ ।
जनकपुरधामका मेयर लालकिशोर साहको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा सहभागी मेयरहरुलाई जनकपुरधामका मेयर साहले यहाँका सडक, मठ मन्दिर, पोखरी, रेल्वे स्टेशन, जानकी मन्दिर, रंगभूमि मैदान, नारी विकास केन्द्र लगायतलाई अवकोन गरेका छन् ।
मेयर लालकिशोर साहले पहिलो दिन नीति तथा कार्यक्रम योजना बारे जानकारी गराएका थिए । उनले दुई वर्ष भित्र जनकपुरधाम उपमहानगरपालिकाले चुनौतीपूर्ण कार्य गरेको भन्दै पाँच वर्षभित्रमा जनकपुरधामलाई विश्वकै हिन्दुहरुको पर्यटकीय स्थलको रुपमा विकास गर्ने लक्ष्य लिएको जानकारी समेत गराएका छन ।
मेयर साहले सडक विस्तारको क्रममा बिना मुआब्जाको घरहरु तोडफोड गर्नुपर्ने चुनौती रहेको थियो । तर स्थानीयहरु पनि विकास तर्फ लक्षित रहेकोले उनीहरुले स्वफुर्त तरिकाले तोडफोड गरी विकास कार्यक्रम सहयोग पुर्याएको बताएका छन् ।

मेयर साहले जनकपुरधाममा रहेको धार्मिक पर्यटकीय स्थलको सौन्दर्यीकरण तथा योजनाको बारेमा विस्कृत रुपमा आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।
त्यस्तै अन्य ‘पालिका’बाट आएका मेयर तथा प्रतिनिधिहरुले आ आफुनो ‘पालिक’ मा गरेको विकास सम्बन्धी छलफल र अगामी योजनाको बारेमा जानकारी गराएका थिए ।
पोखराबाट प्रतिनिधित्व गरेका पोखराका पवक्ताले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा राष्टिूय योजना आयोगका सहायक प्रबन्धक प्रो.डा. पुष्पराज कँडेलले शहरी नगरपालिका र ग्रामीण नगरपालिकाको समस्या तथा चुनौती, विकासको लागि सेवाग्राहीहरु कसरी सेवा दिने, विकास योजना निर्माण, प्रदेशिक विकास योजनासँग कसरी मिलेर कार्य गर्न सकिन्छ त्यस बारेमा जानकारी गराएका छन् ।
तीन तहको सरकारबीच समन्वय गरी कसरी अगाडि बढन सकिने त्यस सम्बन्धमा नीति तथा योजना आयोगका सहायक प्रबन्धक डा. खिलराज देवकोटाले चर्चा गरेका थिए ।
कार्यक्रममा ललितपुर महानगरपालिका, विराटनगर महानगरपालिका, हेटौडा उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका, घौराही उपमहानगरपालिका, पोखरा महानगरपालिका, धरान महानगरपालिका सहितका प्रतिनिधिहरु जनकपुरधाम आएका छन् ।

हँसपुरका मेयरपक्षधरद्वारा जनकपुरधाममा शक्ति प्रदर्शन, तीनजनामाथि जाहेरी दर्ता



जनकपुरधाम, २२ भदौ । धनुषाको हँसपुर नगरपालिकाका मेयर पक्षधरहरुद्वारा प्रदेश नं. २ को राजधानी जनकपुरधाममा शक्ति प्रर्दशन गरेको छ ।

हँसपुर चौकबाट नै ट्याक्टर, मोटरसाइकल लगायतका सवारी साधनमा आएका प्रदर्शनकारीहरुले उपमेयर रेणु झा विरुद्ध नारा जुलुस समेत लगाएका थिए । उनीहरुले रेल्वे स्टेशनमा जम्मा भई भानुचौक, शिवचौक, रामचौक, मुरली चौक, कदम चौक हुँदैन जिल्ला प्रशासन अगाडि समेत नारा जुलुस पदर्शन गरेका छन् ।
तीन हजारबढीको संंख्यामा आएका मेयर पक्षधरहरुले उपमेयर रेणु झा मुर्दावाद, झुठामुद्दा खारेज गर लगायतका नारा लगाएका थिए ।
त्यस्तै उपमेयर रेणु कुमारी झा, वडा नं. २ का वडा अध्यक्ष उदय साह र वडा नं. २ बस्ने किशोरी यादवमाथि जिल्ला प्रहरी कार्यालयमा जाहेरी समेत दर्ता गराएका छन् । जाहेरीकर्तामा मनोज कुमार सिंह, शशि कापड र सदैय यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी गराएका छन् ।

स्मरणीय रहोस् साउन २१ गते हंसपुर नगरपालिकाको कार्यालय सार्नेलाई भएको विवादमा प्रहरी र स्थानीयबीच झड्प हुँदा वडा नंं. २ बस्ने  तपेश्वर मण्डल घाइते भएका थिए । उहाँका उपचारको क्रममा जनकपुुर अञ्चल अस्पतालमा मृत्यु भएको थियो ।
मृत्यु पश्चात् उपमेयर पक्षधरले मेयर रामज्ञान मण्डल, वडा नं. ३ का वडा अध्यक्ष उदय सिंह, कार्यपालिका सदस्य श्याम राउत र वडा नं. ४का स्थानीय लालबाबु यादवमाथि मृतक छोरा राजकुमार मण्डलले जिल्ला प्रशासन कार्यालयमा ज्यान मार्ने मुद्दा दर्ता गराई सकेका छन् ।




Friday, September 6, 2019

संविधान दिवस ः जति उपलब्धी त्यति खुशीः मन्त्री यादव


प्रदेश सरकारले असोज ३ गते संविधान दिवस हर्षोल्लास पूर्वक मनाउने निर्णय गरेको छ । मधेश आन्दोलनबाट जति उपलब्धी संविधानले सुनिश्चित गरेको छ, त्यति नै खुशी मनाउने आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवको भनाई छ । उनी भन्छन् —आलोचनात्मक किमिसले मात्र संविधानलाई स्वीकार गरेका छौं । जुन दिन सर्वमान्य संविधान हुन्छ, हर्षोल्लास पूर्वक मनाउने छौं । यसै सन्दर्भमा उहाँसँग गरेको कुराकानीको यो अंश
संविधान दिवस मनाउने कस्तो तयारी छ ?
मन्त्रीपरिषदले तीन दिवसीय संविधान दिवस मनाउने निर्णय गरेको छ । योे हर्षको कुरा त होइन, तर उपलब्धीको रुपमा मानेर यस्तो निर्णइ गरेको हो ।
संविधानले सबै अधिकार सुनिश्चत गरेको छ त ?
कदापि होइन ? यो संविधान आलोचनात्क हिसाबले स्वीकार गरेका छौं । संविधानमा केही पोजेटिभ कुरापनि छन । मधेश आन्दोलनबाट जति उपलब्धी पाएका छौं । यसलाई संस्थागत गर्नका लागि चुनाव पनि लड्यो र यहाँसम्म आयो । त्यसलाई आत्मसाथ गरी त्यति मात्र खुशी भएर संविधान दिवस मनाउन प्रदेश सरकारले निर्णय गरेको छ । संविधान तहत नै हामी सरकारमा छौं, यो पनि एउटा उपलब्धी नै हो । तर मधेशी जनताको अधिकार सुनिश्चित भएको छैन । जुन दिन सर्वमान्य संविधान हुन्छ, त्यो दिन हर्षोल्लास पूर्वक संविधान दिवस मनाउने छौं ।
उत्साह पूर्वक कहिले मनाउनु हुन्छ ?
हेर्नुस ! संविधानलाई स्वीकार नगरेको होइन । संविधानलाई स्वीकार गरेर यहाँ आएका छौं । तर अब संशोधनको कुरा रह्यो । जुन दिन मधेशी जनताको भावना अनुसार संविधान संशोधन हुन्छ, त्यो दिन हर्षोल्लास पूर्वक संविधान दिवस मनाउने छौं ।
मन्त्रीपरिषदले संविधान दिवस मनाउने निर्णय गरेको छ। तर राजपा मन्त्रीले त्यसको विरोध गरेको छ के भन्नु हुन्छ ?
मन्त्रीपरिषदले असोज ३ गते संविधान दिवस मनाउने निर्णय गरेको छ, मनाउने वा विरोध गर्ने उनीहरुमाथि निर्भर गर्छन । सरकारमा हामी छौं भन्ने संविधानलाई आलोचनात्मक रुपमा भनौं वा जुनसुकै रुपमा स्वीकार गरेका नैं हो । संविधान दिवस मनाउने वा नमनाउने उनीहरुमाथि निर्भर गर्छन ।
मन्त्रीपरिषदको निर्णय राजपा मन्त्रीलाई थाहा नभएको भन्दै आएको छ ?
त्यसो छैन । मन्त्रीपरिषदका बैठक भएको बेला उनीहरु बाहिर थियो । जहाँसम्म थाहा नभएको कुरा हो त्यो प्रक्रिया अनुसार सबैलाई जानकारी गराइन्छ ।

असोज ३ कालो दिन ः मन्त्री सोनल


प्रदेश सरकारले असोज ३ गते संविधान दिवस हर्षोल्लास पूर्वक मनाउने निर्णय गरेको छ । तर प्रदेश सरकारकै राजपा मन्त्रीले त्यसको विरोध गर्दै सो दिनलाई कालो दिनको रुपमा मनाउने आफ्नो तर्क दिन्छ । यसै सन्दर्भमा गरेको कुराकानीको यो अंश
असोज ३ गते संविधान दिवस कसरी मनाउनु हुन्छ ?
विगत वर्ष झै यसवर्ष पनि संविधान दिवस मनाउँछौं, त्यो मान्यताबाट हामी पछि हटेका छैनौं । यो साल पनि राष्ट्रिय जनता पार्टी नेपालले देशभरि काला दिवसको रुपमा विरोध गरेर असोज ३ गतेलाई सम्झन्छौं ।
तपाई प्रदेश सरकारको मन्त्री हुनुहुन्छ । प्रदेश सरकारले तीन दिवसीय संविधान दिवस मनाउने निर्णय गरेको छ नि ?
तपाईलाई अवगत गराई देउ कि प्रदेश सरकारले बोलाएको मन्त्री परिषदका बैठकका दिन राजपाको एउटा पनि मन्त्रीहरु थिएन । सबै बाहिर बाहिर थिए । यस बारेमा मन्त्री परिषदले के निर्णय गरेको छ, हामीलाई थाहा छैन ।
पार्टीको निर्णय मान्नु हुन्छ कि मन्त्री परिषदको ?
हाम्रो राष्ट्रिय जनता पार्टी नेपालले स्पष्ट रुपमा निर्णय गरिसकेको छ । असोज ३, काला दिनको रुपमा मनाउने । पार्टीको निर्णयलाई आत्मसाथ गरी त्यो दिन हामी कालो दिवसको रुपमा सम्झिन्छौं ।
संविधानलाई स्वीकार गर्ने, संंविधानकै तहत मन्त्री पद सम्हाल्ने र संविधानका दिन काला दिन मनाउने उचित भएन नि !
यो संविधानको एउटा अंश हो । हामीले सम्पूर्ण रुपमा संविधानलाई अस्वीकार गरेको त छैन नि ! संविधानका विभेदकारी धारालाई विरोध गरिरहेका छौं । अहिलेपनि संविधानले मधेशी जनताको अधिकार सुनिश्चित गरेको छैन । विगतका दिन पनि असोज ३ गते काला दिनको रुपमा मनाएका छौं । किन भने कफ्र्यु लगाएर, गोली चलाएर यो संविधान निर्माण गरेको छ । संविधानमा मधेशी जनताको अधिकार अहिलेपनि कुण्ठित नै छ । यस्तो अवस्थामा संविधान दिवस मनाउनु भन्नाले शहीदको सपनासँग खेलवाड गर्नु हो । त्यसैले पार्टीले गरेको निर्णयलाई नै आत्मसाथ गरी असोज ३, काला दिनको रुपमा मनाउँछौं ।
संघीय सरकारका एकजना मन्त्रीले काला दिवस मनाउनेमाथि कारवाही गर्ने भनेको छ नि !
 हिम्मत छ भने कारवाही गरेर देखाउँनुस । गोली चलाएर संविधान जारी गर्ने, कफ्र्यु लगाएर संविधान जारीगर्ने, थुनामा राखेर संविधान बनाउने अनि आवाज उठाउँदा कारवाही गर्ने, कसलाई हिम्मत छ कारवाही गर्ने । यथास्थितिमा कुनै पनि हालतमा संविधानलाई स्वीकार नगर्ने ।

Thursday, September 5, 2019

राज्यमन्त्री कुशवाहा द्वारा साइकल वितरण

जनकपुरधाम, १९ भदौ । आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले छात्राहरुलाई साइकल वितरण गरेका छन् ।
प्रदेश सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत राज्यमन्त्री कुशवाहाले धनुषाको क्षीरेश्वर नगरपालिका वडा नं. ९ इच्छापुर स्थित श्री माध्यमिक विद्यालयका छात्राहरुलाई साइकल वितरण गरेका हुन ।
वडा अध्यक्ष अशोक चौधरीको अध्यक्षतामा भएको साइकल वितरण कार्यक्रममा राज्यमन्त्री कुशवाहाले १४ जना छात्राहरुलाई साइकल वितरण गरेको हो ।
साइकल वितरण कार्यक्रममा मन्त्री कुशवाहाले देशमा संघीयता विरुद्ध षड्यन्त्र भई रहेको भन्दै यसका लागि सतर्क रहन सबैमा आग्रह गरेका छन् । उनले संघीयता विरुद्ध कुनै कार्य भएमा आन्दोलनका लागि तयार रहनुपर्ने आवश्यकता रहेको समेत ओल्याएका छन् ।

यातायात विभागको उपप्रमुखमा साह

जनकपुरधाम, १९ भदौ । समाजवादी पार्टीका केन्द्रिय सदस्य उमेश साहलाई पार्टीले भौतिक पूर्वाधार तथा यातायात विभागका उपप्रमुखको जिम्मेवारी दिएका छन् ।
साह एक दशक बढीसम्म पत्रकारिता क्षेत्रमा कार्य गरी नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष समेत रहि सक्नु भएको छ ।
लामो समयसम्म पत्रकारिता पश्चात् उहाँ तत्कालिन नेकपा एमाले पार्टीबाट राजनीतिक शुरुवात गरेका हुन । उहाँ पत्रकारितासंगै एमालेको राजनीतिमा सकृय रहेका थिए ।
बदनियती र एउटा उर्जावान तथा संघर्षशील युवालाई निषेध गर्ने क्रियाकलाप भएको कारण  दुई दशकको आफ्नो पार्टी संलग्नता परित्याग गरी करिब एक दशकदेखि स्वतन्त्र पत्रकारको रुपमा गणतन्त्र स्थापनापछि संक्रमणकालको चुनौतीपूर्ण अवस्थामा मिडियाको सफल नेतृत्व गर्यो ।
पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले तत्कालीन नेकपा माओवादी पार्टी परित्याग गरी वैकल्पिक राजनीति पार्टी निर्माण गर्न नयाँ शक्ति पार्टी गठन गर्दा साह सो पार्टीको निर्माण अभियानमा संस्थापक नेताको रुपमा सक्रिय रहदै आएका थिए । नयाँ शक्ति र संघीय समाजवादी फोरम बीच एकीकरण भएपछि निर्वाचन आयोगमा दर्ता भएको समाजवादी पार्टीको केन्द्रिय सदस्यको जिम्मेवारीमा रहदै समायोजन गर्दा साहलाई केन्द्रिय विभाग अन्तरगतको भौतिक पुर्वाधार तथा यातायात विभागको उप(प्रमुखको जिम्मेवारी दिएको हो । सो विभागको प्रमुखमा पुराना एवं अनुभवी नेता महाजन यादव रहेका छ्न ।

Wednesday, September 4, 2019

संविधान दिवस मनाउने अवस्था आएको छैन ः दीपक झा

जनकपुरधाम, १८ भदौ । असोज ३ गतेलाई संविधान दिवसको रुपमा मनाउने की नमाउने मधेशवादी दलबीचमै फरक–फरक निर्णय गरेको बेलामा २०६३÷०६४ का मधेश आन्दोलनका योद्धा दीपक झा भन्छन् –‘अहिले संविधान दिवस मनाउने अवस्था आएको छैन ।’
मधेशी जनताको अधिकार स्थापित गर्नका लागि २०६३÷०६४ मा पहिलो मधेश आन्दोलन भएको थियो । त्यति बेला उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम एउटा समितिको रुपमा आन्दोलन हाँकेका थिए । त्यो आन्दोलनका क्रान्तिकारी योद्धाको रुपमा दीपक झा चिनिन्थ्यो ।
मधेश आन्दोलनको क्रममा क्रान्तिकारी योद्धा झाको भाषण सुन्न शायदै कसैले नरुचाएको होला । उहाँले ‘माइक’ समात्न वित्तिकै आन्दोलनकारी युवाहरुको ठूलो जमघट हुन्थ्यो । झा लगायत पत्रकार रामप्रकाश साह, मधेशानन्द झा, विजय मस्त लगायतका युवाहरु मधेश आन्दोलनलाई उच्चाईमा पुर्याएको स्थानीयहरुको कथन छ ।
त्यही आन्दोलनकारी योद्धा दीपक झा भन्छन–‘आन्दोलनबाट उपलब्धी नभएको होइन । तर संविधानले ती कुराहरुलाई समेट्न सकेको छैन ।’ उनले जुन उद्देश्य अनुरुप आन्दोलन भएको थियो ।  मधेशी जनताले संघर्ष गर्यो ।  संविधानमा त्यो मुद्दाहरु आएन, संविधान अहिलेपनि उपलब्धी विहीन छ । त्यसैले संविधान दिवस मनाउने अवस्था अहिले आएको छैन भने ।
‘पटक–पटक मधेश आन्दोलनको क्रममा धेरै युवाहरुले शहादत दिएका छन् । तर ती युवाहरुको सपना पुरा हुन सकेन’ झाले भने । उनले शहादत दिएका युवाहरुको तस्वीरमाथि माल्र्यापण गर्नु युवाको सपना थिएन । मधेशी जनताको अधिकार स्थापित गर्नु सपना थियो । जनसंख्याको आधारमा प्रतिनिधित्व गर्नु, मधेशका २२ वटा जिल्लालाई एउटा प्रदेश बनाउनु, नेपालमा बसोबास गर्ने सबैलाई एक सम्मान नागरिकता पाउनु लगायत धेरै माँगलाई लिएर आन्दोलन भएको थियो । तर ती मध्ये शायदै संविधान सल्टिएको छ । संविधान निर्माण उपलब्धी मूलक हो, तर संविधान दिवस मनाउनु औचित्य नरहेको जिकिर गरे ।
यता संविधान दिवस मनाउनेलाई लिएर समाजवादी फोरम र राष्टिूय जनता पार्टी (राजपा)ले अलग अलग निर्णय गरेको छ । समाजवादी पार्टीले तीन दिवसीय संविधान दिवस मनाउने घोषणा गरेका छन् भने राजपाले संविधान दिवस नमाउने निर्णय गरेका छन् । राजपाले विगतमा संविधान दिवसलाई गर्ने कार्यक्रमलाई निरन्तता दिन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । विगतमा राजपाले असोज ३ गते अर्थात संविधान दिवसका दिनमा कालो दिवस मनाउँदै आएका थिए ।
त्यस्तै  संविधान जारी भएको दिनलाई संविधान दिवसको रुपमा नमनाइ विरोध दिवस गर्ने निर्णय गरेको राष्टिूय जनता पार्टी (राजपा) नेपाललाई सरकारले कडा जवाफ दिएको छ । सरकारका एक प्रभावशाली मन्त्रीले ट्वीटमार्फत राजपाको निर्णय प्रति असन्तुष्टि जनाउँदै राजपाको ध्यानाकर्षण समेत गराएका छन् ।
संविधान जारी भएको दिन ३ असोज मा विरोध दिवसको रुपमा मनाउने निर्णय गरेको छ भने सरकारले संविधान जारी भएको दिन संविधान दिवस मनाउने तयारी गरिरहेको छ ।
राजपाले उठाउँदै आएको मुद्दा संशोधन गरेर माग सम्बोधन नभएकाले सो दिन विरोध दिवसकै रुपमा मनाउने निर्णय भएको छ । राजप नेपालको मंगलबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको अध्यक्ष मण्डलको बैठकले देशैभरी विरोध दिवसको रुपमा मनाउने निर्णय गरेको हो । राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले ३ असोजलाई विरोध दिवसको रुपमा मनाउँदै आएकोमा सो कार्यलाई निरन्तरता दिने निर्णय भएको बताए । तर कार्यक्रमको स्वरुप कस्तो हुने र के के हुने भन्ने बारेमा पार्टीले सार्वजनिक गरेको छैन । सरकारका संस्कृति, पर्यटन तथा नागरिक उययनमन्त्री योगेश भट्टराईले राजपाको निर्णयपछि त्यसको जवाफमा ट्टीव गर्दै भनेका छन्(‘बारामा निर्माण हुने अन्तर्रा्ष्टिूय विमानस्थलका बारेमा राजपाको निर्णयको पहिलो बुँदाको भावनाप्रति सम्मान व्यक्त गर्दछु भने दोस्रोले समय, सन्दर्भ र राष्टिूय भावनालाई बोक्न नसकेको प्रति राजपाको ध्यानाकर्षण गराउदछु ।’


Monday, September 2, 2019

‘गुठीको जग्गा संरक्षणको जिम्मा उपमहानगरपालिकलाई’

जनकपुरधाम, १६ भदौ । जनकपुरधाम उपमहा नगरपालिका भित्र रहेको गुठी संस्थानको जग्गालाई संरक्षण सम्बद्र्धन र आयआर्जन गर्ने जिम्मा उपमहानगरपालिका मातहात आएको छ ।
गुठी संस्थाका कार्यकारी प्रमुख नारायण चौधरी र उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहबीच सो सहमतिपत्रमा सम्झौता गरेका हो ।
समहति पत्रमा गुठी संस्थाबाट आयमुलक कार्यमा प्रयोग गरेको गुठीलाई आयको पचास प्रतिशत दिने छ ।
गुठी संस्थाको स्वामित्वमा रहेको पोखरीहरु, हाट बजार लगायतको जग्गाहरुको संरक्षण सम्बद्र्धन तथा सौन्दर्यीकरण उपमहागनरपालिकाले गर्ने छ । सम्झौतामा  नगरक्षेत्रका पोखरी तथा हाट बजार स्थल मध्ये ठेक्का अवधि समाप्त भएका स्थानहरु पिलोट प्रोजेक्टका रुपमा व्यवस्थापन एवं सञ्चालन गर्ने गरी पोखरी किनार (घाट) निर्माण, पोखरीबाट निस्कने फोहर व्यवस्थापन, पोखरी डिलमा रहेकाृ  अनाधिकृत अतिक्रमित जग्गामा बनेका घर ठहरा हटाई सौन्दर्यीकरण गर्ने,  हाट बजार व्यवस्थापन, सरसफाई र सौन्दर्यीकरण लगायत धार्मिक ऐतिहासिक सम्पदा संरक्षण उपमहानगरपालिकाले गर्ने भएको छ ।
त्यस्तै जग्गामा निर्मित संरचनामा जडान हुने विद्युत, पानी, टेलिफोन शुल्क, महसुल जरिवाना आदि जनकपुरधाम उपमहानगरपालिकाले बुझाउने छ ।
गुठी संस्थाको अधिनमा रहेका जनकपुर शहरी क्षेत्रका जनकपुरधाम उपमहा नगरपालिकाले उपयोग गरी राखेको जमिनहरुको स्वामित्व गुठीकै कायम राखी संरक्षण गर्ने छ ।
शर्तहरु थपघट वा  गर्न आवश्यक भएमा दुबै पक्षको  परसपारिक सहमितमा हेरफेर वा संशोधन गर्न सकिने सहमतिपत्रमा उल्लेख छ ।
सहमतिपत्रमा गुठी संस्थानको तर्फबाट उपप्रशासक सरोज  थपलिया र जनकपुरधाम उपमहागनरपालिकाको तर्फबाट कर अधिकृत परमेश्वर झाले हस्ताक्षरगरेका छन् ।