Thursday, April 26, 2018

मनमानी ढंगले रकम असुल्दिै ईरिक्सा चालकहरु


जनकपुरधाम, १३ बैशाख । जनकपुर उपमहानगरपालिका भित्रमा टूाफिक कार्यालय र उपमहानगरपालिकाले इरिक्सा सवारीको दर रेट निर्धारण गरेको थियो । तर ईरिक्सा चालकहरुले निर्णयको अटेरी गर्दै मनमानी किसिमले यात्रुहरुसँग रकम असुल्ने कार्य गर्दै आएको छ ।
केही दिन अघि यसरी नै ईरिक्सा चालकहरुले मनमानी किसिमले रकम असुल्दा चर्चामा आएपछि उपमहानगरपालिका र टूाफिक कार्यालयले नगरभित्रको इरिक्साको भाडादर निर्धाण गरेको थियो । तर सोको महिना नवित्दै फेरी आफूखुशी यात्रुहरुसँग रकम असुली गरेको छ । उनीहरुले एउटै बाटोमा अलग अलग किसिमले भाडा लिने गरेको दैनिक जनकपुरमा गुनासो आएको छ ।
विद्यापति चौकबाट रामानन्द चौक जाँदा ७० रुपैया र त्यहाँबाट फर्किदा ५० रुपैया लिएको काठमाडौंबाट आएकी सञ्चारकर्मी कञ्चना झाले गुनासो पोखेकी छिन । उनले भनिन, ‘हामीले भाडा कति तिर्यौ त्यो बहसको विषय होइन । दररेट कायम नभएको र कही कतै दररेटको बोर्ड समेत नदेखिएको बहसको विषय हो ।’ उनले जनकपुर धार्मिक ऐतिहासिक नगरी मात्र होइन, अब राजधानी पनि भएको हो । यसरी बाहिरबाट आउने यात्रुहरुलाई ठग्ने कार्य गर्यो भने जनकपुरधामको ठूलो बदनामी हुने छ । नगरको देखरेख र इज्जत बचाउने कार्य उपहानगरपालिकाको काँधमा आएको छ । यसप्रति गम्भीर हुन आवश्यक रहेको बताएकी छिन् ।
सञ्चारकर्मी झाले दररेट निर्धारणका साथै ठाउँठाउँमा बोर्ड लगाउनका लागि पनि सुझाएकी छिन् । उनले जनकपुरलाई बदानमीबाट जोगाउन सबैको दायित्व हो । जनकपुरधाम राजधानी भएपछि सबै खाले मानिस अटाउने वातावरण बनाउनु पर्ने बताएकी छिन् ।

‘मलाई बाटो देखाई दिनुस’


जनकपुरधाम, १२ बैशाख । जनकपुर विमान स्थलबाट भानुचौक जाने क्रममा एकजना स्कारपियो चालकले क्याम्पस चौकमा सोधे ‘मलाई भानुचौक, जानु छ, मलाई बाटो देखाई दिनुस् ।’ उनी बिहार सीतामढी जिल्लाको पुपरी निवासी हुनुहुन्थ्यो ।
स्कारपियो चालकले भने, ‘ म विहेमा देवपुरा रुपैठा आएको थियो । गाडीको भन्सार कटाउन भानुचौक जानु छ । तर जत्रतत्र बाटो नै अवरुद्ध देखिएकोले आफू कुनबाटोबाटो जाने अन्योलमा रहेको छु ।’ जनकपुर उपमहानगरपालिका भित्रमा सडक फराकिलो तथा निर्माणको क्रममा जत्रतत्र तोडफोड गरिएको छ । तर सवारी साधनहरु कुनबाटोबाटो जाने कहिपनि साइनबोर्ड नझुण्डाउँदा बाहिरबाट आउने यात्रुहरु निक्कै अन्योलमा परेको छ ।
विहेबारीको बेलामा पनि जानकी मन्दिरसम्म पुग्नका लागि जानेबाटो छैन । पहिलाभन्दा कार्यमा तिव्रता आएको हो तर व्यवस्थित छैन राजपाका केन्द्रिय सदस्य संजय चौधरीले भने, ‘स्थानीय सरकार गठनपश्चात् जनकपुर नमूना सहरतिर विकास गर्न लागेको हो, तर व्यवस्थापनमा कमी देखिएको छ ।’
‘सडक निर्माणको कार्य विशेष गरी परिक्रममा सडकमा ९० प्रतिशत भई सकेको छ । स्टेशन रोडदेखि जनकपुर विमानस्थलसम्म कार्य भई रहेको छ । कम्तिमा सवारी साधनहरुलाई वनवे वा टुबे हुनुपर्छ’ स्थानीय रामचन्द्र यादवले बताएका छन् ।
सडक निर्माण कार्यमा स्थानीयहरु धेरै पीडा भोग्नु परेको स्थानीयहरुको भनाई छ । कम्तिमा जनकपुर उपमहानगरपालिका र टूाफिक कार्यालयले सवारी साधनको बाटो छुट्याउन संकेतिक बोर्ड र प्रहरी खटाई दिनुपर्ने शिव ठाकुरको भनाई छ ।
एशियाली विकास बैंकको ऋण सहयोगमा जनकपुर नगरभित्र ९ किलोमिटर सडक र ३२ किलोमिटर नाला निर्माण कार्य भई रहेको छ ।


Wednesday, April 25, 2018

जनकपुरमा अन्तर्राष्ट्रिय हवाई सेवा संचालन हुन्छ ः मन्त्री अधिकारी


जनकपुरधाम, ११ बैशाख । नागरिक उड्यन, पर्यटन तथा सांस्कृति मन्त्री रविन्द्र अधिकारीले जनकपुर विमानस्थलकलाई अन्तर्राष्टिूय हवाईस्तरको हवाई सेवा सञ्चालनमा ल्याउने बताएका छन् ।
प्रेस चौतारी नेपाल, धनुषाद्वारा मंगलवार जनकपुरधाममा आयोना गरिएको पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले जनकपुर विमानस्थलमा जहाजको संख्या बढाएर अन्तर्राष्टिूयस्तरको हवाई सेवा सञ्चलन गर्ने वर्तमान सरकारको लक्ष्य रहेको बताएका छन । उनले  भने, ‘विराटनगर, धनगढी, नेपालगञ्ज लगायत भारतका विभिन्न सहरमा ठूला जहाज अवतरण हुन सक्ने विमानस्थललाई विस्तार गर्ने सरकारको योजना छ । सोही योजना अनुसार जनकपुर विमानस्थलको स्तरोन्नती गरी अन्तर्राष्टिूयस्तरको हवाइ सेवा सञ्चालन हुन्छ ।’
उनले जनकपुर विमानस्थलको टर्मिनल भवन छिट्टै सञ्चलानमा ल्याई १३सय मिटरको रनवेलाई बढाई १५ सय मिटर बनाउने कार्ययोजना आगा बढाएको बताएका हुन । मन्त्री अधिकारीले आउने वर्षमा जनकपुर विमान स्थलमा आइएफआर जडान गरी रात्रीकालीन समयमा पनि विमान सञ्चलान गर्ने बताएका छन ।
विमानस्थल विस्तारका लागि जग्गा रोक्का गरिसकेको र अब मुवाब्जा वितरण गरी आउने वर्षमा जग्गा प्राप्ति गर्ने उनको भनाई थियो । उनले पर्यटन क्षेत्रमा विकाशका लागि अन्तरप्रादेशिक हवाइ सेवा सञ्चलन गर्नु पर्नेमा जोड दिएका छन ।
पर्यटन विकाशकालागी अफुले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत संगको छलफलमा छिट्टै कानून निर्माण गरी पर्यटन विकास समिति बनाउन अनुरोध गरेको उनले बताएका हुन ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बारेमा बोल्दै मन्त्री अधिकारीले दुबै देशबीच धेरै पटक छलफल भएको र भ्रमणको क्रममा कतिपय छलफलको विषयवस्तु निष्कर्षमा पुग्ने विश्वास दिलाएका छन । ‘नेपाल(भारतबीचको व्यापारिक, सांस्कृतिक, धार्मिक र राजनीतिक सम्बन्ध महत्वपूर्ण छ’ उनले भने ।
नेकपा एमालेका जिल्ला अध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले रामायण कथामा जोडिएको मुख्यतः जनकपुर, अयोध्या, इन्डोनेसीयाको बाली र श्रीलङका जोडिएको रामायण सर्किटको निमार्ण कार्यलाई आफूहरुले अगाडी बढाउने बताएका छन । रामायण सर्किटका लागि एयरपोर्ट, सडक, कनेकटिभिटी लगायतका पूर्वाधारहरु राम्रो भएपछि मात्रै रामायण सर्किट पूरा हुने औल्याएका छन ।  मन्त्री अधिकारी जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउनु आफुले हरसम्भव प्रयास गर्ने बताए ।
पत्रकार सम्मेलनमा प्रदेश साँसद किशोरी साह, प्रेस चौतारी धनुषाका धर्मेन्द्र झा, अवधेश कामत सहितको उपस्थिति रहेको थियो ।

प्रदेश २ का स्थानीय जनप्रतिनिधिको तलब तोकियो

जनकपुरधाम, ११ वैशाख । प्रदेश २ का स्थानीय जनप्रतिनिधिको तलव सुविधा तोकिएको छ ।
प्रदेश सरकारले स्थानीय तहका पदाधिकारीहरुको तलव सुविधासम्वन्धी विधेयक प्रदेशसभामा दर्ता गरेको छ । प्रस्तावअनुसार गाउँपालिका अध्यक्षले मासिक ३१ हजार ५०० तलब पाउनेछन् भने १५ सय सञ्चार खर्च दिइनेछ ।
उपाध्यक्षलाई मासिक २७ हजार ५००, वडाध्यक्ष र कार्यपालिका सदस्यलाई समान २० हजार र सभाका सदस्यलाई ७ हजार तोकिएको छ ।
यस्तै नगरपालिकाका मेयरलाई ३५ हजार, उपमेयरलाई ३१ हजार, वडाध्यक्ष र कार्यपालिका सदस्यलाई २२ हजार र सभा सदस्यलाई ७ हजार तोकिएको
छ । उपमहानगरका मेयरलाई ४१ हजार, उपमेयरलाई ३५ हजार तलब तोकिएको छ । यस्तै वडाध्यक्ष र कार्यपालिका सदस्यलाई २५ हजार र सभा सदस्यलाई ७ हजार मासिक सुविधा तोकिएको छ । भ्रमण भत्ता पनि तोकिएको छ ।
वीरगञ्ज महानगरका मेयरले ४३ हजार ५०० तलव पाउनेछन् भने उपमेयरले ४१ हजार ५००, वडाध्यक्ष र कार्यपालिका सदस्यलाई २८ हजार र सभा सदस्यलाई ७ हजार तोकिएको छ । जिल्ला समन्वय समितिका प्रमुखले ४४ हजार, उपप्रमुखले ४२ हजार मासिक तलब पाउनेछन् ।

भारतीय प्रम मोदीको जनकपुर भ्रमण सम्बन्धी मन्त्री र सुरक्षा निकाय बीच छलफल


जनकपुरधाम, ११ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणलाई लिएर जनकपुरधाममा मुख्यमन्त्री, मन्त्री, सुरक्षा निकाय, पार्टी प्रतिनिधि तथा उपमहानगरपालिका बीच छलफल गरिएको छ ।
नेपाल भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री जनकपुर आउन लागेकोले कसरी भव्यता प्रदान गर्ने, सोको तयारी कुन किसिमले गर्ने, कसलाई के को जिम्मेवारी दिइने सम्बन्धी छलफल गरिएको मुख्यमन्त्री लालबाबु राउतले पत्रकारहरुलाई जानकारी गराएका छन् ।
मुख्यमन्त्री राउतले विशेष गरी यहाँको सरसफाई गर्ने, सुरक्षालाई चुस्तदुरुस्त पार्ने, मञ्च व्यवस्थापनको जिम्मा लगाउने, स्वागतद्वार निर्माण गर्ने र आठवटै जिल्लाका बढीभन्दा बढी जनसमुदायलाई कसरी उपस्थिति गराउने सम्बन्धमा छलफल भएको बताएका छन् ।
उनले प्रम मोदीलाई अभिनन्दन गर्ने कुरामाथि पनि छलफल भएको छ । आजको बैठकमा छलफल मात्र भएको र अगामी बैठकमा शुरुवात गर्ने समेत बताएका छन् ।
यही बैशाख २८ गते भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको क्रममा जनकपुर आउने कार्यक्रम रहेको छ ।

सरकारले ल्यायो एक अर्ब २ करोडको बजेट


जनकपुरधाम, ११ बैशाख । प्रदेश २ को सरकारले चालु आर्थिक वर्षको ३ महिनाका लागि १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विजयकुमार यादवले मंगलबारको बैठकमा आगामी असार मशान्तसम्मका लागि बजेट ल्याएका हुन् ।
मन्त्री यादवले बजेटमा किसानको हित सरकारको जित कार्यक्रम, मुख्यमन्त्री स्वच्छता अभियान,  स्वच्छ प्रदेश स्वच्छ जनता कार्यक्रम,  माछापालन विशेष कार्यक्रम, मधेस प्रतिष्ठान कोष स्थापना लगायतका कार्यक्रम घोषणा गरेका छन् ।उनले कृषि, सिचाइ, पर्यटनका साथै  रोजगारी सिर्जना गर्ने कार्यक्रममा सरकारले ध्यान दिएको बताए । बजेटमार्फत मुख्यमन्त्री राहत तथा पुनर्स्थापना कोष स्थापना गर्ने,  उद्योग स्थापना गर्न निजी क्षेत्र लक्षित कार्यक्रम ल्याउने,  महिला हिंसा,  बलात्कार,  दाइजोप्रथा रोक्न,  बोक्सी प्रथा रोक्न विशेष कार्यक्रमको पनि घोषणा गरिएको छ ।

Sunday, April 22, 2018

उपमहानगरपालिकाको इजलास आजबाट शुरु


जनकपुरधाम, ९ बैशाख । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार जनकपुर उपमहानगरपालिकाले आईतवार ‘न्यायिक समितिको कार्यालय’ सञ्चालन गरी इजलास शुरु गरेको छ । उपमहानगरका मेयर लालकिशोर साहले फिता काटेर ‘न्यायिक समितिको कार्यालय’ सञ्चालनमा ल्याइएको छ ।
मेयर साहले कार्यालयको उद्घाटन गर्दै भने, ‘उपमहानगरपालिका भित्र जनसंख्या बढनुका साथै मुद्दा मुकादमाको चाप अदालतमा बढिरहेको छ । आर्थिक रुपमा पिछडिएको व्यक्ति जसले मुद्दा मुकादमा लड्ने अवस्थामा छैन । त्यस्ता व्यक्तिको न्याय दिलाउनमा यो समितिले सफल हुने छ ।’
उनले यसले समयको बचत तथा आर्थिक बचत समेत हुने छ । स्थानीय सरकारले स्थानीय समस्याहरु समाधान गर्नमा सपल हुने र त्यसका लागि सबैको सहयोग अपरिहार्य रहेको जिकिर गरेका छन् ।
उनले न्यायिक समितिमा पर्ने उजुरीलाई वार्ता र छलफल मार्फत समाधान गर्ने र यहाँ समाधान नभएमा अदालतमा पठाउने न्यायिक समितिको लक्ष्य रहेको बताएका छन् ।
उपमेयर रिता मिश्र न्यायिक समितिको संयोजक रहेको छ भने सदस्यमा दिगम्बर साह र शिवरत्न पाण्डे रहेका छन् ।  उपमेयर मिश्रले पहिला पनि उपमहानगरपाकिलामा परेको उजुरीलाई वार्ता र छलफल मार्फत नै समाधान गर्दै आएको र अब अधिकार रुपमा गर्ने प्रतिबद्धता जनाएका छन् । उनले आफूले कुनै पनि हालतमा न्यायको पक्षमा रहने र अन्याय कदापि हुन नदिने पनि बताएकी छिन् ।

‘मिथिला संस्कृति सहरको प्रत्येक घरमा एउटै कलर’


जनकपुरधाम, ९ बैशाख । मिथिला संस्कृति सहर जनकपुरधामको प्रत्येक घरमा एउटै रंगको प्रयोग गर्नका लागि जनकपुर उपमहानगरपालिकाले सबैमा आग्रह गरेका छन् ।
उपमहानगरपालिकाका मेयर लालकिशोर साहले आईतवार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन सो जानकारी गराएका हुन । उनले एशियाली विकास बैंकको ऋण सहयोगमा सडक तथा नाला निर्माणको क्रममा भत्काइएको घर पुनः निर्माण पश्चात् सबै घरमा केसरिया रंगबाट पेन्ट गर्नका लागि नगरवासीमा आग्रह गरेका छन् । पत्रकार सम्मेलनमा मेयर साहले घर निर्माणको एउटा नमूना प्रस्तुत गर्दै भने, ‘जनकपुर उपमहानगरपालिका भित्र पर्ने स्टेशन रोडदेखि एयरपोर्ट, रामानन्द चौकदेखि जानकी मन्दिर, शिवचौकदेखि जानकी मन्दिर, सुनारपट्टी सहितको पुनः नव निर्माण घरको पेन्टिङ्गका लागि केसरिया रंग प्रयोग गर्न र उपमहानगरपालिकाले सो रंग उपलब्ध गराउने छ ।’
रंग उपलब्ध गराउनका लागि उपमेयर रिता कुमारी मिश्रको संयोजकत्वमा ७ सदस्यीय समिति समेत गठन गरेका छन् । समितिको सदस्यमा कार्यपालिका सदस्य श्याम साह, शुभनारायण मण्डल, शिवु साह, शत्रुधन पाण्डे, सितिया चौधरी, अमर कुमार साह रहेको मेयर साहले जानकारी गराएका छन् ।
मेयर साहले नवनिर्मित घरको अग्रभागमा जानकी मन्दिरमाथि रामसीताको स्वम्वरवाला तस्वीर सहितको लोगो लगाउनका लागि पनि आग्रह गरेका हुन । उनले डिजाइन अनुसार भवन निर्माण गर्ने व्यक्तिले नक्सा परिवर्तन गर्दा नक्सा दस्तुर पूर्ण छुट दिइने र सोही डिजाइनमा नयाँ नक्सा पास गर्दा ५० प्रतिशतसम्म छुट दिइने निर्णय पनि गरेका छन् ।
मेयर साहले पुरानो संरचनामा नयाँ संरचनाको शुरुवात भएकोले रामायण कालिन जनकपुर निर्माणका लागि जनकपुर उपमहानगरपालिकाले २ महिना अघिदेखि नै कार्य गरिरहेको बताएका छन् । जनकपुरको जनता अब विकास चाहिरहेकोले जनताको भावना र चाहना अनुसार नै जनकपुर उपमहानगरपालिकाले कार्य गरिरहेको उनले जिकिर गरेका छन् ।
नब्बे प्रतिशत बढी जनता उपमहानगरपालिकालाई सहयोग गरिरहेको भन्दै मेयर साहले धन्यवाद दिदै केही ठाउँमा घर भत्काउनमा विवाद दिएको बताएका छन् । उनले सोको लागि एक्सन समिति गठन भई सकेको र एक्सन समितिले पहिला वार्ता मार्फत नै सम्झाउने कार्य गर्ने छ । त्यसपछि पनि उनीहरुले नमानेमा बाध्य भएर उपमहानगरपालिकाले कडा कदम चाल्ने बताएका छन् ।

‘साउदी अस्पतालको बेडमा रहेको पासमानलाई ५१ हजार सहयोग’


जनकपुरधाम, ८ बैशाख । जनकपुर उपमहानगरपालिका वडा नं. २० देवपुरा रुपैठा बस्ने जुलुम पासमानको छोरा धर्मनाथ पासमान साउदी अरबको अस्पताल बेडमा डेढ वर्षदेखि उपचारमा रहेको छ । यहाँबाट ऋण लिएर वैदेशिक रोजगारीमा ०७१ सालमा उनी साउदी अरब पुगेका थिए । तर खाडी मुलुक कमाउन गएका पासमानले डेढ वर्ष वित्दै अस्पताललाई ४५ हजार रियाल बुझाएमा नेपाल फर्किने अवस्थामा छैन ।
बरफ बेचर उनी चारवटा छोरी र एउटा छोराको पालन पोषण गर्दै आएको थियो । तर त्यसले परिवारिक समस्या नटरेपछि ऋण लिएर छोरा साउदी अरब गएको थियो,’ उनको बुवा जुलुम पासमानले भने, ‘डेढवर्ष नवित्दै उनी सडक दुर्घटनामा परेको सूचना आयो । छोरालाई परालाइसिस मारेको हो । यहाँ खान पुगिरहेको छैन र त्यहाँ उपचारको लागि पैसा छैन ।’ आफूले जसोतसो मजदुरी गरेर घर चलाई रहेको उनले बताएका छन् । उनले चारवटा छोरी मध्ये एउटा छोरीको यही बैशाख १० गते विहे रहेको समेत बताएका छन् ।
यता साउदी अरबद्वारा सञ्चालित ‘हेल्प मधेशी’ नामक संस्थाले पीडित परिवारलाई शनिवार ५१ हजार बढी रकम सहयोग गरेको छ । हेल्प मधेशीका कमलदेव साह र शिवनारायण मण्डल लगायतका व्यक्तिहरुले खाडी मुलुकमा रहेको कामदारहरुसँग आर्थिक सहयोग संकल्न गरेर सो रकम सहयोग गरेको जनाइएको छ ।
प्रदेश सभासदस्य रामअशिष यादव, सुरेश शर्मा, विनोद दास, कृष्णचन्द्र साह सहितका व्यक्तिहरुले संयुक्त रुपमा पीडित परिवारलाई रकम हस्तान्तरण गरेका हुन ।
हेल्प मधेशीका नारायण मण्डलले भने, ‘पासमान साउदीको जुवेलमा उनी मजदुरी गर्दैथे । तर त्यहाँबाट भागेर उनी साउदीकै अल्हसामा काम गर्न थाले । सोही क्रममा सडक दुर्घटनामा परी उनी घाइते भएका हुन । उनलाई दाया खुट्टामा परालाइसिस समेत मारेको छ ।’ उनले पासमानलाई नेपाल फर्किनका लागि दुईवटा मात्र विकल्प रहेको भन्दै एउटा विकल्प नेपाल सरकारले ४५ हजार रियाल अस्पतालाई बुझाउनु पर्छ वा कम्पनीले आफ्नो मान्छे रहेको स्वीकार पर्छ बताएका छन् । तर ती मध्ये एउटा पनि नभएमा चोरेर भागेमा मात्र सम्भव रहेको हो, उनले भने ।
मण्डलले साउदी स्थित नेपालका राजदूत डा. महेन्द्र सिंह राजपुतलाई सबै कुराको जानकारी गराई सकेको भन्दै उनले साउदी सरकारलाई आग्रह गरे वा अस्पतालको खर्च तिरेमा मात्र पासमान नेपाल फर्कन सकिने बताएका छन् ।

धनुषामा महिला र महोत्तरीमा पुरुष झुण्डिएर मृत्यु


जनकपुरधाम, ८ बैशाख । धनुषामा एउटा महिलाको झुण्डिएर मृत्यु भएको छ । चारनाथ नगरपालिका वडा नं. १० डुमरिया बस्ने शिवनाथ दासकी छोरी वर्ष १७ को अंजली दासको झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ ।
सबैला नगरपालिका वडा नं. १० खरिहानी बस्ने चतुरभुज दासको छोरा दीपेन्द्र दाससँग २०७४ जेष्ठ १७ गते उनी वैवाहिक बन्धनमा गाँसिएको थियो । मृतक अञ्जलीको ६ महिनाको गर्भ समेत रहेको र उनलाई बैशाख ७ गते माइतीबाट ससुरा ल्याएको दुई घण्टा नहुँदा झुण्डिएर मृत्यु भएको मृतकका ससुरा चतुरभुज दासले जनाएका छन् । उनले छोराले बुहारीलाई शुक्रवार करीब २ बजे माइतीबाट ल्याएको थियो । त्यसपछि कहाँ के भयो कसरी भयो आफूलाई केही थहा नभएको बताएका छन् । उनले बुहारीसँग कहिले पनि कसैसँग झैझगडा समेत नभएको बताएका छन् ।
यता मृतकका बुवा शिवनाथ दासले आफ्नो छोरीलाई हत्या गरेको बताएका छन् । उनले छोरीलाई लिन जाँदा ज्वाइले मदिरा खाएको र छोरीलाई गोली गल्लोज गर्र्दै ल्याएको र दुई घण्टा नवित्दै हत्या गरको आरोप लगाएका छन् । छोरीलाई ६ महिनाको गर्भ रहेको छ । तर किन र के कारणले हत्या गरिएको आपूmलाई थाहा नभएको बताएका छन् ।
घटनाको पहिलो अनुसन्धानमा झुण्डिएर महिलाको मृत्यु भएको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताएका छन् । उनले पोष्टमार्टमको रिपोर्ट आएपछि सबै कुरा स्पष्ट हुने बताएका छन् ।
त्यसैगरी महोत्तरीको औरही नगरपालिकामा पीपलको रुखमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । औरही नगरपालिका १ स्थित रहेको डोमा पहलमान थान पीपलको रुखमा आज विहान शव फेला परेको स्थानीय धर्वेन्द्र यादवले जानकारी दिएका छन् ।
निलो रंग्को टीसट र सेतो क्रिम कलरको पैन्ट लगाएका अन्दाजी ३५ वर्षका पुरुषको शव देखेपछि स्थानीयबासिन्दाले प्रहरीलाई खबर गरेका थिए । घटना स्थलमा ईलाका प्रहरी कार्यालय गौशाला र औरही प्रहरीचोकीको टोली पुगेर अनुसन्धान गरिरहेको छ । कसैले आफै आत्म हत्या गरेको वा हत्या गरेर झुण्डाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोलाकुमार भट्टले जानकारी दिएका छन् ।

Friday, April 20, 2018

सशस्त्रले तस्कार पालेको भन्दै भन्सार कार्यालयमा तालाबन्दी


जनकपुरधाम, ६ बैशाख । सशस्त्र प्रहरीले तस्कर पालेको भन्दै विहिवार जनकपुर उद्योग वाणिज्य संघ जनकपुर भन्सार कार्यालयमा तालाबन्दी गरिएको छ ।
भन्सार कार्यालयमा तालाबन्दी गरी सडकमै बसेर व्यापारीहरुले राजस्व अनुसन्धान विभाग विरुद्ध नाराबाजी गर्दै टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले सशस्त्र प्रहरीले नै अबैध रुपमा तस्कारी गराउँदै आएको आरोप समेत लगाएका छन् ।
प्रहरी प्रशासन र नियमनकारी निकायले नै तस्करी गरेर वैध व्यापारीलाई अनावश्यक दुःख दिएको वाणिज्य संघले आरोप लगाएको छ ।
जनकपुर भन्सार कार्यालय, राजश्व अनुसन्धान कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीले मोटो रकम लिएर अवैध तस्करी गराएको भन्दै जनकपुर उद्योग वाणिज्य संघ आन्दोलित भएको हो ।  भन्सार कार्यालयले मोटो रकम लिई तस्करीको लाइन दिएको जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्र भण्डारीले बताएका छन ।
राजश्व बुझाउँदा पनि जयकुमार यादव लगायतका तस्करको समूहले जनकपुर ल्याउँदै गरेको ज १ ख ८७९ नम्बरको गाडीको सामान सशस्त्र प्रहरीलाई बुझाएपछि आन्दोलनमा उत्रिएको संघका महासचिव जितेन्द्र महासेठले आरोप लगाएका छन् ।
प्रहरी प्रशासन, भन्सार कर्मचारी तथा राजश्व अनुसन्धानले रकम कानून बमोजिम मालसमान भित्र्याउने व्यवसायीको सामान नियन्त्रणमा लिने तर मोटो रकम दिने तस्करको मालसमान रातारात निर्वाध रुपमा ल्याउन दिइरहेको उद्योग वाणिज्य संघको आरोप छ । वैध ढंगले काम गर्न खोज्दा ब्यापारीलाई तस्करको सञ्जालले पटक पटक अवरोध खडा गरेको संघका अध्यक्ष ललित साहले बताएका छन ।
जनकपुर भन्सार कार्यालयका प्रमुख हेमचन्द्र शर्माको तस्करसंग सम्बन्ध रहेको ठहर गर्दै कारवाहीका लागि विभागमा तानिसकेको राजश्व अनुसन्धान कार्यालय पथलैयाका अनुसन्धान अधिकृत तेजमणि काफलेले जानकारी दिए ।
धनुषाको जटही भन्सार नाकाबाट पछिल्लो समय व्यवस्थित तस्करी बढेको छ ।  ६ चक्के टूकमा ल्याइएको लत्ताकपडाको भन्सार महसुल दुईदेखि तीन लाख रुपैयाँ हुन्छ । तर कर्मचारीको मिलोमतोमा उक्त गाडीको मालसामन चेकजाँच नै नगरी ४० देखि ५० हजार मात्र भन्सार राजश्व तिरेर छुट्ने गरेको छ ।
जटही भन्सार हुँदै आएको सो लत्ताकपडा लादिएको टूकलाई केही तस्करहरुले चालकलाई समेत कुटपिट गरी सशस्त्रलाई बुझाइएको छ । बुधवार करीब साँझ ५ बजे जनकपुर भन्सारमा सो टूक बुझाएर चेक जाँचका लागि राजस्व अनुसन्धान विभागलाई खबर गरिएको थियो ।
यता जनकपुर उद्योग वाणिज्य संघले अबैध रुपमा समानहरु छन् व्यापारीहरुमाथि कारवाही हुनुपर्छ वैध छ भने अनावश्यक दुःख दिने निकायमाथि कारवाही हुनुपर्ने माँग राखेका थिए । तर राजस्व विभागले जनकपुर भन्सारमा चेकजाँच गर्न नमिल्ने बर्दिवासमा गर्ने संघसँग सम्झौता गरेको थियो । राजस्व विभाग, भन्सार र संघका पदाधिकारीहरु बर्दिवास लगेर चेकजाँच नगरी पथलैया पठाइएको छ ।


Sunday, April 15, 2018

हिलोपानी छ्याप्दै जुडशिलत मनाइयो


जनकपुरधाम,२बैशाख । मिथिलाको संस्कृति एवं प्राकृतिक पर्व जुडशितल धनुषा लगायत विभिन्न ठाउँमा आईतवार मनाइएको छ । ग्रामिण भेगमा पोखरी वा नदीमा एक आपसमा हिलोपानी छ्याप्दै मनाइएको छ ।
मिथिलाञ्चलका गाउँदेखि शहरसम्म फैलिएको विभिन्न समुदाय, भाषा, भाषि र जातजातिका परिवारमा धार्मिक तथा सामाजिक अनुष्ठानको रुपमा जुडशिलत पर्व मनाउने परम्परा रहेको छ । त्यसै क्रममा गंगासागर आरतीका संयोजक एवं प्रदेश सभा सदस्य रामअशिष यादवले युवा तथा बुजुर्गहरुलाई घाटमा नै जमघट गरी जुडशितल पर्वलाई निरन्तरता दिएको हो । शहरी भेगमा जुडशिलत पर्व हराउँदै गएको बेलामा संयोजक यादवले प्रत्येक वर्ष झै यसवर्ष पनि सो पर्वको निरन्तरता दिएको छ ।
‘जुडशितल प्राकृतिक पर्व हो ।’ अन्नबालीसँगै हिलोपानी दलेर यो पर्व खेल्ने गरिन्छ । यसले प्रचण्ड गर्मीबाट मानिसलाई जोगाउँछन,’ राजनीतिक विज्ञ भोगेन्द्र झा व्यथितले भने (‘ मधेशमा मिथिला संस्कृतिको एउटा आफ्नै किसिमको विशेषता आर्दशता तथा बैभवता भएको हुनाले मधेशीहरु मैथली संस्कृतिकसँग जोडिएको जुडशितल पर्वलाई परम्परागत रुपमा नयाँ वर्षको रुपमा मनाउदै आइरहेको ।’
जुडशितल पर्वलाई ठाउँ अनुसार कहि सतुआइन पर्व, कहि सिरुवा पर्व त कहिं बैशाखी पर्व भन्ने प्रचलन रहि आएको छ । मिथिला क्षेत्रमा खासगरी सतु आहनको नामले प्रसिद्ध पाएको जुडशितल पर्वमा पानीले भरिएको गाग्रो, सातु र आँपको टिकुला तथा पंखा मग्नतेहरुलाई दान गर्ने परम्परा रहि आएको छ ।आजैका दिन वडी, भात, दाल, तरुवा तथा पुरी लगायत बिशिष्ट किसिमका पकवान वनाउने गरिन्छ र एक दिन पहिले बनाएको उक्त पकवानहरु भोलीपल्ट भगवती एवम् आफ्ना घरका देवताहरुलाई चढाई खाने परम्परा रहि आएको छ ।जुडशितल शब्दलाई वेग्ला वेग्लै वर्गिकरण गर्दा जुडको अर्थ आर्शिवाद तथा शीतलको अर्थ शीतलता हो । अर्थात जुडशितल भनेको देवी भगवती एवम् देवता चढाई अंजुलीम खन्याई टाउकोमा माथि जुडाउनाले मस्तिष्कमा शितलता स्वरुप आर्शिवाद भेट हुन्छ भन्ने पौराणिक मान्यता रहदै आएको छ ।
राजनीतिकर्मी रोशन जनकपुरीले भने, ‘जुडशितल पर्वमा शीतलता प्रदान गर्ने भएकोले यस पर्वलाई महत्वका रुपमा लिने गरेको छ । उहाँले सूर्यको कडा तापको विरुद्ध मानव मात्रलाई शितलता प्रदान गर्न चलाइने साँस्कृतिक परम्परा नै जुडशीतल पर्व हो ।’
सतुआइन एवम् संस्कृतिको भोलिपल्ट हुने यो पर्वलाई स्थानीय लोकभाषामा वासी पर्व पनि भनिन्छ । यो पर्वको दिन घरको जेष्ठ एवम् पुरुषले एका विहानै स्नान गरी अघिल्लो राति नै देवी भगवति राखिएको पवित्र जल अंजुलीमा लिएर आफू भन्दा सानाको टाउकोमा जल क्षेपने गरिन्छ । त्यही जलले घर व्यवहारमा प्रयोग गरिने सबै सामाग्रीलाई जुडाउने गरिन्छ र उक्त दिन नै सबै बोटविरुवाहरुलाई जल हाली जुडाउने परम्परा रही आएको पौराणिक मान्यता रहेको छ । आजैका दिन देवी भगवतीलाई वासीभात, पुरी, तरकारी भोग लगाउने परम्परा रही आएको छ । घरको मानिस पनि आजैको दिन उक्त वासी खाना प्रसादको रुपमा खाने प्रचलन रहि आएको छ ।

सवारी गुडाउनेहरु बाटो खोज्दै


जनकपुरधाम, २ बैशाख । जनकपुरधाममा प्रवेश गरेपछि फ्लानो चौकदेखि फलानो चौकसम्म जानका लागि बाटो खोज्नमा अधिकांश समय व्यतित हुने गरेको छ सवारी गुडाउनेहरुलाई ।
धार्मिक नगरी जनकपुरधाममा नयाँ वर्षको अवसरमा नेपाल तथा भारतको विभिन्न जिल्लाबाट सवारी साधन लिएर आएका तीर्थयात्रुहरुले कुनबाटोबाट कहाँ पुग्ने अन्योलनमा छ । जनकपुरधाम नगरभित्रमा प्रवेश गरेपनि जानकी मन्दिर, शिवमन्दिर, जनकचौक, भानुचौक, कदम चौक कसरी जाने अन्योलता देखिएको छ ।
‘जानकी मन्दिरबाट  भानुचौक जानका लागि आधा दर्जन व्यक्तिसँग सोधे, तर कसैले सही बाटो देखाउन सकने,’ मलगंवाबाट आएका महेन्द्र राउतले भने, ‘भानुचौकमा हाम्रो रिस्तोदर रहेको छ । नयाँ वर्षमा जानकी माताको दर्शन गरी भानुचौक जाने खोज्यो । कतैबाटो बन्द रहेको छ भने कतै तोडफोड देखेर हिम्मत भएन ।’
त्यस्तै भारत बिहारबाट आएका दिनेश रामले भने ‘नयाँ वर्ष नेपालमै मनाउने सोचेर आएका थिए । तर जनकपुरको मुटु भानुचौक, जनकचौक लगायत हेरेर आफू निक्कै छक्क परेको हो । भारतीय च्यानलमा सिरियामा भएको घटना देखाउने गरेको जस्तो रहेको छ । पसलहरु पनि बन्दै बन्द, जत्रतत्र तोडफोड भई रहेको छ । आपूmले सोचेको सबै बेकार भयो जस्तो लाग्यो ।’
त्यस्तै जनकपुर उपमहानगरपालिका वडा नं. १६ का विजय चौधरीले जनकपुरधाममा यो तोडफोडले जनकपुरको भविष्य देखाई रहेको छ । मलाई पनि यस चौकबाट त्यस चौकसम्म जानका लागि धेरै समस्या नभएको होइन । यसमा जनकपुर उपमहानगरपालिका र टूाफिक कार्यालयलाई ध्यान दिनुपर्ने छ । कम्तिमा कुनचौकमा कसरी जाने सो व्यवस्थापनका लागि नगरपालिका र टूाफिकको सक्रियता देखाउनुपर्ने आवश्यक छ । यता जनकपुर उपमहानगरपालिकासँग यस सम्बन्धमा कुरा गर्दा सडक तथा नाला निर्माण कार्यमा तिव्रता कसरी दिने । बाटोघाटोलाई व्यस्थित पार्ने लगायतमा छलफल गरी निष्कर्ष निकाल्ने बताएका छन् ।जनकपुर उपमहानगरपालिका भित्र एशियाली विकास बैंकको ऋण सहयोगमा नाला तथा सडक निर्माण कार्य भई रहेको छ । सोही क्रममा जनकपुर उपमहा नगरपालिकाले घर भत्काउनमा अटेरी गर्नेहरुको घरमा डोजर भिडाएपछि घरधनीहरुले आफै तोड्न थालेका छन् ।

Wednesday, April 11, 2018

‘बार’ लगाउ“दा मेयरले गरे दादागिरी ः पूर्व सांसद साह


जनकपुरधाम, २७ चैत । नेपाली काँग्रेसका नेता तथा पूर्व साँसद प्रेमकिशोर साहले आफ्नो निजी जग्गामा ‘बार’ (घेरा) लगाउँदा सबैलाका मेयर विजय शंकर साहले ‘दादागिरी’ गरेको आरोप लगाएका छन् ।
जनकपुरधाममा मंगलवार पत्रकार सम्मेलन गरी उनले सबैला नगरपालिका वडा नं. ९ मा रहेको निजी जग्गामा आफूले ‘बार’ लगाउँदा सो नगरपालिकाका मेयर साहले कामदारलाई गाली गलौज गर्दै कार्य रोक्का गरी दादागिरी शैलीमा प्रस्तुत भएको बताएका छन् । आफू पनि राजनीतिकर्मी रहेकोले कानून विपरित कुनै कार्य गर्दैनौ उनले भने, ‘खेतको जग्गामा ‘बार’ लगाउँदा नक्सा पास गर्नुपर्ने कतै कानून वा नरपालिकाको ऐनमा छैन । तर मेयर साहले मलाई राजनीतिक ‘ड्यामेज’ गर्नका लागि षड्यन्त्रपूर्ण तरिकाले दादागिरी देखाउन खोजे हो ।’
पूर्व साँसद साहले आफ्नो जग्गामा बार लगाउँदा मेयर साहको पछाडि पर्ने जग्गाको बाटो अबरुद्ध भईरहेकोले त्यस्तो गर्न खोजेको आरोप लगाएका हुन् । उनले मेरै खेतको अगाडि तरकारी बजार लाग्ने गरेको छ । साँसद भएको बेलामा राजनीतिमा व्यस्त रहँदा त्यो जग्गालाई खाली छोडेको र अब यस पटक प्रतिनिधि सभामा पराजय भएपछि सो जग्गामा सब्जी उब्जाउनका लागि ‘बार’ लगाउँदा नक्सा पास गर्नुपर्ने भन्दै मेयर साहले दादागिरी शैलीमा रोक लगाइएको बताएका छन् ।
पूर्व साँसद साहले जग्गाको सबै प्रमाणहरु देखाउँदै आफ्नो पक्षमा नगरपालिकाको सबै वडा अध्यक्ष, सदस्यहरु रहेको छ । तर मेयर साहले राजनीतिक रुपमा ‘ड्यामेज’ पार्नका लागि सबैको अगाडि दादागिरी देखाएको दोहोर्याएका छन् । उनले भने, ‘म न्यायका लागि पत्रकार सम्मेलन गरेको हो । मेरो कार्य कसरी सञ्चालनमा आउँछ पत्रकार मार्फत नै प्रशासनिक लगायत निकायलाई गुहार्र्दै छु ।’ उनले मेयर साहले आफ्नो पदलाई दुरुपयोग गरिरहेको समेत आरोप लगाएका छन् ।
यता मेयर साहसँग सम्पर्क गर्दा उनले भने, ‘स्थानीय जनताको जनभावना अनुसार जग्गा घेरामा रोक लगाइएको हो । त्यो निजी जग्गा नेता साहकै हो यसमा कुनै दुई मत छैन । तर स्थानीयवासीहरुको चाहना अनुसार उक्त जग्गामा तरकारी बजार लाग्ने गर्दै आएको छ ।’ उनले उक्त ०३६ सालदेखि नै त्यहाँ तरकारी बजार लाग्दै आएको र माओवादी द्वन्दकालमा सो बजारको विस्तार भएको पनि बताएका छन् । उनले विस्तारको क्रममा नेता साहको जग्गामा पनि बजार लाग्दै आएको जिकिर गरेका थिए ।

Tuesday, April 10, 2018

धनुषामा पा“च वर्षीया बालिका बलात्कृत


जनकपुरधाम, २६ चैत । धनुषाको धनौजी गाउँपालिका–१ लखौरीमा पाँच वर्षीया बालिकालाई बालत्कार गरिएको छ । उनी विद्यालय जाँदै गरेको बेलामा १४ वार्षिय बालकले बलात्कार गरेको आरोप रहेको छ । आइतबार पीडित बालिका एक्लै विद्यालय गइरहेको बेला सोही विद्यालयमा पढ्ने ती बालकले उनलाई जबरजस्ती समातेर झाडीमा लगि बलात्कार गरेका हुन् । उनलाई प्रहरीले बालात्कारको आरोपमा आफ्नो नियन्त्रणमा पनि लिएको छन ।
बालिकालाई बलात्कार गरेर बालक भागेका थिए। बालिकाले आफूसँग नराम्रो गरेको भनि अभिभावकलाई भनेपछि छोरीलाई बलात्कार भएको भन्दै अभिभावकले प्रहरीलाई जानकारी गराएका थिए ।
पीडित बालिकाले आफूसँग दुष्कर्म गर्ने आफ्नै विद्यालयका छात्र भएको आमाबुवालाई बताएपछि प्रहरीले बालकलाई पक्राउ गरेको हो । बालिकाको शारीरिक परीक्षण गराउँदा जबरजस्ती करणी भएको कुरा पुष्टी भएको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताएका छन । सिंहले भने, ‘बालकलाई नियन्त्रणमा लिएर कानुनी कारवाही अगाडी बढाइएको छ ।’
आरोपी नाबालक भएको हुनाले यस्तो अपराध गरेको खण्डमा अदालतबाट बाल सुधार गृहमा पठाउन सक्ने वा तोकिएको भन्दा आधी सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ । आरोपी नाबालक रहेकाले यसप्रकार सानो बच्चीसँग कुकर्म गरेको भनी पत्याउन समेत गाहे हुने अवस्थामा प्रमाण नै फेला परेपछि आश्चर्य लागेको प्रहरी उपरीक्षक सिंहले बताएका छन। उनले भने, पछिल्लो समय बलात्कार जिल्लामा ठूलो सुरक्षा चुनौतीको रुपमा अघि आएको छ ।
यस अघि गत चैत १४ गते मात्र जिल्लाको सहिद नगरपालिका ८ विषरभोरामा फुपुसँगै घरमा रहेकी १४ वर्षीय बालिकालाई दुई युवकले घरबाट अपहरण गरी सामुहिक बलात्कार गरेका थिए।
बालिकाका अभिभावक घरमा नभएको मौका छोपी स्थानीय शहीदनगर नगरपालिकाका मनोज नर्सिया यादव र दिपेश बिराजीले बालिकालाई मुख थुनी घरबाट खेतमा लगेर बलात्कार गरेका थिए । यस वर्षमा धनुषामा ९ वटा बलात्कारको घटना भइसकेको छ। जसमा १० जना पीडक पक्राउ परेका छन् भने ३ जना फरार रहेका छन् ।