Monday, August 31, 2015

वीरगञ्जमा दुई प्रहरी चौकी जलाइयो, प्रहरीको गोलीबाट एक आन्दोलनकारीको मृत्यु

कैलास दास
स्थानीय प्रशासनले वीरगञ्जमा लगाएको कर्फ्यु आन्दोलनकारीले तोडेका छन्। प्रदर्शनकारीले दुई प्रहरी चौकी र एक सवारी साधनमा आगजनी गरेका छन्।
प्रहरी र प्रदर्शनकारीबीच श्रीपुर(१४ राधेमाइ टोलमा झडप हुँदा ३० प्रहरीको गोली लागि ३० वर्षीय दीलिप चौरसियाको मृत्यु भएको छ। उनी वीरगञ्ज(२५ जगनाथपुरका स्थायीबासिन्दा हुन्। पिठ्युमा गोली लागेका उनको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो। गोली लागि घाइते भएका पन्नाला यादबको अवस्था गम्भीर छ। उनलाई ढुँडामा गोली लागेको छ।
आन्दोलनकारीले रानीघाट प्रहरी चौकी र अशोकबाटिका नजिक रहेको शिव पार्वती मन्दीर संसानघाट अस्थायी प्रहरी पोष्टमा आगजनी गरेका हुन्। रानीघाट प्रहरी चौकीलाई दिउसोनै खाली गराइएको थियो।
वीरगञ्ज उपमहानगरपालिका कार्यालय अगाडि राखिएको पर्सा नापी कार्यालयको ना १ झ २७९ नम्वरको गाडीमा समेत प्रदर्शनकारीले आगजनी गरेका छन्। कर्फ्यू तोडेपछि प्रहरी र प्रर्दशनकारीबीच ठाउँ ठाउँमा झडप भएका छन्।
कर्फ्यू उलंघन गर्दै सडकमा निस्केका प्रदर्शनकारीहरुले वीरगञ्ज(१४ स्थित रानीघाट प्रहरी चौकीका सबै सामान सडकमा निकालेर जलाइदिएका हुन् ।अपरान्ह ४ बजेदेखि स्थानीय प्रशासनले लगाएको कफर्यू उलंघन गर्दै प्रदर्शनमा उत्रेका मोर्चाका कार्यकर्ताले प्रहरी चौकी जलाएपछि स्थिति झनै तनावग्रस्त भएको छ । वीरगन्जको नगवामा प्रहरी र प्रदर्शनकारीबीच सोमबार दिउँसो झडप हुँदा आधा दर्जन भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन्।
स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले ५ दर्जनभन्दा बढी हावाइ फायर गरेको छ। दर्जनौं राउन्ड आश्रुग्यास प्रहार भएको बताइएको छ। एक जनालाई गोलीको छर्रा लागेको छ। छर्रा लागी घाइते भएका कृष्णकुमार पटेल घाइते भएका छन्।
साथै झडपमा इर्फन अंसारी,अनवर हवारी,मनोज कुमार राम,मुन्ना कुमार यादव,लगायत आधा दर्जन भन्दा बढी युवाहरु घाइते भएका छन्। घाइतेहरुको वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले विरगञ्जमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। स्थिति तनावपूर्ण बनेपछि चार बजेबाट कर्फ्यू जारी गरिएको प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिए। प्रहरीले ४ बजेदेखि सर्वसाधारणलाई घरभित्र बस्न र बाहिर ननिस्कन माइकिङ गरिरहेको छ। सोमबार आन्दोलनकारीले प्रहरी चौकीमा आक्रमण गर्न खोजेपछि प्रहरीले रबरको गोली चलाएको थियो। रबरको गोली लागेर दश वर्षीय बालकसहित सात प्रदर्शनकारी  घाइते भएका छन्। रबरको गोली लागि दश वर्षीय बालकद्वय इरफान अन्सारी र मुन्ना यादव घाइते भएको प्रहरीले जनाएको छ।अन्सारीको टाउको र यादवको खुट्टा र निधारमा गोली लागेको छ।

यसैगरी  गोली लागि मनोज यादव, अनवर अवारी, मनोज महतोलगायत घाइते भएको नारायणी अञ्चल अस्पतालमा कार्यरत प्रहरी सहायक निरीक्षक संजिक झाले जानकारी दिए। उनका अनुसार नगवा(१० का कृष्ण पटेल घाइते भएको र उनको उपचार नारायणी उपक्षेत्रीय अस्पतालमा भइरहेको बताइएको छ। उनको टाउको र हातमा रबरको गोली लागेको बताइएको छ।आइतबार राति वीरगञ्ज भन्सार कार्यालयबाट प्रहरीले मालबाहक गाडीहरु स्कर्टिङ गरेर लैजाँदै गर्दा आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो। झडपका क्रममा पर्साका जितेन्द्र पटेल, राजेमान सिंह, रञ्जित यादव, मोहम्मद सर्खुद्धिन मिया, परमेश्वर साहलगायत १२ जना घाइते भएका छन्। आन्दोलनकारीलाई कुटपिट गरेको भन्दै वीरगञ्जको नगवास्थित प्रहरी चौकीमा उनीहरुले आक्रमण गर्न खोजेका हुन्। सो क्रममा प्रहरीले दस राउन्ड रबरको गोली र सोही संख्यामा टियर ग्यास चलाएको फायरिङ गरेको अञ्चल प्रहरी प्रमुख मनोज न्यौपानेले बताए। प्रदर्शनकारीले बीरगंजको घन्टाघरमा रहेको दुरूसंचार कार्यलयमा तोडफोड गरेका छन्।

Sunday, August 30, 2015

जनकपुरमा अर्धनग्न जुलुस प्रदर्शन

कैलास दास
जनकपुर । मधेश अधिकार संघर्ष समिति (मास)ले जनकपुरमा आईतवार अर्धनग्न जुलुस प्रदर्शन गरेको छ ।

प्रमुख चार दलले ल्याएको प्रारम्भिक मस्यौदा तथा सीमांकनको विरोधमा लोकतान्त्रिक मधेशी मोर्चा जनकपुर सहितका मधेश जिल्ला बन्द गराएको समर्थन जनाउँदै मासले अर्धनग्न जुलुस प्रदर्शन गरेको हो ।
जनकपुरधामको जनक चौकवाट शुरु भएको युवाहरुको अर्धनग्न जुलुसले नगरको परिक्रमागरेका थिए । जिल्ला प्रहरी कार्यालय तथा जिल्ला प्रशासन कार्यालयको मूल गेटमा युवाहरुले करिव डेढ घण्टासम्म नारावाजी गरेका थिए । युवाहरुले सरकारको विरोधमा चर्को नारावाजी गरेपनि प्रहरी तथा प्रशासनले सम्यमता अपनाएको थियो ।

संघीयताको सिमांकन तथा संविधानमा मधेशीको अधिकारको लागि सरकारले सुनुवाई नगरेको भन्दै अर्धनग्न ज्ुलुस प्रदर्शन गर्नु परेको मासका संयोजक सरोज मिश्रले बताएका छन्  । नगरको परिक्रमा पछि जनक चौकमा आयोजना गरिएको कोण सभालाई युवा नेताहरु शुशिल कर्ण, अमित ठाकुर, दिपेन्द्र सा तथा सरोज मिश्रले सरकार जनताको माग तथा पिडा हेर्न नसकेको भन्दै अर्धनग्न जुलुस गरेको बताए ।
जुलुसमा सहभागिहरुले गृहमन्त्री वामदेव गौतम, प्रधानमन्त्री शुशिल कोईराला, एमालेका अध्यक्ष के पी शर्मा ओलीका विरुद्धमा चर्को नाराबाजी गरिएको थियो । साथै मधेशी थारु माथि शोषण गर्नका लागि सेना परिचालन गरेकोमा त्यसको कडारुपमा विरोध गरिएको थियो ।
प्रकाशन ः २०७२ भदौं १३ गते

Tuesday, August 18, 2015

यो आन्दोलन किन भइरहेको छ?

विगतमा मधेस आन्दोलनपछि राज्यले मधेससँग गरेको सम्झौताअनुसार यो संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बनेको हो। त्यो सहमतिमा राज्यले हस्ताक्षर गरेको थियो, अहिले कार्यान्वयन गर्ने बेला उसैले उल्लंघन र्गयो। स्वायत्त मधेस प्रदेश, समावेशिता, पहिचान यो मस्यौदाबाट उल्ट्याएर विश्वासघात गरियो। चार दलका केही नेताले बालुवाटारमा मध्यराति निर्णय गर्ने, त्यसलाई संविधान मानेर जनतालाई लाद्ने प्रवृत्तिविरुद्ध आन्दोलन गरेका हौं।
संविधानसभाको प्रक्रिया स्वीकारेर यहाँसम्म आइसकेपछि संविधान बन्ने बेला सडकमा किन?
हामीले विगतका सहमतिका आधारमा संविधान बनाऔं भनेर शीर्ष नेताहरूसँग ५० पल्टभन्दा बढी वार्तामा बसेका छौं। प्रधानमन्त्रीलाई दर्जन बढी पटक भेटेका छौं। हामीले सभामा राखेका प्रस्ताव त्यहाँ छापिएका छन्। सामथ्र्य र पहिचानका आधार उल्टाएर उहाँहरू अघि बढ्न खोजेपछि अब हामीलाई संविधानसभाको प्रतिरोधले मात्रै पुगेन। मस्यौदाले दलित, महिला, कर्णाली, अल्पसंख्यक, जनजाति, थारू सबैलाई विभेद गरेको छ। हिजो राज्य पुनर्संरचना गर्ने सहमति गरेका नेताहरू अहिले मेरो घर यो प्रदेशमा, ससुराली र चुनाव क्षेत्र अर्को प्रदेशमा भन्न थालेका छन्। उनीहरू मधेस, मगरातलाई खण्ड–खण्ड पारेर कमजोर पार्न लागेका छन्। कर्णालीलाई उपेक्षित गरेका छन्। जनताले पाएका अधिकारसमेत खोसेका छन्, यो प्रतिगमन हो।
तर, तपाईंहरूले संविधानसभाको पछिल्लो जनादेशलाई पनि ख्याल गर्नुपर्ने होइन?
दोस्रो चुनावपछि सबै दलले सहमतिका आधारमा अघि बढ्ने, संविधानसभाभित्र र बाहिरका समेत शक्तिलाई समेटेर संविधान बनाउने सहमति भएको थियो। यही सहमतिलाई कार्यान्वयन गर्न भनेर सभासद आनन्द ढुंगाना नेतृत्वमा उपसमितिसमेत बन्यो। उहाँहरूले माओवादीलगायत विभिन्न भूमिगत शक्तिसँग कुरा गरेझैं पनि गर्नुभयो, तर त्यो सबै नाटक रहेछ। उहाँहरूले अल्पसंख्यक र असहमत पक्षको भावनालाई उपेक्षा गरेर अघि बढ्न खोज्नुभयो। यसले मुलुकलाई शान्ति स्थिरता दिँदैन। यो मस्यौदाका आधारमा संविधान बने जातीय गृहयुद्धको विषवृक्ष रोपिन्छ। त्यो नरोपियोस् भनेर आन्दोलन गरेका हौं।
सरकार र मुख्य दलका शीर्ष नेताले के गर्नुभयो भने तपाईंहरूको आन्दोलन रोकिन्छ?
हामीले कुनै नयाँ माग थपेर निहुँ खोजेका छैनौं। सबै पुराना माग हुन्, विगतका सहमति कार्यान्वयन गर्नुस्, त्यसका आधारमा संविधान पुनर्लेखन गर्नुस्। उहाँहरूले त्यसलाई पालना गर्ने हिम्मत देखाउनुभएको छैन। उहाँहरू आफ्नै कुरामा प्रस्ट हुनुहुन्न। पहिचान र सामथ्र्यका ८ प्रदेश बनाउने निर्णय १६ बुँदेमा गर्नुभयो। अहिले आफ्नै निर्णय उल्टाएर ६ प्रदेश बनाउनुभयो। उहाँहरूमा गम्भीर विचलन छ। जनमत संकलनमा जनताले दिएका सुझावसमेत लत्याउनुभयो।
तपाईंहरूको आन्दोलन चर्कंदै गए संविधानै नबन्ने खतरा आउन्न?
यो आन्दोलन संविधान नबनाउन होइन, बनाउनका लागि हो। संविधान नबनाउने खेल हुन दिइन्न। हाम्रो माग सहमतिका आधारमा राम्रो संविधान बनाउँ भन्ने मात्रै हो। नाममात्रका संविधान त अहिलेसम्म ६ वटा बनिसके, त्यसको के अर्थ भयो र?
तपाईंहरूले सीमांकनबिनाको संविधान नमान्ने भन्नु भो, अहिले सीमांकन गर्दा उल्टै विरोध। जे गरे पनि चित्त बुझाउनुहुन्न भन्ने पनि छ नि?
सहमति हामीले लत्याएको होइन, उहाँहरूले हो। हाम्रो नेपाली संघीयता कस्तो हुने भन्ने मापदण्ड बनिसकेको छ, उहाँहरूले त्यसलाई कार्यान्वयन हो भने त्योभन्दा थप हाम्रो केही माग छैन।
उसो भए सहमतिको मिलनविन्दु के हो?
राज्य पुनर्संरचना आयोगले दिएको प्रतिवेदनको कार्यान्वयन सहमतिको बटमलाइन हुन सक्छ। विगतका सम्झौता त्यसका आधार हुन्। राज्यले हस्ताक्षर गरेको कुरा उसैले उल्टाएर गद्दारी गरेको हो।

Monday, August 17, 2015

बन्दबाट जनजीवन प्रभावित, सैकडौ बन्दकर्ता पक्राउ

कैलास दास
मधेशी मोर्चा, नेकपा माओवादी, थारुवान लगायतका मोर्चाहरुले गरेको दुई दिने बन्दबाट जनजीवन प्रभावित भएको छ । आईतवार र सोमवारको बन्द पश्चात् पनि सरकारले कुनै किसिमको चासो नदेखाएपछि मधेशी मोर्चाले तराई(मधेश(थरुहट अनिश्चितकालका लागि बन्द गरिएको हो ।

मधेसी मोर्चाका तर्फबाट महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र रामनरेश रायद्वारा सोमबार जारी प्रेस वक्तव्यमा अनिश्चितकालीन तराई मधेस बन्दको घोषणा गरिएको छ । उनीहरुले ‘समानुपातिक समावेशीकरण र पहिचानसहितको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गर्ने सुनिश्चितता नहुञ्जेलसम्म सम्पूर्ण मधेश(तराई(थरुहट बन्द तथा आम हड्तालको कार्यक्रम अनिश्चितकालका लागि निरन्तर जारी नै जनाएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराई(मधेसमा अन्तिश्चितकालिन बन्द हड्तालको घोषणा गरेको छ ।
मोर्चाका तर्फबाट चार मधेसी दलले सोमबार संयुक्त विज्ञप्ति निकालेर मधेसी तथा आदिवासी जनजातिहरुसंग पटक पटक भएका सहमति र सम्झौताको उलंघन गरी चार दलले देशलाई प्रतिगमनतर्फ धकेलेको आरोप समेत लगाएका छन् ।
संविधानको मस्यौदामार्फत गरिएको प्रतिगमनको विरोधका क्रममा नवलपरासी, सुर्खेत, जुम्ला, रुकुम, काठमाडौं उपत्यका र मधेशमा सरकारले गोली चलाउने, हत्या गर्ने र पक्राउ गरी यातना दिइरहेको आरोप मोर्चाले लगाएको छ ।

मोर्चाले आम हड्तालका क्रममा  प्रेस, रेडक्रस, विदेशी कुटनीतिज्ञ, ऐम्बुलेन्स, बारुण यन्त्र,  शव बाहन र दुग्धको गाडीमात्र गुड्न दिने जनाएको छ । संयुक्त मधेसी मोर्चाले आहवान गरेको बन्दले दोश्रो दिन जनकपुर लगायत देशभरका जनजिवन प्रभावित भएको छ । बन्दको कारणले जनकपुरबाट लामो तथा छोटो दुरीको सवारी सधान चल्न सकेको थिएन । बजार र शिक्षण संस्थाहरु समेत बन्द रहेको थियो ।
बन्दको क्रममा मोर्चाले मोटरसाईकलसम्म नचलाउन आग्रह गरेपछि मोटरसाईकल चलाउने केही सवारी सधानमा तोडफोड समेत गरिएको छ । प्रदेश र सिमाङ्कनमा चित्त नबुझेर आन्दोलनमा होमिएको नेकपा माओबादी मधेसी मोर्चा सहित ३३ दलले आव्हान गरेको बन्दले सोमबार यहाँको जनजीवन प्रभावित भएको छ ।
बन्दको पहिलो जनकपुरमा तीनवटा गाडी र एउटा पेटूोल पम्पमा समेत तोडफोड गरेका थिए । उनीहरु जनकपुर मुजेलिया स्थित जनकपुर डिजल सेन्टरमा तोडफोड गरेको छ । त्यस्तै जनकपुर जटही चल्ने ज.१ख. ७४१ नम्वर बस तथा अस्पताल रोडमा ज.१.च ७७४ नम्वरको पिकअपमा तोडफोड गरेको हो । त्यस्तै भ्रमरपुरा चौकमा नम्वर नखुलेको एउटा स्कारपियोमा समेत तोडफो गरेको छ ।
बन्दको पहिलो दिन बन्द गराउँदै हिँडेका एकसी जनालाई राजधानीका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष राजेन्द्र श्रेष्ठलगायत नेता कार्यकर्ता रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज पोखरेलले जनाएका छन् ।
नवलपरासीको बासाबसहीमा बन्दकर्ताहरूले तीनवटा गाडी जलाएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट(सुनवल सडकखण्डको तिलकपुरको तुलसीनगरमा बन्दकर्ताले दुईवटा टूक र एक पिकअप भ्यान जलाएका हुन् । बन्दकर्ताले ना३ख ६९२६ नं को टूक र बा१०च ३३१३ नंको पिकअप भ्यान र नम्बर नखुलेको एक टूकसहित तीनवटा गाडी जलाएका छन् । त्यसैगरी  बन्दकै क्रममा  गाडी पल्टिँदा नम्बर नखुलेको टूकका चालक रविलाल गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

हत्याको अभियोगमा गुप्तालाई सिरहा कारागार पठाइयो

जनकपुर  । धनुषा सवैला नगरपालिकामा विद्यालय सञ्चालक समितिको विवादको क्रममा रामप्रगास यादवको हत्याको अभियोगमा राजु गुप्तालाई पूर्व पक्षको लागि धनुषा जिल्ला अदालतले सिरहा कारगार  पठाएको छ ।

अदालतको ईजलास नं ६ का न्यायाधिश नारायण प्रसाद पराजुलीको एक्कल ईजलासले तीन दिनदेखि अदालतमा थुनछेक बहस पश्चात उनलाई कारागार पठाउने आदेश दिएको छ । नेकपा एमाले जिल्ला कमिटीका सदस्य गुप्तामाथि चैत्र ९ गते  विद्यालय समितिको विवादमा रामप्रगास यादवलाई हत्या गरिएको आरोप छ ।
विद्यालय व्यवस्थापन समितिको विषयमा रामसेवक राउतलाई निर्घात कुटपीट गरि घाईते बनाएपछि उपचारको काठमाण्डौमा लादा उपचारको क्रममा मृत्यु भएपछि सोही राति यादवको गोली हानेर हत्या गरिएको थियो ।
 सवैला नगपालिका वडा नं. २ मा रहेको मदन आश्रित निम्न माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको विषयमा विवाद भएपछि हिंसात्मक घटना भएको थियो ।
अभियुक्त राजु गुप्तालाइ जनताले आफै पक्राउँ गरेर प्रहरी समक्ष बुझाएका
थिए ।
गुप्तामाथि यसअघि नै वारेन्ट पूर्जी जारी गरिएको थियो । हत्यामा संलग्न रहेको आरोप लागेका गुप्ताको तर्फवाट अधिवक्ता श्याम मिश्र, देवेन्द्र ठाकुर, दिपेन्द्र साह सहितका वकिलहरुले वहस गरेका थिए । जाहेरीवालाको तर्फवाट अधिवक्ताद्वय अनिल सदा र सिताराम मण्डलले बहस गरेका थिए ।

Sunday, August 16, 2015

जनकपुर, सिन्धुली टू काठमाडौ

कैलास दास
पहाडको मनोरम दृश्य हेर्न कसलाई मन पर्दैन होला । ठूल्ठूला नदी, पहाड, वन जंगलमा पशुपक्षीका आवाजका साथै शीतल हावा एक क्षिण आनन्द गरौ जस्तो हुन्छ । जनकपुरबाट काठमाडौ कति पटक गएको छु आफै थाहा छैन । तर जापान सरकारको सहयोगमा जनकपुर, सिन्धुली टू काठमाडौ सडक जोखिमपूर्ण भएपनि रमाइलो रहेको सुनेका थिए । त्यति मात्र होइन र ! राजमार्गबाट जनकपुर टू काठमाडौ १२ घण्टामा पु¥याउँछ । तर सिन्धुली टू काठमाडौ बढीमा ४—५ मात्र घण्टा लाग्ने गरेको सुनेका थिए । कम फराकिलो सडक भएपनि जीप कार र मोटरसाइकलका लागि सजिलोबाटोको रुपमा रहेको सिन्धुली टू काठमाडौ हो ।

हाम्रा साथी अकुल प्रसाद साहले भने ‘हामी दुबैलाई काठमाडौ जानुपर्छ । नाइट बसले जाने हो कि सिन्धुली टू काठमाडौ बाटोबाट जिकिर गरे ।’ मैले भने ‘नाइट बसबाट कति पटक गई सकेको छु । यसपाली शोर्ट एण्ड इन्टरटेलमेन्ट गर्दै जाने बाटो रोजौ । सिन्धुलीबाटोबाट जाने हो भने विहानै गाडी समातेपछि मध्यान्हमा हामी काठमाडौ पुग्छौं र कार्यालयका अधिकांश कार्य पनि भई हाल्छ । अकुलले पनि हा..हा...मा सिर हल्याए ।
म मंगलवार विहान भानुचौक र अकुलले जनकपुर ९ बौधीमाई (आफ्नो घर)बाट इलेक्ट्रिक रिक्सा समातेर रामानन्द चौक पुगे । त्यहाँ एउटा टाटा सुमो लागेको थियो । जनकपुर, सिन्धुली टू काठमाडौको भाडा सोध्दा एक व्यक्ति एक हजार पर्ने टिकट काटने व्यक्तिले सुनाए । अचम्भको कुरा थिएन । किनकि राजमार्गबाट पनि एक व्यक्ति सात सय रुपैया लिने गर्छ । दुई हजार रुपिया थमाएर दुई वटा टिकट अकुलले लिए । त्यतिकैमा टिकट काटने स्थलमा दुई जना  व्यक्ति आई पुगे । त्यसमध्ये एउटा फुर्तिलो चेहरा र चंचल दिमागका थिए भने अर्को सुस्त मनस्थितिका । तर अचम्भको कुरो के थियो भने दुईवटामा एउटा महिला र एउटा पुरुष थियो । रंगरुपले हेर्दा कुन महिला र कुन पुरुष हो तत्कालै छुट्याउन कसैलाई पनि गाह्रो हुन्थ्यो । पोशाक पुरुष जस्तै, बाल र स्टाइलमा फरक थिएन । अलिअलि मुखको फ्रेसले छुट्याउन सकिन्थ्यो ।
उहाँको हासिलो मुखले हामीलाई सध्यो ‘कति बजे गाडी खुल्ने छ र कतिबजे हामीलाई काठमाडौ पु¥याउँछ ।’ मैले पनि ‘खोई त्यो त चालकलाई थाहा होला भन्दै जवाफ फर्काए ।’

टाटा सुमोमा १० वटा सिट थियो । चार पछाडि, चारवटा बीचमा र चालक बाहेक दुई वटा अगाडि । म अकुल र ती महिला पुरुषको सिट बीचमै प¥यो । चारैजना मोटो भएकोले काठमाडौ यात्रा कष्टमय महसुस हुन थाल्यो । तर जनकपुरबाट टाटा सुमो खुलेपछि सिन्धुली बाटोमा कष्टमय यात्रा मनोरञ्जनमा परिणत भयो । जिन्स पैन्ट र भेष्ट लगाएकी महिला पहाडका मनोरम दृश्य हेर्न वितिकै उत्साहित र उमंगले उछलिन्थ्यो । ठहाक्क हास्नु, मुसुस्क बोल्नु र वक्षस्थलकै बीचमा चश्मा खोस्नु सबैलाई आफ्नो तर्फ आकर्षित गर्न थाले । कुराकानी गर्दा पक्कै नेपाली बुझिएन । हुनतः हामी विराटनगरको हो भन्थे । तर नेपालीमा कुरा गर्दा उनी जवाफ हिन्दीमा फर्काइन्थ्यो । हामी सबै मनोरञ्जन लिंदै बढ्दै गयो । बाटो हेर्दा एकक्षिण भयभित हुन्थ्यो भने एकैक्षिणमा पहाड, नदी र बीचबीचमा बनाइयोको आकर्षक पार्क जस्तो दृश्य हेरेर रमाइलो गर्दथे ।
बाटो घुमारो भएकोले अकुलको मन पनि घुम्न थाले । कतिपटक उनलाई भोमेन्टिङ्ग पनि भयो । बीचबीचमा गाडी रोकेर घुमफिर गरेपछि हिड्दथे । नदी, पहाडका साथै शीतल हावाको आनन्द उठाउदै काठमाडौ तिर बढ्दै गए । खुरकोटसम्मको घुमाउरो बाटो पार भयो । खुरकोटभन्दा केही मिटर अगाडि बढ्दा एउटा पार्क आयो । हामी सबैले त्यहाँ एकछिन फोटो सेसन गरौ भन्दै चालकलाई आग्रह गरे । चालकले हामी सबैको कुरा मानेर पार्कको साइडमा गाडी रोक्यो ।

केही क्षिणमै क्यामरा, मोवाइलमा सबैले मनोरम दृश्यहरु क्याच गर्न थाले । दृश्यमा आफ्नो तस्वीर कसरी आउने हो उद्देश्यका साथ एकअर्काको सहयोगमा तस्वीर क्याच गर्न थाले । ती महिला पुरुषले अकुललाई क्यामरा थमाएर तस्वीर खिची दिन आग्रह गरे । उहाँको फोटो खिचाउने स्टाइल, कुदफान गर्ने एक्टिभिटी हेरेर प्राकृति सौन्दर्यलाई भुलाएर सबैले उनकै तस्वीर नियाल्न थाले । यहाँसम्मकी एक पटक ती महिलाले टाटा सुमोमा पनि छलांग लगाइन । चालकले महिलाको एक्टिभीटी हेरेर परेशान देखियो ।  उनले हिड् हिड् भन्दै क्राउन थाले । बढी समस्या महिलाकै एक्टिङ्ग हेर्नमा सबैको वित्यो । थोरै दृश्य आफ्नो क्यामरामा क्याच गर्न पाए । चालकले क्राउन थालेपछि सबै आफ्ना आफ्ना स्थानमा बसे । टाटा सुमो पहिला जस्तौ आफ्नोे गाडीको गति बढाएर हिड्न थाले ।

पहाडको बाटो पार भएपछि गाडी चालकले  सडक किनारमा गाडी फेरी रोक्यो । चालकले भने फोटो खिच्नको लागि रोकिएको छैन । खाना खानका लागि रोकिएको हो ।  तपाईहरु खाना खान चाहनुहुन्छ भने खाना खाइहाल्नुस । त्यहाँ ती महिला चुपचाप बसेकी थिइन । मैले सोधे ‘तपाई खाना खान हुन्न ।’ उनले केही भनेन । मेरो बुझाईमा यही रह्यो कि यहाँ सबै नेपाली बोल्ने भाषाभाषी हो । उनलाई नेपाली बोल्न आउँदै थिएन । त्यसैले उनले चुप लागेर बसिन । करीब आधी घण्टा पश्चात् उनले हिन्दीमा भनिन ‘यहाँ का खाना बहुत स्वादिष्ट है । चलो कुछ फोटो खिचे ।’ तर गाडी चालकले तुरुन्त भने ‘अब ढिलो हुन्छ है, छिट्टो गाडीमा बसौ ।’ हामी सबै गाडीमा बसेर काठमाडौ पुगे ।
यात्रा सस्मरण
वयगचलबष्कितपबष्बिकज२नmबष्।िअयm

मोर्चाद्वारा जनकपुर बन्द, तीनवटा गाडीमा तोडफोड

कैलास दास
जनकपुर, साउन ३१ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, नेकपा माओवादी तथा नेपाल सद्भावना पार्टीले शीर्ष चार दलका नेताले संघीय प्रदेशको सिमांकनका विषयमा गरेको सहमतिको विरोधमा नेपाल बन्दले जनकपुर सहित तराई मधेशका जिल्लाहरुको जनजीवन प्रभावित बनेको छ ।

बन्दकर्ताहरुले बन्दको उलंघन गर्ने भन्दै जनकपुर मुजेलिया स्थित जनकपुर डिजल सेन्टरमा तोडफोड गरेको छ । त्यस्तै जनकपुर जटही चल्ने ज.१ख. ७४१ नम्वर बस तथा अस्पताल रोडमा ज.१.च ७७४ नम्वरको पिकअपमा तोडफोड गरेको हो । त्यस्तै भ्रमरपुरा चौकमा नम्वर नखुलेको एउटा स्कारपियोमा समेत तोडफो गरेको छ ।
जनकपुरबाट चल्ने छोटो तथा लामो दूरीको कुनै पनि सवारी साधन चलेको छैन भने मोटर साईकल, रिक्साहरु फाटफूट रुपमा चलेको छ । ठूला सवारी साधनहरु नचलेका कारणले कतिपय व्यक्तिहरु रिक्सा तथा मोटरसाईकल चढ्न बाध्य रहेका छन् । सवारी साधन नचलेका कारणले सरकारी कार्यालयहरुमा पनि आम सेवा ग्राहीको उपस्थिति न्युन रहेको छ ।
नेपाल बन्दको असर बजार, उद्योग, कलकारखाना सहितको व्यापारिक प्रतिष्ठानहरुमा पनि परेको छ । शिक्षण संस्थाहरु बन्द नै रहेको छ । अत्यावश्यक सवारीसाधनहरु एम्बुलेन्स, शव वाहन, दुधको ट्यांकर, वारुण यन्त्र तथा प्रेसको गाडीमा अवरोध गरिएको छैन ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा,वैद्य नेतृत्वको माोवादीले आईतवार र सोमवार नेपाल बन्दको आह्वाहन गरेको छ भने नेपाल सद्भावना पार्टीले ३० गते शनिवार देखि नै मधेश बन्दको आह्वाहन गरेको छ । बन्दलाई अन्य युवा संगठनहरुले समर्थन जनाएका छन् ।
बन्दको असर विहानदेखि धनुषाको अन्य व्यापारिक केन्द्रहरुमा परेको छ । महोत्तरी, सर्लाही, सिरहा सहितको जिल्लाहरुमा बन्दको असर परेको हो । बन्दलाई दृष्टिगत गरेर जनकपुरको चौक चौकमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।