Thursday, September 6, 2018

जनकपुरधामबाट हतियार सहित एक पक्राउ


जनकपुरधाम, २१ भदौ ।  जनकपुरधामबाट एक युवकलाई हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी मटिहानी नगरपालिका(२ का ३५ वर्षीय सुनिल मुखिया सहनी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले सहनीलाई जनकपुर(१ स्थित उनको डेराबाट पक्राउ गरेको हो। कोठामा हतियार लुकाई छिपाई राखेको विशेष सुराकीको आधारमा सहनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी दीपेन्द्रबहादुर शाहीले जानकारी दिएका छन्।सहनीको कोठा खानतलाशगर्दा कोठा बाहिर र्भयाङ मुनीबाट पेस्तोल १ थान र त्यसमा प्रयोग हुने म्याग्जिन २ थान बरामद भएको शाहीले बताए । पक्राउ परेका सहनी उपर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसअघि प्रहरीले गत मंगलबार धनुषाको मिथिला नगरपालिकाबाट गणेशमान चारनाथ नगरपालिका–२ का ३१ वर्षीय सन्तोष पासवानलाई १ थान कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको थियो।
पक्राउ परेका दुबैजनाविरुद्ध हातहतियार तथा खरखजाना मुद्दा अन्तर्गत कारबाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।


No comments:

Post a Comment