Sunday, September 19, 2021

संविधानलाई हत्या गर्ने केपी ओलीको मतियार भयो लोसपा ः साँसद यादव

जनकपुरधाम, ३ असोज । प्रदेश नं. २ का साँसद एवं जनता समाजवादी पार्टीका नेता रामअशिष यादवले संविधानलाई हत्या गर्ने प्रयास गरेका केपी शर्मा ओलीको मतियार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेको दावी गरेका छन् ।
संविधान दिवसको विरोधमा जनता समाजवादी पार्टीद्वारा जनकपुरधाममा आयोजित ‘संविधान संशोधनको आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रम’मा  साँसद यादवले नेकपा एमालेका अध्यक्ष एवं तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्र समाप्त पार्ने विभिन्न प्रकारको षड्यन्त्र रचे, प्रतिगमन गरे र उहाँको कुकृत्यलाई महन्थ ठाकुरले सहयोग गर्यो । केपी ओलीलाई सहयोग गर्नेहरु पनि लोकतन्त्र र संघीयता विरोधी रहेको बताएका छन् । मुलुकमा संघीयता, समावेसिता र धर्मनिरपेक्षता अहिलेपनि अधुरो छ । यिनीहरुलाई पूर्ण गर्नका लागि जनता समाजवादी पार्टी अगाडि बढेको साँसद यादवले भने, ‘ यो संविधान मधेशी जनताको रगतले लेखिएको छ । त्रुटिपूर्ण संविधानलाई जबसम्म सच्याउँदैन तबसम्म यो संविधान सर्वस्वीकार हुनेवाला छैन ।’
उनले मधेशको हित सोच्ने असली र नक्कलीको पहिचान मधेशी जनताले गर्ने बताएका छन् ।
जसपाका जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा जनकपुरधाम उपमहा नगरपालिका मेयर लालकिशोर साह, जितेन्द्र यादव, श्रीचन मुखिया, विष्णुदेव साह लगायतका नेताहरुले संविधानलाई सच्याउन माँग गरेका छन् ।   

Tuesday, September 7, 2021

प्रदेश २ सरकारको जनलोकपाल आयोग गठन

 जनकपुरधाम, २२ भदौं । प्रदेश २ सरकारले प्रदेशमा आर्थिक सुशासन कायम गर्न तीन सदस्यीय प्रदेश जनलोकपाल आयोग गठन गरेको छ ।
आयोगको अध्यक्ष पदमा रामसहाय राय यादवलाई नियुक्त गरेको छ भने सदस्यहरुमा शोभा कुमारी महतो राजकिशोर प्रसाद साहलाई नियुक्त गरेको हो । नव नियुक्ति तीनै जनालाई प्रमुख हरिशंकर मिश्रले गोपनीयताको सपथ ग्रहण गराएका छन् ।
उक्त अवसरमा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज कुमार यादव, उपसभामुख उपमा देव, प्रदेश साँसद शत्रुधन महतो, प्रमुख सचिव हरि प्रसाद मैनाली सहित प्रदेश सरकारका सचिवहरुको उपस्थिति रहेको थियो ।
आयोगका नवनियुक्त पदाधिकारीहरुले ग्रमिण प्रशिक्षण केन्द्र मुजेलिया स्थित आयोगको कार्यालय पुगि आजै पदभार ग्रहण गर्नु भएको छ ।

Monday, September 6, 2021

आधा दर्जनबढी चिकित्सकहरु जसपामा प्रवेश

जनकपुरधाम, २२ भदौ । धनुषाका आधा दर्जनबढी चिकित्सकहरु जनता समाजवादी पार्टीमा मंगलवार प्रवेश गरेको छ ।
पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले नव प्रवेशी चिकित्सकहरुलाई फुलमाला तथा टिका लगाएर स्वागत गरेका छन् ।
नव प्रवेशी चिकित्सकहरुमा डा. कामेन्द्र यादव, दिपु यादव, सतिश यादव, अरुण कुमार गोइत, मनोज मण्डल, रितेश कुमार, निमु यादव, ललिता यादव, विन्दु अधिकारी रहेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले चिकित्सकहरुको पार्टीमा प्रवेशले गर्दा सामाजिक र राजनीतिक क्रियाकलापमा शुद्धिकरण आउने बताएका छन् । उनले भने, ‘जसरी शरीरको रोगलाई चिकित्सकहरुले फालेर स्वस्थ्य बनाउँछन, त्यसरी नै पार्टीमा बुद्धिजीविहरुको प्रवेशले सामाजिक र राजनीतिक शुद्धिकरण हुन्छ ।’
पार्टी प्रवेश कार्यक्रममा प्रदेश साँसद चमेली देवी दास, जिल्ला अध्यक्ष पशुपति यादव, नेता शेषनारायण यादव लगायत दर्जनौंको संख्यामा नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।