Wednesday, September 5, 2018

खुल्ला सीमानाका कारण मानव बेचबिखनमा वृद्धि


जनकपुरधाम, २० भदौ । नेपाल(भारतको खुल्ला सीमानाका कारण मानव बेचबिखन ओसरारपसारमा दिनहुँ वृद्धि हुँदै गएको जनाइएको छ ।
जनकपुरधाममा बुधवार सामाजिक विकास मन्त्रालयद्वारा आयोजित १२ औ राष्टिूय मानव बेचबिखन विरुद्धको दिवसको सन्दर्भमा ‘अन्तरक्रिया कार्यक्रम’मा सहभागीहरुले सो कुरा बताएका हुन ।
सामजिक विकास मन्त्री नवलकिशोर साहको अध्यक्षतामा भएको सो कार्यक्रमका अतिथि प्रहरी उपरीक्षक गोविन्द थपलियाले नेपालभारतबीच खुल्ला सीमानाका कारण मानव बेचबिखनमा संलग्न अपराधीलाई पक्राउ गर्न समस्या हुने गरेको बताएका छन् ।
उपरीक्षक थपलियाले मानव बेचबिखनमा संलग्नहरुलाई पक्राउ गर्न खोज्दा भारतमा लुक्ने गरेकोले समस्यामाथि समस्या उत्पन्न हुने गरेको कुरा दोहोर्याएका छन् ।
उनले कानूनी प्रक्रिया र त्यसमा संलग्नहरुमाथि हुने दण्ड सजायको बारेमा जानकारीका लागि मानव बेचबिखन सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
त्यस्तै सामाजिक विकास मन्त्रालयका उपसचिव दानीकान्त झाले विषय वस्तुमाथि प्रकाश पार्दै कार्यपत्र समेत प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको कार्यपत्रमा शोषणमुलक घरेलु काममा लागउन, जबरजस्ती वेश्यावृतिमा लागउन, विवाहको प्रलोभन दिन, कृषि क्षेत्रमा शोषण मुलक काममा लागउन, कलकारखाना, घर बनाउने ठाउँमा लगाउन लगायतका लागि मानव बेचबिखन गर्ने गरेको उल्लेख गरेका छन् ।
उनले मानव बेचबिखन ओसारपसारबाट बाँच्नका लाग कसैमाथि झट्टै विश्वास नगर्ने, कहाँ जाने ? कोसँग जाने, त्यसबारे पूर्ण निर्णय लिएर मात्र जाने वा नजानेबारे निर्णय गर्ने बताएका छन् । त्यस्तै मानिसले किन्ने वा बेच्नेलाई २० वर्ष कैद र २ लाख जरिवानाको कानूनी व्यवस्था रहेको, मानिसलाई कुनै अंग झिक्नेलाई १० वर्ष कैद र २ लाख देखि ५ लाखसम्म जरिवाना गर्ने लगायतको कानूनी प्रावधान रहेको बताएका छन् ।
कार्यक्रममा मानव अधिकारकर्मी, सामाजिक क्षेत्रमा कार्य गर्ने संघसंस्था लगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment