Tuesday, August 11, 2020

गिरीको निधनले अपुरणीय क्षति भयो ः नेता निधि

जनकपुरधाम, २८ साउन । नेपाली काँग्रेसका नेता तथा होटेल रामाका संचालक समेत रहेका कृष्ण गिरीको कोरोना रोगबाट मृत्यु भएको छ । उहाँको निधनले नेपाली काँग्रेस तथा सामाजमा अपुरणीय क्षति भएको नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले बताएका छन् ।
गिरीप्रति शोक व्यक्त गर्दै निधिले भनेका छन ‘उहाँको निधनबाट नेपाली काँग्रेस, समाजले र मैले व्यक्तिगत रुपमा अपुरणीय क्षति बेहोरेको महसुस गरेका छौं ।’
गिरीलाई कोरोना संक्रमण देखिएपछि करिब २० दिनदेखि काठमाडौँमा उपचाररत उनको गएरति १२ बजे मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । गिरि लामो समय देखि मुटु लगायत अन्य दिर्घ रोगहरुबाट  थिए ।
गिरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि श्री एयरलायन्सको विमान चार्टर गरेर काठमाडौं लगिएको थियो । ‘कोरोना भाइरस संक्रमणसँगै उहाँमा अन्य जटिल समस्या पनि थियो,’ पूर्वमेयर गिरीका भतिज अनुराग गिरीले इकान्तिपुरसँग भने, ‘उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको हो ।’
नेपाल परिवार नियोजन संघ धनुषाको २५ वर्षसम्म अध्यक्ष रहेका मृतक गिरी ०४४–०४५ सालमा जनकपुर नगरपालिकाको मेयर भएका थिए । नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहेका गिरीको दुई छोरा र श्रीमती छन् । उनका दुवै छोरा डाक्टर हुन् । ब्रुनाईमा रहेका गिरीका जेठो छोरा काठमाडौं फर्किसकेका छन् । कान्छो छोरा भने अस्ट्रेलियाको सिड्नीमा बस्छन् ।
गिरी क्षीरेश्वर जनता उच्च माध्यमिक विद्यालय सखुवा महेन्द्रनगरको अध्यक्ष तथा संस्थापक समेत रहेका थिए ।

Wednesday, August 5, 2020

जनकपुरवासीद्वारा अयोध्यावासीलाई सञ्जाल मार्फत शुभकामना


जनकपुरधाम, २१ साउन । भारतको आयोध्यामा राममन्दिरको शिलान्यस हुनुअघिदेखि नै जनकपुरधामबाट अयोध्यावासीहरुलाई फेसबुक सञ्जाल आर्फत जनकपुरवासीहरुले शुभकामना तथा बधाई दिने गरेको छ ।
वर्षौदेखि आयोध्यामा राममन्दिर निर्माण विवादित देखिएको थियो । तर बुधवार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भूमिपूजन गरी राममन्दिरको निर्माणका लागि बाटो खेलेपछि जनकपुरवासी खुशी व्यक्त गरेका छन ।
राममन्दिरको निर्माणको बाटो खुलेकोले रामको ससुराली जनकपुरधामबाट युवाहरुले विभिन्न सञ्जालहरु अपनाउने शुभकामना तथा बधाई दिन थालेको छन् ।
यसैक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य सञ्जय चौधरी शुभकामना व्यक्त गर्दै लेखेका छन ‘आदरणीय एवं अश्ववी भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी ज्यू भारतको अयोध्यामा ऐतिहासिक भगवान रामललाको मन्दिर निर्माणकाृे लागि  हुने भूमिपूजनको अवसरको उपलक्ष्यमा माता सीताको नगरी जनकपुरधमबाट धेरै धेरै बधाई तथा शुभकामना ।’
त्यस्तै युवा अभियन्ता शुशील कर्णले पनि राममन्दिरको शिलान्यासप्रति खुशी व्यक्त गर्दै जनकपुरधाममा दीपावली मनाउनका लागि सबैमा आग्रह गरेका छन् ।
अधिकांश व्यक्तिले फेसबुक सञ्जालमा नवनिर्मित राममन्दिरको नक्सा राखेर खुशी व्यक्त गर्दै मोदीलाई बधाई तथा शुभकामना दिएका छन् । सोही क्रममा फेसबुक सञ्जालमा धर्मेन्द्र साह, अमर साह, महावीर युवा कमिटी, नित्यानन्द मण्डल, मनोज कुमार साह, यदुवंश झा,  राजेश कर्ण, नविण साह लगायत सयौं जनाले शुभकामनाका साथै दीपावली मनाउन जनकपुरवासीमा आग्रह गरेका छन् ।