Friday, April 12, 2019

‘एउटा मुद्दामा गाउ“पालिका नै घेरियो’


जनकपुरधाम, २८ चैत्र । धनुषाको बटेश्वर गाउँपालिकाकी उपाध्यक्ष प्रमिला देवी महतोले इजलासमा आएको एउटा मुद्दालाई छिनोफानो गर्न लाग्दा केही व्यक्तिले गाउँपालिकालाई नै घेराबन्दी गरेको बताएकी छन् ।
उपाध्यक्ष महतोले भनिन, ‘न्यायपालिका समिति इजलासमा घरेलु हिंसा भन्नो वा सम्बन्ध विच्छेदको मुद्दा आएको थियो । गाउँपालिकामा अध्यक्ष पनि थिएन, इजलास बस्न लागेकै थियो कि राजनीति पार्टीकै एकपक्षले करीब अढाई तीन सयको संख्यामा मान्छेहरु हो हल्ला गर्न थाले ।’ उनले यस्तो अवस्थामा इजलास हाक्नु चुनौती  जस्तो लाग्यो । तर आफूले अलिकतिपनि विचलित भएन बताइन ।
अहिलेसम्म बटेश्वर गाउँपालिका२ सय ३० वटा मुद्दा पर्यो जसमध्ये सयभन्दा बढी मेलमिलापकै माध्यमले समाधान गरेका छौं । समस्या र चुनौतीबीच हामी इजलास चलाई राखेका उनले भनिन, ‘सयभन्दा बढी मुद्दा जग्गा विवाद, ४ वटा घरेलु हिंसा र ४ वटा सम्बन्ध विच्छेदको मु्द्दालाई छिनोफानो गरिसेकका छौं ।’
उपाध्यक्ष महतोले सबभन्दा बढी जकिरिएको मुद्दा सम्बन्ध विच्छेदकै रहेको छ । यस गाउँपालिकामा सम्बन्ध विच्छेदको थोरै मुद्दा भएपनि जटिल रहेको बताइन । वैदेशिक रोजगारीमा श्रीमान गएको बेलामा महिलाहरुले अन्यसँग गरेको लेनदेन, अरुसँग बनाएको सम्बन्धलाई लिएर झण्डै जटिल देखा परेको उनले
बनाइन ।
अहिलेसम्म यहाँबाट एउटा पनि मुद्दा अदालतमा पठाएको छैन उनले भनिन,‘श्रीमानश्रीमती बीचको मुद्दा पनि इजलासमै आउने गर्छन, तिनीहरुलाई सम्झाई बुझाई फर्काउने गरेको हो । कतिपय यस्ता मुद्दाहरु छन जसलाई बिना दर्ता नै मिलापत्र गरी पठाएका हौं ।’

Thursday, April 11, 2019

तीन महिनामा ४६ जनालाई छोरी बिमा शिक्षा


जनकपुरधाम, २७ चैत्र । छोरीको पहुँच बृद्धि गर्न प्रदेश नम्बर २ सरकारले ल्याएको छोरी शिक्षा विमा कार्यक्रम प्रभावकारी भएको प्रदेश सरकारले दावी गरेको छ ।
‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम बनाएर शिक्षामा छात्राको पहुच बृद्धि गर्ने योजना अन्तर्गत यो कार्यक्रमलाई अघि सारिएको हो । उक्त योजना अन्तर्गत प्रदेशका ८ वटा नगरपालिकाबाट सुरु भएको छोरी शिक्षा बीमा कार्यक्रम प्रदेश भरी लागू भएपछि अहिलेसम्म ४६ जना छोरीहरुको विमा भईसकेको छ । प्रदेशले यसका लागि ५ करोड ६० लाख बजेट छुट्ट्याएको थियो । विशेष अनुदानपछि यसको बजेट ५५ करोड ६० लाख पुगेको छ । ‘प्रदेश २ का सबै छोरी अब बिमा कार्यक्रममा समावेश हुने प्रदेशका प्रमुख सचिव दिपक सुवेदीले बताए । ‘बेटी पढाउ, बेटी बचाउ’ बिमाअन्तर्गत प्रदेश सरकारले १३ हजार ६ सय ४६ रुपैयाँ छोरीका नाममा जम्मा गर्छ । उक्त रकममा प्रभु बैंकले १ हजार थप गरिदिने सम्झौता गरेको छ । २०७५ साल माघ १ गतेपछि जन्मिएका छोरीले शिक्षा बिमा तथा मुद्दती बचतस्वरूप बिमा गरिएको २० वर्षमा १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । तर शिक्षाको लागि रकमको आवश्यकता परे प्रदेश सरकारको सिफारिसमा बीचमा समेत केही रकम झिक्न पाउने व्यवस्था गरिएको छ ।
बीमाको लागि नवजात छोरीको फोटो, आमा वा बुबाको नागरिकता, जन्मदर्ताको प्रमाणपत्र र वडा सिफारिस आवश्यक रहेको छ । छोरी बीमा कार्यक्रमलाई सफल बनाउन प्रदेश सरकारले स्वयंसेवकसमेत परिचालन गरेको छ । यस कार्यक्रमका लागि संघीय सरकारले ५० करोड विशेष अनुदान उपलब्ध गराएको छ । छोरी बीमा कार्यक्रम प्रभावकारी बन्दै गएपछि प्रदेशभरि नै लागू गरिएको हो । प्रदेश २ को महत्वकांक्षी योजना छोरी शिक्षा बिमा कार्यक्रम फागुन १० गते औपचारिक रूपमा शुरुवात गरिएको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आयोजना गरेको एक कार्यक्रममा राष्टूपति विद्यादेवी भण्डारीले छोरी शिक्षा बिमा र मुद्दती खाताको शुरुवात गरेकी थिईन

बालविवाह गरेमा हदैसम्म कारवाही गर्छौ ः मेयर राउत


जनकपुरधाम, २७ चैत्र ।  धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर राउत क्षेत्रीले बाल विवाह गरेमा हदैसम्म कारवाही गर्ने चेतावनी दिएका छन् ।
औपचारिक सेवा केन्द्र (इन्सेक)द्वारा बुधवार आयोजित शिक्षा स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवा प्रदायक र सेवाग्राहीबीच गाउँपालिकास्तरीय ‘अन्तरक्रिया’ कार्यक्रममा अध्यक्ष राउतले भने, ‘बालविवाह गर्ने विरुद्ध खाडो रुपमा उत्रिन्छौं, रोक्न सबै शक्ति परिचालन गर्नेछौं तर बालविवाह हुन दिन्नौं ।’ उनले यहाँसम्मकि बरातलाई पनि फर्काउने छौं, परिणाममा गाउँपालिकालाई क्षतिपूर्ति व्यहोर्नु परेमा व्यहोर्न पनि तयार रहेको बताएका छन् ।
मानव अधिकार निगरानी समूहका अध्यक्ष देवसागर दासको अध्यक्षतामा भएको सो कार्यक्रममा अध्यक्ष राउतले वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुलाई आग्रह गर्दै भने, ‘नराम्रो कुरा मलाई भन्नुस र राम्रो कुरा बाहिर ल्याउनुस, आफूभित्र रहेको कमीकमजोरी सोधार्ने छौं ।’
अध्यक्ष राउतले शिक्षा, स्वास्थ्य तथा खाद्यमा यस प्रदेशमा नै चुनौती र समस्याले जक्रिएको हो । त्यसको समाधानका लागि स्थानीय सरकार लागि परेको छ, केही दिनसमा त्यसको परिणाम पनि सबैमा सुन्न आउने नै छ उनले भने, ‘शिक्षा, स्वास्थ्य र खाद्यको क्षेत्रमा अनुगमन गरी सुझाव दिनुस, हामी कार्यान्वयनमा ल्याउने छौं ।’
स्वास्थ्य विज्ञ, शिक्षा विज्ञ तथा कृषि विज्ञ लगायत वडा अध्यक्ष, सदस्य, कार्यपालिका सदस्य तथा नागरिक समाजबीच भएको अन्तरक्रिया कार्यक्रममा अधिकांश सहभागीहरुले गुनासो पोखेका छन् ।
कार्यक्रमको बारेमा इन्सेक नेपालका प्रदेश २ इन्चार्ज राजु पासमानले प्रकाशन पारेका थिए भने गाउँपालिका उपाध्यक्ष प्रमिला महतो, स्वस्थ्यकर्मी रुद्रनारायण यादव, शिक्षक लक्ष्मी कुमारी महतो, रामबाबु महतोले विचार राखेका छन् । कार्यक्रम संचालन विनोद महराले गरेका थिए ।

Wednesday, April 10, 2019

जनता दलको राष्ट्रिय महाधिवेशन सम्पन्न अध्यक्षमा पुनः साह निर्वाचित केन्द्रिय सदसस्य मुञ्जय राउत


जनकपुरधाम, २७ चैत्र । नेपाली जनता दलको पाँचौ राष्टिूय महाधिवेशन भव्यताका साथ सम्पन्न भएको छ ।
राष्टिूय महाधिवेशनबाट अध्यक्ष पदमा पुनः हरिचण साह निर्वाचित भएका छन् । साहको अध्यक्षतामा २५ सदस्यीय केन्द्रिय कार्य समिति गठन भएको हो ।
अध्यक्ष पदका लागि पाँच जनाले उम्मेदवारी दिएका थिए । ती मध्ये सबभन्दा बढी मत ल्याई हरिचरण साह निर्वाचित भएका हुन् । उहाँको प्रतिपक्षमा तेजनारायण यादव, रामप्यारे पासमान, रघु पजियार र श्रवण कुमार चौधरीले उम्मेदवारी दिएका थिए ।
त्यस्तै केन्द्रिय सदस्यमा धनुषाबाट पाँचजनालाई सर्वसम्मतिले चयन गरिएको छ । धनुषाबाट केन्द्रिय सदस्यमा मुञ्जय राउत, जीवछी चौधरी, रामेश्वर यादव, मोहम्मद हासिन, राजकुमार झा रहेका छन् ।
राष्टिूय महाधिवेशनका उद्घाटन सत्रका प्रमुख अतिथि प्रदेश नं. ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलास ढुंगानाले नेपाली जनता दल संसद बाहिर भएपनि ठूलो पार्टी रहेको भन्दै देशको विकासका लागि मिलेर जानुपर्ने आवश्यकता रहेको बताएका छन् ।
त्यस्तै नवनिर्वाचित अध्यक्ष साहले संविधान संशोधन गर्ने, सातवटै प्रदेशमा कमिटी गठन गर्ने र मधेशको अधिकारका लागि थप जिम्मेवारी भएको बताएका छन् । उनले नेपाली जनता दल मधेश, पहाड र हिमाललाई जोड्ने कार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै नवनिर्वाचित केन्द्रिय सदस्य मुञ्जय राउतले मधेशी जनताको चाहना अनुसार संविधान संशोधन गर्न संघीय सरकारलाई दवाव सृजना गर्न पार्टीको रुपमा नेपाली जनता दल रहेको जिकिर गरेका छन् । उनले मधेश, पहाड र हिमालको जनताको दुःख पीडामा सधैं साथ दिने यो पार्टीरहेको जिकिर गर्दै भ्रष्टाचारको खिलाप तथा मुलुकको विकास लागि काँधमा काँध मिलेर हिड्न तयार रहेको बताएका छन् ।