Wednesday, September 5, 2018

महिला संघद्वारा उपमहानगरपालिकालाई १५ दिने अल्टिमेटम


जनकपुरधाम, २० भदौ । जनकपुरधाम उपमहानगर पालिकालाई राजापा नेपाल महिला संघले १५ दिने अल्टिमेटम दिएका छन् ।
महिला संघले बुधवार जनकपुर उपमहा नगरपालिकालाई १५ दिनभित्रमा परिक्रममा सडक भित्रमा मांस मदिरा बन्द गर्नका लागि ज्ञापन पत्र दिएका छन् ।
ज्ञापनपत्रमा जनकपुरधाम मन्दिरै मन्दिरले भरिएकाले धार्मिक एवं साँस्कृतिक किसिमले यहाँको विकासका लागि पहिलो चरणमा परिक्रममा सडक भित्रमा पर्ने मांस मदिरा पसलको लाइसेन्स खारेजीको माँग गरेको छ । मिथिलाको संस्कृति र संस्कारलाई विश्वमै उजगार गर्न नगरभित्रमा मांस मदिरा निषेधित क्षेत्र हुनुपर्ने विज्ञप्तिमा उल्लेख गर्दै नगरप्रमु्खले १५ दिनभित्रमा त्यसलाई कार्यान्वयनमा नल्याएमा अर्को कदम चाल्ने चेतावनी समेत दिएका छन् ।महिला संघकी विन्दु ठाकुरले ज्ञापनपत्र बढ्दै भनिन, ‘१५ दिनभित्रमा माँग कार्यान्वयन नभएमा कुुनै अप्रिय घटना भएमा त्यसको जिम्मेवार स्थानीय निकायले लिनुपर्ने छ ।’ उनले प्लास्टिकको कारण वातावरण प्रदूषण भईरहेकोले प्लास्टिकलाई समेत निषेध गर्न विज्ञप्तिमा आग्रह गरेका छन् ।

यता ज्ञापन पत्र बुझ्दै नगरप्रमुख लालकिशोर साहले आफूले सपथ लिनेबेलादेखि नै जनकपुरलाई जनकपुरधाम बनाउने अभियानलाई लिएको र ती अभियान सफल भएको बताएका छन् । उनले महिला संघले उठाएको आवाज सराहनीय रहेको भन्दै आफू पनि ती अभियानलाई लागु गर्न  प्रतिद्धत रहेको बताएका छन् । मेयर साहले भने, ‘जनकपुरधामलाई धार्मिक दृष्टिले विकासको लागि मांस मदिरा बन्द हुनु आवश्यक छ। महिला संघले उठाएको यी कदममा नगरपालिकाले सँगसँगै हिड्नेछ ।’
ज्ञापनपत्र बुझाउन राजपा नेतृ विभा ठाकुर, सरिता शर्मा, पुनम झा लगायत दर्जनौंको संख्यामा महिलाहरुको उपस्थिति रहेको थियो । उनीहरुले केही बेरा नारा जुलुस लगाउँदै उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएका थिए ।

No comments:

Post a Comment