Tuesday, July 30, 2019

जनकपुरधामको व्यापार ‘शून्य’ खुल्ला बोर्डर र बाढी नै मुख्य कारण


जनकपुरधाम, १३ साउन । जनकपुरधामको बजार व्यवसायी दुई महिनादेखि ‘शुन्य’ मा झरेको यहाँका व्यापारीहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले असार र श्रावण महिनामा घरभाडा र स्टाफ खर्च समेत पुरा हुन नसकेको दावी गरेको छ ।
चेम्बर अफ धनुषाका अध्यक्ष विजय साह भन्छन ‘ जनकपुरधाममा खुद्रा व्यापारदेखि लिएर ठूलठूला व्यापारहरु धारासायी हुन थालेको छ । यसको कतिपय कारण मध्ये नेपाल(भारतको खुल्ला सीमा मुख्य हो ।’ उनले धनुषाका अधिकांश उपभोक्ताहरु २०देखि २५ हजारसम्मको सामानहरु भारतको बाजरबाट सहज पूर्वक ल्याउने गर्दछ । भारतमा यहाँबाट सस्तो सामानहरु पनि पाउँ छन ।  तर त्यही सामानहरु यहाँका व्यापारीहरु बेच्दा महँगो पर्दछ । नेपाल सरकारले लगाएको करको कारण यस्तो समस्या पर्ने गरेको बताएका छन् ।
अध्यक्ष साहले नेपालमै राम्रो व्यापार फस्ट्योस त्यसका लागि खुल्लाबोर्डरमा कडाई र आफ्नै मुलुकमा उत्पादन बढाउनु आवश्यक छ । तर त्यसका लागि नेपाल सरकार, प्रदेश सरकार निक्कै उदासिन हो । प्रदेश र संघीय सरकारले व्यापार व्यवसायमा ध्यान नपुर्याएमा व्यापारहरु धारासायी हुँदै जाने ठोकुवा पनि गरेका छन् । नेपाल सरकारले व्यापार व्यवसायीलाई ध्यानमा राखेर नीति बनाउनु पर्दछ । सहज रुपमा सामानहरु उपलब्ध गराउनु पर्दछ । एक ठाउँदेखि अर्को ठाउँमा पुर्याउनका लागि यातायात लगायतमा सहज वातावरण बनाउनु पर्दछ उनले भने, ‘नेपाल सरकारले अहिले ल्याएको कर नीतिको कारण पनि व्यापारहरु धरासायी हुन लागेको हो ।’
‘असारमा केही दिन छिटफुट बिक्री पनि भयो । तर श्रावणमा दुई हजारसम्मको पनि बिक्री भएको छैन’ गोविन्द वस्त्रालयका सञ्चालक जितेन्द्र साहले भने । उनले जनकपुरधाम लगायत धनुषाको गाउँदेखि शहरसम्म डुबानमा परेको छ । मान्छे सडकमा छैन, स्टाफ खर्च पनि पुग्दैन । दुई महिनादेखि कुनै दिन बिक्री हुन्छ कुनै दिन हुँदैन । एक लाख भाडा तिर्नुपर्छ, के गरौ चिन्ता नै सताई रहेको बताएका छन् ।
त्यस्तै किराना पसले रामबहादुर साह भन्छन ‘जनकपुरधाममा घरभाडाहरु निक्कै बढेको छ । तर बिक्री त्यो अनुपातमा निक्कै घटेपनि हो । यसको कारण प्रत्येक पालिकामा हाटबजार, व्यवसायी बढेको हो । जहाँसम्म सस्तो कुरा गर्ने हो भन्ने किराना पसलेका सामानहरु भारतीय बजारबाट ल्याउने गरेको कारणले पनि यहाँका व्यापार व्यवसायी ‘शुन्य’ झरेको छ ।’

Friday, July 26, 2019

४० इन्चको नङ्ग राख्ने धनुषाकै दिनेशलाई गिनिज बुकमा नाम निकाल्ने लहर


जनकपुरधाम, १० साउन । मान्छे थरिथरिको हुन्छ । कसैले आफ्नो नङ्गलाई हप्तामा दुईतीन चोटी काट्ने गर्छन भन्ने कसैलाई नङ्ग पोस्ने शोख हुन्छ । यस्तै छन जनकपुुरधाम उपमहानगरापलिका वडा नं. १७ बस्ने दिनेश सिंह यादव । उनी आठ वर्षदेखि आफ्नो नङ्गलाई पोस्दै आएका छन् ।
रामेश्वर यादवको २४ वर्षिय छोरा दिनेश भन्छन् ‘मैले शुरुमा नङ्ग पोस्ने आफ्नो शौख बुझे । तर विस्तारै(विस्तारै नङ्गप्रति माया नै बस्यो । अब त गिनिज बुकमा हाम्रो नाम आओस् लक्ष्य रहेको छ ।’ पाँच वटै ओलामा यत्रो ठूलो नङ्ग राख्दा अप्ठ्यारो हुँदैन जिज्ञासा राख्दा उनी भन्छन् (‘शुरु शुरुमा अप्ठ्यारो नभएको होइन, तर अब सबै कार्य गर्छु ।’
उनले अहिलेसम्म नेपालमा यत्रो ठूलो नङ्ग कसैले राखेको छैन । झापामा एकजनाले राखेका छन । त्यसको पनि दुईवटा ओलामा मात्र रहेको छ । हाम्रोभन्दा सानो नै हो । तर आफू पाँचवटै ओलामा राखेकोले मलाई विश्वास छ, एक न एक दिन मेरो नाम गिनिज बुकमा आउने नै छ ।’
दिनेश यादवले प्रदेश नं. २ को मुख्यमन्त्री लालबाबु राउत र साँसद रामअशिष यादवलाई नङ्ग हेराउँदै भन्ने ‘मलाई केही चाहिदैन, मेरो नङ्गको बारेमा आपैm बुझि दिनुस ।’
उनले मेरो नङ्ग हेर्न यूएसको टोली एक पटक आई सकेका छन् । फेरी मंसिरमा आउन लागेको छ । मुख्यमन्त्रीले पनि मलाई गिनिज बुकका लागि के कसो प्रयास हुन्छ गर्ने छु विश्वास दिलाएका बताएका छन् ।


Friday, July 19, 2019

महिलालाई कलाकारिता क्षेत्रमा नातावाद, कृपावाद हावी ः ज्योति झा


दर्जनौं मैथिली एलबम, नाटक तथा सर्टमूभिजमा अभियन गरेकी ज्योति झा भन्छिन, —मैथिली कलाकारिता क्षेत्रमा महिला कलाकारहरुको निक्कै चुनौतीको सामना गर्नृु परिरहेको छ । पहिला त घरबाट हाम्रो समाजमा निष्कन दिदैन । अर्को कुरा जुन कलाकारिता क्षेत्रमा राम्रो अभिनय गर्दछन् । उनलाई अवसर दिदैन । अवसर नदिने कुनै बाहिरको हुँदैन, आफ्नै वरिपरिका कलाकारहरु नै हुन्छन ।’
म पनि एउटा कलाकार हुँ ।  तर जब राम्रो अवसर आउँछन् तब यसमा नातावाद, कृपयावाद र परिवारवाद बढी देखिन्छ ।  यति मात्र होइन, महिला कलाकारहरुलाई शोषण पनि त्यतिकै हुने गरेको छ । निष्पक्ष रुपमा महिलाकलाहरुलाई अवसर दिएमा यहाँका कलाकार मैथिली क्षेत्रमा मात्र होइन, हलिउड, बलिउडमा पनि राम्रो अभियान गर्न सक्छन । पहिला भन्दा अहिले महिलाकलाकारहरु खुलेर अभिनय गर्छिन, चुनौतीलाई पनि सामाना गर्न तयार छन् तर कही नकही परिवारवाद, नातावाद र पुरुषवाद सोच हावी देखिन्छ ।

मैथिलीको भविष्य बनाउन अझै इमान्दार प्रयासकोे खाँचो ःगीतकार अशोक दत्त

छौंड़ा तोरा बज्जर खस्तौ गीतका लेखक भन्छन – मैथिलीको भविष्य राम्रो भएपनि, अभैm इमान्दार प्रयासको खाँचो छ । मैथिली क्षेत्रमा सैकडौं गीत लेखेर मैथिली भाषा, संस्कृतिलाई उजागर गर्ने गीतकार अशोक दत्त भन्छन्, मैथिलीको भविष्य राम्रो भएपनि इमान्दारिताको खाँचो रहेको छ । दत्तको वि.सं. २०५० सालमा ‘छौंड़ा तोरा बज्जर खस्तौ’ मैथिली एल्बम निक्कै चर्चामा रह्यो । हुनत उहाँ योभन्दा पहिला उहाँकोे संकल्नमा मैथिली लोकगीत ‘गीत घरकरके, समाचकेवा, परीक्षण समधाउन, जस्ता एलबमहरु पहिला नै सर्वजनिक भई सकेका थिए ।
तर ‘छौंड़ा तोरा बज्जर खस्तौ’ गीतले नेपाल—भारतको मैथिलीभाषी क्षेत्रमा प्रायः सबैजसो घरमा आप्mनो स्थान बनाउन सफल रह्यो । गीतकार दत्तले ०४५ सालमा भएको ८ औं राष्ट्रिय क्रिकेट टुर्नामेन्ट, २०४८ सालमा विजेताको रुपमा र १० औं राष्ट्रिय क्रिकेट टुर्नामेन्टमा उपविजेताको रुपमा ट्रफी र मेडल हासिल गर्न सफल भएका थिए । त्यस्तै कैयांै पटक नेपाल भारतमा भएको क्रिकेट टुर्नामेन्टमा उनी बेस्ट बेलर, मैन अफ द म्याच, म्यान अफ दी सिरिज लगायत दर्जनौं पुरस्कार पाएका हु्न । शुरुदेखि नै मैथिली गीत संगीतमा रुचि राख्ने दत्त भन्छन् ‘अहिले सम्म झण्डै दुईसय जति गीत रिकोर्डिङ्ग भई सकेको छ । ती मध्ये धेरैले मैथिली क्षेत्रको राम्रो स्थान ओगट्न सफल पनि भयो । यसको कतिपय कारण मध्ये गीत बालबालिका, युवायुवती तथा प्रौढलाई मध्यनजर गरी लेखिएको छ भने समसामयिक विषमा थुप्रै गीतहरु छन् जसमध्ये बालगीत, दाइजोको बिरुद्धमा, महिला हिंसाको बिरुद्धमा, बालबिवाहको बिरुद्धमा, नारी संरक्षणका लागि, हिंसामुक्त समाज निर्माणका लागि र हक–अधिकारका निम्ति लेखिएका गीतहरुले छुटै पहिचान बनाउन सफल भयो ।’ मैथिली क्षेत्रमा सबभन्दा बढी हिन्दी र भोजपुरी गीतको बिगबिगी थियो । तर सभ्य र सन्देश मुलुक गीत मैथिलीमै आउन थालेपछि अहिले मैथिली गीत संगीतले राम्रो स्थान ओगट्न सफल भएको छ । 
गीतकार दत्तको जुन बेला जनकपुरधाममै हिन्दी र नेपाली भाषाको गीतसंगीतको वर्चस्व थियो त्यतिबेला ‘‘छौंड़ा तोरा बज्जर खस्तौ’ एल्बम बजारमा आयो । शुरुमा त आडियो मात्र थियो, पछि भिडियो पनि निर्माण भयो । यसले मैथिली भाषाको प्रचार–प्रसारमा निकै बल पुर्याएको हो । सञ्चारको विस्तारले गर्दा पनि मैथिली भाषाको विकासमा तीव्रता नआएको होइन । एफएम, टेलिभिजन तथा एल्बमले मैथिली भाषालाई धेरै अगाडी ल्याउन सफल भएको छ । अहिले तीन तहको सरकार भएको छ । प्रदेश नं. २ मा सरकारी कामकाजको भाषा समेत मैथिली हुन्छ यसमा कुनै दुईमत छैन । तर स्थानीय सरकार र प्रदेश सरकारले भाषा जगतमा जुन प्रकारको लगानी गर्नुपर्ने हो त्यसको अभाव महसुस भई रहेको छ । गीतकार अशोक दत्तले मैथिली भाषामा शर्ट फिल्म ‘संकल्प’ र ‘इजोत’–को स्क्रीप्ट मात्र लेखेका होइन, मैथिली सिरियल ‘घोघ’, ‘कनियाँ, मरखाह’, ‘साक्षी’, ‘भट्ठीबाली’ का स्क्रीप्ट लेखेका हुन् भने ‘सामा–चकेवा’ फिचर फिल्मका स्क्रिप्ट पनि लेखेका हुन । नेपाली भाषामा दुई दर्जन गीत रिलिज भई सकेको छ । मैथिली, नेपाली, हिन्दी, भोजपुरीका राम्रो जानकार भएपनि सबभन्दा बढी उनी मैथिली भाषामा आफ्नो समय खर्चेका छन् । उनीभन्छन्, ‘मैथिली हाम्रो पहिचान हो । त्यसैले मैथिलीमै बढी काम गर्न रुचाउँछु । स्थानीय सरकारले पनि बढी ध्यान मैथिली भाषा, संस्कृति, भेषभूषामा दिनु पर्दछ ।’ गीतकार दत्तले जबसम्म यहाँको भाषा, साहित्य, कला–संस्कृतिको विकास हुँदैन, तबसम्म यो प्रदेश समृद्ध हुँदैन । भाषा, संस्कृतिको पहिचानले समृद्ध समाज, समृद्ध प्रदेशको निर्माण गर्छ । गीत–संगीत, पत्रकारिता, खेलकूद तथा साहित्यको क्षेत्रमा समेत दत्तले राम्रो स्थान ओगटेका हुन ।
उनलाई अहिलेपनि मैथिली भाषा, सांस्कृतिलाई उजगार गर्ने चिन्ता रहिरहन्छ । मैथिलीको भविष्य निक्कै राम्रो छ, तर स्थानीयस्तरबाट हुनु पर्ने प्रयासको अभाव देखिएको उनी बताउँछन् । मधेश आन्दोलनमा आफ्नो गीतको माध्यमले आन्दोलनलाई अगाडी बढाउन बल पु¥याएका दत्त भन्छन् ‘मैथिली भाषाको गीत, संगीत, सिनेमा र कलाक्षेत्रलाई जबसम्म राजकीय संरक्षण र प्रतिस्पर्धात्मक व्यवसायसंग जोड्दैन तबसम्म जुन प्रकारले विकास हुनुपर्नेहो त्यो सम्भव छैन ।’

Sunday, July 14, 2019

काठमाडौंपछि जनकपुरधाममै ब्रुमर मेशिन


जनकपुरधाम, २९ असार । जनकपुरधाम उपमहा नगरपालिकाले फोहरमैला सफा गर्ने रोड स्वीपर मेशिन ल्याइएको छ । यो मेशिन नेपालमै पहिलो रहेको दावी पनि गरेका छन् ।
प्रतिघण्टा १० किलोमिटरको गतिले यो मेशिन सफा गर्ने प्राविधिकले बताएका छन् । पंजाबको लुधियानाबाट यहि असार २३ गते चलेको सो मेशिनले २९ गते जनकपुरधाम आई पुगेको छ । सिसिटीभी कैमरा, सिंगल इन्जिन र १३० हर्ष पावरको डिजलमा चल्ने यो मेशिन हो । ‘वेट एण्ड डूाइ’ रहेको यो मेशिन ३÷४ किलोग्रामको फोहरमैला समेत तान्ने सक्नेछ । पानीपरेपछि जम्मेको माटो, फुटपाथ एक्कै साथ सफा गर्ने छ ।
बैशाखको पहिलो सातामा निकालिएको टेण्डर सयपत्री नेपाल इन्टरनेशनले भरेका थिए । इन्टरनेशनलका सरोज पौडेलले भने, ‘ यो मेशिनलाई ट्रक माउन्टेर (भ्रुमर) पनि भनिन्छ । टूक आकारको देखिने यो मेशिनले ६ मेटिूक टन फोहर स्टोर गर्ने क्षमता राख्ने छ ।’

यसमा ३ वटा कुचो रहेको छ । साइडमा दुईवटा र एउटा पछाडिमा रहेको छ । सडक सफा गर्नुका साथै फुटपाथका लागि भैपर समेत रहेको पौडेलले बताए । उनले मेशिनको विशेषता बारे भने, ‘नेपालमा अहिलेसम्म फोहरसम्म गर्ने पाँचवटा आएपनि यो पहिलो मेशिन हो जुन कम लागतमा बढी काम गर्नेछ ।’
जनकपुरधाम उपमहा नगरपालिकाका मेयर लालकिशोर साहले काठमाडौंपछि जनकपुरधामै फोहरमैला सफा गर्ने मेशिन आएको छ । तर जुन मेशिन उपमहानगरपालिकाले ल्याएको छ, त्यो नेपालमै पहिलो हो । काठमाडौंमा पाँचवटा फोहरमैला सफा गर्ने मेशिन छ, ती मध्ये २ वटा ललितपुरमा रहेको छ । ती मेशिनहरुको खरीद मूल्य दुई करोड बढी, काम पनि यो धेरै कम गर्छन । काठमाडौंमा रहेको मेशिन इटेलियन रहेको र त्यसको पार्टपूर्जा पनि उपलब्ध हुनुमा असहज रहेको दावी गर्दै, जनकपुरधाम उपमहानगरपालिकामा आएको मेशिन हुनत ः बिग्रिने सम्भावना थोरैछ, बिग्रिए भने २४ घण्टा भित्रमा इन्जिनियर र पार्ट समेत उपलब्ध हुने दावी गरेका छन् ।
मेयर साहले भने, ‘जनकपुरवासीको लागि यो ठूलै उपलब्धी हो । सफाई कर्मीहरुको यहाँ धेरै अभाव रहेको छ । नगरभित्र मेशिनले सफा गर्ने र नगरबाहिरका वाडाहरुमा सफाईकर्मीहरुद्वारा सफाई गर्ने लक्ष्य रहेको छ ।’
धनुषा क्षेत्र नं. ३ का साँसद राजेन्द्र महतोको संसदीय कोष र जनकपुरधाम उपमहा नगरपालिकाको संयुक्त लगानीमा रोड स्वीपर मेशिन ल्याइएको छ । १ करोड ३५ लाख यो मेशिनको खरीद रहेको बताएका छन् ।

Thursday, July 11, 2019

जनकचौकदेखि स्टेशनसम्म सिसीटिभी क्यामेरा निगरानी


जनकपुरधाम, २५ असार । जनकपुरधाम उपमहा नगरपालिकाको आर्थिक लगानीमा जनकचौकदेखि रेल्वे स्टेशनसम्म १० वटा सिसिटीभी जडान गरिएको छ ।
जनकपुरधाम उपमाहा नगरपालिकाका मेयर लालकिशोर साहले स्टेशन प्रहरी चौकीको हाताभित्र रहेको सिसिटीभीलाई नियन्त्रण गर्ने सर्भर रुमको बुधवार उदघाटन गर्दै परिक्षण गरेएका छन । २ मेगापिक्सलको क्षमता रहेको सिसिटिभीमा हाइक्वालीटिको क्लियर जवरजस्त जुम गर्ने क्षमता समेत रहेको उनले जनाएका छन् ।
३६० डिग्री क्षमता रहेको सिसिटीभीमा चारैतिर घुमाएर हेर्न सक्ने क्षमता रहेको छ । करिव १९ लाख ८३ हजारको लगानीमा स्टेशन चौकमा ३, भानु चौकमा ३,नगरपालिका गेट अगाडी १,जनक चौकमा २ र शिवचौकमा १ गरि पहिलो चरणमा १० वटा सिसीटिभी क्यामेरा जडान गरिएको छ । अर्को चरणमा नगरको अन्य चौकहरुमा समेत सिसीटिभी क्यामेरा जडान गरिने मेयर लालकिशोर साहले वताए । सुरक्षा र सरसफाईलाई मध्यनजर गरि लगाइएको सिसिटीमीको कमाण्ड धनुषाका प्रहरी उपरिक्षक शेखर खनाल र जनकपुरधाम उपमाहानगरपालिकाका मेयर लालकिशोर साहको हातमा रहने जनाइएको छ ।

सर्भर रुमको उदघाटन कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप चापागाई,प्रहरी उपरिक्षक शेखर खनाल,नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सीता परियारको समेत उपस्थिती रहेको थियो ।क्यामरालाई प्रोजेक्ट मेनेजर धिरज अरगरियाले सेट गरेको छ ।

Tuesday, July 9, 2019

मेयर साह युवाहरुको संसदीय अभ्यासमा ‘सम्मानीय सभामुख ज्यू, जनकपुरधामको शिक्षा किन खस्कियो’


जनकपुरधाम, २४ असार । जनकपुरधाम उपमहा नगरपालिकका मेयर लालकिशोर साह युवाहरुको संसदीय अभ्यास कार्यक्रममा सहभागी भएका छन् ।
जनकपुरधाम उपमहा नगरपालिकाकै आयोजनामा भएको नाट्यशैलीमा प्रस्तुत ‘युवा संसदीय अभ्यास’ कार्यक्रममा साँसदहरुले भने, ‘सम्मानीय सभामुख ज्यूहरु जनकपुरधामको शिक्षा किन खस्कियो छ । सरकार गठन भएको दुई वर्ष हुन लाग्दा पनि शिक्षा, स्वास्थ्य तथा फोहरमैला जुन प्रकारले व्यवस्थित गर्ने भनिएको थियो त्यो किन हुन सकेन ।’

जनकपुरधामलाई प्रदेशको परिकल्पना गरेर उपसभामुखको भूमिकामा सुस्मिता मिश्र र सभामुखको भूमिका कृष्णा राउत रहेका थिए । त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्री किसान साह, समाजिक विकास मन्त्री भरत साहले नाट्य अभिनय गरेका थिए । उनीहरुसित साँसदहरुले सभामुख ज्यू सरकार गठन भएकै दिन सरकारले नगरभित्र मांस मदिरा बन्द गर्ने, नगरलाई सफासुघर राख्ने, रेल सञ्चालनमा ल्याउने, ठाउँ ठाउँमा वोट विरुवा लगाउने गरेको प्रतिबद्धता गरेका थिए । तर अहिलेसम्म सो कार्यान्वयन के कारणले नआएको सभामुख मार्फत सरकारसँग जवाफ मागेका थिए ।
युवा साँसदहरुले प्रश्न गरे ‘वैदेशिक रोजगारमा जानेको संख्या घटेन, युवाहरु दिनप्रतिदिन बेरोजगार भई रहेकोछ, राज्यले किन गम्भीरता देखाएन । बेरोजगारी घटाउनका लागि शीप मूलक तालिमको व्यवस्था गर्ने भनेका थिए । बालश्रम घटाउने प्रतिबद्धता जनाएका थिए । किन पुरा भएन ?’
उनीहरुले प्रदेशमा खेलमैदानको अभाव छ, खेल मैदानको बजेट कहाँ खर्चिनु भयो लगायतका प्रश्नहरु गरेका थिए । साँसदको भूमिका दिनेश साह, बिभा कुमारी सहितका व्यक्तिहरु सभामुख अगाडि आफ्ना मन्तव्य राखेका थिए ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले आजका युवा साचिक्कै भोलीको साँसद ह्ुन । उनीहरुले देखाएको युवा संसदीय अभ्यास निक्कै सकारात्मक रहेको बताएका छन् । मेयर साहले भने, ‘युवाहरु यसरी अगाडि बढेमा आर्थिक रुपमा समाज, प्रदेश र देश सम्पन्न हुने दावीगरेका छन् ।

Monday, July 8, 2019

‘बिना भिजनकै महिला राजनीतिमा’


जनकपुरधाम, २३ असार । वर्तमान अवस्थामा सक्षम र परिपक्क महिलाहरु राजनीतिबाट विस्थापित भई रहेको छ । हुनतः पहिला महिला राजनीतिमा आउन चाहिरहेको थिएन । तर मधेश आन्दोलन पश्चात् जुन गतिमा महिलाहरु राजनीतिमा आउन थालिन अहिलेको अवस्थामा सोही गतिमा विस्थापित पनि हुन थालेकी छन ।
यसको धेरै कारण छन् । तर मुख्यकारण सक्षम महिलालाई अवसर नदिनु, पुरुषवादी सोच हावी हुनु र बढीभन्दाबढी आफ्नै नातागोता र समुदायका महिलालाई प्राथमिकता दिनु मैले अनुभव रहेका छु ।
राजनीतिमा महिलाहरुको प्रवेश नभएको पनि होइन, तर जुन महिला अपरिपक्क छिन, सक्षम छैन, जसमा चापलुसी गर्ने वानी छ, पैसा पनि छ र राजनीति दलकै बहुबलि नेताको अगाडि पछाडि गर्ने गर्छन त्यसलाई प्राथमिकता र अवसर पनि मिलेको छ, केही दिन यस्तै रहिरहने मेरो बुझाई पनि हो ।
म कसरी आए राजनीतिमा त ? भन्नुपर्दा–म एक पटक रुकुम जिल्लाको चौरजाहारी गएकी थिइन । बाटोमा हिड्दा एक ठाउँमा धैरै भीडभाड देखे । मेरो पनि जिज्ञासा भयो के कारणले यस्तो भीडभाड रहेको छ । त्यहाँ गएपछि पहाडी समुदायका दुईचारजनाले एउटा मधेशी महिलालाई ठग्ने जुन तरिका देखे आफै छक्क परे । मुन्ना चियाको एउटा कुपन मधेशी महिलाको हाथबाट लिएर पहाडी समुदायका केही व्यक्तिले तिमीलाई मुन्ना चियाको कुपनमा ‘टिभी’ परेको छ, भोज खुवाउनु पर्छ भनेर जिकिर गरिरहेका थिए । जबकि ती कुपनमा ‘ट्राई अगेन’ लेखेका थिए । त्यो अवस्था हेरेर आपूm छक्क परे । मैले सोही दिनदेखि महिलाहरुमा शिक्षा–जनचेतना र राजनीतिबाट अधिकार दिलाउने उद्देश्यले राजनीतिमा आउन प्रेरित गरे ।
हुनतः विद्यार्थी जीवनदेखि नै मलाई सामाजिक कार्य गर्नेमा धेरै रुची थियो । तर मधेशीप्रति पहाडी समुदायको सोच र मधेशमा पनि महिलाप्रति पुरुषहरुको सोचले मलाई राजनीतिमा आउन विवश बनाए । अहिलेसम्म मलाई लाग्छ सफल भएको छैन । मधेशको वकालत गर्ने त्यो बेलामा मधेशवादी पार्टीका नेता ‘गजेन्द्र बाबु’ नै थिए । म उहाँसँग मिले र उहाँकै प्रेरणाले मधेशवादी दलसँग मिलेर राजनीति शुरुवात गरेको छ्ु । राजनीति ज्ञानपछि मैले जनसंख्याको आधारमा प्रतिनिधित्व र महिलालाई आरक्षण हुनुपर्ने मेरो धारणा थियो । उद्देश्य अनुरुप मधेश आन्दोलन भयो र त्यसमा मैले अहम भूमिका निर्वाह पनि गरे ।
सामाजिक कार्यबाट मलाई लाग्दैन कसैको मैले मन दुखाएको होला । तर राजनीतिमा  आफ्नै पार्टीले मूल्यांकन गर्न सकेन । मुलुकमा तीन तहको सरकार भएछ, तीनै तहमा जुन महिला राजनीतिबाट आफ्नो पहिचान बनाउन सफल भएकी छन, त्यसमध्ये थोरैले प्रतिनिधित्व गर्न पाएको देखिन्छ । यसले के स्पष्ट हुन्छ भने ‘बिना भिजनको महिलाहरु राजनीतिमा’ छिन् ।
स्थानीय तहमा अधिकांश अध्यक्ष र उपाध्यक्ष बीचको विवाद भई रहेको कसैसँग लुकेको छैन, कारण राजनीति भिजनको अभाव, आर्थिक लोभलाचनप्रति समर्पित हुनु । राजनीतिमा अर्थ महत्वपूर्ण हुँदैन, जनताको भावना र विकासलाई प्राथमिकता राख्नुपर्छ । यस्ता धेरै कुराहरु छन, जुन लेखेपनि कमै होला । मेरो दुईवटा इच्छा छ, जुन अहिलेसम्म पुरा हुन सकेन । जनताको भावनालाई सधैं कदर गर्ने र उहाँको भावना अनुसार कार्य गरेर देखाउने । अर्को इच्छा मधेश आन्दोलन पश्चात् मधेशवादी दलको सरकार भएपछि मधेशी जनताको भावना अनुसार कार्य हुन्छ सोच बनाएका थिए । तर अहिलेसम्म ती सपना पनि अधुरै रह्यो ।
विभा ठाकुर
केन्द्रिय सदस्य
राष्ट्रिय जनता पार्टी नेपाल


Sunday, July 7, 2019

पत्रकारितादेखि राजनीतिसम्म, इमान्दारलाई अवसरको अभाव

जनकपुरधाम, २२ असार ।  पत्रकारिताको प्रारम्भबाट मेरो कैरियर सुरु भएको हो। पत्रकारिताले थोर बहुत सम्मान पनि दिएको छ। उमेश साह नेपाल टेलीभीजनको पत्रकार हो, भनेर अझै मानिसहरूले सम्झी रहेको छ। जबकि टेलिभीजन छोडेको करिब डेढ दशक भयो । तत्कालीन राजा वीरेन्द्रदेखि नेपाली राजनीतिका शिर्ष नेता एवं तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई,मनमोहन अधिकारी र शेरबहादुर देउवा र माधवकुमार नेपाल लगायत चर्चित राजनेताहरुको रिपोर्टिङ गर्ने अवसर पाए । उहाँहरूलाई नजिकसंग चिन्ने र चिनजानको मौका पनि पाए । जीवनको अधिकांश समय मैले पत्रकारिता र सामाजिक संघ संस्थामा नै विताएका हौं ।
सायद उहाँहरूको सामिप्य र प्रभावले होला, राजनीति यात्रा सुरु गर्ने विचार मेरो मनमा पलायो। पत्रकारिता र राजनीति समाज र जनताको लागि गर्ने हो, दुवैमा समर्पण आवश्यक हुन्छ। तर दुवैलाई एक अर्कामा मिसाउनु हुँदैन। आफ्नो जीवनको अधिकांश समय पत्रकारिता र सामाजिक संघ संस्थामा बितेको छ, नेतृत्व गर्ने अवसर पनि प्राप्त भएको छ। विभिन्न आरोह र अवरोह तथा चुनौतीपूर्ण अवस्थामा पनि साथीहरूले नेतृत्व कौशलता प्रदर्शन गर्ने अवसर दिएका हुन् । त्यसले पहिचान सहित स्थापित गराएका छन।शाही शासन लागू भएपछि नेपाल टेलिभीजन छोडेर जनताको अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लागि सकृय भुमिका खेले। आफ्नै सम्पादन र प्रकाशनमा “मिथिला ऋतु“ साप्ताहिकको प्रकाशन आरम्भ गरे। थोरै समयमा पत्रिकाले पाठक समक्ष चर्चित भयो। प्रकाशनको पहिलो वर्ष मै प्रेस काउन्सिलले “ख“ वर्गमा वर्गीकरण र्गयो, जो प्रकाशनको अन्त्यसम्म कायम रह्यो।
अन्ततः मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भयो।डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा आफ्नो पत्रिकामा एउटा “व्यंग्य श्रृंखला“ प्रकाशन गरे, जो उहाँको कार्यकाल अवधि सम्म चलेको थियोे। पछि पाठकको रुचि साथीहरूको सल्लाहमा त्यो श्रृंखलालाई नियति नामक पुस्तकको रुपमा प्रकाशन गरे। नियति हेर्नुस् त्यो पुस्तकको विमोचन पुर्व प्रधानमन्त्री डा.भट्टराई कै हात बाट जनकपुरधाममा भयो।
अर्को ठुलो चुनौतीपूर्ण घटना भनेको के हो भने, देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासंगै लामो समयसम्म संक्रमणकालीन अवस्था कायम रहेकै बेला नेपाल पत्रकार महासंघ धनुषाको नेतृत्व मैले वहन गर्नुपरेको थियो।
आफू अध्यक्ष हुँदा नै महिला पत्रकार उमा सिंहको हत्या भयो । पत्रकारहरुलाई  निक्कै चुनौती थियो । तर आफू इमान्दारिता पूर्वक दृढ विश्वासका साथ अगाडि बढ्दै गए । त्यति बेला आर्थिक रुपमा नेपाल पत्रकार महासंघ सशक्त पनि थिएन । आज  इमान्दारिताकै कारण अहिलेसम्म समाजमा एकरुपताले सम्मान पाई रहेका छौं ।
मेरो जीवनमा राजनीतिक उथलपुथल पनि भई नै रह्यो । तर पत्रकारिता र राजनीतिलाई मैले एउटा सेवाको रुपमा लिएर र सोही अनुसार कार्य पनि गर्दै आएका छौं । अहिले समाजवादी नेपालका केन्द्र्रिय सदस्य भएपनि समाजले पहिला जस्तै मसँग व्यवहार गर्ने गरेको छ । जीवनमा इमान्दारलाई अवसरको अभाव भई रह्ने बुझेको छु ।
उमेश साह
नेपाल पत्रकार संघका पूर्व अध्यक्ष
समाजवादी पार्टीका केन्द्रिय सदस्य
कुराकानीको आधारमा

‘दुःख र सुखको कहिलेपनि अनुभवै भएन’ साँसद यादव

जनकपुरधाम, २१ असार । बाल्यअवस्थादेखि लिएर अहिलेसम्मको अवस्थामा मलाई कहिलेपनि दुःखद र सुखको अनुभवै भएन । म एउटै स्वभाविको व्यक्ति भएकोले होला ? शिष्ट स्वभाव, अरुलाई आदर सत्यकार गर्ने र परिश्रममा सधैं विश्वास गर्ने मान्छे हु म । मलाई लाग्छ त्यसैको परिणाम हो कि शिक्षकदेखि लिएर पत्रकार र समाजसेवी पश्चात् अहिले प्रदेश साँसदसम्म बन्न पुगेको छु ।
युएनडिपीको आर्थिक सहयोगमा ‘स्पाइरिङ्ग युथ’ कार्यक्रममा प्रदेश साँसद रामअशिष यादवले यसरी अफ्नो कथा सुनाए । उनले भने ‘को नीच, को उच्च, को दलित, को गैरदलित कहिलेपनि मेरो मनमा विभेद र भिन्नता गर्ने स्वभावै आएन । म सम्पन्न परिवारमा जन्मेको छु, यसमा कुनै दुईमत छैन । तर स्वभाविले म एक्कै नासको छु ।’
युवा विद्यार्थीहरुबीच आफ्नो कथा पसार्दै साँसद यादवले भने ‘माता, पिता र गुरुलाई म सधैं सम्मान र आदर गर्दै आएको र गरिपनि रहेको छु । अहिलेको पढाई र मेरो पालाको पढाईमा धैरै अन्तर छ । पहिला ट्युशनदेखि लिएर विद्यालयसम्म शनिचरी पूजा हुन्थ्यो । प्रत्येक शनिवारको चावल र मिठा घरबाट ल्याएर सरस्वती माताको पूजा गर्दा विद्यार्थीहरुमा धेरै रमाइलो हुन्थ्यो । तर अहिले त्यस्तो अवस्था छैन ।’
‘म कक्षा ३ मा पढ्दा भारतबाट आएका शिक्षक हाम्रै घरमा ट्युशन पढाउँथे । आफूले सिखेको, पढेको कुरा साथीहरुसँग पनि शेयर गर्थे ’ साँसद यादवले भने, ‘कक्षा ८ मा पढ्दा अचानक बिमार पडे र म परीक्षामा सहभागी हुन पाएन, धेरै मन दुख्यो । त्यो स्टडी पेरियडको मेरो पहिलो दुःखद क्षण रह्यो ।’
साँसद यादवले —इन्टर पास पश्चात् शिक्षकमा मेरो जाँब भयो । धेरै विकट ठाउँमा जानु पर्यो, जहाँ चावल, गहुँको अतोपतो थिएन । नेपालकै विकट ठाउँ काभ्रो जिल्लामा पढाउन गए । एक दिनको कुरा अहिलेसम्म मलाई स्मरण छ, त्यो शायद कहिले भुलन पनि सकिदैन होला ? मैले धेरै राम्रो क्लास लिएको भनेर अभिभावक र विद्यार्थीहरु उत्साहपूर्ण तरिकाले मल्लाई सम्मान गर्यो । खुशी भएर उनीहरु दुईवटा ‘प्याज’ ल्याएर दिए । मैले अझै प्याजसँग केही होला प्रतिक्षा गरिरहेका थिए । तर प्याजसँग केही पनि आएन । अभिभावकहरुले भने ‘सर खाउनुस न, तपाईकै लागि ल्याएका छौं । म पनि छक्क परे ।’ त्यतिबेला काभ्रेको यस्तो स्थिति थियो । खाजामा त्यहा दुईवटा आलु मात्र दिने गर्दथे ।
साँसद यादवले विद्यार्थीहरुलाई सम्झाउँदै अगाडि थपे, ‘सहनशीलता मेरो बाल्यकालदेखि नै छ । शिष्ट विचार र कहिलेपनि मलाई आक्रोश आएन । शायद त्यसैको परिणाम हो कि म नेपाल पत्रकार महासंघको अध्यक्ष पनि भए । त्यसपछि सामाजिक क्षेत्रमा कार्य गर्दा चौतर्फी सहयोग भयो । अहिले प्रदेश साँसद भएको छु । तर कहिलेपनि मलाई सुख र दुःखको अनुभूति भएन ।’