Tuesday, April 20, 2021

गाउँमा शिक्षक र सहरमा विद्यार्थी हुँदैन ः राज्यमन्त्री यादव

जनकपुरधाम, ७ बैशाख । आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले गाउँको समुदायिक विद्यालयहरुमा सबभन्दा बढी विद्यार्थी हुन्छ, तर त्यसमा शिक्षक दरबन्दी कम निक्कै न्यून हुन्छ । सहरमा शिक्षक दरबन्दी बढी हुँदा पनि विद्यार्थी संख्या न्यूनि हुन्छ । यस्तो गुणस्तरीय शिक्षाको परिकल्पना पनि गर्न नसकिने बताएकी छन् ।
एनसिई नेपालद्वारा मंगलवार जनकपुरधाममा आयोजित प्रदेश २ को शैक्षिक अवस्था र अबको कार्यदिशा ‘छलफल कार्यक्रम’मा राज्यमन्त्री यादवले शिक्षाको अवस्था सबभन्दा कमजोर यसै प्रदेशको हो । यसको कतिपय कारण मध्ये राज्यको विभेदकारी नीति पहिलो कारण हो । प्रदेश सरकार गठन भएपनि शिक्षा सम्बन्धी विधेयक निर्माण गरेको छैन,जबसम्म संघले शिक्षा विधेयक ल्याउँदैन प्रदेश ल्याउन सकिदैन । त्यसैल संघको विभेदकारी नीतिको कारण प्रदेशले गुणस्तरीय शिक्षामा खेल्नुपर्ने भूमिका खेल्न नसकेको बताएकी छन् ।
उनले भनिन, ‘यस प्रदेशमा गुणस्तरीय शिक्षा नहुनुको कारण शिक्षामा राजनीतिकरण हो । हरेक दलका शिक्षकहरु आफ्ना संगठन खोलेका छन् । यो शिक्षा क्षेत्रको लागि दुर्भाग्यपूर्ण अवस्था हो । त्यसैले प्रदेश शिक्षा कानून निर्माण आवश्यक छ ।’
त्यसैगरी प्रदेश साँसद परमेश्वर साहले देश कानून र संविधानले चल्छ, व्यक्तिको विचारले होइन । हामी जति भाषण गरेपनि कानून प्रावधान प्राप्त नहुन्जेलसम्म केही गर्न सकिने अवस्थामा नरहेको जिकिर गरेका छन् ।
उनले भने ‘यस प्रदेशमा ४८.३० प्रतिशत युवाहरु शिक्षा र रोजगारबाट वन्चित छन् । स्थानीय सरकारले बजेटको ०३५ प्रतिशत शिक्षामा बजेट छुट्याउँछन यस्तो अवस्थामा कसरी गुणस्तरी शिक्षाको परिकल्पना गर्न सकिन्छ ।’
साँसद साहले स्थानीय सरकारले शिक्षामा बजेट छुटउन सकिन्छ, तर प्रदेशको कुरा गर्ने हो भने शिक्षा ऐन निर्माण हुन नसक्दा केही गर्न सकिने अवस्थामा छैन । विद्यालयका शिक्षक समयमा आउन सकेन, विद्यालयमा गुणस्तरीय शिक्षा भएन, भौतिक पूर्वाधार नभएपनि प्रदेश सरकारले केही गर्न सक्दैन । यसको एउटै कारण हो प्रदेश शिक्षा विधेयक निर्माण नहुनु । प्रदेश सरकार समन्वयकारी भूमिका बाहेक केही गर्न नसकिने बताएका छन् ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाकी मेयर रिता कुमारी मिश्र, औरही गाउँपालिकाका अध्यक्ष ब्रह्मदेव यादव लगायतका व्यक्तिले शिक्षामाथि प्रकाश पारेका थिए । त्यसैगरी राम गैरेले प्रदेश २ को शैक्षिक अवस्था बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।


Saturday, April 3, 2021

नयाँ एप्प रोलिङ नेक्सस बजारमा

 

जनकपुरधाम, २१ चैत्र । मोसफल परीक्षणपछि पौराणिक तथा सांस्कृतिक शहर जनकपुरधाम सहित प्रदेश भर व्यवसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस एप्स बजारमा आएको छ ।
रोलिङ प्लान्स प्राइभेट लिमिटेडले आफ्नो ब्राण्डको रुपमा स्थापना गरी बजारमा ल्याएको व्यवसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस डटकमको मुल नारा नया सम्भावनाहरुको सञ्जाल रहेको छ । यससञ्जालको अवधारणालाई मुख्यत४–भ्को सिद्धान्त अनुरुप संचालन गरिएको हो ।
सो एप्पको  रोजगारी सृजना तथा प्रवर्द्धन सम्बन्धि दक्षताअभिवृद्धि,  उद्यमशीलता प्रर्वद्धन तथा व्यवसायीक वृद्धि, शक्तीकरणः महिला, विपन्नसमूह, फरक सक्षमता भएका र सेवा निवृत समुहलाई पनि अवसर र सम्भावना दिनका लागि विशेष पेज मार्फत प्रवर्द्धन, समान सामाजिक वा व्यवसायीक रुचि, गतिविधि, दैनिक क्वीज जस्ता सामाग्री बाटम नोरञ्जन लगायतको विशेषता रहेको जनाइएको छ ।
जनकपुरधाममा शुक्रवार पत्रकार सम्मेलन गरी रोलिङनेक्ससका अध्यक्ष अनुप जंगमले एप्पसका बारेमा जानकारी गराउँदै भने ‘एप्सलाई प्रयोगकर्ताको प्राथमिकता अनुसार स्वदेश र विदेशमा विभाजित गरिएको छ ।’
कार्यक्रममा संस्थाका प्रदेश २ इन्चार्ज सविता यादव, स्थानीय बुद्धिजीवि, पत्रकार, नागरिक समाज तथा संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।