Monday, May 27, 2019

प्रदेश छ, तर खुट्टा राख्ने ठाउ“ छैन ः मन्त्री यादव


जनकपुरधाम, १२ जेठ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रदेश सरकार छ तर प्रदेश सरकारलाई खुटटा राख्ने ठाउँ छैन बताएका छन् । उनले प्रदेश सरकार मातहत स्थानीय सरकारको अधिकार हुनुपर्नेमा संघीय सरकारसँग गाँसिएकोले प्रदेश सरकारको खुट्टा राख्ने ठाउँसम्म नरहेको जिकिर गरेका छन् ।
समाजवादी पाटी नेपालको आईतवार जनकपुरधाममा आयोजित प्रादेशिक अभिमुखीकरण कार्यक्रममा मन्त्री यादवले संघिय प्रणालीलाई समाप्त गर्ने साजीश भइरहेको आरोप पनि लगाएका छन । मन्त्री यादवले संघियतालाई कमजोर र बदनाम गरेर गणतन्त्रलाई समाप्त पार्ने साजिस भई रहेको दावी गरेका छन । उनले तीन तहको सरकार अन्तरगत प्रदेश बनाईएपनि स्रोत साधन, प्रहरी प्रशासन कुनैमा अधिकार नदिएर त्रिशंकु जस्तो बिचमा अडकाएर राखेको छ । न्याय प्रणाली, सुरक्षा प्रणालीलाई एकात्मक बनाएर शक्ति ,साधन र स्रोतलाई बाडफाड गर्न नचाहेको बताएका छन ।
मन्त्री यादवले अहिलेको निर्वाचन प्रणाली खिचड निर्वाचन प्रणाली रहेको भन्दै मुलुकलाई बर्बाद हुनबाट बचाउनका लागि यस्ता प्रणालीलाई परिवर्तनको आवश्यकता रहेको बताए । ‘गणतन्त्रलाई मजवुत बनाउनका लागि जनताले रोजेकालाई राष्टूपति बनाउनुपर्छ, उनले भने, ‘मुलुकलाई आर्थिक विकास गर्नुको मुलमन्त्र पनि यहि हो ।’ मन्त्री यादवले विकासको नीतिलाई परिवर्तन गर्नुपर्ने अवस्था रहेको भन्दै यस नीतिले गरीब जनता झन गरीब र धनी झन धनी हुदै गएकोले आर्थिक प्रणालीलाइ नया संरचनाको आवश्यकता रहेको जिकिर गरेका छन् ।
उनले नेपाली कांग्रेस भएभरका उद्योग धन्धा समाप्त गरी कौडीको भाउमा बेचेर देशलाई कंगाल वनाउने काम कांग्रेसका महान नेताहरुको कमाल रहेको टिप्पणी गरेका छन् । उनले कम्युनिष्टहरु अहिले आएर कमाउ निष्ट भएकोले दुवै जातीय पार्टी मात्र रहेको र यसको एक मात्र विकल्पलाई जनताले विश्वास गर्नुपर्ने आवश्यकता रहेको बताए ।
समाजवादी पार्टी नेपालका संघिय परिषदका अध्यक्ष बाबुराम भटराईले आफनो जीवनमा दुइचोटी प्रेम गरेको एकबाट विश्वास पाएको अर्कोले आफुलाई विश्वास नगरेको बताएका छन । उनले आफनो पहिलो प्रेम हिसीला यमी रहेको र दोस्रो प्रेम मधेशसंग गर्दा मधेशी जनताले आफुलाई नपत्याएको भन्दै दुखेसो पोखे ।
नेता भटराईले प्रचण्डको ढुलमुल चरित्रकै कारण माओवादी पार्टीमा एकमत हुन नसकि अधुरो संविधान जारी गर्न मजवुर भएको बताए । यो संविधान आधा गिलास भरेको र आधा गिलास खाली रहेको छ उनले भने, ‘आफुले संविधान सभाका लागि लडदै आएकोले फरक मत राख्दै संविधानमा हस्ताक्षर गरेको बताउदै राज्य पुनरसंरचनालाई परिवर्तन नगरेसम्म संविधान कुनैपनि हालतमा पुर्ण हुन सक्दैन । महिला र पुरुषको नागरिकतामा विभेद गर्ने नेपाल पहिलो राष्टू हो ।’ डा. भटराईले यस्तो विभेद कुनै पनि लोकतान्त्रिक संविधानमा नरहेको दोहोर्याए ।
समाजवादी पार्टी नेपालका प्रदेश अध्यक्ष विजय कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय नेताहरु अशोक राई, राजेन्द्र श्रेष्ठ, हिसीला यमी, मुख्यमन्त्री लालबाबु राउत लगायतले विचार राखेका थिए ।

Sunday, May 26, 2019

मेयर साहद्वारा अम्बेडकर पुस्तकालय भवनको शिलान्यास


जनकपुरधाम, ११ जेठ । जनकपुरधाम उपमहा नगरपालिका ६ स्थित रामजानकी तत्मा कुट्टीको उपमहानगरपालिकाका मेयर लालकिशोर साहले एउटा पुस्तकालय भवनको शिलान्यास गरेको छ ।
राष्टिूय तत्मा बुनकर समाज नेपालका केन्द्रिय अध्यक्ष रामशिष दासको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रमका प्रमुख अतिथि समेत रहेको प्रमुख साहले करीब २५ लाखको लागतमा निर्माण हुन लागेको सो पुस्तकालयका शिलान्यास गरेका हुन । दुई तल्ले पुस्तकालय भवनमा तल तीन कोठा र माथि एउटा ठूलो पुस्तकालय भवन निर्माण गरिने अध्यक्ष दास बताएका छन् ।
जनकपुरधाम उपमहा नगरपालिकाको आर्थिक सहयोगमा सो पुस्तकालय भवनको निर्माण हुन लागेको समाजका अध्यक्ष दासले जानकारी गराएका छन् । दास समुदायका लागि जनकपुरधाम उपमहानगरपालिका भित्रमा पुस्तकालय र धर्मशालाको अभाव रहेकोले त्यसलाई मध्य नजर गरी पुस्तकालय भवन निर्माण गर्न लागेको अध्यक्ष दासले बताएका छन् ।