Friday, September 7, 2018

महिला संघद्वारा जिप्रकामा ज्ञापनपत्र


जनकपुरधाम, २२ भदौ ।  राष्टिूय जनता पार्टी नेपाल समर्थित राजपा महिला संघ धनुषाले परिक्रमा सडक भित्र मांस मदिरा निषेध गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।
करिब १५ जना महिलाहरुको टोली जिल्ला प्रहरी कार्यालयमा पुगी  प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहीलाई ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्र बुझाउन गएको टोलीले उपरीक्षक शाही समक्ष परिक्रमा सडक भित्र सबभन्दा बढी मादक पदार्थ सेवन गरेर महिला हिंसाका घट्ना हुने गरेकाले त्यस्ता पसलहरु बन्द गराउन माग गरेका छन् ।
राती अबेरसम्म गल्लि गल्लिमा खुलेका भट्टि पसलमा मादक पदार्थ सेवन गरि घरमा जाने र श्रीमति लगायत परिवारका सदस्यलाई कुटपिट गर्ने, धम्की दिने र ज्यानै मार्नेसम्मका अपराधका घट्नाहरु घटेकाले तत्काल मदिरा निषेध  गराउँनु पर्ने माग राखेका हुन् । राजपा नेतृहरुले उपरीकक शाहीलाई ज्ञापनपत्र बुझाउँदै अबैध मदिरा बिक्री वितरण रोक्न सके महिला हिंसाका घट्नामा धेरै कमी आउने बताए ।
ज्ञापनपत्रमा महिला विरुद्ध भएका हिंसाका अपराधीलाई तत्काल कारबाही गर्नुपर्ने, हिंसाका अपराधीलाई राजनीतिक संरक्षण दिन नहुने, नागरिकको सुरक्षाको प्रत्याभूती गर्नुपर्ने, जघन्य अपराधीहरुलाई ज्यान सजायँ दिने संबैधानिक व्यबस्था गर्नुपर्ने लगायतका माग उल्लेख गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रहरी नायव उपरीक्षक शाहीले जनकपुरधाम धार्मिक नगरिको रुपमा प्रसिद्ध रहेकाले नगरभित्र मांश मदिरा निषेधित गर्न पहल गर्ने प्रतिवद्धता जनाए । त्यसैगरि संघले आजै जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित कुमार साहलाई समेत ज्ञापन पत्र बुझाएको छ । महिलाहरुको टोलीले उद्योग वाणिज्य संघका अध्यक्ष साह समक्ष परिक्रमा सडक भित्र मांस मदिरा निषेध गराउन तर्फ अग्रसर भई पहल गरिदिनका लागि माग गरेको छ ।

No comments:

Post a Comment