Wednesday, June 1, 2016

बिहारका पूर्व मन्त्री माझी यसै हप्ता जनकपुर आउने

कैलास दास
भारत बिहारका पूर्व मुख्यमन्त्री जितन राम माझी जनकपुर आउन लागेका छन् । ‘राष्ट्रिय मुसहर उत्थान समाज नेपाल’को प्रथम महाधिवेशनको प्रमुख आतिथिको रुपमा उहाँ जनकपुर आउन लागेको हो ।
यही जेष्ठ २५ गते जनकपुरको रंगभूमि मैदानमा हुन लागेको सो समाजको प्रथम अधिवेशनको प्रमुख आतिथिको रुपमा उनी जनकपुर आउन लागेको समाजका केन्द्रिय अध्यक्ष सिया सादाले जानकारी गराएका छन् ।

मुसहर जातिको उत्थान र संविधानमा अधिकार सुनिश्चिताका लागि गर्न लागेको प्रथम अधिवेशनमा नेपालका ३२ जिल्लाका मुसहर समुदायहरु सहभागी हुने अध्यक्ष सादाले समेत औल्याए ।
पूर्व मन्त्री माझी भिठामोड सडक हुँदै सो कार्यक्रममा सहभागी हुने छ । नेपालमा दुई दिवसीय कार्यक्रम अन्तर्गत पहिलो दिन जनकपुरको महाधिवेशनमा सहभागी हुने, मुसहर समुदायको सवरी कुट्टीकोे अवलोकन गर्ने र  भोली पल्ट सप्तरीको कटैयाखोपका लागि प्रस्थान गर्ने मुसहर समुदायका अगुवा नेता चन्देश्वर सादाले जनाएका छन् ।
पूर्व मुख्यमन्त्री माझी सप्तरीको दिनाभद्रीमा अवलोकन पछि पटनाका लागि प्रस्थान गर्ने छ । पूर्व मन्त्री माझी सहित १५ सदस्यीय जम्बो टोली सहित उनी आउने सादाले जानकारी गराए ।
समुदायका अगुवा नेता चन्देश्व सादाका अनुसार जातिय उत्थानका लागि नेपालमा पहिलो पटक यत्रो ठूलो महोउत्सव हुन गई रहेको छ । महोत्सवको तयारीका लागि विभिन्न समिति उपसमिति गठन गरिएको हो ।
नेपाल अधिराज्य भरिमा १२ लाख मुसहर समुदाय रहे पनि उनी शिक्षा तथा राजनीतिबाट वञ्चित रहेको समेत बताए ।
अधिवेशनको तयारी तिव्र गतिमा भई रहेको बताउँदै अधिवेशनमा १० लाखभन्दा बढी खर्च हुने दावी गरेका छन् ।