Monday, August 20, 2018

मन्त्री रायद्वारा बोलबम यात्रीलाई विदाई


जनकपुरधाम, ३ भदौ । राजपा महिला संघ धनुषाले मधेश कल्यानार्थका लागि बोलबम यात्रामा निस्केका यात्रुहरुलाई भूमिसुधार कृषि तथा सहकारी मन्त्री रामनरेश रायले विदाई गरेका छन् ।
बोलबम महिला यात्रुहरुले जनकपुरधामको ऐतिहासिक गंगासागर सरोवरमा आईतवार जल भरेर महोत्तरीको जलेश्वरनाथका लागि प्रस्थान गरेका छन् । उनीहरुलाई दोसल्ला ओढाएर मन्त्री रायका साथै प्रदेश नं. २ का साँसद रामअशिष यादव, परमेश्वर साह लगायतले ती यात्रुहरुलाई संयुक्त रुपमा विदाई गरेका छन् । विभा ठाकुरको नेतृत्वमा करीब एकसयबढी महिलाहरु आईतवार यहाँबाट महोत्तरीको जलेश्वरनाथ दर्शनका लागि निस्केका छन् । उनीहरु रातमा महोत्तरीको पिपरामा विश्राम गरेर सोमवार विहान पुनः जलेश्वरनाथका लागि प्रस्थान गर्ने बताएकी छन् । जनकपुरधामको गंगासागर सरोवरबाट जलभरेर महोत्तरीको जलेश्वरनाथ जाने पहिलो यात्राको रुपमा रहेको ठाकुरले जनाएकी छन् ।
स्थानीय सरकार तथा प्रदेश सरकार गठन पश्चात् प्रदेश २ को कल्याणनार्थ तथा समृद्धिका लागि सो यात्रा गर्न लागेकी महिला संघकी ठाकुरले बताएकी छन् ।
उनले अति पिछडिएका प्रदेश मध्ये प्रदेश नं. २ रहेको छ । यी प्रदेशको सुख समृद्धि तथा आर्थिक उन्नतिका लागि जनकपुरधामको पवित्र सरोवर गंगासागर सरोवरबाट जल भरेर जलेश्वरनाथ मन्दिरसम्म पैदल यात्रा गर्न लागेको बताएकी छिन् ।
ठाकुरले भनिन, ‘सैयौकी संख्यामा राजपा महिलाहरु यसमा सहभागी भइन, उनीहरुलाई पिपरामा स्वागत गर्ने कार्यक्रम समेत रहेको छ । एकरात पिपरामै विश्राम गरेर सोमवार बाबा भोलेनाथलाई चढाएर र प्रदेशको समृद्धिका लागि कामना गर्नेछौ ।’

No comments:

Post a Comment