Thursday, May 27, 2021

उपमहानगरपालिकाले वडावडामा पिसिअर परीक्षण गर्ने


जनकपुरधाम, १३ जेठ । जनकपुरधाम उपमहानगरपालिकाले नगरवासीहरुका लागि वडावडामा गएर आज शुक्रवारबाट पिसिआर परीक्षण गर्नु भएको छ । उपमहानगरपालिका भित्रमा कोरोना संक्रमितको संख्या केहि दिनदेखि लगातार बढ्दै गएपछि त्यसलाई मध्यनजर गरी पिसिआर परीक्षण गर्न लागेको बताइएको छ ।
ज्वरो आएका, रुघाखोकी लागेका तथा कोरोना पोजेटिभ भएका व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुलाई पिसिआर परीक्षण गर्न लागेको जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले जानकारी गराएका छन् । उनले भने, ‘कोरोना भाइरस मानव विनासकारीको रुपमा फैलिंदैछ, यसलाई न्यूनिकरण गर्नका लागि र बच्न र बचाउनका लागि पिसिआर परीक्षण गरी पोजेटिभ व्यक्तिलाई आइसोेलेसनमा राख्न बाहेक कुनै विकल्प छैन ।’
उनले नगरवासीहरुलाई आग्रह गर्दै स्वस्थ्य निर्देशनालयले निर्देश गरेको मास्क तथा सेनिाइटरको प्रयोग र जथाभावी रुपमा घुमफिर नगरी पालना गर्न सबैमा आग्रह समेत गरेका छन् ।
उपमहानगरपालिकाले जेठ १४ गते शुक्रवारदेखि २१ गतेसम्म विभिन्न वडाहरुमा पिसिआर परीक्षण टोली खटिएको छ । आआफ्ना पिसिआर परीक्षण गराई टोलीलाई सहयोग गरी दिनका लागि उनले आग्रह समेत गरेका छन् ।

Monday, May 24, 2021

प्रदेश सरकारद्वारा पत्रकारहरुलाई सुरक्षा समाग्री हस्तान्तरण

जनकपुरधाम, १० जेठ । प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्रालयले यहाँका पत्रकारहरुलाई सोमवार सुरक्षा समाग्रीहरु उपलब्ध गराएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले नेपाल पत्रकार महासंघ प्रदेश २ समितिलाई र आठवटै जिल्लाका कार्य समितिलाई थर्मोगन एकथान, अक्सिमिटर एकथान हस्तान्तरण गरेका छन् । त्यस्तै  एकजना पत्रकारलाई सर्जिकल मास्क ५० पिस, केएन ९५ मास्क १० पिस, सेनिटाइजर सय एमएलको दुईवटा बोतल, ग्लोभ्स २ वटा, फेस शिल्ड २ वटा हस्तान्तरण गरेका हुन ।
कोभिड १९ को संक्रमण हुनबाट जोगाउने उद्देश्यका साथ मिडिया काउन्सिल मार्फत आन्तरिक मामिला तथा कानून मन्त्रालयले आठवटै जिल्लाका पत्रकारहरुलाई सो सामाग्री उपलब्ध गराएको हुन ।
मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराई र प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले मन्त्री यादव मार्फत सो सामाग्री नेपाल पत्रकार महासंघ २ का अध्यक्ष राजेश कर्ण र धनुषा उपाध्यक्ष अवधेश कामतलाई हस्तान्तरण गराएका हुन ।
सुरक्षा समाग्री हस्तान्तरण गर्दै मन्त्री यादवले भने, ‘फ्रन्टलाईमा कार्य गर्ने पत्रकारहरुको सुरक्षाको दायित्व समेत प्रदेश सरकारको रहेको छ । यो समाग्री पर्याप्त छैन, तर आउने दिनमा पनि सहयोग रहनेछ ।’ कोरोना रोगबाट दुईजना पत्रकारको मृत्यु भएको परिवारजनलाई मन्त्री परिषद्को बैठकबाट राहत उपलब्ध गराउने मन्त्री यादवले अश्वासन समेत दिएका छन् ।
यता मिडिया प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले पहिलो चरणमा यी समाग्रीहरु ८ सय पत्रकारहरुलाई दिइने जानकारी गराएका छन् ।
स्मरणीय के छ भने केही दिन अघि नेपाल पत्रकार महासंघ प्रदेश समितिले आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सुरक्षा समाग्रीको माँग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।



Wednesday, May 19, 2021

लोकप्रिय बन्दै डा. सिंहको जन—आरोग्य कार्यक्रम

जनकपुरधाम, ५ जेठ । कोरोना महामारी रोगको विशेष जानकारीका लागि काव्य होस्पिटलका सञ्चालक डा. सुधेन्सु सिंह (एस.के.सिह) प्रत्येक साँझ ७ः३० बजेदेखि ८ः ३० बजेसम्म जन—आरोग्य शुभारम्भ गरेको छ ।
आफन्त नेपालका संयोजक जय प्रकाश मण्डलको विशेष योगदान र प्रदेश साँसद रामअशिष यादवको पहलमा शुरु भएको जन—आरोग्य केही दिनमा निक्कै लोकप्रिय हुन लागेको हो । बन्दाबन्दी अवधिमा घरमै बसेर भर्जुलमार्फत यसमा हुन सकिन्छ ।
करीब एकघण्टासम्म चल्ने यो कार्यक्रममा कोरोनाबाट कसरी बच्न र बचाउन सकिन्छ, यसको लक्ष्मणहरु के के छन्, कस्तो अवस्थामा पिसिआर जाँच गर्न र गराउन सकिन्छ, औषधी लिंदा लिनुपर्ने सावधानी, घर बस्दा अपनाउनुपर्ने तरिका, मास्क र सेनिटाइजरको प्रयोग, खानपान लगायत मनमा उब्जिएका प्रश्नहरु सोध्न सकिन्छ ।
कार्यक्रममा सहभागी हुनका लागि आफन्त नेपालका संयोजक जय प्रकाश मण्डलको मोवाइल नं. ९८४४०२५९५० मा सम्पर्क गर्न सकिन्छ ।
कोरोना रोग विशेष गरी नाक, मुख र आँखाबाट सर्ने गरेको विश्व स्वस्थ्य संगठनको दावी छ । त्यसैले यस कार्यक्रममा डा. सिंह लगायत आँखा, मुख र नाकको चिकित्सकहरु समेत सहभागी हुने संयोजक मण्डलले बताएका छन् ।


अहिलेसम्म यस कार्यक्रममा ५० जना सहभागी मात्र हुने गरेको उनले बताए । संयोजक मण्डलले भने, ‘मानव जीवन अमूल्य हो । कोरोना रोगको अगाडिमा कोही पनि साना र ठूला व्यक्ति हुन्न । त्यसैले कोरोनलाई जित्ने उद्देश्यले यो कार्यक्रम शुभारम्भ गरेका हौं ।’
जन आरोग्य कार्यक्रममा चिकित्सक, वकिल, समाजसेवी, बुद्धिजीवि सहितको सहभागिता रहने गरेको छ ।


Sunday, May 16, 2021

पत्रकार महासंघ प्रदेश २ ले मृतक पत्रकारलाई ५१ हजार दिइने घोषणा


 जनकपुरधाम । नेपाल पत्रकार महासंघ प्रदेश २ को कार्य समितिले पहिलो मिटिङ्गबाट कोरोना संक्रमणबाट मृत्यु भएका रौतहटका पत्रकार मनोज कुमार चौधरी र सञ्चार उद्यमी रमादेवी यादवलाई तत्काल ५१ हजार रुपैया राहत सहयोग गर्ने निर्णय गरेको छ ।
नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष राजेश कुमार कर्णको अध्यक्षतामा आईतवार भएको भर्जुअल मिटिङ्गमा सो प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । भर्जुअल मिटिङ्गमा ११ बुँदामा छलफल गरिएको छ ।
मिटिङ्गबाट पत्रकार कल्याण कोषको स्थापनाका लागि ११ सदस्यीय समिति पनि चयन भएको छ । महासंघका प्रदेश अध्यक्ष राजेश कुमार कर्णको नेतृत्वमा सो समिति चयन हुने भएको छ । त्यसैगरी संक्रमित पत्रकारहरुको शीघ्र स्वास्थ्य लाभको कामना र निःशुल्क रुपमा उपचार हुनुपर्र्ने, दैनिक समाचार संकलन गर्ने पत्रकारहरुका लागि तत्काल सुरक्षा सामाग्रीको व्यवस्था हुनुपर्ने, कार्य समितिको परिचयपत्र बनाउनुपर्ने, खाता सञ्चालन हुनुपर्ने र प्रदेशको आफ्नो वेभसाइट निर्माण गर्नुपर्नेमा छलफल भएको छ ।
त्यस्तै मृतक परिवारका सन्तानहरुलाई निःशुल्क रुपमा पठनपाठनको व्यवस्था हुनुपर्ने, प्रत्येक जिल्ला जिल्लामा पत्रकार स्वस्थ्य बिमा गर्नुपर्र्ने, लोकल्याणकारी विज्ञापनको माँग गर्नुपर्ने रहेछ । त्यसैगरी बन्दाबन्दीको अवस्थामा विशेष गरी प्रिन्टमिडियालाई मध्यनजर गरी प्रेस काउन्सिलमा समयमा पत्रिका नपुग्ने सम्भावना रहेकोले लोकल्याणकारी वापन आउने विज्ञापनको रकम कट्टा नगर्नका लागि पहल गर्नुपर्ने छलफलमा भएको छ ।
तत्काल खाता सञ्चालनका लागि इमेलबाट नै माइन्टिङ्ग तयार गर्ने र असोज मसान्तभित्रमा कार्यालय सञ्चालनमा ल्याउने समेत छलफल भएको हो ।






 

Thursday, May 13, 2021

कोरोनाको आफन्तमा जनकपुरधाममा १५ घरलाई डोजर लगाएर भत्काइयो, पीडितहरु सडकमा

जनकपुरधाम, ३१ बैशाख । कोरोना महामारी रोगबाट बच्न र बचाउनका लागि ‘घरमै बसो, सुरक्षित रहौं’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिई रहेको बेलामा करीब १५ वटा गरीब तथा विपन्न परिवारको घरमा डोजर लगाएर भत्काइएका छ ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ स्थित कुवामा गुठी संस्थानको जग्गामा  ४० वर्षदेखि बस्दै आएका गरीब तथा विपन्न परिवारको घरमा विहिवार साँझतिर डोजर लगाएर भत्काइएको हो । पाँचवटा भ्यानमा डोजर साथ गएका प्रहरीले घर भत्काउँदा उनीहरु घरवार विहिन भएका छन् ।
ती बस्तीमा मुखिया, कुम्हार, यादव, खत्बे लगायतका समुदायहरु बस्दै आएका छन । दैनिक ज्यालादारी गरी गुजरवसर गर्दै आएको घरमा विहिवार डोजर लगाएर भत्काएपछि रातभरि सडकमै सुतेर समय काटेको पीडितहरु बताउँछन ।
गुठी संस्थान जनकपुरले सूचना बिना नै कोरोना महामारी रोगको बेलामा घर भत्काउँदा घरभित्र रहेको खाद्य समाग्री नोक्सान भएको छ भने गाई भैसीलाई पनि चोटपटक लागेको उनीहरु बताउँछन् ।
यता सन्दर्भमा सोही वडाका वडा अध्यक्ष शत्रुधन यादवसँग टेलिफोन सम्पर्क गर्दा आफूलाई थाहा नभएको जवाफ फर्काएका छन । उनले भने, ‘हामीसँग सोधेर घर बनाएको थिए, घर किन भत्काइएको के कारण हो त्यस सन्दर्भमा आफूलाई थाहा छैन ।’
प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले यस सन्दर्भमा प्रशासनसँग बुझि रहेको बताएका छन् ।
यता पीडितहरुले कोरोना महामारी रोग फैलिरहेको बेलामा आफ्नो ज्यूज्यानको सुरक्षाका लागि पत्रकार, मानव अधिकारकर्मी लगायत सम्बन्धित निकायसम्म पुग्न निक्कै गाह्रो भएको गुनासो पोखेका छन् ।




पत्रकार महासंघ प्रदेश २ द्वारा प्रदेश सरकारलाई ज्ञापनपत्र

जनकपुरधाम, ३० बैशाख । नेपाल पत्रकार महासंघ प्रदेश २ ले प्रदेश २ को सरकारलाई पत्रकारहरुको विभिन्न समस्यालाई लिएर विहिवार ज्ञापन पत्र बुझाएको छ ।
पत्रकार महासंघका प्रदेश अध्यक्ष राजेश कुमार कर्णको नेतृत्वमा गएको टोलीले आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई ज्ञापनपत्र बुझाएका हुन । ज्ञापनपत्रका बोधार्थ प्रदेश २ का मुख्यमन्त्री, सामाजिक विकास मन्त्रालय, नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय समिति तथा प्रदेश २ का सबै जिल्लालाई गरिएको हो ।
समाचार संकलनको क्रममा कोरोना संक्रमित भई मृत्यु भएका पत्रकार मनोज कुमार चौधरी र सञ्चार उद्यमी रमादेवी यादवको परिवारलाई तत्काल राहत उपलब्ध गराउनुपर्ने, संक्रमित पत्रकारहरुको निःशुल्क उपचारको व्यवस्थापन हुनुपर्ने ज्ञानपपत्र मार्फत माँग गरेका छन् ।
त्यसैगरी कोरोना संक्रमितको संख्या बढिरहेको बेलामा जनतालाई सुसूचित गराउने उद्देश्यले  ज्यान जोखमिमा राखेर समाचार संकलन, सम्पादन, सम्प्रेषण र प्रसारण कार्यमा संलग्न सम्पूर्ण सञ्चारकर्मीहरुका लागि सुरक्षा सामाग्रीको व्यवस्थापनको माँग समेत गरेको छ । त्यस्तै कोभिड १९ संक्रमणको कारण प्रभावित भएका सञ्चारसंस्थाहरुको विशेष राहत र सम्पूर्ण सञ्चारसंस्थाहरुलाई कोभिड १९ महामारी नियन्त्रण सम्बन्धी विज्ञापनका साथै अन्य लोक कल्याणकारी विज्ञापन उपलब्ध गराई दिन विज्ञप्तिमा उल्लेख रहेको छ ।
यता ज्ञापनपत्र बुझ्दै मन्त्री यादवले पत्रकारहरुको माँग छिट्टै सम्बोधन हुने अश्वासन दिंदै त्यसका लागि प्रदेश सरकारले अघिदेखिनै कार्य गरिरहेको बताएका छन् । उनले भने, ‘ज्ञापनपत्रमा उल्लेख केही माँगहरुको बारेमा प्रदेश सरकारले अघि नै निर्णय लिई सकेको र केही माँग छिट्टै सम्बोधन हुनेछ ।’
ज्ञापनपत्र बुझाउन प्रदेशका उपाध्यक्ष ज्योति झा, सदस्य कैलास दास, संजय राउत, अजय साह, हदिस खुद्दार, प्रतिभा झा गएका थिए ।



Tuesday, May 4, 2021

गोपाल धर्मशालमा ३७ बेडको आइसोलेन्सन

जनकपुरधाम, २१ बैशाख । जनकपुरधाम उपमहानगरपालिका भित्रमा कोरोना संक्रमितको संख्या बढन थालेपछि जनकपरधाम उपमहानगरपालिकाले तत्काल ३७ बेडको आइसोलेसन निर्माण गरिएको छ ।
जनकपुरधाम ४ स्थित गोपाल धर्मशालामा ३७ बेडको आइसोलेसनको निर्माण गरिएको हो । आइसोलेसन निर्माणका लागि जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, उपमेयर रिता कुमारी मिश्र, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तौला, सशस्त्रका प्रमुख लगायतले मंगलवार गोपाल धर्मशालालाई निरीक्षण पनि गरेका हुन ।


जनकपुरधाममा प्रतिदिन सयजनाको हाराहारीमा संक्रमित हुन थालेको छ । यो संख्या निरन्तर बढीरहेकोले त्यसलाई मध्जरनगरी मंगलवारबाट आइसोलेसनको व्यवस्था गर्न लागेको बताइएको छ । उपहानगरपालिकाले तत्काल ५० बेडको आइसोलेसनको व्यवस्था गर्ने लक्ष्य लिएपनि मंगलवार ३७ बेडको आइसोलेसनको व्यवस्था गरेको मेयर लालकिशोर साहले बताएका छन् ।
उनले भने, ‘तीनचारवटा ठाउँहरुको अनुगमन गरिएका छौ. । तर तत्काल गोपाल धर्मशालामा आइसोलेसनको निर्माण पछि अन्य ठाउँमा पनि गर्ने छौं । क्वाइरेन्टाइन निर्माण दोस्रो चरणमा छ ।’