जनकपुरधाम, २५ भदौ । भाद्र २५ गते २०७२ सालमा ‘चलु जनकपुर, भरु जनकपुर’ नाराका साथ गाउँ गाउँबाट सर्वसाधारण जनता जनकपुर पुगेका थिए । ती बेलामा जनकपुरमा कर्फयु लगाइएको थियो । आन्दोलनको रहर नै यस्तो थियो कि कर्फयुलाई वास्ता नगरी तोड्न खोज्दा प्रहरीको गोली लागेर तीनजनाको ज्यान गएको थियो । प्रहरीको गोली लागेर संजय चौधरी, दिलिप यादव र नितु यादवको मृत्यु भएको थियो ।
मधेशवादी दलले संविधान मस्यौदाको विरोधमा आन्दोलन गरेका थिए । यो संविधान विभेदकारी हो । संविधान संशोधन होइन, पुर्नलेखन हुनुपर्ने अडानका साथै आन्दोलन चालेको थियो । घटनाको तीन वर्ष वित्यो । मधेशवादी दलहरुको अनुसार संविधान संशोधन त हुन सकेन । तर मधेशवादी दलहरुले त्यही संविधानलाई स्वीकार गरेर निर्वाचनमा भाग लिए । अहिले प्रदेश २ मा मधेशवादी दलकै सरकार रहेको छ ।
त्यो बेला अहिलेको राष्टिूय जनता पार्टी, नेपाल ६ दलमा विभाजित रहेका थिए । संघीय समाजवादी फोरम पनि आन्दोलतमा नै थियो । अहिले संघीय समाजवादी फोरम र राजपाको प्रदेश २ मा सरकार छ भने फोरम नेपाल संघीय सरकारमा पनि सहभागी छन् ।

रक्षा बन्धनका दिन प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले शहीद परिवारको छोरीबाट राखी बन्धएर निक्कै लोकप्रिय भएका थिए । त्यस्तै अन्य मन्त्रीहरुले पनि शहीद परिवारका बालबालिकाहरुलाई विद्यालय पठाउन भनेर गोद लिएर लोकप्रियता कमाएका थिए । यिनीहरुकै बुवा, छोराले सहादत दिएको दिनमा बोलाउन पनि सकेको छैन । सस्तो लोकप्रियतामा अहिले मधेशवादी दलहरु लागेको स्थानीयहरुको कथन रहेको छ ।
२०७२ भाद्र २५ गतेकै दिनदेखि मधेश आन्दोलन चर्कोको कसैसँग लुकेको छैन । तर अहिले मधेशवादी दलहरु शहीदलाई विर्सेर सत्ता लोलुप्तामा व्यस्त छन । जनकपुरधाममा तीनजना युवाले शहादत दिएका छन् । तर कुनै पनि नेताले उनीहरुका सम्झनामा मेनबत्तीसम्म जलाउन सकेन । उनीहरुलाई श्रद्धाञ्जली अर्पण गर्ने फुर्सद पनि भएन ।
महेन्द्रनगरमा श्रद्धाञ्जली सभा गरेपनि जनकपुरधाममा चर्चाको विषय पनि गर्न सकेको छैन । सत्ता लोलुप्ताले शहीदहरुलाई यसरी नै विर्सेको छ ।नेपाल सरकारले हर्षौल्लास पूर्वक आसिन ३ गतेलाई उत्सवको रुपमा मनाउने तयारी गरिरहेका छन भने राजपाले त्यो दिनलाई कालो दिनको रुपमा मनाउने भन्दै आएका छन् । आज भाद्र २५ गते आन्दोलनको क्रममा शहादत दिएका शहीदहरुलाई कसैले किन सम्झेको छैन सर्वसाधारण जनता आफ्नैमा प्रश्न खडा गरिराखेका छन् ।युवाहरुले आफ्नो शहादत मधेशवादी दललाई सत्तामा बस्नका लागि होइन, अधिकार लिनका लागि दिएका छन ? आखिर किन मधेशवादी दलले वीर शहीदलाई सम्झेको छैन ? सत्ता बाहिर हुँदा शहीदका आफन्तलाई सम्मान गरेर वाहवाही लुट्ने र सत्तामा बस्दा शहीदको सम्झनासम्म गर्न कस्तो विडम्ना हो ।मधेशवादी दलमै महिला संघ, विद्यार्थी संघ, बुद्धिजीवि संघ गठन भएको छ । शक्ति बाँडफाँड हुँदा वा पदका लागि सबैले दावी गर्ने गरेको छ । तर भाद्र २५ गते कसैलाई स्मरण भएन ।
No comments:
Post a Comment