Thursday, March 29, 2018

‘स्वीरेज व्यवस्थापन नहु“दा समस्या’


जनकपुरधाम, १४ चैत । जनकपुर उपमहानगरपालिका भित्रमा ‘स्वीरेज’ व्यवस्थापन हुन नसक्दा स्थानीयवासीको निक्कै समस्या देखा परेको छ ।
एशियाली विकास बैंकको ऋण सहयोगमा यहाँका नाला तथा सडकको निर्माण कार्य तिव्रगतिमा भई रहेको छ । तर ‘स्वीरेज’ (शौचालयको पानी) व्यवस्थापनप्रति कसैको ध्यान नजानु दुःखद कुरा रहेको जनकपुर उपमहानगरपालिकाका पूर्व मेयर बजरंग प्रसाद साहले चिन्ता व्यक्त गरेका छन् ।
पूर्व मेयर साहले भने, ‘जनकपुरधाममा चौतर्फी विकास भई रहेको छ । यो साह्रै खुशीको संकेत हो । वर्षौदेखि राज्यद्वारा अपेक्षित राखिएको जनकपुरलाई स्थानीय सरकार भएपछि विकासले गति लिएको छ । यो अति नै राम्रो पक्ष हो । तर जनकपुरमा नाला र सडक निर्माण भएपनि स्थानीयहरुले शौचालयको पानी कहाँ बगाउने चिन्ता पनि रहेछ ।’ एडिबीको कार्यसँगै नालाको पानी व्यवस्थापनमा पनि सम्बन्धित निकायको ध्यान जानु पर्छ उनले भने ।
पूर्व मेयर साहले जसरी नगरभित्रको पानीको लागि नाला निर्माण गरिएको छ । त्यसरी नै शौचालयको पानी निकासका लागि पनि छ्ुट्टै नाला निर्माण गर्नुपर्ने सुझाएका छन् । यो एकीकृत परियोजना अन्तर्गत नै हुनुपर्दछ उनलेभने, ‘नगरको पानी बग्ने नाला जस्तै ‘स्वीरेज’को व्यवस्थापनका लागि चेम्बर निर्माण हुनुपर्छ । जगहजगहमा पाइप बिछ्याएर घरघरबाट शौचालयको पानीको निकासद्वार दिनुपर्ने पर्दछ ।’
उनले वर्षाको पानी जसरी नालासँग बग्छन् त्यसरी नै शौचालयको पानीको निकासमा सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ । तत्काल समस्या नआएपनि पाँचवर्षमा ठूलो समस्या बनने बताएका छन् । उनले भने, ‘जनकपुरमा पैसाको कमी छैन । काम गर्नेुपर्ने र योजना बनाउने ठूलो समस्या रहेको छ । कम्तिमा शौचालयको पानी व्यवस्थापन भएमा मात्र जनकपुरलाई व्यवस्थित बनाउन सकिने उनले जिकिर गरेका छन् ।

No comments:

Post a Comment