Wednesday, March 14, 2018

नगरपालिकामा उपमेयरद्वारा तालाबन्दी


जनकपुरधाम, २९ फागुन । हंसपुर नगरपालिकाका उपमेयर रेणु झाले नगरपालिकाको कार्यालयमा मंगलवार तालाबन्दी गरेको छ ।

मेयर रामज्ञान मण्डलले उपमेयर झाको सूचना नदिई गोप्य रुपमा विशेष मिटिङ्ग गरी नगरपालिकालाई सार्ने प्रयास गरेपछि मेयर झाले नगरपालिकामा ताला लगाइएको हो ।
हंसपुर नगरपालिकाको कार्यालय अहिले बघचौरामा रहेको छ । तर मेयर मण्डलले कार्यालय समय बाहेक साँझतिर वडा नं. ७ को अध्यक्षको अध्यक्षतामा विशेष मिटिङ्ग बसाएर कार्यालय सार्नेका लागि निवेदन दर्ता गराएपछि आफूलाई थाहा भएको उपमेयर झाले बताएका छन् ।
उपमेयर झाले आफूलाई मिटिङ्ग सम्बन्धी जानकारी किन नगराएको मेयरलाई सोधेपछि मेयर मण्डलले दुई तिहाई बहुमत पुगिसकेपछि उपमेयरलाई बोलाउनु आवश्यकता नरहेको जवाफ फर्काएपछि आफूले नगरपालिकामा तालाबन्दी गरेको बताएकी छन् । तालाबन्दी र घटनासम्बन्धी जिल्ला प्रशासन कार्यालयमा समेत सूचना पठाई सकेको उपमेयर झाले भनेका छन् ।
उपमेयर झाले बघचौराका स्थानीयवासीहरुले निक्कै आक्रोशित देखिएको थियो । नगरपालिकामा ताला नलगाएको भए स्थानीयवासीहरुले अप्रिय घटना समेत घटाउन सक्ने सम्भावना देखिएको बताएकी छिन् । नगरपालिकालार्य बघचौराबाट हंसपुर सार्न निवेदन परेको छ ।
नगरपालिकाका मेयर रामज्ञान मण्डलले कार्यपालिकाको १८ जना सदस्य मध्ये ९ जनाले कार्यालयको लागि निकाल टोल प्रस्ताव गरेको र आफु निर्णनायक वन्दै निकाल टोललाई हंसपुर नगरपालिकाको निकाल टोललाई कार्यालय स्थापना गर्नेै निर्णय गरिएको वताए ।मेयर मंडलले भने ‘स्थानिय सरकार संचालन ऐन अनुसार एकतिहाई बहुमत पुरयाएर ल्याइयो भने आफुलाई निर्णय गर्न सकने अधिकार छ ।जनताको सुविधा अुनसार जहा पनि कार्यालय स्थापना गर्न सकिने अधिकार रहेको मेयर मंडलको भनाई रहेको थियो ।
हंसपुर नगरापलिका कुनै पनि निर्णय गर्दा उपमेयरलाई पनि सोधखोज किन नगरेको भनि उपमेयर झाले मेयर मंडलमाथि प्रश्न तेर्साउदै मेयर मंडलले आफुलाई एक्लै निर्णय गर्न सक्ने अधिकार रहेको र उपमेयरलाई नबोलाउदा पनी हुने जवाफ दिएपछि उपमेयर झाले दुइ तिहाईको वहुमतमा आफु नभएपनि हुने भएपछि कार्यपालिकाको तालावन्दी आफुले गर्ने चेतावनी दिएकि थिइन ।
हंसपुर नगरापालिका विवाद भइरहदा नगरपालिकाका वार्ड अध्यक्षहरु दुइ खेमामा विभाजीत हुदै होहल्ला गर्न थालेपछि हात हालाहालको स्थिति समेत सृजना भएको थियो ।  स्थिती तनावग्रस्त भएपछि प्रहरी र्सकटिंग गरेर मेयर मंडललाई नगरपालिकाको कार्यालय स्थलबाट बाहिर निकालेका थिए । नगरप्रमुख नियुक्त भएपछिको छउ महिनाको भित्रमा कार्यालय सार्ने वा नया नमाकरण गर्ने समय सिमा तोकिएको छ । सोहि समय सिमा वित्नमा तीन चार दिन मात्र बाकि रहेकोले हतार हतारमा मेयर मंडलले हंसपुर नगरपालिकाको कार्यालय निकाल सार्ने निर्णय गराएको आरोप लगाइएको छ ।

No comments:

Post a Comment