Thursday, March 15, 2018

स्नेहा घटना झन बन्दै पेचिलो


जनकपुरधाम, ३० फागुन ।  धनुषा धवौलीकी १९ वर्षिया युवती स्नेहा यादव बेपत्ता भएको घटना झनै पेचिलो बन्दै गएको छ ।
बेपत्ता भएकी युवती यादवको पिता दिलिप कुमार यादवले आफनो छोरीको अन्त्यष्टी गरिसकेको दावी गरिदै आएपनि प्रहरीले सो को प्रमाण फेला नपरेसम्म स्नेहालाई मृत भन्न नसकिने अभिव्यक्ति दिएको छ । प्रहरीको यो अभिव्यक्तिपछि फागुन ९ गते देखि बेपत्ता रहेकी स्नेहाको घटना झन झन पेचिलो बन्दै गएको हो ।
धनुषाको शहिदनगर नगरपालिका वडा नं ७ धवौली निवासी र हाल जनकपुरधाम वडा नं २ वकिल टोल रहँदै आएको दिलिप कुमार यादवको एक छोरा र एक छोरी मध्ये छोरी स्नेहा यादव गत फागुन ९ गते देखि हराईरहेकी छिन ।
यता काठमाडौंको नासा कलेजमा कक्षा १२ मा अध्ययनरत १९ वर्षीया स्नेहाकुमारी यादवलाई उनकै बाबुआमाले चरम यातना दिएर हत्या गरेको आशंका प्रहरीले गरेको छ ।‘छोरीलाई सम्झाउने क्रममा फागुन ८ गते ठुलै झगडा भएको र सोहि साँझ नै आमाबुवाको चरम यातनाले स्नेहाको मृत्यु भएको घटनाको अनुसन्धान गरि रहेका एक प्रहरी अधिकारीले आशंका व्यक्त गरेका छन । यद्यपि घटनामा आमाबुवाको नै हात रहेको कुरा आधिकारीक पुष्टि हुन सकेको छैन ।
छोरीको हत्या प्रकरणमा पक्राउ परेका स्नेहा यादवका पिता दिलिप यादवले छोरी बिरामी रहेको र उपचारका लागि भारत लैजाने क्रममा बाटोमै मृत्यु भएपछि उतै दाहसंस्कार गरेको बताएपछि प्रहरीलाई हत्याको शंका लागेको वताइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक चक्रवहादुर सिंहका अनुसार घटनालाई अहिले वेपता मानिएको छ । यसै प्रकरणको अनुसन्धानका लागि दिलिप यादवलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा विरामीको अवस्थामा मृत्यु भएको र आफुले दाहसंस्कार गरेर आएको बयान दिएको वताए । उपरिक्षक सिंहले कहाँ जलाइएको र के रोग लागेको थियो त्यसको सम्बन्धमा अनुसन्धान भइरहेकोले अहिले नै भन्न सकिने अवस्था नरहेको तथा छिटै नै घटनाको सत्यतथ्य सार्वजनिक गर्ने वताए ।
बेपत्ता रहेकी स्नेहा यादव काठमाडौँ स्थित नासा कलेजमा कक्षा १२ मा अध्यनरत रहेकि थिइन तर कलेजले स्नेहाको विषयमा गुनासो गरेपछि दिलीप आफैं काठमाडौं पुगेर फागुन २ मा जनकपुर ल्याएका थिए । घरमा ल्याएपछि स्नेहा र बाबु दिलीपबीच दिनहुँ विवाद भइरहन्थ्यो छिमेकीहरु बयान दिएका छन । विवाद के विषयमा  हुने गथ्र्यो विषयमा हुने गथ्र्यो यो कुरा खुल्न सकेको छैन ।
स्रोतका अनुसार नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रको यसभन्दा अघिका प्रमुख विनोद यादवका छोरा संग दिलिप यादवले विवाहको पक्का पक्की गरेका थिए । प्रहरी स्रोतका अनुसार छोरी र पिता विच ठुलो अवाज आउने गरि विवाद हुने गरेको र यसबाट स्थानीयवासीहरु आतंकित बनेका थिए तर स्थलगत रिपोर्टिंगको क्रममा स्नेहाका छिमेकिहरुले यस विषयमा केहि बोल्न चाहेका छैन । यता दिलिप यादवले घर भाडा लिएको घरमुली महिला ज्ञानुका अनुसार दिलिप यादवको आफुहरुसंगको राम्रै व्यवहार रहेको थियो । घरमा विवाद हुने गरेको कुराबाट उनले असहमती जनाइन ।
नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण शाखाको भानु चौक स्थित फयुज शाखामा कार्यमा तोकिएको हेल्पर दिलीप यादव कार्यालयले भने अनुसार काम गर्ने गरेको नेपाल विद्युत प्राधिकरणका प्रमुख सुर्यनारायण मण्डलको भनाई रहेको छ । यता प्राधिकरणका प्रशासकिय अधिकृत सर्वजित कुमार चौधरीका अनुसार उनी हप्तामा एक दिन आउने र एक हप्ताको हाजिरी एकै चोटी गर्ने गरेको बताए । प्रहरीको अनुसार सधैं विवाद हुने घर सुनसान रहेको र बाबुआमा समेत सम्पर्क विहीन भएपछि स्थानीयले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए । स्थानीयले दिएको जानकारी पछि प्रहरीले खोजवीन गर्दा शंकास्पद वुझेर दिलिप यादवलाई पक्राउ गर्दा उनले बिरामी छोरीलाई उपचारका लागि भारत लै जाँदा बाटोमै मृत्यु भएको बताए पनि त्यसपछिका सबै कानुनी प्रक्रिया छलेको र पोस्टमार्टमका लागि अस्पताल पनि नलगिएको अवस्थामा घटना शंकास्पद बनेको जिल्ला प्हरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रवीण धितालको भनाई रहेको छ । मृत्यु भएलगत्तै हतार(हतारमा जलाइएको, बाबुआमा नै फरार भएको जस्तो शंकास्पद स्थितिका आधारमा पक्राउ परेका दिलीपबिरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । घटनापछि दिलीप सिरहास्थित ससुराली घरमा लुकेर बसेका थिए । उनलाई आइतबार जिल्ला अदालतमा पेश गरेर अनुसन्धानका लागि म्याद थप लिएको डीएसपी धितालले बताए । स्नेहालाई जलाउन बुवा दिलीपले भाडामा लिएको गाडीका चालकको प्रहरीले खोजी गरिरहेको छ । गाडी तथा गाडी चालक फेला परेपछि घटना सम्बन्धमा थप विवरण आउने प्रहरीको विश्वास छ ।

No comments:

Post a Comment