Wednesday, March 14, 2018

धनुषामा घरेलु हिंसा ५० प्रतिशत घट्यो


जनकपुरधाम, २९ फागुन । धनुषा जिल्लामा घरेलु हिंसा र सामाजिक हिंसामा गत वर्षको तुलनामा यस वर्ष ५० प्रतिशत कमी आएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको तथ्यांक अनुसार आ.ब. २०७३÷०७४ मा भएको घरेलु तथा सामाजिक हिंसा निक्कै घटौती भएको देखिएको छ ।
तथ्यांक अनुसार गत वर्ष कुटपिट सम्बन्धी २३८ वटा उजुरी परेको थियो भने यस वर्षको माघसम्ममा १०४ वटा उजुरी मात्र परेको छ ।  घरेलु हिंसा अन्तर्गत कुटपिट, खानालाउन नदिएको, बहुविवाह, दाइजो, घरनिकाला, आर्थिक, पुरुष पीडित, अंश सम्बन्धी, धाकधम्की, नागरिकता÷विवाह दर्ता, गाली गल्लौज रहेको छ ।
आ.ब. २०७३।०७४ मा जम्मा उजुरी ५०२ परेको थियो । ती मध्ये मातहत २३ वटा पठाएको, २२५ वटा मिलापत्र भएको, ५ वटा अदालत गएको र २४९ बाँकी रहेको तथ्यांकमा उल्लेख रहेको छ ।त्यस्तै यसवर्षको माघ समान्तसम्मा जम्मा उजुरी २५७ परेको छ । ती मध्ये मातहत १ वटा पठाएको, ७९ वटा मिलापत्र भएको, २ वटा अदालत गएको र १७५ बाँकी रहेको उल्लेख रहेको छ ।
त्यसैगरी समाजिक हिंसातर्फ आ.ब. २०७३÷०७४ मा जम्मा २६४ वटा उजुरी परेको छ । ती मध्ये मातहत १३ वटा पठाएको, ९९ वटा मिलापत्र भएको  र ११२ वटा बाँकी रहेको थियो । यस आ.ब.मा एउटा पनि मुद्दा अदालतमा गएको थिएन ।
यस वर्षको माघ मसान्तसम्ममा जम्मा उजुरी १४७ वटा परेको छ । ती मध्ये मातहत पठाएको ७, मिलापत्र भएको ३३ र अदालतमा ५ वटा गएको तथ्यांकमा उल्लेख रहेको छ ।
सामाजिक हिंसा अन्तर्गत कुटपिट, गाली बेइज्याती, शा.मु. सम्बन्धी, अपशब्द तथा दुव्र्यवहार, किशोर किशोरी भाग्ने, जग्गा जमिन, बोक्सीको आरोप, धाकधम्की रहेको छ ।

No comments:

Post a Comment