Monday, March 26, 2018

सडक विस्तारमा पर्ने मठ मन्दिर पनि हटाइने



जनकपुरधाम, ११ चैत । सडक विस्तारको क्रममा पर्ने मठ मन्दिरहरुलाई पनि हटाइने जनकपुर उपमहानगरपालिकाका उपमेयर रिता कुमारी मिश्रले बताएकी छिन् ।
उपमेयर मिश्रले भने, ‘शुक्रवार बोर्ड मिटिङ्ग बसेको थियो । बोर्डमिटिङ्गमा शनिवार गरिएको तोडफोडको समिक्षा गरिएको छ । ती समीक्षा बैठकमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।’ समिक्षा बैठकमा नै सडकमा पर्ने धार्मिक मठ मन्दिरहरुलाई के गर्ने बहस पनि जोरसोरले चलेको उनले बताएकी छन् ।
उपमेयर मिश्रले सार्वजनिक मठ मन्दिरलाई तत्काल नहटाउने, तर निजी मठ मन्दिरलाई पहिला सूचना दिने, त्यसपछि पनि नमानेमा डोजर भिडाएर हटाउने छलफल भएको बताएकी छन् । उनले नगरभित्रमा कम्तिमा त्यस्ता १५ वटा भन्दा बढी मठ मन्दिर रहेको छ । ती सबैलाई हटाउने छलफल भएको दोहोर्याएकी छन् ।
उपमेयर मिश्रले यस सन्दर्भमा अहिले छलफल मात्र भएको छ, तर निर्णय शुक्रवार बोर्डमिटिङ्गबाट गरिने छ । सडक विस्तारको क्रममा थोरै सार्वजनिक मन्दिरहरु छन् । सबैले जाने, पूजापाठ गर्ने मन्दिरलाई तत्कालन कुनै पनि हालतमा नहटाउने जिकिर पनि गरेकी छन् ।
उनले जनकपुरका जनता विकास चाहि रहेको स्पष्ट देखिएको छ । जनताको भावना विपरित उपमहानगरपालिकाले कुनै कार्य नगर्ने भन्दै सबैको सहयोगमा नै विकास सम्भव रहेको बताएकी छिन् । उनले अहिले जनकपुर उपमहानगरपालिका एशियाली विकास बैंकको ऋण सहयोगमा सडक तथा नाला निर्माणको कार्य भई रहेको छ । एडिबीको निर्माण कार्यमा पर्ने सडक मापदण्ड अनुसार पुरा भएपछि अर्को कार्यमा हात लगाउने समेत बताएकी छन् ।
 जनकपुर उपमहानगरपालिकाले शनिवार जनकचौकदेखि रेल्वे स्टेशनसम्मा डोजर भिडाएर तोडफोड गरेपछि स्थानीय घरधनीहरुले आईतवारदेखि धमाधम तोड्ने कार्य गरिरहेका छन् । घरधनीहरुलाई घर भत्काउनका लागि जनकपुर उपमहानगरपालिकाले सात दिनको अल्टिमेटम दिएका छन् ।

No comments:

Post a Comment