Friday, March 16, 2018

नेपाल रेल्वेको स्टेशन र प्लेटफर्मको अस्सी प्रतिशत कार्य सम्पन्न



जनकपुरधाम, १ चैत्र । जनकपुर जयनगर नेपाल रेल्वेको स्टेशन र प्लेटफर्मको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको जनाइएको छ ।
भारतबाट सवारी साधन लगायतको सामाग्रीहरु ल्याउनमा ढिलो हुँदा समयमा कार्य सम्पन्न नभएपनि अक्टुर २०१८ सम्ममा कार्य सम्पन्न गर्ने गरी कार्य भई रहेको रेल विभाग जनकपुर साइटका प्रमुख ई. विनोद कुमार ओझले बताएका छन् ।

भारत सरकारको सहयोगमा रेल्वेको निर्माण कार्य भई रहेको छ । पहिलो चरणमा जनकपुरदेखि जयनगरसम्मको कार्य भई रहेको र ती मध्ये स्टेशन र प्लेटफर्मको कार्य ८० प्रतिशत सम्पन्न भई सकेको इन्जिनियर ओझाले दैनिक जनकपुरलाई बताएका छन् । उनले जनकपुर स्टेशन, परवाहा, देउवरी, महिनाथपुर लगायतको कार्य तिव्रगतिमा भई रहेको छ । सोही गतिमा लिक बिछ्याउने कार्य पनि भई रहेको उनले जिकिर गरेका छन् ।
धनुषा र महोत्तरी जिल्लामा छुट्टाछुट्टै निर्माण कम्पनीले काम गरिरहेको छ । जनकपुरदेखि पूर्वको गाउँ कपिलेश्वरमा रेल्वेको काम भइरहेको छ । कपिलेश्वरदेखि पूर्व इनर्वासम्म नायक इन्फ्रा कन्सटूक्सन कम्पनीले काम गरिरहेको छ । महोत्तरीमा कालिका रमण कन्सटूक्सनले निर्माण गरिरहेको छ ।
ठेक्का भइसकेको कामहरु तीव्र गतिमा भइरहेको रेल विभाग साइट कार्यालय जनकपुरले जनाएको छ । भारतीय सीमामा पर्ने जयनगर स्टेशन निर्माणको काम करिब तीन चौथाई पूरा भइसकेको जनाइएको छ ।
ठेकेदार कम्पनीहरु नेपाली भएपनि कन्सलटेन्ट कम्पनी भने भारतको इरिकन इन्टरनेशनल रहेको छ । इरिकन इन्टरनेशनलको निगरानीमा रेल्वे विस्तार कार्य अघि बढिरहेको रेल विभाग जनकपुर साइटका प्रमुख ई. ओझाले बताएका छन ।  

No comments:

Post a Comment