Sunday, April 1, 2018

साइकलमा चढेर, गुम्तीमा बसेर प्रदेश चलाउन तयार छौं ः मन्त्री सोनल


जनकपुरधाम, १७ चैत । भौतिक योजना तथा विकास मन्त्री जितेन्द्र सोनलले संघीयता बचाउनका लागि साइकलमा चढेर र गुम्तीमा बसेर कार्य गर्नका लागि तयार रहेको बताएका छन् ।
मधेशी पत्रकार समाज नेपालद्वारा आयोजित प्रादेशिक भेलामा मन्त्री सोनलले संघीयता कसैको कृपा र दानमा आएको छैन । सैकडौ मधेशी जनताको बलिदानीबाट संघीयता आएको हो । तर प्रदेश २ बाहेक कसैले संघीयता नचाहेको बताएका छन् । उनले भने, ‘ यो संविधान अधुरा, अपूर्ण, खोटपूर्ण र अपांग संविधान हो । प्रदेश त बनाइएको छ । तर प्रहरी र कर्मचारी भर्ना गर्न सकिदैन । भौतिक पूर्वाधार प्रदेशको हाथमा छैन । यो कस्तो विडम्बना हो ।’ संघीय सरकारले केही नदिएपनि साइकलमा चढेर र गुम्तीमा बसेर कार्य गरी संघीय बचाउने छौं । समृद्धि प्रदेश निर्माण गर्ने छौ उनले जिकिर गरेका छन् ।
उनले संघीय सरकारलाई चेतावनी दिदै भने, ‘अब कुनै पनि हालतमा अन्याय सहदैनौ र याचना पनि गर्दैनौं । अधिकार पहिला पनि लडेर लिएका छौं र अगामी दिनमा पनि लडेर लिनेछौं ।’मन्त्री सोनलले यो प्रदेशमा धेरै चुनौतीहरु छन् । केन्द्रले जनकपुर चुरोट कारखाना र वीरगञ्जको जुट मिल संचालनमा असफल रह्यो । तर प्रदेश सरकारलाई स्वामित्व दिएमा सञ्चालन गरेर देखाउने छौं ठोकुवा गरेका छन् । उनले यो प्रदेश कुनै खिराको बतिया होइन, जतिखेर पनि टिपेर लग्न सकिन्छ । यस प्रदेशको भूभागको ‘जमीनको कन’ पनि अरु प्रदेशमा दिन्न बताएका छन् । उनले यस प्रदेशलाई सवल, सक्षम र समृद्धि प्रदेश बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
आन्तरिक मामिला तथा कानून राज्य मन्त्री सरोज सिंह कुशवाहाले मधेश आन्दोलन र संघीयता ल्याउनमा पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेको छ । त्यसरी नै यस प्रदेशलाई समृद्धि प्रदेश बनाउनमा सरकारको गतिविधि सम्बन्धी कलम चलाई दिनेछ आशान्वित रहेको बताएका छन् । उनले प्रदेशका जनताले शान्ति सुरक्षा जुन रुपमा अनुभूति गर्नुपर्ने थियो त्यो भई रहेको छैन । यसका दोषी संघीय सरकार रहेको बताएका छन् । उनले भने, ‘प्रहरी प्रशासन, कर्मचारीहरु संघीय सरकारको मातहत छ । संघको निर्देशनमा उनीहरु कार्य गर्दैछन । यस्तोमा शान्ति सुरक्षाको अनुभूति राज्यले दिन नसक्ने औल्याएका छन् । उनले भने मुलुकमा संघीयता आएपनि संघमा विश्वस्तता छैन । जबसम्म संघको स्पष्ट नीति आउँदैन तबसम्म राज्यमा समस्या रहिरहने बताएका छन् । उनले प्रहरी प्रशासन, कर्मचारी सम्बन्धी प्रदेश सरकारले कानून निर्माणमा लागि सकेका छन् । राज्यको कानून निर्माण पछि प्रदेशका जनताले सबै किसिमबाट शान्ति सुरक्षा अनुभूति गर्ने बताएका
छन् ।
समाजका अध्यक्ष सुभाष कर्णको अध्यक्षतामा भएको प्रादेशिक भेलामा पत्रकार महासंघका अध्यक्ष अनिल मिश्र, सामुदायिक रेडियो प्रसारक संघ प्रदेश २ का अध्यक्ष अशोक दत्त, प्रेस युनियनका पूर्व अध्यक्ष प्रविण शाह, प्रेस चौतारी धनुषाका संयोजक अवधेश कामत, समाजका उपाध्यक्ष दरशथ भण्डारी, वीरेन्द्र रमण लगायतका व्यक्तिहरुले धारणा राखेका छन् ।

No comments:

Post a Comment