Friday, March 16, 2018

चैत्र ९ देखि धरती पुत्र २ सिनेमा हलमा


जनकपुरधाम, १ चैत्र । जनकपुरको सिनेमा हलमा यहि चैत्र ९ गतेदेखि धरती पुत्र २ प्रदर्शन हुन लागेको छ । मैथिली, भोजपुरी र नेपाली सहितको मिक्स भाषामा बनाइएको चलचित्र धरती पुत्र २ जनकपुर सहित देशभरि एक्कै चोटी प्रर्दशन हुन लागेको विहिवार पत्रकार सम्मेलन गरी जनाइएको छ ।

मधेशको समसायिमक राजनीति मधेश मुद्दालाई लिएर निर्माण गरिएको सो फिल्मको पहिल पार्ट प्रदर्शन भई सकेको छ । फिल्मको दोस्रो पार्ट पनि चार महिना अघि नै निर्माण भई सकेको तर सेन्सर बोर्डले रोक लगाएकोले प्रदर्शनमा ढिलाई भएको फिल्मका नायक निराजन मेहताले पत्रकार सम्मेलनमा बताएका छन् ।
फिल्ममा नेपाल भारतका कलाकारहरु अभियन गरेका छन् । करीब ३० लाख नेपाली रुपैयामा निर्माण गरिएको सो फिल्मको छायांकन मधेशको विभिन्न जिल्लामा गरिएको जनाइएको छ । मधेश आन्दोलनको क्रममा नेताहरुले खेलेको भूमिका र मधेशको मुद्दा समाधानको विषयलाई लिएर धरती पुत्र २ निर्माण गरिएको हो । फिल्ममा मधेश, पहाड, हिमालमा बस्ने हामी सबै नेपाली रहेको दर्शाएका छन् । तर आफ्नै मुलुकमा हेर्ने राजनीतिक दलको दृष्टि समेत दर्शाएको फिल्मका नायक मेहताले बताएका छन् ।
फिल्ममा सिके राउत जिन्दावादको नारा दर्शाएकोले सेन्सरसीप रोक लगाइएको थियो तर  त्यो ठाउँमा मधेशी जिन्दावाद राखेर प्रदर्शनमा ल्याइएको पत्रकार सम्मेलनमा बताएका छन् ।
फिल्मको लेखक, निर्देशक निराजन मेहता रहेको छ भने निर्माता उदितनारायण साह रहेका छन् । त्यसैगरी फिल्ममा राजु सर्राफ, निशा अधिकारी, निशा घिमिरे, देव यादव, मदन चौधरी, प्रविन लाभ, ध्रुब कोइराला, पुष्पा पाण्डे, राजकुमार साह र ग्लोरी महन्थाले अभियन गरेको जनाएका छन् ।

No comments:

Post a Comment