Monday, March 12, 2018

योजना सञ्चालनका लागि सर्वे टोली जनकपुरमा




जनकपुरधाम, २७ फागुन खानेपानी तथा सरसफाई मन्त्रालय जनकपुर उपमहानगरपालिकाको सहलगानीमा जनकपुर विकासको लागि आएको करीब दुई अर्ब रुपैयाको योजना सञ्चालनको लागि सर्वेटोली जनकपुर आएको
जनकपुर उपमहा नगरपालिकाले सोमवार पत्रकार सम्मेलन गरी योजनाबारे जानकारी गराउँदै खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव गजेन्द्र ठाकुर सहित चार सदस्यीय सर्वे टोली जनकपुर आएका छन्
सचिव ठाकुरले मन्त्रालय उपमहानगरपालिकाको सहलगानीमा नगरभित्र रहेको २९ वटा पोखरीलाई रामायण कालको संरचना अनुसार जिर्णोद्धार गर्ने रहेको बताएका छन् उनले सौन्दर्यीकरण अन्तर्गत घाट निर्माण, घारमा फुलवारी, पानी शुद्धिकरण, मोटरद्वारा फोहर्रा दिने, मोटरबोट राख्ने पोखरीको चारैतिर सोलारको व्यवस्था गर्ने योजना रहेको बताएका छन् त्यसैगरी नगरभित्रमा सयवटा सुपर डिलक्स शौचालय निर्माण गर्ने त्यसको शुल्क नगरपालिकाले निर्धारण गर्नेछ
त्यस्तै कम्पोनेन्ट अन्तर्गत ५५ किलोमिटर सडक निर्माण रहेको सचिव ठाकुरले बताएका छन् उनले बैशाख गतेबाट सरसफाई अभियान सञ्चालनमा ल्याउने बताएका छन्
सचिव ठाकुरले नगरपालिकाले सम्बन्धित निकायसँग सहकार्य गरेर १५७ हप्तासम्म सफाई अभियान चलाउने बताएका छन् जनकपुर उद्योग वाणिज्य संघ, प्याब्सन, एनप्याब्सन, नागरिक समाजसँग सहकार्य गरेर सफाई अभियानलाई सफल पार्न बताएका छन्
सचिव ठाकुरले तीन वर्ष भित्रमा योजना सम्पन्न गर्नुपर्ने रहेकोले त्यसलाई नै मध्यनजर गरी सर्वेटोली जनकपुर आएको बताएका छन् उनले सर्वेटोलीमा भोगेन्द्र ताम्रकार, दीपक आमत्य, रिसी, रहिराम कण्डा लगायत रहेको बताएका छन्

No comments:

Post a Comment