Wednesday, March 28, 2018

प्रदेश २ मा ६०९ जना डेंगुबाट ग्रस्त


जनकपुरधाम, १३ चैत । धनुषा जिल्लामा २७ जना डेंगुको रोगी पाइएको जिल्ला जनस्वास्थ्य कार्यालयले एक तथ्यांक सार्वजनिक गरेको छ ।
डेंगु ज्वरो व्यवस्थापन सम्वन्धि पत्रकार तथा सरोकारवालाहरुको अभिमुखिकरण कार्यक्रममा जनस्वास्थ्य कार्यालयले तथ्यांक सार्वजनिक गरेको हो । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका र मिथिला नगरपालिकामा डेंगुको विरामी भेटिएको जानकारि गराइएको छ भने प्रदेश २ मा ६ सय ९ विरामी रहेको तथ्य सार्वजनिक गरिएको छ ।
कार्यक्रममा जिल्ला जनस्वास्थय कार्यालयका प्रमुख सचिदानन्द देवले धनुषामा अहिले डेंगुको संक्रमण रुकि सकेको जानकारी दिएका छन । उनले डेंगुको विरामी फेला परेपछि भादो ४ गते देखि खोज र नष्ट गर अभियान चलाएको र अहिले डेंगु रोग नियन्त्रणमा रहेको वताए ।
कार्यक्रममा वरिष्ठ स्वास्थक प्रशासक डा विवेक कुमार लाल डेंगु ज्वरोको नाम सुनेपछि मानिसहरु अतालिने भएको तर यसलाई समयमै उपचार गरे ठिक हुने रोग रहेको वताए । उनले डेंगु ज्वरो एडीज एजिप्टाई जातको लामुखुटेको टोकाईबाट लाग्ने रोग रहेको वताउदै डा. विवेकानन्दले शरिरलाई छोपीने गरि कपडा लगाउनु,थोरै पानी जम्ने ठाउहरुमा पानी जम्न नदिइ समय समयमा सफा गरे डेंगु रोगबाट वच्न सकिने वताए ।
नेपालमा सन २००४ मा पहिलो पटक एक विदेशी नागरिकमा डेंगुको विरामी फेला परेको थियो । त्यसपछि सन २००६ मा तराई र भित्री मधेशका केहि जिल्लाहरुमा डेगुंका विरामीहरु फेला परेको थियो भने सन २००९ मा चितवनमा ९ जना डेंगुका विरामीहरुको पहिचान साथै आसपासका जिल्लाहरुबाट पनि ज्वरोका विरामीहरु उपचारमा आउने क्रम वढेको थियो ।

No comments:

Post a Comment