Thursday, March 29, 2018

यातायात मन्त्री महासेठ आज जनकपुर आउंदै


जनकपुरधाम, १५ चैत । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ मन्त्री बनेपछि पहिलो पटक गृहनगर जनकपुरधाममा शुक्रवार आउन लागेका हुन ।
काठमाडौंबाट शुक्रवार विहान ११ बजे जनकपुर आउने कार्यक्रम रहेको छ । उनी तीन दिन गृहनगर जनकपुरधाममा विभिन्न कार्यक्रममा सरिक हुनेछन ।
यातायात मन्त्री महासेठलाई जनकपुर विमान स्थलमा नै एमाले नेता तथा कार्यकताहरुले स्वागत तथा सम्मान कार्यक्रम राखिएको जनाइएको छ । विमानस्थलबाट उनी सिधै राममन्दिर र जानकी मन्दिर पुगेर पूजापाठ गर्ने कार्यक्रम रहेको एमाले स्रोतले जनाइएको छ ।
शनिवार नै जनकपुर स्थित एमाले पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरुसँग भेटघाट कार्यक्रम राखिएको छ । त्यसैगरी धनुषाको फुलगामामा नेता तथा कार्यकर्ताहरुले सम्मान कार्यक्रम राखिएको छ ।
त्यस्तै साँझ पाँच बजे गणेश युवा कमिटीद्वारा भव्य स्वागत तथा सम्मान कार्यक्रम राखिएको छ । उक्त कार्यक्रममा साँसद, मन्त्री, मेयर, उपमेयरलाई समेत सहभागी हुने कमिटीका अध्यक्ष सुनिल लाल दासले जनाएका छन् । त्यसैगरी भोलीपल्ट शनिवार यातायात मन्त्री महासेठलाई बटेश्वर गाउँपालिकाद्वारा स्वागत तथा सम्मान कार्यक्रम राखिएको जनाइएको छ । त्यस्तै मिथिला नगरपालिका, शिक्षिगर नगरपालिकाद्वारा मन्त्री महासेठलाई स्वागत र सम्मान कार्यक्रम राखिएको जनाइएको छ । त्यसैगरी धनुषाको हरिहरपुरमा शिलान्यसा गर्ने कार्यक्रम रहेको छ । उहाँको पथलैयाको निर्माणाधीन ६ लेन सडकखण्ड निरिक्षण गर्ने कार्यक्रम समेत रहेको एमाले स्रोतले जनाएको छ ।
मन्त्री महासेठको आइतबार राजधानी फर्कने कार्यक्रम रहेको छ । 

No comments:

Post a Comment