Wednesday, March 28, 2018

‘पैसा पचाउन यौन शोषणको बहाना’


जनकपुरधाम, १३ चैत । राष्टिूय जनता पार्टी नेपालका केन्द्रिय सदस्य रमन कुमार सिंहले आफुमाथि लगाइएको यौन शोषणको आरोप भ्रामक तथा कपोलकल्पीत रहेको वताएका छन ।
एक एक स्वास्थ्यकर्मी महिलाले उहाँमाथि यौन शोषण तथा पैसा ग्वाम्म पारेको आरोप लगाएपछि नेता सिंहले पत्रकार सम्मेलन गरी सो आरोपको खण्डन गरेका हुन । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी महिलाले आफुसंग लिएको पैसा पचाउनका लागि नै यस्तो प्रपंच रचेको आरोप सिंहले लगाएका छन ।
उनले पटक पटक गरि गत फागुन १४ गते सम्ममा आफुसँग ६ लाख ३० हजार रुपैया एभरेष्ट वैकंको लकरमा रहेको भारतीय रुपैयासंग साटिदिने भनि लिएर फरार भएको र पैसा दिलाई दिनका लागि आफुले जिल्ला प्रहरी कार्यालय धनुषामा उनी विरुद्ध निवेदन दिएपछि आफुमाथि यौन शोषण जस्तो न्युनस्तरको लाञ्छना लगाएको वताएका छन ।
नेता सिंहले आफुमाथि लगाइएको आरोप प्रमाणित गराइदियो भने जस्तो सुकै जेल नेल भोग्न तयार रहेको दावी गरे ।
नेता सिंहले दिएको जानकारी अनुसार सप्तरी वेल्ही ३ बस्ने रामकृष्ण झाकि छोरी निशा कुमारी झासंग आफनो भेटघाट भएको र आफु नेता भएकोले पटक पटक कानुन वमोजीम कामहरुका लागि आवश्यक पहल गरिदिएको वताए । सोहि क्रममा आफुलाई नेपाली रुपैयाँको भारतीय रुपैयाँ बनाउन आवश्यक भएकोले निशा कुमारी झालाई पटक पटक गरि ६ लाख ३० हजार दिइ भारतीय रुपैयाँ बनाईदिन अनुरोध गर्दा उनले उक्त पैसा लिइ आज भोली भारु बनाइ दिन्छु भनी आल टाल गरी महिनौ विताएपछि फागुन २० मा रकम असुल उपर गराईदिनका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको नेता सिंहले वताए ।

No comments:

Post a Comment