Wednesday, March 7, 2018

‘औपचारिकतामा सीमित नारी दिवस’


जनकपुरधाम, २३ फागुन ।  भनिन्छ भाग्य र र श्रीमतीले साथ दिएको पुरुष नै सफल यो पङ्क्तिलाई विश्लेषण गर्ने हो भने, जीवनमा पुरुष मात्र सफल हुनुपर्छ र उसको सफलता र असफलताको दायित्व महिलाले लिनुपर्छ भन्ने पुरुष मनोविज्ञानको अनुभुति हुन्छ तर समाजको एउटा हिस्सा महिलाहरूको सफलतामा पुरुषको भूमिका रहन्छ वा रहँदैन, महिला सफल हुनुको अर्थ स्वयं पुरुष पनि सफल हुनु हो वा होइन सो विषयमा मौन बनेको छ हाम्रो समाज । तर बुझ्नै पर्ने वास्तविकता महिला र पुरुषले सफल जीवनका लागि एक अर्काको परिपुरक बन्नैपर्छ ।
प्रसङ्ग अन्तर्राष्ट्रिय नारी दिवसको हो । सन् १८५७ को मार्च ८ मा अमेरिकाको न्यूयोर्कमा पुरुष सरह समान ज्यालादर र कार्यस्थलमा काम गर्ने उन्नत वातावरणको माग गर्दै तयारी पोशाक उद्योगका श्रमिक महिलाहरूले आफ्ना अधिकार राज्यद्वारा सम्बोधन गराउन प्रदर्शन गरे । आफ्ना अधिकारप्रति सचेत महिलाहरूले ५१ वर्षपछि सन् १९०८ मार्च ८ मा सन् १८५७ को आन्दोलनप्रति समर्थन गर्दै न्यूयोर्कमा पुनः श्रमिक महिलाद्वारा प्रदर्शन भयो । महिला श्रमिकमाथिको विभेदविरुद्ध छेडिएको सो आन्दोलनमाथि फेरि प्रहरीले व्यापक दमन ग¥यो ।
तर अचेल आएर नारी दिवसको महत्व एक दिनमै सीमित पारिएको महिला नेतृहरुको आरोप रहेको छ । हँसपुर नगरपालिकाकी उपमेयर रेणु झाले संघियताले देशमा बदलाव ल्याएपनि महिलाहरुमा खासै केही बदलाव नल्याएको बताउनु हुन्छ । संघियताका कारण महिलाहरुमा केही चहल पहल बढेको उहाँको कथन रहेको छ ।
तर अर्की नेतृ विभा ठाकुर भने उहाँको भन्दा फरक विचार राख्नु हुन्छ । ठाकुर भन्छिन संघियताका कारण महिलाहरुको विकासमा आमूल परिवर्तन आएको कुरालाई अस्वीकार गर्न सकिदैन ।
उपमेयर झाले भनिन संघियताका कारण बदलाव आएपनि महिलाहरुलाई नेतृत्व तहमा आउनबाट बञ्चित पारिएको छ । महिलाहरुको मुखमा जाबो लगाइएको उनले भनिन ।
झाको भनाईबाट ठाकुर पनि सहमत छिन । ठाकुरले भनिन निति निर्माण तहमा महिला नपुगेसम्म महिलाको अवस्थामा खासै केही सुधार आउन सक्दैन ।
नारी दिवसलाई अहिले नाटकको रुपमा मात्रै प्रस्तुत गरिदैछ उपमेयर झाले आरोप लगाइन । नारीको सम्मान हुने खालको वातावरण बने मात्रै नारी दिवसले सार्थकता पाउने महिला नेतृहरुको भनाई रहेको छ ।
महिला अधिकारकर्मी सरिता शर्मा भन्छिन, ‘महिलाहरु हरेक क्षेत्रमा शोषित एवं पीडित छन् । तर त्यसको दोषी राज्य, समाज र महिला स्वयं छ । महिला दिवस हामी सबै जोरसोर मनाउने गरेको हो । तर महिला दिवसमा गरिएको प्रतिबद्धता एक दिनमा मात्र सीमित हुने गरेको हो । ’ उनी अगाडि थप्छिन, अधिकांश महिला अशिक्षित छन् । अधिकारको बारेमा जनचेतना छैन । राजनीति लगायतको निकायमा आउन मानि रहेको छैन । उनीमाथि घरेलु हिंसा हुँदापनि चुपचाप सहने गरेको हो ।’

No comments:

Post a Comment