Thursday, March 29, 2018

प्रहरी र ई–रिक्सा संचालक बीच तनाव


जनकपुरधाम, १५ चैत । भाडा दरको विरोधमा जनकपुरका ई–रिक्सा सञ्चालकहरु र प्रहरी बीच विहिवार तनाव उत्पन्न भएको छ । ट्राफिक कार्यालय धनुषाले ईरिक्साको दररेट कायम गरेपछि उनीहरुले वर्तमान अवस्थामा यो दररेट मान्य नहुने भन्दै ्आन्दोलित भएका छन । आन्दोलित ई–रिक्सा सञ्चालकहरुले विहिवार जुलुस निकाल्न खोजेपछि प्रहरी र ई–रिक्सा सञ्चालकबीच तनाव उत्पन्न भएको थियो ।
ईरिक्सा संचालकहरु आक्रोशित भएपछि प्रहरीले दुई पटक ई–रिक्सा सञ्चालकहरुमाथि सामान्य लाठी चार्ज गरेको छ ।
जनकपुरको बाह्रविघा मैदानमा सयौंको संख्यामा अटो ई–रिक्सा सञ्चालकहरु रिक्सा सहित भेला भएका थिए । उनीहरुलाई जुलुस गर्न नदिन दर्जनौंको संख्यामा प्रहरी परिचान गरिएको थियो ।
महगाईको समयमा यातायात व्यवस्थापन समितिले तोकेको भाडादर कम भएको र त्यसको कमाईले आफुहरुको घरपरिवार खर्च धान्न मुस्किल हुने ई–रिक्सा सञ्चालकहरु बताएका छन् । उनीहरु भाडादर परिमार्जनको माग पनि गरेका छन् ।
नेपाल स्वतन्त्र अटो ई–रिक्सा मजदुर संघका पूर्व अध्यक्ष मनोज झाले जनकपुर उपमहा नगरपालिका बाहेक देशका अन्य ७६ वटा जिल्लामा ई–रिक्साहरु व्यवस्थित रुपमा सञ्चालन भईरहेको बताउँदै यहाँ जनकपुर उपमहा नगरपालिकाले व्यवस्थापन नै नगरी पटकपटक रिक्सा सञ्चालकहरुलाई झटका दिंदै आएको गुनासो गरेका छन । उनले दररेट निर्धारण गर्ने अधिकार उपमहानगरपालिकाको रहेपनि ट्राफिकले जबरदस्ती दररेट निर्धारण गरेको बताएका छन् । रोड नभई तोकिएको रेट आफुहरुलाई मान्य नरहेको उनले बताएका छन ।
पुर्व अध्यक्ष झाले ३ दिन भित्र आफुहरुको माग सम्बोधन नगरिए चक्का जाम,उपमहानगरपालिकाको कार्यालय र टूाफिक प्रहरी कार्यालयको अगाडी धर्ना दिने लगायतका संघर्षका कार्यक्रमहरु गर्ने चेतावनी समेत दिएका छन ।
मनोमानी ढंगले ई(रिक्सा चालकहरुले यात्रुसँग भाडा असुल गरिरहेको गुनासो आउन थालेपछि टूाफिक कार्यालय धनुषाले मूल्यदर निर्धारण गरेको हो । ई(रिक्साको भाडामा एकरुपता ल्याउनका लागि भाडादर कायम गरिएको टूाफिक प्रहरी कार्यालय धनुषाका प्रमुख हरिनन्दन चौधरीले बताएका छन । उनले धनुषा गत एकसाता अघि धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीप चापागाईं अध्यक्ष रहेको यातायात व्यवस्थान समितिले अटो ई(रिक्साहरुको भाडादर निर्धारण गरेको थियो । उक्त निर्णय कार्यान्वयन गर्न बुधबार जिल्ला टूाफिक प्रहरी कार्यालय धनुषाले एक कार्यक्रमको आयोजन गरी भाडादर सार्वजनिक गर्नुको साथै अटो ई( रिक्साहरुमा भाडादर स्टिकर समेत टाँसेको थियो । नयाँ भाडादर अनुसार जनकपुरधाम नगरभित्र चलाउने ई(रिक्साहरुले ५ रुपैयाँदेखि २५ रुपैयाँसम्म मात्रै भाडा असुल्न पाउने छन ।


No comments:

Post a Comment