Sunday, March 4, 2018

होली हंगाममा ‘निरहुआ निहुरि निहुरि नाचे’


जनकपुरधाम, १७ फागुन । भोजपुरी सुपरस्टार दिनेश लाल यादव ‘निरहुआ’ले विहिवार जनकपुरमा भएको ‘होली हंगामा’ ‘निहुरि निहुरि नाचे’ नाचेको दर्शकहरुले बताएका छन् ।
होलीको सुखद अवसरमा एसराज प्रोड्क्यानद्वारा आयोजित ‘होली हंगामा’ कार्यक्रममा भोजरी सुपरस्टर निरहुआले भोजपुरी गीत गायनबाट दर्शकहरुलाई मनमुग्द पारेका छन् । उनले गायन स्वरमा नै भगवती सीताको नमन र मिथिलाको चर्चा गरी चर्चा कमाएका छन् ।
त्यसैगरी होली हंगामा कार्यक्रममा भोजपुरी नायिका आम्रपाली दुबेले आफ्नो नृत्य मार्फत दर्शकलाई मनमुग्द पारेका थिए । उनले भव्य र सभ्य पूर्वक आफुनो नृत्य प्रस्तुत गरेको दर्शकहरुको भनाई रहेको छ । त्यसैगरी होली हंगामा कार्यक्रममा रोचक घोचकका कलाकार प्रदीप महतोको प्रस्तुति निक्कै प्रशंसनीय रहेको थियो । उनले हस्यव्यंग र नाट्य मार्फत दर्शकको मनमुग्द पारेका थिए ।
त्यसैगरी नृत्यकी सीमा सिंह, सेलिना कुँवर, विजय यादव, सन्तोष राज र नवल पजियारले नृत्य तथा गायन प्रस्तुत गरेका थिए । मैथिली, भोजपुरी, हिन्दी तथा नेपालीमा कार्यक्रम प्रस्तुत गरेको थियो ।

No comments:

Post a Comment