Sunday, March 25, 2018

अटेरी गर्नेको घरमा डोजर चल्यो


जनकपुरधाम, १० चैत । सडक तथा नाला निर्माणको क्रममा जनकपुरधामको शिवचौकदेखि भानुचौकको घरधनीहरुले घर भत्काउनमा अटेरी गरेपछि शनिवार डोजर भिडाएको छ ।
जनकपुर उपमहा नगरपालिकाले सडक तथा नाला निर्माणमा कठिनाई भएको भन्दै मापदण्ड अनुसार चिन्ह लगाएको घरहरु भत्काउन सूचना दिंदै आएका थिए । एक महिनादेखि प्रचार प्रसार तथा पत्र काटने कार्य भई रहेको थियो । तर यसलाई नगरवासीले जनकपुर उपमहानगरपालिकाको कमजारी ठानेकोले बाध्य भएर आज डोजर भिडाउनु परेको उपमेयर रिता कुमारी मिश्रले बताएकी छन् ।

शनिवार विहानैदेखि जनकपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरु, युवा क्लवका पदाधिकारीहरु, नागरिक समाज, प्रशासनिक निकायहरुको सहयोगमा घर भत्काउने कार्य शुरु भएको छ । शिवचौकदेखि भानुचौकसम्ममा करीब सयभन्दा बढीे घरमा डोजन भिडाइएको हो । यो एउटा संकेत मात्र हो, उपमेयर मिश्रले भने ‘घर भत्काउँदा हामीलाई पनि दुःख लागेकै  छ । तर विकासको नाउँमा काँखापाखा गर्न मिल्दैन । सडक र नालाको विकास भएमा यहाँकै व्यापार व्यवसायको विकास हुन्छ ।’

एशियाली विकास बैंकको ऋण सहयोगमा जनकपुर उपमहानगरपालिका भित्र ९ किलोमिटर सडक तथा ३२ किलोमिटर नाला निर्माण योजना छ । योजना अनुसार परिक्रममा सडक भित्र पर्ने घरहरु घरधनीहरु आफै भत्काई सकेका छन् । करीब ३ किलोमिटर बढी सकड निर्माणको कार्य पनि भई सकेको छ । तर आधी किलोमिटर भानुचौकदेखि शिवचौकसम्म पर्ने घरहरु घरधनीहरु भत्काउन नमान्दा बाध्य भएर डोजर भिडाउनु पर्ने नगरप्रमुख लालकिशोर साहले बताएका छन् । मेयर साहले भने ‘सबभन्दा सम्पन्न र बुद्धिजीविहरु भानुचौकेदखि शिवचौककै घरधनीहरु छन । व्यापार व्यवसायमा पनि अगाडि रहेका छन् । तर विकासको नाउँमा आनाकानी गरेकोले दुःख लागेको छ । बाध्यतावस शनिवार डोजर भिडाउन परेको हो ।’

मेयर साहले एशियाली विकास बैंकले नाला र सडक निर्माणका लागि एक अर्ब ९० करोड रुपैया ऋण सहयोग दिएका छन् । जनकपुरवासीहरु विकासप्रति सचेत छन् । केही घरधनीहरुले मात्र यी कुरा बुझेको छैन । अहिले जुन घर भत्काउने कार्य भई रहेको ती सबैको विकासका लागि रहेको बताएका छन् । मेयर साहले शनिवार संकेतको रुपमा मात्र डोजर भिडाइएको हो । सात दिन घर भत्काउने कार्य शुरु नगरेमा फेरी डोजर भिडाउने बताएका छन् ।

त्यसैगरी जनकपुर उपमहानगरपालिका वडा नं. ८ स्थित बसहियाका वडा अध्यक्षको घरमा पनि डोजर भिडाइएको छ ।
जनकपुर उद्योग वाणिज्य संघ र नेपाली काँग्रेस नगर समितिले पनि विकासको कार्यमा उपमहानगरपालिकासँग काँधमा काँध मिलाएर हिड्ने प्रतिबधता समेत जनाएका थिए ।

No comments:

Post a Comment