Monday, March 12, 2018

स्थानीय र प्रदेश सरकारलाई बझाउने संविधान निर्माण ग¥यो ः मुख्यमन्त्री राउत



जनकपुरधाम, २७ फागुन   प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतले वर्तमान संविधान स्थानीय सरकार प्रदेश सरकारलाई बझाउने गरी निर्माण गरिएको आरोप लगाउनु भएको
जनकपुरमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले सम्पूर्ण अधिकार केन्द्र स्थानीय सरकारमा मात्रै वितरण गरिएको हुनाले यो संविधानले प्रदेश सरकार स्थानीय सरकारबिच द्वन्द्व श्रृजना गर्न सक्ने बताए संविधानका अनुसार (साना विकास निर्माणका कार्यहरु गर्नका लागि स्थानीय सरकारलाई बजेट उपलब्ध गराइने तथा ठूल ठूला विकास निर्माणका लागि केन्द्र सरकारले नै बजेट व्यवस्थापन गर्ने हुँदा प्रदेश सरकारका लागि खासै केही अधिकार नछुट्याएको उनको भनाई थियो
उनले दातृ निकाय केन्द्र सरकारसंग समन्वय गरी मात्रै प्रदेश सरकारसम्म बजेट उपलब्ध गराउने भएकोले प्रदेश सरकार अहिले शुन्य रहेको बताए राउतले बजेट व्यवस्थापन जनसंख्याको आधारमा हुनु पर्नेमा जद्धोड दिए राउतले यो देशमा संघियताको भविश्य यसै प्रदेशमाथि टिकेको हुँदा प्रदेश २मा विकास निर्माणका कार्यहरुले गति पाउनु आवश्यक रहेको बताए उनले यसमा केन्द्र सरकारले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए  
कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले प्रदेश प्राकृतिक स्रोत साधनको बाँडफाँडमा समेत पछाडि परेको बताए उनले १५ प्रतिशत मात्रै यो प्रदेशमा वितरण गरिएको बाँकी ८५ प्रतिशत केन्द्र सरकार मातहत मात्रै रहेको हुँदा यो. असमान वितरणमा परिवर्तन ल्याउनु पर्नेमा जोड दिए
भौतिक योजना तथा पूर्वाधार मन्त्री जितेन्द्र सोनलले मन्त्रालयहरुमा बजेट वितरण गर्दा ध्यान पुर्याउनु पर्ने बताए कुन कुन कार्यालय प्रदेश सरकार मातहत रह्ने कुरा स्पष्ट हुनु पर्ने उहाँको भनाई थियो
कार्यक्रममा कानून व्यवस्थापन, राजश्व संकलन, कार्यालय व्यवस्थापन, खर्च संरचना व्यवस्थापन, श्रोत साधनको प्रयोग लगायतको विषयमा छलफल गरिएको थियो कार्यक्रममा प्रदेश २का मन्त्रीहरुको अतिरिक्त सचिवहरुको सहभागिता रहेको थियो

No comments:

Post a Comment