Wednesday, March 28, 2018

पूर्वाग्राही ढंगले भवन तोड्न लगाइयो


जनकपुरधाम, १३ चैत । जनकपुर उपमहानगरपालिकाले पूर्वाग्राही ढंगले सडक विस्तारको क्रममा भवन तोड्न लगाएको जनकपुरकै एक स्थानीयले आरोप लगाएका छन ।
जनकपुरधाम मिल्सएरियास्थित पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय मंगल ठाकुरले जनकपुर उपमहानगरपालिकाले सडक विस्तारको क्रममा पूर्वाग्राही ढंगले आफ्नो घर तोड्न लगाएको आरोप लगाएका हुन । ठाकुरको घरको ठीक सामुन्ने रहेको कृष्ण गिरीको होटेल रामालाई सडक विस्तारको क्रममा नतोडेको र सर्वसाधारण जनताको घरमा मात्रै डोजर लगाएको उनले बताए ।
ठाकुरको छोरा मोती ठाकुरले होटेल रामाको संचालक कृष्ण गिरीसंग मिलोमतो गरेर जनकपुर उपमहानगरपालिकाले आफू गरिब भएकोले आफ्नो घरमा स्काइभेटर लगाइ तोड्न लगाएको र गिरीको होटेलको एक इन्च पनि नतोडिएको दुखेसो पोखे । उनले भने म विकासको बाधक होइन, सडक विस्तारको क्रममा मेरो घर आउँछ भने तुटोस तर सडकको दूबै तर्फ बराबर तोड्नु पर्छ ।
होटेलको पूर्व तर्फ ५ फिट सडकमै पर्दा समेत नतोडिएको, शुभ चोक देखि पश्चिम सडकमै रहेको नालामै घर बनाउँदा समेत नतोडिएको उनले आरोप लगाए । होटेल रामका संचालकले एडिबीको कर्जा सहयोगमा निर्माणाधिन सडक र मिल्स एरियादेखि यदुकोहा सम्मको निर्माणाधिन हुलाकी सडक मिचेको बताए ।

No comments:

Post a Comment