Sunday, March 18, 2018

धनुषामा ७ महिनामा २९ को मृत्यु

जनकपुरधाम, ३ चैत । धनुषामा सवारी दुर्घटनाको संख्या गत वर्षको तुलनामा यसवर्ष बढी भएको छ ।
जिल्ला ट्राफिक कार्यालय धनुषाले दिएको तथ्यांक अनुसार गत वर्ष ८४ वटा सवारी दुर्घटना हुँदा ६५ जनाको ज्यान गएको थियो । तर यसवर्ष ७ महिनामा ९५ वटा सवारी दुर्घटनामा परी २९ जनाको ज्यान गएको तथ्यांकमा उल्लेख छ ।

टूाफिक धनुषाको तथ्यांक अनुसार साउनदेखि माघसम्ममा ९५ वटा सवारी दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ भने ९४ जना गम्भीर घाइते भएका छन र ४९ जना समान्य घाइते भएका छन् । तर गत वर्ष (०७३÷०७४) मा ८४ वटा सवारी दुर्घटना हुँदा ६५ जनाको मृत्यु भएको छ भने ३४ जना गम्भीर घाइते भएको छ ।
ट्राफिकको तथ्यांकमा अहिलेसम्ममा सबभन्दा बढी मोटरसाइकल दुर्घटना भएको र मृत्यु हुनेको बढी संख्या मोटरसाइकल दुर्घटनाकै रहेको छ ।
साउनमा चार सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । त्यस्तै भादौमा ५ वटा दुर्घटनामा परी २ जनाको मृत्यु, असोजमा २० वटा दुर्घटना हुँदा ५ जनाको मृत्यु, कार्तिकमा ३० वटा दुर्घटना हुँदा ३ को मृत्यु, मंसिरमा २९ वटा दुर्घटनामा परी ३ को मृत्यु, पुुसमा १८ वटा दुर्घटना हुँदा ३ को मृत्यु र माघमा ३१ वटा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको उल्लेख रहेको छ ।
जिल्ला ट्राफिक कार्यालय धनुषाले दिएको तीन सालको तथ्यांक अनुसार सवारी दुर्घटना हुनेमा वृद्धि भएको स्पष्ट देखाइएको छ । आ.ब. २०७१÷०७२ मा सवारी दुर्घटनामा ५२ जनाको मृत्यु भएको थियो ।  त्यसैगरी आ.ब. २०७२÷०७३ मा सवारी दुर्घटना परी ४६को मृत्यु भएको हो भने आ.ब. २०७३÷०७४ मा सवारी दुर्घटनामा परी ६५ जनाको मृत्यु भएको छ ।

No comments:

Post a Comment