Friday, March 16, 2018

‘आफूलाई माटोको मुर्ती बनाउन खोजेको हो’


जनकपुरधाम, १ चैत । धनुषाको सबैला नगरपालिकाका उपमेयर निलु देवी कापडले मेयरले आफूलाई माटोको मुर्ती बनाउन खोजेको आरोप लगाएकी छन् ।

जनकपुरधाममा बिहिवार पत्रकार सम्मेलन गरी उपमेयर कापडले आफूमाथि मिथ्या आरोप लगाई मेयर विजय शंकर साहले राजनीतिक कैरियर बर्बाद गर्न खोजेको आरोप लगाएकी छिन् । उनले नपाको बोर्ड बैठकमा रामपदार्थ कापर (श्रीमान्) लाई बसाउने कुरा नगरेपनि मेयर साहले झुठो आरोप लगाएको दावी गरेकी छन् । मेयर साह नगरपालिकालाई एकलौटी ढंगबाट चालउन र पार्टीको निर्देशनमा काम गर्न खोज्दा विरोध मात्र गरेको उनले बताइन ।
उपमेयर कापडले भने, ‘मेयर साहले ५० लाखको गाडी खरीदका लागि बजेट विनियोजन गरेका थिए । तर आपूmले यत्रो महँगो गाडी नकिन्न र एउटै गाडीमा आवश्यक्ता अनुसार चढन भनेका थियौं । तर मेयर साहले उपमेयरको गाडी किन्नका लागि बजेट नछुट्याएकोले विवाद गरेको झूठो आरोप लगाएको हो ।’ उनले अगाडि थपे ‘मेयर साहले आफ्नो निजी जग्गामा दूर्गा मन्दिर निर्माण गरेर नगरपालिकाबाट नै पाँच लाख रुपैया विनियोजन गर्न खोजेको हो । त्यति मात्र होइन, काँग्रेसबाट शहीद भएको नाउँमा ३ लाख रुपैया अनुमानित बजेटमा राखेको थियो । तर आफूले माओवादीको शहीदहरुलाई पनि राख्न माँग गर्दा आफूमाथि झुठो आरोप लगाएर बदनाम गर्न खोजिएको हो ।’
उपमेयर कापडले आफू नगरको विकास गर्न चाहि रहेका छौं । योजनामा परिवर्तन गरी हिड्ेमा कुनै विवादै हुँदैन । तर नपा अधिकृत राजबाबु पुरासैनी र मेयर साह मिलोमतोमा बजेट विनियोजन गरी नगर परिषदको उद्घाटन गरेको थियो । तर बन्द सत्रमा विवाद हुँदा त्यो पनि स्थगित नै भएको हो ।  उनले सहमति अनुसार योजनामा परिवर्तन गरेर अगाडि बढ्नका लागि आफू अहिले पनि भनि रहेको बताएकी छिन् ।
सबैला नगरपालिकामा ९ वटा वडा रहेको छ । त्यस मध्ये राजपा १, फोरम १, काँग्रेस २ र वामगठबन्धन ९ वटा वडामा विजयी भएको थियो ।  नगरपरिषदबाट ४३ करोडको बजेट विनियोजन गरिएको पत्रकार सम्मेलनमा जानकारी समेत गराएका छन् ।

No comments:

Post a Comment