कैलास दास
जनकपुरधाम । प्रेम भाव र मनोरञ्जनको पर्वको मौलिकता विस्तारै विस्तारै लोप हुँदै गएको छ । मिथिलाञ्चलको गाउँ गाउँमा एक महिना अघिदेखि गाउने होली गीत अहिले सिडी चक्का वा कुनै स्टेजमा मात्र सीमित भएको देखिन्छ । होली गीतको नाउँमा अश्लिल गीतको चलनचल्ती निक्कै देखा परेको छ ।
शिव मठ पर राम खेलैए होली......वसन्त ऋतुको आगमनसंगै श्रीराम पञ्चमी देखि फागु पुर्णिमासम्म मिथिलाञ्चलको घर गाउ टोल छिमेकमा गाउने यस्ता माधुर्यता र प्रेम भाव भएको होली गीत गाउने मानिसहरुको अभावको कारण लोप हुदैँ गएको छ । पहिले पहिले यस्ता फागु गीत जोगिरा वसन्त ऋतुको आगमनसंगै श्रीपञ्चमीदेखि फागु पुर्णिमासम्म गाउँगाउँ र टोलटोल घुमेर फागु पर्वको आगमन भएको बारे गीत गाएर जानकारी दिने परम्परा रहेको थियो ।
तर अब गाउँका युवाहरु वैदेशिक रोजगारको क्रममा खाडी मुलुक गएको गीत गाउने बुढापाखाहरुको अभाव भएको कारण नत त्यति मात्रामा ढोल मृदंग नै बज्ने गरिन्छ । नत फागु गीत नै गाईन्छ । उदास हुदैँ धनुषा लखौरी बस्ने सुरेन्द्र कुमार दास भन्छन् होली गीतमा पहिले कामोत्सवको मर्म धार्मिक र अत्याधिमक विशिष्ठता, जीवनको उमंग, उर्जा, सांस्कृतिको प्रकाश, परम्पराको आधार, पिरती तथा उन्मुक्ति थियो । तर अब भोजपुरी तथा उच्छृंखल गीतहरु आएकाले माधुर्यता र प्रेम भाव मिसिएको होली गीत विरलय सुन्न पाईन्छ ।
“जोगिरा सर....र......र....र.., कौन ताल पर ढोलक बाजे, कौन ताल पर मृदंग........, कौन ताल पर गौरिया नाचे, कौन ताल पर हम ....जोगिरा सर ....र..र..र....” गीत नै सुन्न सकिन्छ । नत मृदंग ढोल डम्फाको स्वर नै सुन्न सकिन्छ ? सांस्कृति एवं ऐतिहासिक पर्व फागुले सुरेन्द्र दासलाई मात्र होईन धनुषाकै सुग्गा निकास बस्ने विल्टु पण्डितलाई समेत प्रभाव पारेको छ । उहाँ भन्नु हुन्छ होलीको पौराणिकता अब हराईसकेको छ । दिनहु जसो हुने झैँ झगडा राग द्वेशको कारण होली गीत गाउन नै छाडिएको छ । भनिन्छ होलीको तर्क, दर्शन, लौकिकतालाई गम्भिरतापूर्वक नलिएकाले अहिलेको होलीमा संकिर्णता छाएको छ । अबको होली होली नभएर भोगवादी र शहरमुखी होली भएकोले यसको पौराणिकतासंग जोडिएको होली गीत लोप भईरहेको छ ।
पहिले पहिले बुढापाखाहरु रात परेपछि गाउँको बीचमा रहेको चौपालमा झ्याल, मृदंग, ढोल लिएर समुहगत रुपमा होली गीत जोगिरा गाउने गर्दथ्यो । तर अब त्यो समय हराएर गएको छ । अधिकांश युवाहरु कामको लागि अरब मुलुक गएकाले होली गीतको संरक्षण र गायन हराउदैँ गएको देखिन्छन् । अबको होली प्रेम र सदभावको नभएर बैराग्य र वैमनस्यतापूर्ण होली भएकोले भांगको ठाउँमा रक्सी, प्रेम र सदभावको ठाउँमा रागद्वेश देखापरेकोले अबको होलीको पौराणिकता र माधुर्यता हराउदैँ गएको हो । धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले अतिमहत्वपूर्ण रहेको होलीले सबै जातजातिलाई प्रभाव पारेको भएपनि होलीको रौनकता नै हराएर गएको छ ।
पहिलेको होलीमा गाउने गीतमा धार्मिक तथा सदभावको संदेश बढी पाईन्थ्यो । तर अब भोजपुरी गीतको सिडी चक्काहरु बजारमा बढी पाउन थालेकोले यस्तो गीतमा अशलिलता फोहर शब्दहरु बढी भएकोले पौराणिक लोप होली गीत लोप हुन थालेका छन् ।
मिथिलाको शहरी क्षेत्र भन्दा ग्रामीण क्षेत्रमा गाउने यस्ता होली गीतमा विशुद्ध रुपमा ग्रामिण होलीको महत्व, त्यस भेगको माटोको मन्दमन्द वासना हुने भएकोले यस्ता गीतको रक्ष गर्नु आजको आवश्यकता रहेको सांस्कृतिविदहरुको भनाई छ ।
पौराणिक होली गीतमा विषय, वासना, प्रेमालाप, सिताराम, शिव पार्वतीमा केन्द्रित भएर जोगिरा गीत गाउने परम्परा रहेको थियो । तर अबको होली गीतमा पश्चीमी सभ्यता, उच्छृंखलता भोजपुरी गीतले कब्जा जमाउन थालेकोले यसको माधुर्यता समाप्त हुदैँ गएको छ । वसन्त ऋतुको आगमनसंगसंगै बसनोत्सव पर्वको रुपमा मनाईने होली पर्वको अवसरमा गाउने जोगिरा लोप भईरहेको यसको संरक्षण तर्फ मिथिला क्षेत्रमा काम गर्ने संस्थाहरु अगाडी आएर यसको पौराणिकता र सांस्कृतिक महत्वलाई संरक्षण गर्नुपर्ने माँग जनकपुरवासीको छ ।
जनकपुरवासीहरु एकै स्वरमा भन्छन् होली यस्तो हुनुपर्छ जसमा महिलाहरु निर्धक्क भएर बाहिर निस्कन सकुन् । त्यसैले जनकपुरलाई एउटा यस्तो आदर्श बनाउ कि देश र दुनियाले होली खोलेस त जनकपुर जस्तो ।

No comments:
Post a Comment