Monday, March 12, 2018

दस दिनभित्र जउमनपाले ‘एक्सनप्लान’ बनाउने



जनकपुरधाम, २७ फागुन । जनकपुर उपमहानगरपालिकाले भानुचौकदेखि शिवचौकसम्मको बाटोलाई क्लियर नगरेमा ‘एक्सनप्लान’ बनाउने बताएका छन् ।
जनकपुर उपमहा नगरपालिकाका मेयर लालकिशोर साहले आईतवार पत्रकार सम्मेलन गरी भने, ‘एशियाली विकास बैंकको ऋण सहयोगमा सवाँ ९ किलोमिटर सडक तथा ३२ किलोमिटरमा नाला निर्माण कार्य गर्नुपर्नेछ । निर्माण कार्य दुईवर्षमा सक्नुपर्ने भएपनि अहिलेसम्म सवाँ ३ किलोमिटरसम्म मात्र सडक निर्माण कार्य भएको हो ।’ दिसम्बरसम्ममा सडक तथा नाला निर्माण कार्य भई सक्ने पर्ने थियो । तर सडकमा पर्ने घरहरु भत्काउने कार्य नभएकोले निर्माण कार्यमा तिव्रता नआएको उनले बताएका छन ।
मेयर साहले भानुचौकदेखि शिवचौकसम्म करीब पाँचसय मिटरलाई क्लियर गर्नका लागि घरधनीहरुलाई पटकपटक चिट्ठी तथा प्रचारबाजी गरेपनि कुनै प्रकारको चासो नदेखाएकोले बाध्यतावस जउमनाले घरहरु भत्काउनका लागि ‘एक्सनप्लान’ बनाउन लागेको बताएका छन् । मेयर साहले निर्माण कार्यमा ढिल्ला सुस्ती हुँदा जनकपुरको विकासका लागि अझै आउने बजेटहरु अन्योलमा परेको छ । निर्माण कार्यको टेण्डर समाप्त हुन लागेको र कार्य पनि हुन नसकेकोले चिन्ताको विषय रहेको बताएका
छन् ।
मेयर साहले समग्र रुपमा भन्ने हो भने, ‘दुईवर्ष भित्रमा समाप्त हुनुपर्ने कार्य ३०देखि ४० प्रतिशतसम्म मात्र भएको हो । सडक छेउमा प्लान्टेसन, पैदल मार्ग, बिजुली पोल, खानेपानी पाइप तथा टेलिफोन पाइप जडान बाँकी नै छ ।’ उनले विकास निर्माण कार्यमा सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।

No comments:

Post a Comment